02 – परमेश्वर
यी सर्वशक्तिमान परमेश्वरका पवित्र वचनहरू हुन्।
हामी मानिसका शब्दहरूमा चासो राख्दैनौं।
परमेश्वरलाई प्रेम गर्ने जो कोहीका लागि... परमेश् वर यसो भन् नुहुन्छ: परमेश्वर.
यी सर्वशक्तिमान परमेश्वरका पवित्र वचनहरू हुन्।
हामी मानिसका शब्दहरूमा चासो राख्दैनौं।
परमेश्वरलाई प्रेम गर्ने जो कोहीका लागि... परमेश् वर यसो भन् नुहुन्छ: परमेश्वर.
सर्वशक्तिमान् परमप्रभु परमेश्वर भन्नुहुन्छ, “अल्फा र ओमेगा म नै हुँ”, “उहाँ जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो, र जो हुन आउनुहुनेछ ।” [टिपोटः केही संस्करणमा लेखिएको छ] “अल्फा र ओमेगा, सुरु र अन्त म नै हुँ”, परमप्रभु परमेश्वर भन्नुहुन्छ ।
”परमेश्वर जसले संसार र त्यसमा भएका सबै थोक बनाउनुभयो, उहाँ स्वर्ग र पृथ्वीका प्रभु हुनुभएको कारण उहाँ मानिसका हातहरूले बनाएका मन्दिरहरूमा बस्नुहुन्न ।
”सृष्टिको कुनै पनि थोक परमेश्वरको दृष्टिमा लुकेको छैन । बरु, उहाँको दृष्टिमा हरेक कुरा छर्लङ्गै छ जसलाई हामीले लेखा दिनुपर्छ ।
”आदिमा परमेश्वरले आकाशमण्डल र पृथ्वी सृष्टि गर्नुभयो ।
”अब्राम उनान्सय वर्षको हुँदा परमप्रभु तिनीकहाँ देखा पर्नुभयो र तिनलाई भन्नुभयो, “म सर्वशक्तिमान् परमेश्वर हुँ । मेरो सामु आज्ञाकारी भएर हिँड्, र निर्दोष हो ।
”मोशाले परमेश्वरलाई भने, “म इस्राएलीहरूकहाँ गई 'तिमीहरूका पिता-पुर्खाका परमेश्वरले मलाई तिमीहरूकहाँ पठाउनुभएको छ' भन्दा तिनीहरूले 'उहाँको नाउँ के हो' भनी सोधे भने मैले तिनीहरूलाई के जवाफ दिने?” परमेश्वरले मोशालाई भन्नुभयो, “म हुँ जो म हुँ ।” उहाँले भन्नुभयो, “ तैँले इस्राएलीहरूलाई यसो भन्नू, 'म हुँ भन्नेले मलाई तिमीहरूकहाँ पठाउनुभएको छ' ।” परमेश्वरले मोशालाई यसो पनि भन्नुभयो, “तैँले इस्राएलीहरूलाई यसो भन्नैपर्छ, 'तिमीहरूका पिता-पुर्खाका परमेश्वर अर्थात् अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वरले मलाई तिमीहरूकहाँ पठाउनुभएको हो । मेरो नाउँ सदासर्वादको लागि यही हो र यही नाउँद्वारा पुस्तौँसम्म मेरो सम्झना गरिनेछ ।'
”परमप्रभु मेरो शक्ति र गीत हुनुहुन्छ, र उहाँ मेरा उद्धार हुनुभएको छ । उहाँ मेरा परमेश्वर हुनुहुन्छ, र म उहाँको प्रशंसा गर्नेछु । उहाँ मेरा पिता-पुर्खाका परमेश्वर हुनुहुन्छ र म उहाँलाई उचाल्छु । परमप्रभु मेरा योद्धा हुनुहुन्छ, उहाँको नाउँ परमप्रभु हो ।
”हे परमप्रभु, तपाईंको दाहिने बाहुली शक्तिमा महिमित छ । हे परमप्रभु, तपाईंको दाहिने बाहुलीले शत्रुलाई चकनाचुर पारिदिएको छ ।
”परमप्रभु तिनको सामु भएर जानुभयो र घोषणा गर्नुभयो, “परमप्रभु, परमप्रभु, परमेश्वर करुणामय र अनुग्रही, रिस गर्नमा ढिलो अनि करारको विश्वसनीयतामा प्रचुर र भरोसायोग्य हुनुहुन्छ । उहाँले हजारौँ पुस्तासम्म आफ्नो करार राख्नुहुन्छ, अधर्म, अपराध र पापको क्षमा दिनुहुन्छ । तर उहाँले दोषीलाई कुनै किसिमले छाड्नुहुनेछैन । उहाँले पिता-पुर्खाहरूका दण्ड तिनीहरूका छोराछोरीहरू र नातिनातिनाहरू अनि तेस्रो र चौथो पुस्तासम्म दिनुहुन्छ ।”
”किनकि तिमीहरूले म परमप्रभुबाहेक कुनै देवी-देवतालाई नपुज्नू । म डाह गर्ने परमेश्वर हुँ ।
”तर जस्तो म जीवित छु र पृथ्वी मेरो महिमाले ढाकिनेछ, मेरो महिमा र
”परमेश्वर मानिस वा मानव हुनुहुन्न कि उहाँले ढाँट्नुपरोस्, उहाँले आफ्नो मन बदल्नुपरोस् । के उहाँले पुरा नगर्ने गरी कुनै कुरा प्रतिज्ञा गर्नुभएको छ? के उहाँले कुनै गर्छु भनेर पुरा गर्नुभएको छैन र?
”किनकि परमप्रभु तिमीहरूका परमेश्वर भस्म पार्ने आगो र डाही परमेश्वर हुनुहुन्छ ।
”तिमीहरूलाई नै यी कुराहरू देखाइए ताकि तिमीहरूले परमप्रभु नै परमेश्वर हुनुहुन्छ र उहाँबाहेक अरू कोही ईश्वर छैन भनी तिमीहरूले जान्न सक । तिमीहरूलाई निर्देशन दिन उहाँले स्वर्गबाट आफ्नो आवाज तिमीहरूलाई दिनुभयो । पृथ्वीमा उहाँले आफ्नो दन्कने आगो तिमीहरूलाई देखाउनुभयो । तिमीहरूले आगोको बिचबाट उहाँका वचन सुन्यौ ।
”हे इस्राएल हो, सुनः पमरप्रभु हाम्रा परमेश्वर एउटै हुनुहुन्छ ।
”त्यसकारण, परमप्रभुले तिमीहरूलाई शक्तिशाली हातले बाहिर ल्याउनुभएको छ, र दासत्वको घर अर्थात् मिश्रका राजा फारोको हातबाट छुटकारा दिलाउनुभएको छ । तसर्थ, परमप्रभु तिमीहरूका परमेश्वर नै विश्वासयोग्य परमेश्वर हुनुहुन्छ जसले उहाँलाई प्रेम गर्ने र उहाँका आज्ञाहरू मान्ने हजारौँ पुस्तासम्म आफ्ना करार पुरा गर्नुहुन्छ र विश्वासयोग्य हुनुहुन्छ भनी जान । तर उहाँको अवहेलना गर्नेहरूलाई उहाँले बदला लिनुहुने छ वा तिनीहरूलाई नष्ट गर्नुहुने छ । उहाँको अवहेलना गर्नेहरू जोकसैप्रति पनि उहाँ सहनशील हुनुहुन्न । उहाँले त्यसको बदला लिनुहुने छ ।
”किनकि परमप्रभु तिमीहरूका परमेश्वर नै देवहरूका परमेश्वर र प्रभुहरूका प्रभु, महान् परमेश्वर, शक्तिशाली र भययोग्य हुनुहुन्छ जसले कसैको पक्षपात गर्नुहुन्न र घुस लिनुहुन्न ।
”उहाँ चट्टान हुनुहुन्छ, उहाँको काम सिद्ध छ । किनकि उहाँका सबै मार्ग न्यायोचित छन् । उहाँ अधर्म नभएको विश्वासयोग्य परमेश्वर हुनुहुन्छ । उहाँ न्यायी र सत्य हुनुहुन्छ ।
”अनन्त परमेश्वर शरणस्थान हुनुहुन्छ, र मुनितिरचाहिँ अनन्त पाखुरा छन् । उहाँले तिमीहरूका सामुन्नेबाट शत्रुलाई धपाउनुहुने छ, र उहाँले भन्नुभयो, “नाश पार्!”
”परमप्रभुझैं पवित्र कोही छैन, किनकि तपाईंबाहेक कोही पनि छैन । हाम्रो परमेश्वरजस्तो कुनै चट्टान छैन ।
”तर के परमेश्वर साँच्चै नै पृथ्वीमा बस्नुहुन्छ र? सारा विश्व र आकाशमा पनि तपाईं अटाउनुहुन्न भने मैले बनाएको यस मन्दिरमा तपाईं कसरी अटाउन सक्नुहुन्छ त!
”तर अब्राहाम, इसहाक र याकूबसित बाँध्नुभएको आफ्नो करारको कारणले गर्दा परमप्रभु इस्राएलप्रति अनुग्रही हुनुभयो, र तिनीहरूलाई दया देखाउनुभयो र तिनीहरूको फिक्री गर्नुभयो । त्यसैले परमप्रभुले तिनीहरूलाई नष्ट गर्नुभएन, र उहाँले तिनीहरूलाई अझै पनि आफ्नो उपस्थितिबाट धपाउनुभएको छैन ।
”परमप्रभुलाई धन्यवाद देओ, किनकि उहाँ असल हुनुहुन्छ, किनकि उहाँको करारको विश्वस्तताको सदासर्वदा रहन्छ ।
”ए मेरा छोरा सोलोमन, आफ्ना बुबाका परमेश्वरको आज्ञा पालन गर, र आफ्ना सारा हृदय र राजीखुशीले उहाँको सेवा गर । यसो गर, किनभने परमप्रभुले सबै हृदयलाई खोतल्नुहुन्छ र हरेक व्यक्तिको विचारहरूका हरेक उदेश्य बुझ्नुहुन्छ । तिमीले उहाँलाई खोज्यौ भने तिमीले उहाँलाई भेट्टाउनेछौ, तर तिमीले उहाँलाई त्याग्यौ भने, उहाँले तिमीलाई सधैंको निम्ति इन्कार गर्नुहुनेछ ।
”हे परमप्रभु, महान्ता, शक्ति, महिमा, विजय र ऐश्वर्य तपाईंकै हुन् । किनकि आकाश र पृथ्वीमा भएका सबै कुरा तपाईंकै हुन् । हे परमप्रभु, राज्य तपाईंकै हो, र तपाईं नै सबैभन्दा माथिको शासकको रूपमा उच्च पारिनुभएको छ । धन र मान दुबै तपाईंबाट नै आउँछन्, र तपाईंले सबै मानिसमाथि राज्य गर्नुहुन्छ । पराक्रम र शक्ति तपाईंकै बाहुलीमा छन् । मानिसहरूलाई उच्च पार्न र शक्ति दिन तपाईंकै हातमा बल र शक्ति छन् ।
”तिनले भने, “हे परमप्रभु, हाम्रा पुर्खाहरूका परमेश्वर, के तपाईं स्वर्गका परमेश्वर हुनुहुन्न र? के तपाईं जातिहरूका सबै राज्यका शासक हुनुहुन्न र? शक्ति र बल तपाईंका हातमा छन् । यसैले कसैले पनि तपाईंको विरोध गर्न सक्दैन ।
”हे इस्राएलका परमप्रभु परमेश्वर, तपाईं धर्मी हुनुहुन्छ, किनकि आजको दिनसम्म हामी केही बाँचेकाहरू अझै छौं । हाम्रो दोषको कारणले कोही पनि तपाईंको सामु खडा हुन नसक्ने भए तापनि हामी हाम्रा दोषमा तपाईंको सामु छौं ।
”तपाईं मात्र परमप्रभु हुनुहुन्छ । तपाईंले स्वर्ग, सर्वोच्च आकाश, त्यहाँका सबै आकाशीय पिण्ड अनि पृथ्वी र यसमा भएका थोक थोक, समुद्रहरू र तिनमा भएका सबै थोक बनाउनुभयो । तपाईंले नै ती सबैलाई जीवन दिनुहुन्छ, र स्वर्गका समुदायले तपाईंको आराधना गर्छन् ।
”परमेश्वरलाई खोजेर तपाईंले उहाँलाई बुझ्न सक्नुहुन्छ? सर्वशक्तिमान्लाई तपाईं सिद्ध रूपमा बुझ्न सक्नुहुन्छ?
”“तपाईंले सबै कुरा गर्न सक्नुहुन्छ भनी म जान्दछु, र तपाईंको कुनै पनि उद्देश्यलाई रोक्न सकिंदैन ।
”स्वर्गमा विराजमान हुनुहुनेचाहिं तिनीहरूलाई उपहास गर्नुहुन्छ । परमप्रभुले तिनीहरूलाई खिसी गर्नुहुन्छ ।
”परमेश्वर धर्मी न्यायकर्ता हुनुहुन्छ, परमेश्वर जो हरेक दिन क्रोधित हुनुहुन्छ ।
”मूर्खले आफ्नो हृदयमा भन्छ, “परमेश्वर हुनुहुन्न ।” तिनीहरू भ्रष्ट छन् र घृणित अधर्म गरेका छन् । असल गर्ने कोही छैन । बुझ्ने कोही छन् कि, परमप्रभुलाई खोज्ने कोही छन् कि भनी हेर्न उहाँले मानवजातिका छोराछोरीलाई स्वर्गबाट हेर्नुहुन्छ । तिनीहरू सबै बरालिएका छन् । तिनीहरू एकसाथ भ्रष्ट भएका छन् । असल गर्ने कोही छैन, अहँ, एक जना पनि छैन ।
”आफ्ना शत्रुहरूबाट तपाईंमा शरण लिनेहरूलाई तपाईं जसले आफ्नो दाहिने बाहुलिले बचाउनुहुन्छ, आफ्नो करारको विश्वस्तता अचम्म किसिमले देखाउनुहोस् ।
”आकाशले परमेश्वरको महिमा घोषणा गर्छ र आकाशहरूले उहाँका हातका कामहरूको घोषणा गर्छन् ।
”परमप्रभु मेरो गोठाला हुनुहुन्छ । मलाई कुनै कुरा खाँचो पर्नेछैन ।
”परमप्रभुको सोर शक्तिशाली छ । परमप्रभुको सोर महिमित छ ।
”परमप्रभुले स्वर्गबाट हेर्नुहुन्छ । उहाँले सबै मानिसलाई देख्नुहुन्छ । आफू बस्नुहुने ठाउँबाट तल पृथ्वीमा बस्ने सबैलाई उहाँले हे्र्नुहुन्छ ।
”दुष्ट मानिसले धर्मीको विरुद्धमा षड्यन्त्र गर्छ र त्यसले उनको विरुद्ध दाह्रा किट्छ । परमप्रभु त्योमाथि हाँस्नुहुनेछ, किनकि त्यसको दिन आइरहेको उहाँले देख्नुहुन्छ ।
”किन परमेश्वर सारा पृथ्वीमा राजा हुनुहुन्छ । समझले प्रशंसा गाओ । परमेश्वरले जातिहरूमा राज्य गर्नुहुन्छ । परमेश्वर आफ्नो पवित्र सिंहासनमा विराजमान हुनुहुन्छ ।
”मलाई तपाईंको उपस्थितिबाट टाढा नपठाउनुहोस्, र मबाट तपाईंको पवित्र आत्मा नलानुहोस् ।
”हे परमप्रभु, मलाई जवाफ दिनुहोस्, किनकि तपाईंको करारको विश्वस्तता असल छ । मेरो निम्ति तपाईंका कृपाहरू धेरै भएको हुनाले, मतिर फर्कनुहोस् ।
”उहाँको महिमित नाउँ सदासर्वदा धन्यको होस् र सारा पृथ्वी उहाँको महिमाले भरिपूर्ण होस् । आमेन र आमेन ।
”हे परमप्रभु, तपाईं भलो र क्षमा गर्न तत्पर हुनुहुन्छ, अनि तपाईंमा पुकारा गर्ने सबैलाई तपाईंले महान् दया देखाउनुहुन्छ ।
”हे परमप्रभु, देवतामध्ये कसैको पनि तपाईंसँग तुलना हुँदैन । तपाईंका कामहरूझैं कामहरू भएकै छैनन् । हे परमप्रभु, तपाईंले बनाउनुभएका सबै जाति आउनेछन् र तपाईंको सामु घोप्टो पर्नेछन् । तिनीहरूले तपाईंको नाउँको आदर गर्नेछन् । किनकि तपाईं महान् हुनुहुन्छ र अचम्मका कुराहरू गर्नुहुन्छ । तपाईं मात्र परमेश्वर हुनुहुन्छ ।
”तर हे परमप्रभु, तपाईं कृपालु र अनुग्रही, रिसाउनमा ढिला, करारको विश्वस्तता र भरोसायोग्य गुणमा प्रशस्तका परमेश्वर हुनुहुन्छ ।
”धार्मिकता र न्याय तपाईंको सिंहासनको जग हुन् । करारको विश्वस्तता र सत्यता तपाईंको सामुबाट आउँछन् ।
”पहाडहरू बनाउनुअगि वा तपाईंले पृथ्वी र संसारलाई बनाउनुअगि, अनादिदेखि अनन्तसम्म नै तपाईं परमेश्वर हुनुहुन्छ ।
”हे परमप्रभु, तपाईं सारा पृथ्वीभन्दा उच्च हुनुहुन्छ । तपाईं सबै देवताभन्दा उच्च हुनुहुन्छ ।
”परमप्रभुले राज्य गर्नुहुन्छ । जातिहरू थरथर होऊन् । उहाँ करूबहरूमाथि विराजमान हुनुहुन्छ । पृथ्वी थरथराओस् ।
”परमप्रभु हाम्रा परमेश्वरको स्तुति गर र उहाँको पवित्र पर्वतमा आराधना गर, किनकि परमप्रभु हाम्रा परमेश्वर पवित्र हुनुहुन्छ ।
”किनकि परमप्रभु असल हुनुहुन्छ । उहाँको करारको विश्वस्तता सदासर्वदा र उहाँको सत्यता सबै पुस्तामा रहन्छ ।
”प्राचीन समयमा पृथ्वीलाई तपाईंले यसको ठाउँमा बसाल्नुभयो । आकाश तपाईंकै हातका काम हुन् । तिनीहरू नष्ट हुनेछन्, तर तपाईं रहनुहुनेछ । तिनीहरू सबै लुगाझैं पुरानो हुनेछन् । तपाईंले तिनीहरूलाई लुगालाई झैं हटाउनुहुनेछ र तिनीहरू लोप हुनेछन् । तर तपाईं समान हुनुहुन्छ, र तपाईंका वर्षहरूका अन्त हुनेछैन ।
”परमप्रभु कृपालु र अनुग्रही हुनुहुन्छ । उहा धैर्यवान् हुनुहुन्छ । उहाँमा महान् करारको बफादारी छ ।
”किनकि पृथ्वीमाथि आकाश जति अग्लो छ, उहाँलाई आदर गर्नेप्रति उहाँको करारको विश्वस्तता त्यति नै महान् छ । पश्चिमबाट पूर्व जति टाढा छ, उहाँले हाम्रा पापहरूका दोषलाई हामीबाट त्यति नै टाढा हटाउनुभएको छ ।
”तर परमप्रभुलाई आदर गर्नेहरूमाथि उहाँको करारको विश्वस्तता अनादिदेखि अनन्तसम्म रहन्छ । उहाँको धार्मिकता तिनीहरूका सन्तानहरूमा रहन्छ । तिनीहरूले उहाँको करार पालन गर्छन् र उहाँका शिक्षाहरू पालन गर्न सम्झिन्छन् । परमप्रभुले स्वर्गमा आफ्नो सिंहासन स्थापित गर्नुभएको छ र उहाँको राज्यले हरेकमाथि शासन गर्छ ।
”मेरो सारा जीवनले म परमप्रभुको प्रशंसा गर्नेछु । हे परमप्रभु मेरो परमेश्वर, तपाई अति महान् हुनुहुन्छ । तपाईं वैभव र ऐश्वर्यले विभूषित हुनुहुन्छ । तपाईंले आफूलाई लुगाले झैं ज्योतिले ढाक्नुहुन्छ । तपाईंले आकाशलाई पालको पर्दालाई झैं फैलाउनुहुन्छ ।
”परमप्रभुलाई धन्यवाद देओ, किनकि उहाँ भलो हुनुहुन्छ र उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
”परमप्रभु सबै जातिभन्दा उच्च हुनुहुन्छ र उहाँको महिमा आकाशसम्म पुग्छ ।
”हाम्रा परमेश्वर स्वर्गमा हुनुहुन्छ । उहाँले जे इच्छा गर्नुहुन्छ त्यही उहाँले गर्नुहुन्छ ।
”परमप्रभुले जे इच्छा गर्नुहुन्छ, स्वर्गमा, पृथ्वीमा, समुद्रमा र सबै महासागरका गहिराइमा उहाँले त्यही गर्नुहुन्छ ।
”परमप्रभुलाई धन्यवाद देओ । किनकि उहाँ असल हुनुहुन्छ, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
”प्रभुहरूका प्रभुलाई धन्यवाद देओ किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
”उहाँलाई जसले बुद्धिद्वारा आकाश बनाउनुभयो, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
”स्वर्गका परमेश्वरलाई धन्यवाद देओ, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
”तपाईंको आत्माबाट म कहाँ कान सक्छु र? तपाईंको उपस्थितिबाट म कहाँ भाग्न सक्छु र? आकाशमाथि उक्लें भने तपाईं त्यहाँ हुनुहुन्छ । मैले चिहानमा आफ्नो ओछ्यान बनाएँ भने, तपाईं त्यहीं हुनुहुन्छ ।
”परमप्रभु महान् हुनुहुन्छ र धेरै प्रशंसा हुनुपर्छ । उहाँको महान्ता अथाहा छ ।
”म तपाईंको महिमाको ऐश्वर्य र तपाईंका अचम्मका कामहरू ध्यान गर्नेछु ।
”परमप्रभु अनुग्रही र कैपालु, रिसमा ढिला र करारको विश्वस्ततामा प्रशस्त हुनुहुन्छ ।
”परमप्रभु आफ्ना सबै मार्गमा धर्मी र उहाँले गर्ने सबै काममा अनुग्रही हुनुहुन्छ । परमप्रभुलाई पुकार्नेहरू सबैका नजिक, उहाँलाई सत्यतामा पुकार्नेहरूको नजिक हुनुहुन्छ ।
”परमप्रभुले स्वर्ग, पृथ्वी, समुद्र र त्यसमा सबैलाई बनाउनुभयो । उहाँले सदासर्वदा सत्यता हे्र्नुहुन्छ । थिचोमिचोमा परेकालाई उहाँले न्याय दिनुहुन्छ र भोकालाई भोजन दिनुहुन्छ । परमप्रभुले कैदीहरूलाई मुक्त गर्नुहुन्छ ।
”उहाँले ताराहरू गन्नुहुन्छ । उहाँले तिनीहरू सबैलाई नाउँ दिनुहुन्छ । हाम्रा परमप्रभु महान् र शक्तिमा भयङ्कर हुनुहुन्छ । उहाँको समझलाई नाप्न गर्न सकिंदैन ।
”मलाई प्रेम गर्नेहरूलाई म प्रेम गर्दछु, र मलाई परिश्रमसाथ खोज्नेहरूले मलाई भेट्टाउँछन् ।
”परमप्रभुको दृष्टि जताततै छ । उहाँले दुष्ट र असलमाथि नजर लगाउनुहुन्छ ।
”स्वर्ग उक्लेर को तल झरेको छ र? आफ्ना हातको मुट्ठीमा कसले बतासलाई बटुलेको छ र? कसले पानीलाई आफ्नो खास्टोमा जम्मा गरेको छ र? कसले पृथ्वीका कुना-कुनालाई स्थापित गरेको छ र? उहाँको नाउँ के हो र उहाँका पुत्रको नाउँ के हो? निश्चय नै तँलाई थाहा होला!
”चट्टानका ठाउँहरूमा जाओ र परमप्रभुको त्रास र उहाँको वैभवको महिमाबाट जमिनमा लुक ।
”प्रत्येकले अर्कोलाई बोलाउँथे र यसो भन्थे, “सर्वशक्तिमान् परमप्रभु पवित्र, पवित्र, पवित्र हुनुहुन्छ! सारा पृथ्वी उहाँको महिमाले भरिएको छ ।”
”तैंले पवित्र मानेर आदर गर्ने परमप्रभु नै हुनुहुन्छ । तैंले उहाँकै भय मान्नुपर्छ र तँ उहाँसितै डराउनुपर्छ ।
”किनकि हाम्रा निम्ति एउटा बालकको जन्म भएको छ, हाम्रो निम्ति एउटा छोरा जन्मेको छ, र शासन उहाँको काँधमा हुनेछ । अनि उहाँको नाउँ अचम्मको सल्लाकार, शक्तिशाली परमेश्वर, अनन्तका पिता र शान्तिका राजकुमार राखिनेछ ।
”परमप्रभुको आत्मा उहाँमाथि रहेनुहुनेछ, बुद्धि र समझको आत्मा, सुझाव र शक्तिको आत्मा, ज्ञान र परमप्रभुको भयको आत्मा ।
”तापनि परमप्रभुले तिमीहरू प्रति अनुग्रही हुनलाई आशा गरिरहनुभएको छ, यसकारण तिमीहरूलाई दया देखाउन उहाँ तयार हुनुहुन्छ । किनकि परमप्रभु न्यायको परमेश्वर हुनहुन्छ । उहाँको प्रतिक्षा गर्ने सबै जना धन्यका हुन् ।
”किनकि परमप्रभु हाम्रो न्यायकर्ता हुनुहुन्छ, परमप्रभु हाम्रो व्यवस्था दिने हुनुहुन्छ, परमप्रभु हाम्रा राजा हुनुहुन्छ । उहाँले हामीलाई बचाउनुहुने छ ।
”उहाँको सामु सबै जातिहरू अपर्याप्त छन् । उहाँले तिनीहरूलाई केही जस्तो पनि ठान्नुहुन्न । तब तिमीहरूले परमेश्वरलाई केसँग तुलना गर्नेछौ? तिमीहरूले उहाँलाई कुन मूर्तीसँग तुलना गर्नेछौ?
”पृथ्वीको क्षितिजभन्दा माथि विराजमान हुनुहुने उहाँ नै हुनुहुन्छ । अनि यसका बासिन्दाहरू उहाँको सामु फट्याङ्ग्राहरू जस्तै छन् । आकाशहरूलाई उहाँले पर्दाझैं तन्काउनुहुन्छ र तिनीहरूलाई बस्ने पालझैं फिंजाउनुहुन्छ ।
”के तैंले जानेका छैनस्? के तैंले सुनेका छैनस्? परमप्रभु अनन्तका परमेश्वर, पृथ्वीको अन्तसम्मका सृष्टिकर्ता थकित वा हैरान बन्नुहुन्न । उहाँको समझको कुनै सिमा छैन ।
”म परमप्रभु हुँ, मेरो नाउँत्यही हो । म आफ्नो महिमा अर्कोलाई दिनेछैन न म आफ्नो प्रशंसा मूर्तीहरूलाई दिन्छु ।
”परमप्रभु घोषणा गर्नुहुन्छ, “तिमीहरू मेरा गवाहीहरू हौ र मैले चुनेको मेरो सेवक हौ, ताकि तिमीहरूले मलाई चिन र ममा विश्वास गर र म उही हुँ भनी बुझ । मभन्दा पहिले त्यहाँ कुनै ईश्वर बनेको थिएन, र न मपछि कुनै ईश्वर हुनेछ । म, म परमप्रभु हुँ, र मबाहके कुनै उद्धारक छैन ।
”इस्राएलका राजा, त्यसको उद्धारक, सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, “म नै पहिलो हुँ र म नै अन्तिम हुँ । र मबाहेक अरू कुनै परमेश्वर छैन ।
”तँलाई गर्भमा आकार दिनुहुने परमप्रभु तेरा उद्धारक यसो भन्नुहुन्छः “म परमप्रभु हुँ, जसले हरेक कुरा बनाएँ, जसले आकाशलाई एक्लै फैलाएँ, जसले पृथ्वीलाई एक्लै बनाएँ ।
”ताकि सूर्य उदाउने ठाउँदेखि, र पश्चिमदेखि मानसिहरूले मबाहेक कुनै ईश्वर छैन भनी जानून्, म परमप्रभु हुँ र अरू कोही छैन । म नै ज्योति बनाउँछु र अन्धकारको सृष्टि गर्छु । म शान्ति ल्याउँछु र विपत्तिको सृजना गर्छु । यी सबै कुराहरू गर्ने परमप्रभु म नै हुँ ।
”आकाशको सृष्टि गर्नुहुने परमप्रभु, पृथ्वीको सृष्टि गर्ने र त्यसलाई बनाउने र त्यसलाई स्थापित गर्ने साँचो परमेश्वर यसो भन्नुहुन्छ । उहाँले नै त्यसको सृष्टि गर्नुभयो, उजाड होइन, तर बसोवास गर्नलाई तयार पार्नुभयोः “म नै परमप्रभु हुँ र त्यहाँ अरू कोही छैन ।
”नजिक आओ र मलाई यो घोषणा गर, प्रमाण ल्याओ! तिनीहरूले एकसाथ षड्यन्त्र गरून् । यसलाई धेरै पहिलेदेखि कसले प्रकट गरेको छ? कसले यो घोषणा गर्यो? के यो म परमप्रभुले नै थिएनँ र? मबाहेक त्यहाँ अरू कुनै परमेश्वर छैन, न्यायी परमेश्वर र उद्धारक । मबाहेक कुनै अरू छैन । ए पृथ्वीका अन्तिम छेउका हो, मतिर फर्क र बाँच । किनकि म नै परमेश्वर हुँ र त्यहाँ अरू कोही छैन ।
”पहिलेका कुराहरू अर्थात् विगतका समयहरूका बारेमा विचार गर, किनकि म परमेश्वर हुँ र त्यहाँ अरू कोही छैन । म परमेश्वर हुँ र मजस्तो अरू कोही छैन । सुरुदेखि नै म अन्तको बारेमा, अनि अझसम्म नघटेको कुराका बारेमा पहिलेदेखि नै म भन्न सक्छु । म भन्छु, “मेरो योजना पुरा हुनेछ र मलाई जस्तो इच्छा लाग्छ त्यस्तै म गर्नेछु ।”
”किनभने तँलाई बनाउनुहुने तेरो स्वामी हुनुहुन्छ । उहाँको नाउँ सर्वशक्तिमान् परमप्रभु हो । इस्रएलको परमपवित्र तेरो उद्धारक हुनुहुन्छ । उहाँलाई सारा पृथ्वीको परमेश्वर भनिन्छ ।
”“किनभने मेरा विचारहरू तिमीहरूका विचारहरू होइनन्, न त तिमीहरूका उपायहरू मेरा उपायहरू हुन्— यो पमरप्रभुको घोषणा हो— किनकि जसरी पृथ्वीभन्दा आकाश उच्च छ, त्यसरी नै तिमीहरूका उपायहरूभन्दा मेरा उपायहरू र तिमीहरू विचारहरूभन्दा मेरा विचारहरू उच्च छन् ।
”उच्च र माथि उचालिले यसो भन्नुहुन्छ, जो अनन्तसम्म जिउनुहुने, जसको नाउँ पवित्र हो, “म उचालिएको र पवित्र स्थानमा बस्छु, साथै जसको तोडिएको र नम्र आत्मा हुन्छ, नम्रहरूका आत्मा जगाउन र पश्चात्तापीहरूका हृदयलाई जगाउन, तिनीहरूमा म पनि बस्छु ।
”परमप्रभु यसो भन्नुहुन्छ, “स्वर्ग मेरो सिंहासन हो र पृथ्वी मेरो पाउदान हो । तब तिमीहरूले मेरो निम्ति भवन कहाँ बनाउने छौ? मैले विश्राम गर्ने ठाउँ कहाँ छ?
”तर परमप्रभु नै साँचो परमेश्वर हुनुहुन्छ । उहाँ नै जीवित परमेश्वर र अनन्तका राजा हुनुहुन्छ । उहाँको रिसमा पृथ्वी हल्लिन्छ, र जातिहरूले उहाँको रिस सहन सक्दैनन् ।
”तर उहाँले पृथ्वीलाई आफ्नो शक्तिले बनाउनुभयो, र उहाँले आफ्नो बुद्धिले संसार स्थापित गर्नुभयो, र आफ्नो समझशक्तिले आकाशलाई फैलाउनुभयो ।
”त्यसकारण हेर्, यस पटक म तिनीहरूलाई जान्न लगाउनेछु । म तिनीहरूलाई मेरो हात र मेरो शक्ति जान्न लगाउनेछु, यसरी परमप्रभु नै मेरो नाउँ हो भनेर तिनीहरूले जान्नेछन् ।
”के मैले देख्न नसक्ने गरी कोही गुप्त ठाउँमा लुक्न सक्छ र? यो परमप्रभुको घोषणा हो, र के स्वर्ग र पृथ्वीलाई म ढाक्दिनँ र? यो परमप्रभुको घोषणा हो ।
”विगतमा परमप्रभु मकहाँ देखा पर्नुभयो र भन्नुभयो, “ए इस्राएल, मैले तँलाई अनन्त प्रेमले प्रेम गरेको छु । त्यसैले मैले तँलाई करारको विश्वसनीयताले मतिर खिँचेको छु ।
”तब हरेक मानिसले फेरि आफ्नो छिमेकी वा हरेक मानिसले आफ्नो भाइलाई यसो भनेर सिकाउने छैन, 'परमप्रभुलाई चिन ।' किनकि सानादेखि ठुलासम्म तिनीहरू सबैले मलाई चिन्नेछन्, यो यो परमप्रभुको घोषणा हो । किनकि म तिनीहरूको अधर्म क्षमा दिनेछु, र फेरि तिनीहरूका पाप सम्झनेछैनँ ।”
”“हे परमप्रभु परमेश्वर! हेर्नुहोस्, आफ्नो महाशक्ति र पसारिएको पाखुराद्वारा तपाईंले नै स्वर्ग र पृथ्वी सृजनुभयो । तपाईंले भन्नुहुने कुनै पनि कुरो गर्न तपाईंलाई कत्ति पनि कठिन हुँदैन । हजारौंलाई तपाईंले करारको विश्वस्तता देखाउनुहुन्छ, र मानिसहरूका दोष तिनीहरूपछि तिनीहरूका छोराछोरीमाथि खन्याउनुहुन्छ । तपाईं महान् र शक्तिशाली परमेश्वर हुनुहुन्छ । सर्वशक्तिमान् परमप्रभु तपाईंको नाउँ हो ।
”“हेर्, म परमप्रभु सबै मानव-जातिका परमेश्वर हुँ । के कुनै कुरा मैले गर्नै नसक्ने कठिन छ र?
”र यसो भने, “परमेश्वरको नाउँको सदासर्वदा प्रशंसा होस्, किनकि बुद्धि र शक्ति उहाँकै हुन् । उहाँले नै समय र ऋतुहरू परिवर्तन गर्नुहुन्छ । उहाँले राजाहरूलाई हटाउनुहुन्छ र राजाहरूलाई सिंहासनमा राख्नुहुन्छ । उहाँले बुद्धिमान्लाई बुद्धि र समझदारहरूलाई ज्ञान दिनुहुन्छ । उहाँले गहिरा र लुकेका कुराहरू प्रकट गर्नुहुन्छ किनभने अन्धकारमा के छ भनी उहाँले जानुहुन्छ र उज्यालोले उहाँसँग वास गर्छ ।
”सदासर्वदाको निम्ति तेरो पति हुने प्रतिज्ञा म गर्नेछु । धार्मिकता, न्याय, करारको विश्वस्तता र कृपामा तेरो पति हुने प्रतिज्ञा म गर्नेछु ।
”उहाँ सर्वशक्तिमान् परमप्रभु परमेश्वर हुनुहुन्छ । पुकारा गर्नुपर्ने उहाँको नाउँ “परमप्रभु” हो ।
”किनकि, हेर, जसले पहाडहरू बनाउनुहुन्छ, उहाँले नै बतास पनि सृष्टि गर्नुहुन्छ, आफ्ना विचारहरू मानिसजातिकहाँ प्रकट गर्नुहुन्छ, बिहानको उज्यालोलाई अन्धकार बनाउनुहुन्छ, र पृथ्वीका उच्च ठाउँहरूलाई कुल्चिनुहुन्छ । परमप्रभु, सर्वशक्तिमान् परमेश्वर, उहाँको नाउँ हो ।”
”परमप्रभु डाही परमेश्वर हुनुहुन्छ र उहाँले बदला लिनुहुन्छ । परमप्रभुले बदला लिनुहुन्छ र उहाँ क्रोधले भरिनुभएको छ । उहाँले आफ्ना विरोधीहरूसँग बदला लिनुहुन्छ र आफ्ना शत्रुहरूप्रति उहाँको रिस रहिरहन्छ । परमप्रभु रिसाउनमा ढिला र शक्तिमा महान् हुनुहुन्छ । उहाँले दुष्टलाई दण्डबाट उम्कन दिनुहुन्न । परमप्रभुले भुमरी र आँधीमा आफ्नो मार्ग तयार गर्नुहुन्छ, र बादलहरू उहाँका पाउका धुलो हुन् ।
”तथापि समुद्रलाई पानीले ढाकेझैँ सारा भुमि परमप्रभुको महिमाको ज्ञानले भरिनेछ ।
”परमप्रभु तिमीहरूका परमेश्वर तेरो बिचमा हुनुहुन्छ, जो तँलाई बचाउन सामर्थी हुनुहुन्छ । उहाँले तेरो निम्ति आनन्द मनाउनुहुन्छ । उहाँ आफ्नो प्रेममा तँसित शान्त हुनुहुन्छ । उहाँ आनन्दको सोरले तँसित रमाउनुहुनेछ ।
”तर म तिमीहरूलाई भन्दछु, कि शपथ खाँदै नखाओ, न त स्वर्गको, किनकि त्यो परमेश्वरको सिंहासन हो; न त पृथ्वीको, किनकि त्यो उहाँको निम्ति पाउदान हो; न त यरूशलेमको, किनकि त्यो महान् राजाको सहर हो;
”त्यसकारण, जसरी तिमीहरूका स्वर्गीय पिता सिद्ध हुनुहुन्छ, त्यसरी नै तिमीहरू पनि सिद्ध हुनुपर्दछ ।
”त्यसैले, यसरी प्रार्थना गरः ‘हे हाम्रा स्वर्गमा हुनुहुने पिता, तपाईंको नाउँ पवित्र गरियोस्,
”र हामीलाई परीक्षामा नडोर्याउनुहोस्, तर दुष्टबाट छुटकारा दिनुहोस् । किनकि राज्य र पराक्रम र महिमा सदासर्वदा तपाईंकै हुन् । आमेन ।’
”त्यस बेला येशूले भन्नुभयो, “पिता, म तपाईंको प्रशंसा गर्दछु । हे स्वर्ग र पृथ्वीका मालिक, किनभने तपाईंले यी कुराहरू बुद्धिमानी र समझदारहरूबाट लुकाउनुभयो, र ती अनपढलाई प्रकट गराउनुभयो जो साना बालकहरूजस्ता छन् ।
”येशूले तिनीहरूलाई हेर्नुभयो र भन्नुभयो, “मानिसहरूका निम्ति त यो असम्भव छ, तर परमेश्वरको निम्ति सबै कुरा सम्भव छन् ।”
”‘म अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वर हुँ?’ परमेश्वर मृतकहरूको परमेश्वर हुनुहुन्न, तर उहाँ जीवितहरूका परमेश्वर हुनुहुन्छ ।”
”जब मानिसका पुत्र आफ्नो महिमामा आउनेछन् र उनको साथमा सारा स्वर्गदूतहरू आउनेछन्, उनी आफ्नो महिमित सिंहासनमा विराजमान हुनेछन् । उनको सामुन्ने सारा जाति भेला गराइनेछन्, र जसरी गोठालाले आफ्ना भेडाहरूलाई बाख्राहरूबाट छुट्ट्याउँछ, त्यसरी नै उनले एउटा मानिसलाई अर्कोबाट छुट्ट्याउनेछन् ।
”येशू उनीहरूकहाँ आउनुभयो र उनीहरूसँग बोल्नुभयो र भन्नुभयो, “स्वर्ग र पृथ्वीमा सबै अधिकार मलाई दिइएको छ । यसकारण, जाओ र सबै देशका जातिलाई चेला बनाओ । पिता, पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा देओ ।
”येशूले तिनीहरूलाई हेर्नुभयो र भन्नुभयो, “मानिसहरूका लागि यो असम्भव हुन्छ, तर परमेश्वरको लागि होइन । परमेश्वरको निम्ति सबै कुरा सम्भव छ ।”
”येशूले जवाफ दिनुभयो, “सबैभन्दा महत्त्वपूर्णचाहिँ यो हो, ‘सुन, हे इस्राएल, परमप्रभु हाम्रा परमेश्वर, परमप्रभु एक मात्र हुनुहुन्छ ।
”येशूले भन्नुभयो, “म हुँ । र तिमीहरूले मानिसका पुत्रलाई शक्तिको दाहिने हातपट्टि बसेको र आकाशको बादलसँग आएको देख्नेछौ ।”
”तब पवित्र आत्माले भरिएर येशू यर्दन नदीबाट फर्कनुभयो, अनि आत्माद्वारा उजाड-स्थानमा डोर्याइनुभयो ।
”तिम्रा पिता कृपालु हुनुभएझैँ तिमी पनि कृपालु होऊ ।
”त्यही समय उहाँ पवित्र आत्मामा आनन्दित हुनुभयो, “हे पिता, पृथ्वी र स्वर्गका प्रभु, म तपाईंको प्रशंसा गर्छु, किनभने तपाईंले यी कुराहरू बुद्धिमान् र समझदारहरूबाट लुकाउनुभयो र साना बालकहरूजस्ता अन्जानहरूलाई प्रकट गर्नुभयो । हे पिता, किनभने यो नै तपाईंको दृष्टिमा असल थियो ।”
”येशूले तिनीहरूलाई भन्नुभयो, “जब तिमीहरूले प्रार्थना गर्छौ, यसो भन्नू, ‘हे पिता, तपाईंको नाउँ पवित्र गरियोस् । तपाईंको राज्य आओस् ।
”सुरुमा वचन हुनुहुन्थ्यो । वचन परमेश्वरसँग हुनुहुन्थ्यो । अनि वचन नै परमेश्वर हुनुहुन्थ्यो । उहाँ सुरुदेखि नै परमेश्वरसँग हुनुहुन्थ्यो । सबै थोकहरू उहाँद्वारा बनिए, र बनिएको कुनै पनि थोक उहाँविना बनिएन ।
”किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एक मात्र पुत्र दिनुभयो, ताकि उहाँमा विश्वास गर्ने कोही पनि नमरोस्, तर उसले अनन्त जीवन पाओस् ।
”पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ, र उहाँले सबै कुरा उहाँको हातमा दिनुभएको छ ।
”परमेश्वर आत्मा हुनुहुन्छ र उहाँलाई आराधना गर्ने मानिसहरूले उहाँलाई आत्मा र सत्यतामा आराधना गर्नुपर्छ ।”
”येशूले तिनीहरूलाई भन्नुभयो, “म जीवनको रोटी हुँ, जो मकहाँ आउँछ त्यो कहिल्यै भोकाउनेछैन र जसले मलाई विश्वास गर्छ त्यो कहिल्यै तिर्खाउनेछैन ।
”म जीवनको रोटी हुँ ।
”स्वर्गबाट ओर्लिआएको जीवित रोटी म नै हुँ । यदि कसैले यो रोटीको केही भाग खान्छ भने, त्यो सदासर्वदा जिउनेछ । मैले दिने रोटी संसारको जीवनको निम्ति दिने मेरो देह नै हो ।”
”फेरि येशूले तिनीहरूलाई यसो भन्नुभयो, “म संसारको ज्योति हुँ, मलाई पछ्याउने अन्धकारमा हिँड्डुल गर्नेछैन, तर त्यसले जीवनको ज्योति पाउनेछ ।”
”मेरो आफ्नैबारे गवाही दिने म नै हुँ, र मलाई पठाउनुहुने मेरा पिताले मेरो बारेमा गवाही दिनुहुन्छ ।”
”येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू तलका हौ, म माथिको हुँ । तिमीहरू यस संसारका हौ, म यस संसारको होइनँ ।
”येशूले तिनीहरूलाई भन्नुभयो, “म तिमीहरूलाई साँचो, साँचो भन्दछु, अब्राहाम हुनुभन्दा अगिदेखि नै म छँदै छु ।”
”म असल गोठालो हुँ । असल गोठालोले आफ्ना भेडाहरूका लागि आफ्नो ज्यान पनि दिन्छ ।
”येशूले तिनलाई भन्नुभयो, “पुनरुथान र जीवन म नै हुँ; जसले मलाई विश्वास गर्छ, त्यो मरे तापनि जीवित हुनेछ ।
”येशूले तिनलाई भन्नुभयो, “बाटो, सत्य र जीवन मै नै हुँ; मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन । यदि तिमीहरूले मलाई चिनेका भए, तिमीहरूले मेरा पितालाई पनि चिन्ने थियौ । अबदेखि उसो तिमीहरूले उहाँलाई चिनेका छौ र उहाँलाई देखेका छौ ।”
”तापनि सल्लाहकार अर्थात् पवित्र आत्मा जसलाई पिताले मेरो नाउँमा पठाउनुहुनेछ उहाँले तिमीहरूलाई सबै कुरा सिकाउनुहुनेछ र मैले तिमीहरूलाई भनेका सबै कुरा तिमीहरूलाई याद दिलाउनुहुनेछ ।
”आफ्नो मित्रको लागि आफ्नो ज्यानै दिनुभन्दा अर्को कुनै महान् प्रेम छैन ।
”त्यसैले, जब येशूले “म उही हुँ” भन्नुभयो तिनीहरू पछाडि हटे अनि जमिनमा ढले ।
”तिनीहरूले प्रार्थना गरे र भने, “तपाईं प्रभुले सबै मानसिहरूको हृदय जान्नु हुन्छ, त्यसैले यी दुई जनामध्ये कसलाई चुन्नुभएको छ प्रकट गर्नुहोस्
”तथापि सर्वोच्च परमेश्वर हातले बनाएका घरहरूमा बस्नुहुन्न जस्तो अगमवक्ताले भनेका छन्ः ‘स्वर्ग मेरो सिंहासन हो, र पृथ्वी मेरा खुट्टाको पाउदान । तिमीहरूले मेरो निम्ति कस्तो किसिमको घर बनाउन सक्छौ?’ परमप्रभु भन्नुहुन्छ । वा मेरो विश्राम स्थान कहाँ छ?
”परमेश्वर जसले संसार र त्यसमा भएका सबै थोक बनाउनुभयो, उहाँ स्वर्ग र पृथ्वीका प्रभु हुनुभएको कारण उहाँ मानिसका हातहरूले बनाएका मन्दिरहरूमा बस्नुहुन्न ।
”किनभने सबै भक्तिहीनता र मानिसहरूको अधार्मिक्ता विरुद्ध परमेश्वरको क्रोध स्वर्गबाट प्रकट भएको छ जसले भक्तिहीनताद्वारा सत्यतालाई रोकेको छ । यो परमेश्वरबारे अज्ञात भएको कुरा तिनीहरूलाई दृश्य भएको हुनाले हो । किनभने परमेश्वरले तिनीहरूलाई प्रकाश दिनुभएको छ । किनकि संसारको उत्पत्तिदेखि उहाँका अदृश्य पक्षहरू स्पष्ट रूपमा दृश्य भएका छन् । ती सृजिएका थोकहरूद्वारा बुझिएका छन् । यी पक्षहरू उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभावहरू हुन् । परिणामस्वरूप, यी मानिसहरूलाई कुनै बहाना छैन ।
”तर परमेश्वरले हामीप्रति उहाँको आफ्नो प्रेम प्रमाणित गर्नुहुन्छ, किनकि हामी पापी हुँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो ।
”किनकि म विश्वस्त भएको छु, कि न मृत्युले, न जीवनले, न स्वर्गदूतहरूले, न शासकहरूले, न वर्तमानका कुराहरूले, न आउने कुराहरूले, न उचाइले, न गहिराइले, न सृष्टि गरिएको कुनै थोकले हाम्रा प्रभु ख्रीष्ट येशूमा भएको परमेश्वरको प्रेमबाट हामीलाई अलग गर्न सक्छ ।
”ओहो! परमेश्वरका बुद्धि र ज्ञान दुवै कति गहन! उहाँका न्यायहरू कति अगम्य र उहाँका मार्गहरू खोज्न नै नसकिने छन्! “किनकि परमेश्वरको मनलाई कसले जानेको छ र? अथवा उहाँको सल्लाहकार को भएको छ र? अथवा कसले परमेश्वरलाई पहिले कुनै कुरा दिएको छ, ताकि त्यसलाई यो फर्काइयोस्?” किनकि सबै थोक उहाँबाट, उहाँद्वारा र उहाँकै निम्ति हुन् । उहाँलाई नै सदासर्वदा महिमा होस् । आमेन ।
”तिमीहरूको विश्वास मानिसहरूको बुद्धिमा होइन, तर परमेश्वरको शक्तिमा भएको होस् ।
”किनकि परमेश्वरको राज्य कुरामा होइन, तर शक्तिमा छ ।
”तर हाम्रा निम्ति “परमेश्वर पिता एक मात्र हुनुहुन्छ, जसबाट नै सबै कुरा हुन आए, र हामी उहाँकै निम्ति जिउँछौ; र एउटै प्रभु येशू ख्रीष्ट जसद्वारा सबै कुरा अस्तित्वमा आउँछन् र जसद्वारा नै हामी अस्तित्वमा छौँ ।”
”यो यही शक्ति हो जुन परमेश्वरले ख्रीष्ट येशूलाई मृत्युबाट जीवित पार्नुभएको र स्वर्गीय स्थानहरूमा उहाँको दाहिने बाहुलीमा येशूलाई बसाल्नुभएको समयमा येशू ख्रीष्टमा कार्य गर्दैथियो । उहाँले येशूलाई सबै शासन, सबै अधिकार, शक्ति, प्रभुत्त्वहरू र हरेक नामभन्दा माथि राख्नुभयो । यस युगको लागि मात्र होइन, तर आउने युगको लागि पनि उहाँले ख्रीष्टलाई राख्नुभएको छ । परमेश्वरले सबै कुराहरू येशू ख्रीष्टको पाउमा सुम्पनुभएको छ र उहाँलाई नै मण्डलीमा सबै कुराहरू माथि शिर बनाउनुभएको छ । उहाँले सबै तरिकामा सबै कुरा पूरा गर्नुहुन्छ, र उहाँको पूर्णता उहाँको शरीर, मण्डली हो ।
”तर परमेश्वरले आफ्नो महान् प्रेमले हामीलाई प्रेम गर्नुभएको कारण उहाँ दयामा धनी हुनुहुन्छ ।
”किनकि येशूद्वारा हामी दुवै एउटै आत्मामा पिताकहाँ जान सक्छौँ ।
”र सबैका पिता, परमेश्वर पनि एउटै हुनुहुन्छ । उहाँ सबै कुरामाथि, सबै कुराभित्र र सबै कुरामा हुनुहुन्छ ।
”र परमेश्वरको पवित्र आत्मालाई दुःखित नतुल्याओ । छुटकाराको दिनको निम्ति उहाँद्वारा नै तिमीहरूमा छाप लगाइएको छ ।
”यसकारण, परमेश्वरले उहाँलाई अति उच्च पार्नुभयो । परमेश्वरले उहाँलाई सबै नाउँभन्दा उच्च नाउँ दिनुभयो । उहाँले यसो गर्नुभयो, ताकि येशूको नाममा हरेक घुँडाहरू टेकिऊन्ः स्वर्ग, पृथ्वी र पृथ्वीमुनि भएका सबैका घुँडाहरू । र उहाँले यो गर्नुभयो, ताकि परमेश्वर पिताको महिमाका लागि प्रत्येक जिब्रोले येशू ख्रीष्ट नै प्रभु हुनुहुन्छ भनी स्वीकार गरोस् ।
”पुत्र अदृश्य परमेश्वरका प्रतिरूप हुनुहुन्छ । उहाँ सबै सृष्टिमा जेष्ठ हुनुहुन्छ । किनकि पृथ्वीमा तथा स्वर्गमा भएका सबै दृश्य र अदृश्य कुराहरू उहाँद्वारा सृष्टि गरिएका थिए । चाहे सिंहासनहरू वा प्रभुत्वहरू वा प्रधानताहरू वा अधिकारहरू, सबै थोक उहाँद्वारा उहाँकै लागि सृष्टि गरिएका थिए । उहाँ सबैथोकहरूभन्दा अगि हुनुहुन्छ र उहाँमा सबै कुराहरू एकसाथ रहेका छन् । र उहाँ शरीर अर्थात् मण्डलीको शिर हुनुहुन्छ । उहाँ नै सुरुआत हुनुहुन्छ र मरेकाहरूबाट जीवित हुनेमा पहिलो हुनुहुन्छ, यसैले सबै कुराहरूमा उहाँको प्रथम स्थान रहेको छ । किनकि आफ्ना सारा पूर्णता ख्रीष्टमा बास गरेकोमा,
”किनकि उहाँमा परमेश्वरको पूर्णता शरीरमा बास गर्दछ । र तिमीहरू उहाँमा पूर्ण रूपमा भरिएका छौ । उहाँ नै सबै शक्ति र अधिकारको शिर हुनुहुन्छ ।
”अब युगहरूका राजा, अविनाशी, अदृश्य, एकमात्र परमेश्वरलाई सदासर्वदा आदर र महिमा होस् । आमिन ।
”केवल उहाँ मात्र अमर हुनुहुन्छ र कोही पनि जान नसक्ने ज्योतिमा वास गर्नुहुन्छ । नत उहाँलाई कसैले देखेको छ नत देख्न सक्दछ । उहाँलाई नै आदर र अनन्त शक्ति होस् । आमिन ।
”प्राचीन कालमा परमेश्वर विभिन्न समयमा विभिन्न प्रकारले हाम्रा पिता पुर्खाहरूसँग अगमवक्ताहरूद्वारा बोल्नुभयो । तर यी अन्तिम दिनहरूमा उहाँ हामीहरूसँग पुत्रद्वारा बोल्नुभएको छ, जो सबै कुराका निम्ति उत्तराधिकारी नियुक्त गरिनुभएको छ । परमेश्वरले उहाँद्वारा नै सबै कुरा पनि बनाउनुभयो । उहाँ नै परमेश्वरलको स्वभावको सार र महिमाको चमक हुनुहुन्छ । आफ्नो शक्तिको वचनद्वारा उहाँले सबै कुरा सँगै पक्रिराख्नुभएको छ । उहाँले पापको शुद्धेइँ गर्नुपछि उहाँ उच्च सिंहासनको दाहिनेपट्टि विराजमान हुनुभएको छ ।
”तर पुत्रको विषयमा उहाँ यसो भन्नुहुन्छ, “हे परमेश्वर, तपाईंको सिंहासन सधैँभरि रहिरहने छ । तपाईंको राजदण्ड नै तपाईंको राज्यको न्यायको राजदण्ड हुनेछ ।
”सृष्टिको कुनै पनि थोक परमेश्वरको दृष्टिमा लुकेको छैन । बरु, उहाँको दृष्टिमा हरेक कुरा छर्लङ्गै छ जसलाई हामीले लेखा दिनुपर्छ ।
”किनकि हाम्रा परमेश्वर भस्म पार्ने आगो हुनुहुन्छ ।
”येशू ख्रीष्ट हिजो, आज र सधैँभरि एक समान हुनुहुन्छ ।
”हरेक असल वरदान र हरेक सिद्ध वरदान माथिबाटको हो । ज्योतिका पिताबाट त्यो तल आउँछ । उहाँ बद्लिरहने छायाजस्तो बद्लिनुहुन्न ।
”परमेश्वर एउटै हुनुहुन्छ भनेर तिमीहरू विश्वास गर्दछौ; तिमीहरूले त्यो असल गर्दछौ । तर भूतात्माहरूले पनि विश्वास गर्दछन्, र तिनीहरू थरथर काम्छन् ।
”उहाँ परमेश्वरको दाहिने हातपट्टि हुनुहुन्छ । उहाँ स्वर्गमा जानुभयो । स्वर्गदूतहरू, अधिकारहरू र शक्तिहरू सबै उहाँमा झुक्नुपर्छ ।
”उहाँले परमेश्वर पिताबाट आदर र महिमा प्राप्त गर्नुभयो, जब वैभवपूर्ण महिमाबाट यो स्वर आएको थियोः “यिनी मेरा प्रिय पुत्र हुन्, जोसित म धेरै खुसी छु ।”
”हामीले उहाँबाट सुनेको वचन यही हो र हामी तिमीहरूलाई घोषणा गर्छौं, कि परमेश्वर ज्योति हुनुहुन्छ र उहाँमा कुनै अन्धकार छैन ।
”जसले प्रेम गर्दैन, त्यसले परमेश्वरलाई चिन्दैन, किनभने परमेश्वर प्रेम हुनुहुन्छ ।
”अनि हामीप्रति परमेश्वरले गर्नुभएको प्रेमलाई हामीले जानेका छौँ र विश्वास गरेका छौँ । परमेश्वर प्रेम हुनुहुन्छ र जो प्रेममा रहन्छ, त्यो परमेश्वरमा रहन्छ, र परमेश्वर त्यसमा रहनुहुन्छ ।
”किनकि गवाही दिनेहरू तिन छन्, आत्मा, पानी र रगत अनि यी तिनै सहमत हुन्छन् ।
”तर हामी जान्दछौँ, कि परमेश्वरका पुत्र आउनुभएको छ र हामीलाई समझशक्ति दिनुभएको छ, कि जो सत्य हुनुहुन्छ हामी उहाँलाई चिनौँ, र जो सत्य हुनुहुन्छ हामी उहाँमा र उहाँका पुत्र येशू ख्रीष्टमा पनि छौँ । उहाँ साँचो परमेश्वर र अनन्त जीवन हुनुहन्छ ।
”हाम्रा उद्धारक एक मात्र परमेश्वरलाई सारा समयभन्दा पहिलेदेखि, अहिले र अनन्तसम्म हाम्रा प्रभु येशू ख्रीष्टबाट महिमा, गरिमा, प्रभुत्व र शक्ति रहिहोस् । आमेन ।
”सर्वशक्तिमान् परमप्रभु परमेश्वर भन्नुहुन्छ, “अल्फा र ओमेगा म नै हुँ”, “उहाँ जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो, र जो हुन आउनुहुनेछ ।” [टिपोटः केही संस्करणमा लेखिएको छ] “अल्फा र ओमेगा, सुरु र अन्त म नै हुँ”, परमप्रभु परमेश्वर भन्नुहुन्छ ।
”“सार्डिसको मण्डलीमा भएका दूतलाई लेखः ‘सातवटा तारा र परमेश्वरका सात आत्मा पक्रिनुहुनेका वचनहरू यिनै हुन् । तिमीले गरेका कामहरू मलाई थाहा छ । तिमी जीवित भएको ख्याति भए तापनि तिमी मरेका छौ ।
”एकै छिनमा म आत्मामा थिएँ, र स्वर्गमा एउटा सिंहासन भएको मैले देखेँ, जसमाथि कोही बसिरहनुभएको थियो । त्यसमाथि बस्नुहुने स्फटिक र लालमणिजस्तै देखिनुहुन्थ्यो । सिंहासनको वरिपरि इन्द्रेणी थियो । त्यो इन्द्रेणी मोती जस्तो चम्किलो देखिन्थ्यो । त्यस सिंहासनको वरिपरि चौबिसवटा सिंहासन थिए, र चौबिस जना एल्डर तिनीहरूका शिरमा सुनका मुकुटहरू लगाएका र सेतो वस्त्र पहिरिएर बसेका थिए । सिंहासनबाट बिजुलीको चमक र गर्जनहरू आए, र चट्याङसँगै नष्ट भए । सिंहासनको अगाडि सातवटा बत्ती बलिरहेका थिए । ती बत्तीहरूचाहिँ परमेश्वरका सात आत्मा थिए । सिंहासनको अगि स्फटिकजस्तै देखिने काँचको समुद्र थियो । सिंहासनको बिचमा र सिंहासनवरिपरि, अगाडि र पछाडि आँखैआँखाले भरिएका चार जीवित प्राणी थिए । पहिलो जीवित प्राणी सिंहजस्तो थियो, दोस्रो जीवित प्राणी बाछोजस्तो थियो, तेस्रो जीवित प्राणीको अनुहार मानिसको जस्तो थियो र चौथो जीवित प्राणी उडिरहेको चिलजस्तो थियो । चारै जीवित प्राणीमध्ये हरेकका ६-६ वटा पखेटा थिए; तल र माथि आँखैआँखाले भरिएका थिए । दिनरात तिनीहरूले “पवित्र, पवित्र, पवित्र, सर्वशक्तिमान् परमप्रभु परमेश्वर जो हुनुहुन्थ्यो, र हुनुहुन्छ, र हुन आउनुहुनेछ” भनी रहन्थे । जब ती जीवित प्राणीहरूले सिंहासनमाथि विराजमान हुनुहुने र सदासर्वदा जीवित रहनुहुनेलाई महिमा, आदर र धन्यवाद दिए, चौबिस जना एल्डरले निहुरेर सिंहासनमा विराजमान हुनुहुनेका अगाडि दण्डवत् गरे । तिनीहरूले सदासर्वदा जीवित हुनुहुनेलाई दण्डवत् गरे, र सिंहासनको अगाडि आ-आफ्ना मुकुट राख्दै यसो भने, “हाम्रा परमप्रभु र परमेश्वर, तपाईं महिमा, आदर र शक्ति ग्रहण गर्न योग्यका हुनुहुन्छ । किनकि तपाईंले सबै थोक सृष्टि गर्नुभयो, र तपाईंकै इच्छाद्वारा तिनीहरू अस्तित्वमा आए र सृष्टि भए ।”
”मैले सिंहासन र चारवटा जीवित प्राणी र एल्डरहरूका बिचमा मारिएको जस्तो देखिनुहुने एउटा थुमालाई उभिरहेको देखेँ । उहाँका सातवटा सिङ र सातवटा आँखा थिए । यी सारा संसारभरि पठाइएका परमेश्वरका सात आत्मा हुन् ।
”स्वर्गमा, पृथ्वीमा, पृथ्वीमुनि र समुद्रमुनि सृष्टि गरिएका हरेक थोकले यसो भनेको मैले सुनेँ, “उहाँ जो सिंहासनमा विराजमान हुनुहुने र थुमालाई, प्रशंसा, आदर, महिमा र राज्य गर्ने शक्ति सदासर्वदा होस् ।”
”तिनले चर्को सोरसँग कराएर भने, “परमेश्वरसँग डराओ र उहाँलाई महिमा देऊ । किनकि उहाँको इन्साफको घडी आएको छ । उहाँलाई आराधना गर, जसले स्वर्ग, पृथ्वी, समुद्र र पानीका मुलहरू बनाउनुभयो ।”
”अनि एउटा ठुलो भिडको आवाज जस्तो सोर, धेरै पानीको आवाज र गर्जनजस्तोले “हल्लेलूयाह” भनिरहेको मैले सुनेँ किनभने हाम्रा परमप्रभु सर्वशक्तिमान् परमेश्वरले राज्य गर्नुहुन्छ ।
”उहाँको पोशाक र तिघ्रामा “राजाहरूका राजा र प्रभुहरूका प्रभु” भनी एउटा नाउँ लेखिएको छ ।
”मैले सहरमा कुनै मन्दिर देखिनँ, किनभने सर्वशक्तिमान् परमप्रभु परमेश्वर र थुमा नै यसको मन्दिर हुनुहुन्छ । सहरलाई उज्यालो पार्न सूर्य वा चन्द्रमाको कुनै आवश्यक थिएन । किनकि परमेश्वरको महिमा नै त्यसमाथि चमक थियो, र त्यसको बत्ती थुमा हुनुहुन्छ ।
”अल्फा र ओमेगा, पहिलो र पछिल्लो, सुरु र अन्त म नै हुँ ।
”