14 – गर्भपतन
यी सर्वशक्तिमान परमेश्वरका पवित्र वचनहरू हुन्।
हामी मानिसका शब्दहरूमा चासो राख्दैनौं।
परमेश्वरलाई प्रेम गर्ने जो कोहीका लागि... परमेश् वर यसो भन् नुहुन्छ: गर्भपतन.
यी सर्वशक्तिमान परमेश्वरका पवित्र वचनहरू हुन्।
हामी मानिसका शब्दहरूमा चासो राख्दैनौं।
परमेश्वरलाई प्रेम गर्ने जो कोहीका लागि... परमेश् वर यसो भन् नुहुन्छ: गर्भपतन.
तिनीहरूले आफ्ना छोरा र छोरीहरू भुत आत्माहरूलाई बलि चढाए । तिनीहरूले निर्दोष रगतको, अर्थात् आफ्ना छोराहरू र छोरीहरूका रगत बगाए, जुन तिनीहरूले कनानको मूर्तीहरूलाई बलि चढाएर रगतले देशलाई अशुद्ध पारे ।
”अनि तैंले मेरो निम्ति जन्माएका तेरो छोराछोरीलाई तैंले लइस् र मूर्तिहरूका लागि खानेकुराको रूपमा तैंले तिनीहरूको बलि चढाइस् । के तेरा वेश्यावृत्तिका कामहरू साना कुराहरू हुन्? तैंले मेरा छोराछोरीलाई मूर्तिहरूका निम्ति मारिस् र तिनीहरूलाई आगोमा हिंड्न लगाइस् । तेरा यी सबै घृणित काम र वेश्यावृत्तिमा तैंले आफ्नो युवावस्थाका दिनहरू सम्झेको छैनस्, जति बेला तँ नाङ्गो, वस्त्रहीन र भएर आफ्नो रगतमा लट्पटिएकी थिइस् ।
”तपाईं मेरा भित्री अङ्गहरू बनाउनुभयो । मेरी आमाको गर्भमा तपाईंले मलाई बनाउनुभयो । म तपाईंको प्रशंसा गर्नेछु, किनकि म अचम्म किसिमले बनाइएको छु । मेरो प्राणले यो राम्ररी जान्दछ ।
”परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो । उहाँले तिनलाई आफ्नै प्रतिरूपमा सृष्टि गर्नुभयो । नर र नारी गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो ।
”जसले मानिसको रगत बगाउँछ मानिसद्वारा नै त्यसको रगत बगाइनेछ, किनकि परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा बनाउनुभयो ।
”“इस्राएलीहरूमध्येका मानिस र पशुहरू दुवैबाट पहिले जन्मेका सबै नरलाई मेरो निम्ति अलग गर् । पहिले जन्मेकाहरू मेरा हुन् ।”
”कसैको हत्या नगर्नू ।
”कसैले कुनै मानिसलाई मर्ने गरी हिर्कायो भने त्यसलाई निश्चय नै मारिनैपर्छ ।
”मानिसहरू सँगसँगै झगडा गर्दा गर्भवती महिलालाई हानि पुगी त्यसको बच्चा तुहियो तर त्यो आफैलाई कुनै चोट लागेन भने त्यस स्त्रीको पतिले मागेबमोजिम दोषी मानिसलाई हर्जाना तिराइनुपर्छ, र न्यायकर्ताहरूले तोकेबमोजिम त्यसले तिर्नुपर्छ । तर गम्भीर चोट लागेको रहेछ भने त्यस मानिसलाई प्राणको सट्टा प्राण
”मुद्दा मामिलामा गरिबहरूको न्याय हरण नगर । झुटा गवाही दिन अरूहरूसित नमिल, र निर्दोष वा धर्मीहरूलाई नमार किनकि म दुष्टहरूलाई कहिल्यै निर्दोष ठहराउनेछैनँ ।
”किनभने हरेक जीवधारीको प्राण त्यसको रगतमा हुन्छ । तिमीहरूले आफ्ना प्राणको निम्ति प्रायश्चित्त गर्नलाई मैले त्यसको रगत तिमीहरूलाई दिएको छु, किनभने रगतले नै जीवनको प्रायश्चित्त गर्दछ ।
”आफ्ना छोराछोरीहरूलाई मोलोखको निम्ति बलि गर्नलाई तिनीहरूलाई आगोमा नहाल्नू, किनभने तिमीहरूले यसो गरेर आफ्ना परमेश्वरको नाउँलाई अपवित्र नबनाउनू । म परमप्रभु हुँ ।
”परमप्रभुले मोशालाई भन्नुभयो, “इस्राएलका मानिसहरूलाई भन्, ‘इस्राएलका मानिसहरू, वा इस्राएलमा बसोबास गर्ने परदेशीहरूमध्ये कसैले आफ्ना छोराछोरी मोलोखलाई चढाउँछ भने, त्यो मारिनुपर्छ । त्यहाँका मानिसहरूले त्यसलाई ढुङ्गाले हानून् । त्यसले आफ्नो बालक मोलोखलाई दिएर मेरो पवित्र ठाउँ र पवित्र नाउँ अशुद्ध बनाएको हुनाले म त्यसको विरुद्ध खडा हुने छु र त्यसका मानिसहरूका बिचबाट त्यसलाई बहिष्कार गर्ने छु । यदि त्यो मानिसले आफ्ना छोराछोरीमध्ये कोही मोलोखलाई चढाउँदा त्यस भूमिका मानिसहरूले आफ्ना आँखा बन्द गरे, र त्यसलाई मृत्युदण्ड दिएनन् भने, त्यस मानिस र त्यसको वंशको विरुद्ध म आफै खडा हुने छु, र त्यसलाई र मोलोखसँग वेश्यागमन गर्ने सबैलाई बहिष्कृत गर्ने छु ।
”यदि कसैले कोही अर्को मानिसलाई हिर्काएर मार्यो भने, त्यो निश्चय नै मारियोस् ।
”कुनै मानिसलाई मार्ने हत्यारालाई साक्षीहरूले दिएको प्रमाणअनुसार मार्नुपर्छ । तर एक जना मात्र साक्षीको प्रमाणमा कुनै पनि व्यक्तिलाई मार्नु हुदैन । साथै हत्याराको दोषीको निम्ति तिमीहरूले कुनै किसिको छुटकाराको मूल्य स्वीकार गर्नुहुँदैन । त्यसलाई अवश्य नै मार्नुपर्छ ।
”तिमीहरू बसोबास गरेको भूमिलाई यसरी दूषित नपार, किनभने हत्याराबाटको रगतले भूमिलाई दूषित पार्छ । भूमिमा रगत बगाएपछि यसको निम्ति रगत बगाउने व्यक्तिको रगतले बाहेक कुनै किसिमको प्रायश्चित्त गर्न सकिँदैन ।
”हत्या नगर्नू ।
”तिमीहरूले त्यसरी परमप्रभु तिमीहरूका परमेश्वरको आराधना नगर्नू किनकि तिनीहरूले आफ्ना देवताहरूलाई परमप्रभुको दृष्टिमा घृणित हरेक कुरो र उहाँले घृणा गर्ने कुराहरू गरेका छन् । तिनीहरूले आफ्ना छोराछोरीहरू आफ्ना देवताहरूका निम्ति आगोमा होम दिन्छन् ।
”तिमीहरूका बिचमा आफ्नो छोरा या छोरीलाई आगोमा बलि गर्ने, शकून-अपशकून बताउने, जोखना हेर्ने, वा गिलासमा भएको चिन्हहरू पढ्ने वा टुनामुना गर्ने,
”'निर्दोष व्यक्तिलाई मार्न घुस लिने मानिस श्रापित होस् ।' तब सबै मानिसले भनून्, 'आमेन ।' 'यस व्यवस्थाका वचन पुरा गर्न पालन नगर्ने मानिस श्रापित होस् ।' तब सबै मानिसले भनून्, 'आमेन ।'
”तिमीहरूको सामु मैले जीवन र मृत्यु अनि आशिष् र श्राप राखिदिएको छु भनी तिमीहरूको विरुद्धमा गवाही दिन आज मैले स्वर्ग र पृथ्वीलाई साक्षी राखेको छु । त्यसकारण, तिमीहरू र तिमीहरूका सन्तानहरू बाँच्न सकून् भनी जीवन रोज ।
”बरु, तिनी इस्राएलका राजाहरूको चालमा हिंडे । वास्तवमा परमप्रभुले इस्राएलका मानिसहरूको सामुबाट धपाउनुभएका जातिहरूका घृणित अभ्यासहरूको अनुसरण गरेर तिनले आफ्नो छोरोलाई आगोमा टेकेर हिंड्न लगाए ।
”तिनीहरूले आफ्ना छोराछोरीलाई आगोमा हिंड्न लगाए, तिनीहरूले जोखना हेर र टुनामुना गरे, तिनीहरूले परमप्रभुको दृष्टिमा जे खराब छ, त्यही गर्न आफैलाई बेचे, र तिनीहरूले उहाँलाई रिस उठाए ।
”अव्वीहरूले नेभज र तर्ताक बनाए । सपर्बेमीहरूले आफ्ना देवता अद्रम्मलेक र अनम्मलेकका निम्ति आफ्ना छोराछोरीलाई आगोमा जलाए ।
”तिनले आफ्नो छोरोलाई आगोमा हिंड्न लगाए । तिनले टुनामुना गरे र जोखना हेरे अनि मृत आत्माहरू र भूत आत्माहरूसँग बात गर्नेहरूका सल्लाह लिए । तिनले परमप्रभुको दृष्टिमा असाध्यै खराबी गरेर परमप्रभुलाई रिस उठाए ।
”यसको साथै तिनले बेन-हिन्नोमको बेसीमा बलिदानहरू पनि चढाए र इस्राएलको सामुन्नेबाट परमप्रभुले देशबाट निकाल्नुभएको मानिसहरूका मूर्ति पुजाका घिनलाग्दा चालमा हिंडेर तिनले आफ्ना छोराछोरीलाई आगोबाट हिंड्न लगाए ।
”तिनले आफ्ना छोराहरूलाई बेन-हिन्नोमको बेसीमा आगोमा हिंड्न लगाए । तिनले टुनामुना गरे, जोखना हेरे, मन्त्रतन्त्र गरे र मृतहरूसँग कुरा गर्नेहरू र आत्माहरूसँग कुरा गर्नेहरूसित सल्लाह लिए । मनश्शेले परमप्रभुको दृष्टिमा धेरै दुष्ट काम गरे र तिनले उहाँलाई रिस उठाए ।
”तपाईंकै हातले सबैतिरबाट मलाई आकार दिएर, एकसाथ बनाए, तापनि तपाईंले मलाई नष्ट पार्दै हुनुहुन्छ । म बिन्ती गर्छु, माटोलाई आकार दिएझैं तपाईंले मलाई बनाउनुभएको कुरा सम्झनुहोस् । के तपाईंले मलाई फेरि धूलोमा नै पुर्याउनुहुन्छ? के तपाईंले मलाई दूधझैं खन्याउनुभएको छैन, अनि पनीरझैं जमाउनुभएको छैन? तपाईंले मलाई छाला र मासुले ढाक्नुभएको छ, अनि हड्डी र नसाहरूले एकसाथ गाँस्नुभएको छ ।
”किनकि गरिब मानिसले पुकारा गर्दा मैले उसलाई छुटाउँथेँ, र अनाथलाई मदत गर्ने कोही नहुँदा मैले उसको हेरचाह गर्थें ।
”मलाई गर्भमा रच्नुहुनेले नै तिनीहरूलाई पनि रच्नुभएको होइन र? हामी सबैलाई उहाँले नै गर्भमा बनाउनुभएको होइन र?
”हे परमप्रभु, थिचोमिचोमा परेकाहरूको खाँचोहरूका बारेमा तपाईंले सुन्नुभएको छ । तपाईंले तिनीहरूका हृदयलाई मजबुत पार्नुहुन्छ, तपाईंले तिनीहरूका प्रार्थना सुन्नुहुन्छ । तपाईंले अनाथहरू र थिचोमिचोमा परेकाहरूको रक्षा गर्नुहुन्छ ताकि पृथ्वीका कुनै पनि मानिसले फेरि आतङ्कित नपारोस् ।
”तपाईंले मलाई गर्भबाट ल्याउनुभयो । मैले आमाको दूध खाँदा नै तपाईंले मलाई तपाईंमा भरोसा गर्ने बनाउनुभयो । गर्भैदेखि मलाई तपाईंमा सुम्पिएको छ । म आफ्नो आमाको गर्भमा हुँदादेखि नै तपाईं मेरा परमेश्वर हुनुहुन्छ
”अधर्म गर्नेहरूबाट मलाई सुरक्षित राख्नुहोस् र रक्तपिपासु मानिसहरूबाट मलाई बचाउनुहोस् । हेर्नुहोस्, तिनीहरूले मेरो ज्यान लिन ढुकेर बस्छन् । शक्तिशाली मानिसहरू मेरो विरुद्ध एकसाथ भेला हुन्छन्, तर हे परमप्रभु, मेरो पाप वा अपराधको कारणले होइन । म दोषरहित भए तापनि तिनीहरू मतिर झम्टन तयार छन् । जाग्नुहोस् र मलाई सहायता गर्नुहोस् र हेर्नुहोस् ।
”अनाथहरूका बुबा, विधवाहरूका न्यायकर्ता पवित्र स्थानमा बास गर्नुहुने परमेश्वर नै हुनुहुन्छ ।
”म गर्भमा हुँदादेखि नै तपाईंले मलाई सहारा दिनुभएको छ । मेरो आमाको गर्भदेखि मलाई बहिर निकाल्ने तपाईं नै हुनुहुन्छ । मेरो प्रशंसा सधैं तपाईंको बारेमा नै हुनेछ ।
”गरीब र अनाथहरूको बचाऊ गर । कष्टमा परेकाहरू र दरिद्रहरूको अधिकार कायम गर । गरीब र खाँचोमा परेकाहरूलाई बचाओ । तिनीहरूलाई दुष्टहरूका हातबाट छुट्टाओ । तिनीहरूले न जान्दछन् न बुझ्छन् । तिनीहरू अन्धकारमा भौंतारिन्छन् । पृथ्वीका सबै जगहरू टुक्रिन्छन् ।
”तिनीहरूले विधवाहरू र तिनीहरूका देशमा बस्ने विदेशीलाई मार्छन्, अनि तिनीहरूले अनाथहरूको हत्या गर्छन् । तिनीहरू भन्छन्, “परमप्रभुले देख्नुहुन्न । याकूबका परमेश्वरले यो कुरामा ध्यान दिनुहुन्न ।” ए बुद्धिहीन मानिसहरू हो, तिमीहरू बुझ । ए मूर्खहरू, तिमीहरू कहिले सिक्नेछौ?
”के विनाशको सिंहासन, जसले नियमद्वारा अन्यायको सृजना गर्छ सो तपाईंसँग मिल्न सक्छ र? तिनीहरू धर्मीको ज्यान लिन सँगै षड्यन्त्र रच्छन् र तिनीहरूले निर्दोषलाई मृत्युदण्ड दिन्छन् । तर परमप्रभु मेरो अग्लो धरहरा हुनुभएको छ र मेरो परमेश्वर मेरो शरणस्थानको चट्टान हुनुभएको छ । तिनीहरूका आफ्नै अधर्म उहाँले तिनीहरूमाथि ल्याउनुहुनेछ र तिनीहरूको आफ्नै दुष्टतामा तिनीहरूलाई नष्ट गर्नुहुनेछ । परमप्रभु हाम्रा परमेश्वरले तिनीहरूलाई नष्ट पार्नुहुनेछ ।
”तिनीहरूले आफ्ना छोरा र छोरीहरू भुत आत्माहरूलाई बलि चढाए । तिनीहरूले निर्दोष रगतको, अर्थात् आफ्ना छोराहरू र छोरीहरूका रगत बगाए, जुन तिनीहरूले कनानको मूर्तीहरूलाई बलि चढाएर रगतले देशलाई अशुद्ध पारे । तिनीहरू आफ्ना कामहरूले अशुद्ध भए । तिनीहरूका कामहरूले तिनीहरू वेश्याजस्तै भए । त्यसैले परमप्रभु आफ्ना मानिसहरूसँग रिसाउनुभयो र उहाँले आफ्नै मानिसहरूलाई घृणा गर्नुभयो ।
”तपाईंका हातहरूले मलाई बनाएका र आकार दिएका छन् । मलाई सुझबुझ दिनुहोस् ताकि म तपाईंका आज्ञाहरू सिक्न सकूँ । तपाईंलाई आदर गर्नेहरूले मलाई देखेर खुसी हुनेछन् किनभने तपाईंको वचनमा म आसा पाउँछु ।
”हेर, छोराछोरी परमप्रभुबाट प्राप्त उत्तराधिकार हुन् र गर्भको फल उहाँको इनाम हो ।
”तपाईं मेरा भित्री अङ्गहरू बनाउनुभयो । मेरी आमाको गर्भमा तपाईंले मलाई बनाउनुभयो । म तपाईंको प्रशंसा गर्नेछु, किनकि म अचम्म किसिमले बनाइएको छु । मेरो प्राणले यो राम्ररी जान्दछ । जब मलाई गुप्तमा बनाइयो, जब मलाई पृथ्वीको गहिराइमा जटिल किसिमले बनाइयो, तब मेरा हाडहरू तपाईंबाट लुकेका थिएनन् । तपाईंले मलाई गर्भभित्रै देख्नुभयो । मेरो निम्ति तोकिएको आयुको पहिलो दिन हुनुअगि नै ती तपाईंको पुस्तकमा लेखिएका थिए ।
”किनकि उहाँले तेरा ढोकाहरूका डण्डाहरू बलियो बनाउनुहुन्छ । उहाँले तेरो माझमा भएका तेरा छोराछोरीलाई आशिष् दिनुहुन्छ ।
”तिनीहरूले भन्लान्, “हामीसित आऊ । उक्तपातको लागि ढुकिबसौँ । विनाकारण लुकेर निर्दोष मानिसहरूलाई आक्रमण गरौँ । स्वस्थहरूलाई पातालले निलेझैँ तिनीहरूलाई जिउँदै निलौँ, र तिनीहरूलाई खाडलमा खस्नेहरूलाई झैँ गरौँ ।
”त्यसकारण त्यसको विपत्तिले त्यसलाई एकै क्षणमा आक्रमण गर्ने छ । क्षण भरमा नै निको नहुने गरी त्यो टुट्ने छ । छवटा कुरा छन् जसलाई परमप्रभु घृणा गर्नुहुन्छ, र सातौचाहिँ उहाँको लागि घिनलाग्दो छ । अहङ्कारी व्यक्तिका आँखा, झुट बोल्ने जिब्रो, निर्दोष मानिसहरूको रगत बगाउने हात,
”मृत्युको लागि लगिँदै गरेकाहरूलाई छुटकारा दे, र मारिनका लागि ढुनमुनिएकाहरूलाई बचा । “हामीलाई यस विषयमा केही थाहा थिएन,” भनी तैँले भनिस् भने के हृदयको जाँच गर्नुहुनेले तैँले भनिरहेको कुरालाई बुझ्नुहुन्न र? तेरो जीवनको रखवाली गर्नुहुनेलाई के यो कुरा थाहा छैन र? के परमेश्वरले हरेकलाई त्यसको प्रतिफलअनुसार दिनुहुन्न र?
”कसैको रगत बगाएकोले मानिस दोषी छ भने त्यसको मृत्यु नभएसम्म त्यो भगुवा हुने छ र कसैले त्यसलाई सहायता गर्ने छैन ।
”जसरी तँलाई बतासको बाटो थाहा छैन, न त गर्भवती महिलाको गर्भमा बच्चाका हड्डीहरू कसरी बढ्छन् भनी थाहा छ, त्यसै गरी हरेक थोक सृष्टि गर्नुहुने परमेश्वरको कामलाई पनि तैँले बुझ्न सक्दैनस् ।
”त्यसैले तिमीहरूले प्रार्थनामा आफ्ना हातहरू फैलाउँदा, तिमीहरूबाट म आफ्ना आँखा लुकाउँछु । तिमीहरूले धेरै प्रार्थना चढाए तापनि, म सुन्नेछैन । तिमीहरूका हातहरू रगतले भरिएका छन् । नुहाओ र आफूलाई शुद्ध पार । मेरो दृष्टिबाट तिमीहरूका सबै दुष्ट कामहरू हटाओ । खराब हुन छोड । असल गर्न सिक । न्याय खोज, थिचोमिचोमा परेकाहरूलाई छुटाओ, अनाथलाई न्याय देओ र विधवाको रक्षा गर ।” परमप्रभु भन्नुहुन्छ, “अहिले आओ, हामी मिलेर छलफल गरौं । तिमीहरूका पापहरू बैजनी रङका भए तापनि, ती हिउँजस्तै सेता हुनेछन् । ती सिन्दुरे रङका भए तापनि ती ऊनजस्तै हुनेछन् ।
”धिक्कार तिनीहरूलाई जसले खराबलाई असल र असललाई खराब भन्छन् । जसले ज्योतिलाई अँध्यारो र अँध्यारोलाई ज्योतिको रूपमा लिन्छन् । अनि तीतोलाई गुलियो र गुलियोलाई तीतोको रूपमा लिन्छन् ।
”किनकि हेर, पृथ्वीका बासिन्दाहरूलाई तिनीहरूका अपराधको दण्ड दिनलाई परमप्रभु आफ्नो ठाउँबाट बाहिर आउन लाग्नुभएको छ । पृथ्वीले आफ्नो रक्तपात प्रकट गर्नेछ र आफ्ना मारिएकाहरूलाई फेरि लुकाउनेछैन ।
”परमप्रभु जसले तँलाई गर्भमा बनाउनुभयो र आकार दिनुभयो, अनि जसले तँलाई सहायता गर्नुहुनेछः उहाँले यसको भन्नुहुन्छ, “ए याकूब, मेरो सेवक, नडरा । अनि ए यशूरून, जसलाई मैले चुनेको छु ।
”तँलाई गर्भमा आकार दिनुहुने परमप्रभु तेरा उद्धारक यसो भन्नुहुन्छः “म परमप्रभु हुँ, जसले हरेक कुरा बनाएँ, जसले आकाशलाई एक्लै फैलाएँ, जसले पृथ्वीलाई एक्लै बनाएँ ।
”ए याकूबको घराना, मेरो कुरा सुन्, ए इस्राएलका सबै बाँकी रहेकाहरू, जसलाई मैले तिमीहरूका जन्म हुनअगिदेखि अर्थात् गर्भदेखि नै बोकेको छु ।
”ए समुद्र किनारमा बस्नेहरू हो, मेरो कुरा सुन! ए टाढाका मानिसहरू हो, मेरो कुरामा ध्यान देओ । मेरो आमाले मलाई संसारमा ल्याउनुहुँदा नै परमप्रभुले मलाई मेरो नाउँ काढेर बोलाउनुभएको छ ।
”अब परमप्रभु बोल्नुभएको छ—उहाँ नै हुनुहुन्छ जसले उहाँको सेवक हुन, याकूबलाई उहाँमा पुनर्स्थापन गर्न मलाई जन्मैदेखि बनाउनुभयो, ताकि इस्राएललाई उहाँमा जम्मा गर्न सकियोस्, किनकि परमप्रभुको दृष्टिमा मेरो इज्जत भएको छ र मेरो परमेश्वर नै मेरो बल हुनुभएको छ—
”“के स्त्रीले आफ्नो दूध खुवाइरहेको बालकलाई बिर्सन सक्छे, अनि तिनले जन्माएकी बलकलाई दया देखाउँदिनन् र? हो, तिनीहरूले बिर्सन सक्छन्, तर तँलाई म बिर्सनेछैन । हेर, मैले तेरो नाउँ आफ्नो हत्केलामा खोपेको छु । तेरा पर्खालहरू निरन्तर मेरो सामु छन् ।
”परमप्रभु सोध्नुहुन्छ, “के म बालकलाई जन्मने समयमा ल्याउँ, अनि बालकलाई जन्मिन नदिऊँ? वा के म बालकलाई जन्मने क्षणमा ल्याउँ र त्यसलाई पछाडि धकेलूँ? तेरा परमेश्वर सोध्नुहुन्छ ।”
”परमप्रभुको यो वचन यसो भनेर मकहाँ आयो, “मैले तँलाई गर्भमा रच्नुभन्दा पहिले, मैले तँलाई चुनें । तँ गर्भबाट बाहिर आउनुअगि मैले तँलाई अलग गरें । मैले तँलाई जाति-जातिहरूका निम्ति अगमवक्ता बनाएँ ।
”तेरा वस्त्रहरूमा निर्दोष गरिब मानिसहरूको जीवनको रगत भेट्टाइएको छ । यी मानिसहरू घरमा चिरी गरिरहँदा भेट्टाइएका होइनन् । तरै पनि तँ भन्छेस्, 'म निर्दोष छु । निश्चय नै उहाँको क्रोध मबाट तर्केर गएको छ ।' तर हेर! 'मैले पाप गरेको छैनँ' भनी तैंले भनेको हुनाले म तँमाथि इन्साफ ल्याउनेछु ।
”अनि बेन-हिन्नोमको बेँसीमा तिनीहरूले तोपेतका अग्ला ठाउँहरू बनाए । तिनीहरूले आफ्ना छोराछोरीलाई आगोमा जलाउन त्यो बनाए । यो कुरो मैले तिनीहरूलाई आज्ञा दिएको थिइनँ, न त मेरो मनमा नै पसेको थियो ।
”तिनीहरूले मलाई त्यागेका र यस ठाउँलाई अपवित्र तुल्याका हुनाले म यसो गर्ने छु । यही ठाउँमा आफूले नचिनेका अन्य देवताहरूलाई तिनीहरूले बलिदान चढाउँछन् । तिनीहरू, तिनीहरूका पिता-पुर्खाहरू र यहूदाका राजाहरूले यही ठाउँमा निर्दोष रगत पनि बगाएका छन् । आफ्ना छोराहरू बाल देवतालाई आगोमा होमबलिको रूपमा चढाउन तिनीहरूले त्यसका अग्ला ठाउँहरू बनाए, यस्तो कुनै कुरो जुन मैले आज्ञा गरिनँ वा बताइनँ न त मेरो मनमा नै थियो । त्यसकारण, यो परमप्रभुको घोषणा हो, हेर्, त्यस्ता दिनहरू आउँदैछन्, त्यति बेला यस ठाउँलाई तोपेत अर्थात् बेन-हिन्नोमको बेँसी भनिनेछैन, तर हत्याको बेँसी भनिनेछ । यही ठाउँमा म यहूदा र यरूशलेमका योजनाहरूलाई बेकम्मा तुल्याउनेछु । म तिनीहरूका आफ्ना शत्रुको तरवार र तिनीहरूको ज्यान लिन खोज्नेहरूको हातद्वारा नष्ट गर्नेछु । त्यसपछि म तिनीहरूका लाशहरू आकाशका चराहरू र जमिनका जनावरहरूलाई आहाराको रूपमा दिनेछु ।
”किनकि त्यसले मेरी आमालाई नै मेरो चिहान बनाएर मलाई गर्भमै मारेन । त्यो गर्भ सधैं गर्भवती नै रहनेथियो ।
”तर तेरो दृष्टि र हृदयमा बेइमान नाफा कमाउनु, निर्दोषहरूको रगत बगाउनु, अरूहरूलाई थिचोमिचो र अत्याचार गरेर कमाउनुबाहेक अरू केही छैन ।
”परमप्रभु यसो भन्नुहुन्छ, “रामामा विलाप गरेको र धुरुधुरु रोएको एउटा सोर सुनिएको छ । राहेल आफ्ना सन्तानका लागि रुँदैछे । त्यसले सान्त्वना पाउनलाई इन्कार गरेकी छे, किनकि तिनीहरू अब फेरि जीवित छैनन् ।”
”मोलोखको लागि आगोमा आफ्ना छोराछोरीलाई बलि गर्न तिनीहरूले बेन-हिन्नोमको बेँसीमा बाल देवताको लागि अग्ला वेदीहरू बनाए । त्यसो गर्न मैले तिनीहरूलाई कदापि आज्ञा दिइनँ । तिनीहरूले यस्ता घिनलाग्दो कुरा गर्नुपर्छ र यहूदालाई पाप गर्न लगाउनुपर्छ भनेर मेरो मनमा कदापि आएन ।’
”अनि तैंले मेरो निम्ति जन्माएका तेरो छोराछोरीलाई तैंले लइस् र मूर्तिहरूका लागि खानेकुराको रूपमा तैंले तिनीहरूको बलि चढाइस् । के तेरा वेश्यावृत्तिका कामहरू साना कुराहरू हुन्? तैंले मेरा छोराछोरीलाई मूर्तिहरूका निम्ति मारिस् र तिनीहरूलाई आगोमा हिंड्न लगाइस् । तेरा यी सबै घृणित काम र वेश्यावृत्तिमा तैंले आफ्नो युवावस्थाका दिनहरू सम्झेको छैनस्, जति बेला तँ नाङ्गो, वस्त्रहीन र भएर आफ्नो रगतमा लट्पटिएकी थिइस् । धिक्कार! तँलाई धिक्कार!— यो परमप्रभु परमेश्वरको घोषणा हो— यसकारण, यी सबै दुष्टताका साथै
”परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः तैंले आफ्ना यौनको उत्तेजना पोखेको छस् र आफ्ना प्रेमीहरूसँगको तेरो वेश्यावृत्तिद्वारा आफ्नो नग्नता देखाएको छस्, र तेरा सबै घिनलाग्दा मूर्तिहरू बनाएको छस्, र तिनीहरूलाई तैंले आफ्ना छोराछोरीका रगत चढाएको छस्, यसकारण हेर्, तैंले भेटेका सबै प्रेमीहरूलाई म भेला गर्नेछु, तैंले प्रेम गरेका सबै प्रेमीहरू र तैंले घृणा गरेका सबैलाई म भेला गर्नेछु, र तिनीहरूलाई म तेरा विरुद्धमा तेरो चारैतिर जम्मा गर्नेछु । तिनीहरूले तेरो नग्नता देखून् भनेर म तेरो नग्नता उघारिदिनेछु । किनकि व्यभिचार र रगतको बगाएको निम्ति म तँलाई दण्ड दिनेछु । अनि मेरो क्रोध र डाहको रक्तपात तँमाथि म ल्याउनेछु ।
”हेर, हरेक जीवित प्राण मेरै हो— बुबा र छोरा दुवै मेरा हुन् । जुन प्राणले पाप गर्छ, त्यही मर्नेछ ।
”जब तिमीहरू आफ्ना उपहारहरू चढाउँछौ— जब तिमीहरू आफ्ना छोराहरूलाई आगोमा हिंड्न लगाउँछौ— तब आजको दिनसम्म पनि तिमीहरूले आफ्ना मूर्तिहरूको कारणले आफैलाई बिटुलो पार्छौ । यसैले ए इस्राएलको घराना, मसँग सोधपूछ गर्न मैले तिमीहरूलाई किन दिनु? जस्तो म जीवित छु— यो परमप्रभु परमेश्वरको घोषणा हो— तिमीहरूले मलाई सोधपूछ गर्न म दिनेछैनँ ।
”किनकि तिनीहरूले व्यभिचार गरेका छन्, र तिनीहरूका हातहरूमा रगत छ । तिनीहरूले आफ्ना मूर्तिहरूसित व्यभिचार गरे, र तिनीहरूका मूर्तिहरूका प्रसादको रूपमा तिनीहरूले आफ्ना छोराहरूलाई आगोबाट हिंड्न पनि लगाएका छन् । त्यसपछि तिनीहरूले अहिले निरन्तर मलाई यसो गर्छन्: तिनीहरूले मेरो पवित्रस्थानलाई अशुद्ध पार्छन्, र त्यसै दिनमा तिनीहरूले मेरा शबाथहरूलाई अपवित्र पार्छन् । किनभने तिनीहरूले आफ्ना छोराछोरीलाई आफ्ना मूर्तिहरूका निम्ति बलि चढाएका, अनि त्यसै दिन तिनीहरू मेरो पवित्रस्थानलाई अशुद्ध पार्न त्यसभित्र आए । यसैले हेर्, तिनीहरूले मेरो मन्दिरको बिचमा यसो गरेका छन् ।
”परमप्रभु यसो भन्नुहुन्छ, “अम्मोनका तिन वा चारवटा पापका निम्ति समेत, दण्ड दिनबाट म पछि हट्नेछैनँ, किनभने तिनीहरूले आफ्नो सीमा बढाउन सकून् भनेर, गिलादका गर्भवती स्त्रीहरूका पेट चिरे ।
”त्यसपछि जब हेरोदले आफू ती ज्ञानी मानिसहरूबाट छलिएको कुरा थाहा पाए, उनी औधी रिसाए । ती ज्ञानी मानिसहरूबाट उनले निर्धारण गरेका समयअनुसार त्यस क्षेत्रका दुई वर्ष पुगेका र त्योभन्दा मुनिका बालकहरूलाई र बेथलेहेमका सबै पुरुष बालकलाई मानिसहरू पठाएर मार्न लगाए ।
”प्राचीन समयमा तिनीहरूलाई यसो भनिएको तिमीहरूले सुनेका छौ, ‘हत्या नगर’ र ‘हत्या गर्नेचाहिँ इन्साफको जोखिममा पर्नेछ ।’
”तिनीहरूसँग नडराओ जसले शरीरलाई मार्दछन्, तर आत्मालाई मार्न सक्दैनन् । बरु, आत्मा र शरीर दुवैलाई नरकमा नष्ट गर्न सक्नुहुनेसँग डराओ ।
”अनि जसले मेरो नाउँमा एउटा यस्तो सानो बालकलाई अपनाउँछ, उसले मलाई अपनाउँछ ।
”यदि तिम्रो हात अथवा खुट्टाले तिमीलाई पाप गर्न लगाउँछ भने, त्यसलाई काटिदेऊ र त्यसलाई तिमीबाट टाढा फ्याँकिदेऊ । दुवै हात वा दुवै खुट्टा भएर अनन्तको आगोमा फालिनुभन्दा लुलो वा लङ्गडो भएर जीवनमा प्रवेश गर्नु तिम्रो निम्ति असल हुन्छ । यदि तिम्रो आँखाले तिमीलाई पाप गर्न लगाउँछ भने, त्यसलाई निकाल, र तिमीबाट टाढा फ्याँकिदेऊ । दुवै आँखा भएर अनन्तको आगोमा फालिनु भन्दा एउटा आँखाको लिएर जीवनमा प्रवेश गर्नु तिम्रो निम्ति असल हुन्छ । होसियार रहो, यी सानाहरूमध्ये कसैलाई पनि घृणा नगर । किनकि म तिमीहरूलाई भन्दछु, स्वर्गमा तिनीहरूका दूतहरूले सधैँ मेरा पिताको मुहार हेर्दछन् जो स्वर्गमा हुनुहुन्छ । किनकि मानिसका पुत्र हराएकाहरूलाई बचाउन आएका हुन् ।
”त्यसरी नै, यी सानाहरूमध्ये एउटै पनि नाश होस् भनी स्वर्गमा हुनुहुने तिमीहरूका पिताले इच्छा गर्नुहुन्न ।
”तथापि येशूले भन्नुभयो, “साना बालकहरूलाई अनुमति देओ र तिनीहरूलाई मकहाँ आउन नरोक किनभने स्वर्गको राज्य यिनीहरूकै हो ।”
”किनभने मानिसको भित्रबाट नै अर्थात् हृदयबाट नै दुष्ट विचार, यौन अनैतिकता, चोरी, हत्या,
”तिमी यी आज्ञाहरू जान्दछौः हत्या नगर्नू, व्यभिचार नगर्नू, चोरी नगर्नू, झुटो गवाही नदिनू, ठगी नगर्नू, आफ्ना बुबा र आमालाई आदर गर्नू ।”
”परमप्रभुको दृष्टिमा उनी महान् हुनेछन् र उनले दाखमद्य पिउनेछैनन् । उनी आमाको गर्भमा नै पवित्र आत्माले भरिनेछन् ।
”जब एलीशिबाले मरियमको अभिवादन सुनिन्, उनको गर्भमा भएको बालक उफ्रियो र एलीशिबा पवित्र आत्माले भरिइन् । तिनले ठुलो आवाजले उनलाई यसो भनिन्, “स्त्रीहरूमा तिमी धन्यकी हौ र तिम्रो गर्भको फल धन्यको होस् ।” तब यो कसरी हुन कि सक्छ मेरा प्रभुकी आमा मकहाँ आउनुभयो? तब हेर, जब तिम्रो अभिवादनको आवाज मेरो कानमा आयो, मेरो गर्भमा भएको बालक आनन्दले उफ्रियो ।
”परमप्रभुको व्यवस्थामा लेखिएझैँ “पहिलो जन्मेको प्रत्येक पुरुष परमप्रभुमा अर्पण गर्नुपर्थ्यो ।”
”तिमीलाई आज्ञाहरू थाहा छ– तैँले व्यभिचार नगर्नू, हत्या नगर्नू, नचोर्नू, झुटो गवाही नदिनू, आफ्ना आमाबुबाको आदर गर्नू ।”
”तिमीहरू मेरा वचनहरू किन बुझ्दैनौ? किनभने तिमीहरू मेरो वचन सुन्न सक्दैनौ । तिमीहरू आफ्ना पिता अर्थात् शैतानका हौ, र तिमीहरू तिमीहरूका पिताको इच्छा पुरा गर्ने इच्छा गर्छौ । त्यो सुरुदेखि नै हत्यारा थियो र त्यो सत्यमा खडा हुँदैन, किनकि त्यसमा सत्य छैन । जब त्यसले झुट बोल्छ, त्यो आफ्नै स्वभावबाट बोल्छ, किनकि त्यो झुट र झुटको पिता हो । म सत्य बोल्छु, तापनि तिमीहरू मलाई विश्वास गर्दैनौ ।
”जब स्त्रीले जन्म दिन्छिन्, तिनी निराश हुन्छिन्, किनकि तिनको समय आएको छ, तर जब तिनले बच्चा जन्माउँछिन्, संसारमा एक बालक जन्मिएको छ भन्ने आनन्दले तिनलाई पीडाको सम्झना हुँदैन ।
”तिनीहरूको सजगतामा पनि तिनीहरूले परमेश्वर हुनुभएकोमा सहमत नभएका हुनाले उहाँले तिनीहरूलाई तिनीहरूका निम्ति अनुचित कुरा गर्नलाई भ्रष्ट मनमा छोडिदिनुभयो । तिनीहरू अधार्मिकता, दुष्टता, लालच, र द्वेषले भरिएका छन् । तिनीहरू ईर्ष्या, हत्या, कलह, छल र दुष्ट विचारले पूर्ण छन् । तिनीहरू कुरौटे, निन्दा गर्ने, र परमेश्वरलाई घृणा गर्नेहरू हुन् । तिनीहरू हिंस्रक, घमण्डी र अहङ्कारी छन् । तिनीहरू दुष्ट थोकहरूका आविष्कारकहरू हुन् र आफ्ना आमाबुबाप्रति अनाज्ञाकारी भएका छन् । तिनीहरूमा समझ छैन, तिनीहरू अविश्वासयोग्य, स्वाभाविक प्रेमविनाका, र कृपारहित छन् । यसो गर्नेहरू मृत्युका भागीदार हुन्छन् भन्ने परमेश्वरको नियमलाई तिनीहरू जान्दछन् । तर तिनीहरू यी थोकहरू गर्ने मात्र होइनन्, तिनीहरू यसो गर्नेहरूसँग सहमत पनि हुन्छन् ।
”एकले अर्कोलाई प्रेम गर्नुबाहेक कसैको ऋणी नहोऊ । जसले आफ्नो छिमेकीलाई प्रेम गर्दछ, त्यसले व्यवस्था पालना गरेको हुन्छ । किनकि, “तिमीले व्यभिचार नगर, तिमीले हत्या नगर, तिमीले नचोर, तिमीले लालच नगर” र यदि अरू आज्ञाहरू पनि छन् भने यसलाई यही वाक्यमा सारांशमा ल्याउन सकिन्छ, “आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर ।” प्रेमले आफ्नो छिमेकीलाई हानि गर्दैन । त्यसकारण, प्रेममा नै व्यवस्था पुरा हुन्छ ।
”तिमीहरूको शरीर पवित्र आत्माको मन्दिर हो भन्ने कुरा के तिमीहरूलाई थाहा छैन, जो तिमीहरूभित्र रहनुहुन्छ, जसलाई तिमीहरूले परमेश्वरबाट पाएका छौ? तिमीहरू आफ्नै होइनौ भन्ने के तिमीहरूलाई थाहा छैन?
”तर मेरी आमाको गर्वदेखि नै मलाई चुन्नको निम्ति परमेश्वर खुसी हुनुभयो । मैले गैरयहूदीहरूका माझमा उहाँलाई घोषणा गर्न सकूँ भनेर उहाँका पुत्रलाई ममा प्रकट गर्नको निम्ति उहाँको अनुग्रहद्वारा उहाँले मलाई बोलाउनुभयो । मैले तुरुन्तै शरीर र रगतको सल्लाह लिइनँ,
”यसको सट्टा हामीहरू तिमीहरूका माझमा एउटा आमाले आफ्ना बाल बच्चालाई सान्त्वना दिएजस्तै भद्र भयौँ ।
”तजवान स्त्रीहरूलाई तिनीहरूको सोचमा सन्तुलित हुन आह्वान गर्न, तिनीहरूका आफ्ना पतिहरू र बालबालिकाहरूलाई प्रेम गर्न उत्साह दिन, समझदार हुन,
”जसरी आत्मादेखि अलग हुँदा शरीर मर्दछ, त्यसै गरी कामबाट अलग हुँदा विश्वास पनि मर्दछ ।
”हेर, पिताले हामीलाई कस्तो किसिमको प्रेम दिनुभएको छ, कि हामीलाई परमेश्वरको सन्तान भनियोस् र हामी यही हौँ । यसैकारण, संसारले हामीलाई चिन्दैन, किनकि संसारले उहाँलाई चिनेन ।
”कयिनजस्तो होइन जो दुष्टको थियो र त्यसले आफ्नो भाइलाई मार्यो । अनि उसले आफ्नो भाइको हत्या किन गर्यो? किनकि उसका कामहरू दुष्ट थिए र उसको भाइका काम धार्मिक थिए ।
”जसले आफ्नो भाइलाई घृणा गर्छ त्यो हत्यारा हो । अनि तिमीहरू जान्दछौ, कि कुनै पनि हत्यारासँग अनन्त जीवन हुँदैन ।
”तिनीहरूले चर्को सोरमा कराए, “सबैमाथिका शासक, पवित्र र साँचो, कहिलेसम्म तपाईंले हाम्रो रगतको बदला लिनुहुन्न र पृथ्वीमा बाँचिरहेकाहरूको न्याय गर्नुहुन्न?”
”तर डराउनेहरू, अविश्वासीहरू, घिनलाग्दाहरू, हत्याराहरू, यौन-अनैतिकहरू, जादुगरहरू, मूर्तिपूजकहरू र झुट बोल्नेहरूको भाग बलिरहेको आगो र गन्धकको कुण्डमा हुनेछ । त्यो दोस्रो मृत्यु हो ।”
”