27 – दुःखकष्ट
यी सर्वशक्तिमान परमेश्वरका पवित्र वचनहरू हुन्।
हामी मानिसका शब्दहरूमा चासो राख्दैनौं।
परमेश्वरलाई प्रेम गर्ने जो कोहीका लागि... परमेश् वर यसो भन् नुहुन्छ: दुःखकष्ट.
यी सर्वशक्तिमान परमेश्वरका पवित्र वचनहरू हुन्।
हामी मानिसका शब्दहरूमा चासो राख्दैनौं।
परमेश्वरलाई प्रेम गर्ने जो कोहीका लागि... परमेश् वर यसो भन् नुहुन्छ: दुःखकष्ट.
तब तिनकी पत्नीले तिनलाई भनिन्, “के तपाईं अझै पनि आफ्नो निष्ठामा रहनुहुन्छ? परमेश्वरलाई सराप्नुहोस् र मर्नुहोस् ।” तर तिनले उनलाई भने, “एक जना मूर्ख स्त्रीले बात गरेझैं तिमी बात गर्छ्यौ । के हामीले परमेश्वरबाट असल कुराचाहिं ग्रहण गर्नू अनि खराब कुराचाहिं ग्रहण नगर्नू?” यी सबै कुरामा अय्यूबले आफ्नो मुखले पाप गरेनन् ।
”हामी सबैतिरबाट कष्टित भएका छौँ, तर निराश भएका छैनौँ । हामी सताइएका छौँ, तर त्यागिएका छैनौँ । हामी हिर्काइएका छौँ, तर नाश पारिएका छैनौँ । येशूको जीवन हाम्रा शरीरमा देखियोस् भनेर हामी हाम्रा शरीरमा सधैँ येशूको मृत्युलाई बोकिहिँड्छौँ । हाम्रा मानवीय शरीरहरूमा येशूको जीवन देखा परोस् भनेर जीवित भएका हामीहरू येशूको खातिर सधैँ मृत्युमा सुम्पिइँदै छौँ । यही कारणले, हामीमा मृत्युले काम गर्दछ, तर जीवनले तिमीहरूमा ।
”त्यसकारण हामी निराश हुँदैनौँ । हामी बाहिरी रूपमा विनाश हुँदै गए तापनि, भित्री रूपमा हामी प्रतिदिन नयाँ भइरहेका छौँ । किनकि यो क्षणिक छ, हलुका कष्टले हामीलाई सबै नापलाई माथ गर्ने वजनदार अनन्त महिमाको लागि तयार पारिरहेको छ । किनकि हामीले देखिने कुराहरूको होइन, तर नदेखिने कुराहरूको प्रतीक्षा गरिरहेका छौँ । देखिने कुराहरू क्षणिक हुन्छन् र नदेखिने कुराहरू अनन्तसम्म रहन्छन् ।
”तर असल र खराबको ज्ञान दिने रुखबाट तैँले नखानू, किनभने जुन दिन तैँले त्यो फल खान्छस्, तँ निश्चय नै मर्नेछस् ।”
”उहाँले स्त्रीलाई भन्नुभयो, “म तेरो प्रसव-वेदना ज्यादै बढाइदिनेछु; तैँले पीडामा नै बालक जन्माउनेछस् । तेरो इच्छा तेरो पतिको लागि हुनेछ, तर त्यसले तँलाई आफ्नो अधीनमा राख्नेछ ।” आदमलाई उहाँले भन्नुभयो, “तैँले तेरी पत्नीको कुरा सुनेको, र मैले तँलाई नखानू भनेको रुखको फल तैँले खाएको हुनाले, तेरो कारण यो भूमि श्रापित भएको छ । तेरो जीवनभरि नै तैँले यस भूमिमाथि कडा परिश्रम गरेर खानेछस् । त्यसले तेरो निम्ति काँढा र सिउँडीहरू उमार्नेछ, र तैँले खेतका बिरुवाहरू खानेछस् । तँ माटोमा नफर्कुन्जेल, तैँले आफ्नो परिश्रमको पसिना बगाएर भोजन खानेछस्, किनकि तँ माटैबाट निकालिएको थिइस् । तँ माटै होस्, र माटोमा नै फर्किजानेछस् ।”
”परमप्रभुले भन्नुभयो, “निश्चय नै मिश्रमा भएका मेरा मानिसहरूको दुःखकष्ट मैले देखेको छु । तिनीहरूका नाइकेहरूको कारणले तिनीहरूको रुवाइ मैले सुनेको छु किनकि मलाई तिनीहरूको दुःखकष्ट थाहा छ । तिनीहरूलाई मिश्रीहरूको शक्तिबाट छुटकारा दिलाई असल, विशाल अनि दूध र मह बग्ने देशमा लैजान म ओर्लिआएको छु । त्यो कनानी, हित्ती, एमोरी, परिज्जी, हिव्वी र यबूसीहरूको देश हो । अब इस्राएलका मानिसहरूको रुवाइ मकहाँ आइपुगेको छ । यसको अतिरिक्त, मिश्रीहरूद्वारा तिनीहरूमाथि गरिएको थिचोमिचोलाई पनि मैले देखेको छु ।
”परमप्रभु तिमीहरूका पक्षमा लड्नुहुनेछ । तिमीहरू केवल स्थिर भएर बस ।”
”उहाँले भन्नुभयो, “तिमीहरूले तिमीहरूका परमप्रभु परमेश्वरको आवाजलाई होसियारीपूर्वक सुन्यौ, र उहाँको दृष्टिमा जे ठिक छ त्यही गर्यौ, र तिमीहरूले उहाँका आज्ञाहरूमा ध्यान दियौ र उहाँका विधिहरू पालन गर्यौ भने मैले मिश्रीहरूमाथि ल्याएको कुनै पनि विपत्ति तिमीहरूमाथि ल्याउनेछैनँ किनकि म चङ्गाइ गर्ने परमेश्वर हुँ ।”
”तिनीहरूलाई सतायौ र तिनीहरूले मेरो पुकारा गरे भने म निश्चय नै तिनीहरूको पुकारा सुन्नेछु ।
”तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको आराधना गर्नू, अनि उहाँले तिमीहरूका अन्न र पानीमा आशिष् दिनुहुनेछ । म तिमीहरूका बिचबाट रोग हटाइदिनेछु ।
”यदि तिमीहरूका सङ्गी-नागरिक गरिब भएर आफ्नो हेरचाह गर्न सकेन भने, तिमीहरूले जसरी कुनै परदेशीलाई वा तिमीहरूका बिचमा कतै बाहिरबाट आएर बसोबास गरेका मानिसहरूलाई सहयोग गर्छौ, त्यसरी नै त्यसलाई सहयोग गर्नू ।
”म देशमा शान्ति ल्याउने छु, र तिमीहरू कुनै डरविना नै निदाउने छौ । म तिमीहरूका देशबाट हिंसक पशुहरूलाई हटाइदिने छु, र तिमीहरूका देशमा तरवार प्रहार हुने छैन ।
”र मेरा विधि र नियमहरूलाई घृणा गरेर इन्कार गर्यौ, र मेरा सबै आज्ञाहरू पालन नगरेर मेरो करारलाई तोड्यौ भने, म तिमीहरूका बिचमा आतङ्क फैलाउने छु, आँखालाई नष्ट गर्ने र प्राणलाई शिथिल गराउने रोगहरू र ज्वरोहरू पठाउने छु । तिमीहरूले छरेका बिउ व्यर्थ हुने छन्, किनभने तिमीहरूका शत्रुहरूले त्यसको उब्जनी खाने छन् । म मेरो मुहार तिमीहरूबाट फर्काउने छु, र तिमीहरूका शत्रुले तिमीहरूलाई पराजय गर्ने छन् । तिमीहरूलाई घृणा गर्ने मानिसहरूले तिमीहरूमाथि शासन गर्ने छन्, र कसैले तिमीहरूलाई नखेदे तापनि तिमीहरू भाग्ने छौ ।
”ती पछिल्ला दिनमा तिमीहरू सङ्कष्टमा हुँदा र यी सबै कुरा तिमीहरूमा आइपर्दा तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरमा फर्की उहाँको आवाज सुन्ने छौ । किनकि परमप्रभु तिमीहरूका परमेश्वर कृपालु हुनुहुन्छ । उहाँले तिमीहरूलाई त्याग्नुहुने छैन न त नष्ट गर्नुहुने छ न तिमीहरूका पिता-पुर्खाहरूसित बाँध्नुभएको करारलाई भुल्नुहुने छ ।
”परमप्रभुले तिमीहरूबाट सबै रोग लैजानुहुने छ । तिमीहरूले जानेका मिश्रका कुनै पनि खराब रोगहरू तिमीहरूमाथि आउने छैनन्, तर तिमीहरूलाई घृणा गर्नेहरूमाथि उहाँले ती ल्याउनुहुने छ ।
”ती चालिस वर्षसम्म तिमीहरूका लुगा च्यातिएर झरेन न त तिमीहरूको गोडा सुन्नियो । बुबाले आफ्नो छोरोलाई अनुशासनमा राखेझैँ परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई अनुशासनमा राख्नुहुन्छ भनी तिमीहरूले आफ्नो ह्रदयमा ख्याल राख्नू । उहाँका मार्गहरूमा हिँडी उहाँलाई आदर गर्न सकून् भनेर तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञा मान्नू ।
”उहाँले अनाथ र विधवाहरूको पक्षमा न्याय गर्नुहुन्छ, र परदेशीलाई भोजन र वस्त्र दिएर प्रेम देखाउनुहुन्छ ।
”हेर, आज म तिमीहरूका सामु आशिष् र श्राप राख्छु । परमप्रभु तिमीहरूका परमेश्वरका आज्ञाहरू पालन गर्यौ भने तिमीहरूले आशिष् पाउने छौ, र परमप्रभु तिमीहरूका परमेश्वरका आज्ञाहरू पालन नगरी आज मैले दिएको आज्ञाबाट तिमीहरू तर्केर तिमीहरूले नचिनेका अन्य देवताहरूको पछि लाग्यौ भने तिमीहरूले सराप पाउने छौ ।
”तिमीहरू आफ्ना शत्रुहरूको विरुद्धमा युद्धमा जाँदा तिमीहरूले तिनीहरूको भन्दा धेरै घोडा, रथ र मानिसहरू देख्यौ भने तिनीहरूदेखि नडराओ । किनकि परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूसितै हुनुहुन्छ जसले तिमीहरूलाई मिश्र देशबाट निकालेर ल्याउनुभयो ।
”आज मैले तिमीहरूलाई दिएका परमप्रभु तिमीहरूका परमेश्वरका सबै आज्ञा पालन गर्न उहाँको कुरा होसियारीपूर्वक सुन्यौ भने परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई पृथ्वीका सबै जातिभन्दा उच्च बनाउनुहुने छ ।
”तिमीहरूको सामु मैले जीवन र मृत्यु अनि आशिष् र श्राप राखिदिएको छु भनी तिमीहरूको विरुद्धमा गवाही दिन आज मैले स्वर्ग र पृथ्वीलाई साक्षी राखेको छु । त्यसकारण, तिमीहरू र तिमीहरूका सन्तानहरू बाँच्न सकून् भनी जीवन रोज । परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर्न, उहाँको कुरा पालन गर्न र उहाँमा टाँसिनका लागि यसलाई मान्नू । किनकि उहाँ नै तिमीहरूको जीवन र तिमीहरूको दीर्घायु हुनुहुन्छ । परमप्रभुले तिमीहरूलाई दिन्छु भनी तिमीहरूका पिता-पुर्खाहरू अब्राहाम, इसहाक, याकूबसित प्रतिज्ञा गर्नुभएको यो देशमा तिमीहरू बाँच्न सक भन्नलाई यो आज्ञा मान्नू ।
”बलियो र खुबै साहसी होओ । नडराओ र तिनीहरूदेखि भयभीत नहोओ । किनकि परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूसँगै जानुहुने छ । उहाँले तिमीहरूलाई छाड्नुहुने छैन, न त त्याग्नुहुने छ ।”
”परमप्रभु तिम्रो अगिअगि जानुहुने छ । उहाँ तिमीसँगै हुनुहुने छ । उहाँले तिमीलाई छाड्नहुने छैन, न त त्याग्नुहुने छ । नडराऊ, निरुत्साहित नहोऊ ।”
”अब हेर, म नै परमेश्वर हुँ, र मबाहेक अर्को कुनै ईश्वर छैन । म नै मार्छु, र जीवित पार्छु । म नै चोट पुर्याउँछु, र निको पार्छु । तिमीहरूलाई मेरो शक्तिबाट बचाउने कोही छैन ।
”के मैले तँलाई आज्ञा गरेको होइनँ र? बलियो र साहसी हो । नडरा । निराश नहो । तँ जहाँ गए पनि परमप्रभु परमेश्वर तँसँग हुनुहुन्छ ।
”अनि तिनले तिनीहरूलाई भने, “नडराओ, र निराश नहोओ । बलियो र साहसी होओ । तिमीहरूले लड्न गइरहेका तिमीहरूका शत्रुहरूलाई परमप्रभुले यसै गर्नुहुन्छ ।”
”परमप्रभुले मार्नुहुन्छ र जीवन दिनुहुन्छ । उहाँले चिहानमा पुर्याउनुहुन्छ र उठाउनुहुन्छ । परमप्रभुले केही मानिसलाई गरीब र केहीलाई धनी बनाउनुहुन्छ । उहाँले नम्र तुल्याउनुहुन्छ, तर उहाँले पनि उचाल्नुहुन्छ । उहाँले गरीबलाई धूलोबाट उठाउनुहुन्छ । खाँचोमा परेकाहरूलाई शासकहरूसँग बसाल्न र इज्जको ओहदा पाउने बनाउन उहाँले तिनीहरूलाई खरानीको थुप्रोबाट उठाउनुहुन्छ । किनकि पृथ्वीका जगहरू परमप्रभुका हुन् र उहाँले संसारलाई तिमाथि बसाल्नुभएको छ ।
”दाऊदले त्यहाँ परमप्रभुको निम्ति एउटा वेदी बनाए र त्यसमा होमबलि र मेलबलि चढाए । त्यसैले परमप्रभुले देशको निम्ति गरिएको प्रार्थनाको जवाफ दिनुभयो र इस्राएलमाथिको रुढी थामियो ।
”ती दिनमा मृत्यु नै हुन्छ कि जस्तो गरी हिजकिया बिरामी परे । त्यसैले आमोजका छोरा यशैया अगमवक्ता तिनीकहाँ आए र तिनलाई भने, “परमप्रभु भन्नुहुन्छ, 'तेरो घरलाई मिलाएर राख्, किनकि तँ मर्नेछस् र बाँच्नेछैनस्' ।” तब हिजकियाले भित्तापट्टि आफ्नो अनुहार फर्काए र यसो भनेर परमप्रभुमा प्रार्थना चढाए, “हे परमप्रभु, मेरो सारा ह्रदयले म कसरी तपाईंको सामु विश्वासका साथ हिंडेको छु, र कसरी तपाईंको दृष्टिमा जे ठिक थियो, मैले त्यही गरेको छु, सो कृपा गरी सम्झनुहोस् । तब हिजकिया धुरुधुरु रोए । यशैया बिचको चोकमा पुग्नुभन्दा अगि परमप्रभुको वचन यसो भनेर तिनीकहाँ आयो, “फर्की र मेरा मानिसका अगुवा हिजकियालाई यसो भन्, 'तेरा पुर्खा दाऊदका परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः मैले तेरो प्रार्थना सुनेको छु, र मैले तेरो आँसु देखेको छु । मैले तँलाई तेस्रो दिनमा निको पार्नै लागेको छु, र तँ परमप्रभुको मन्दिरमा माथि उक्लेर जानेछस् । म तेरो जीवनमा पन्ध्र वर्ष आयु थपिदिनेछु, र अश्शूरका राजाको हातबाट म तँलाई र तेरो सहरलाई बचाउनेछु, अनि मेरो आफ्नै निम्ति र मेरा दास दाऊदको निम्ति म यस सहरको रक्षा गर्नेछु' ।”
”उहाँको पवित्र नाउँमा गौरव गर । परमप्रभुको खोजी गर्नेहरूको हृदय आनन्दित होस् । परमप्रभु र उहाँका शक्तिको खोजी गर । निरन्तर उहाँको उपस्थिति खोज । उहाँले गर्नुभएका अचम्मका कामहरू, उहाँका आश्चर्यकर्म र उहाँले सुनाउनुभएका फैसलाहरू स्मरण गर,
”तब मेरो आफ्नै नाउँ दिइएको मेरा मानिसहरूले आफैलाई नम्र पार्छन्, प्रार्थना गर्छन्, मेरो मुहारको खोजी गर्छन् र आफ्ना दुष्ट चालहरूबाट फर्किन्छ्न् भने, म स्वर्गबाट सुन्नेछु, तिनीहरूका पाप क्षमा गर्नेछु, र तिनीहरूका देशलाई निको पार्नेछु । यस ठाउँमा गरिएका प्रार्थनातिर अब मेरा आँखा खुला हुनेछन् र मेरा कानले सुन्नेछन् ।
”तिनीसित शारीरिक हतिहार मात्र छन्, तर हामीलाई सहायता गर्न र हाम्रो युद्ध गर्न हामीसित हाम्रा परमप्रभु परमेश्वर हुनुहुन्छ ।” तब यहूदाका राजा हिजकियाको वचनले गर्दा यहूदाका मानिसहरूले आफैलाई सान्त्वना दिए ।
”एउटा समाचारवाहक अय्यूबकहाँ आयो र भन्यो, “आफ्ना छेउमै गोरुहरू जोतिरहेका थिए, र गधाहरू चरिरहेका थिए । तब शबीहरूले तिनीहरूलाई झम्टे र ती लिएर गए । नोकरहरूका विषयमा, तिनीहरूले उनीहरूलाई तरवारको धारले प्रहार गरे । तपाईंलाई खबर दिनलाई म मात्रै उम्केको छु ।” जब त्यो बोलिरहेकै थियो, तब अर्को पनि आयो र भन्यो, “आकाशबाट परमेश्वरको आगो झर्यो अनि भेडाहरू र नोकरहरूलाई भस्म पार्यो । तपाईंलाई खबर दिनलाई म मात्रै उम्केको छु ।” जब त्यो बोलिरहेकै थियो, तब अर्को पनि आयो र भन्यो, “कल्दीहरूले तिनवटा समूह बनाएर ऊँटहरूलाई आक्रमण गरे र ती लिएर गएका छन् । नोकरहरूका विषयमा, तिनीहरूले उनीहरूलाई तरवारको धारले प्रहार गरे । तपाईंलाई खबर दिनलाई म मात्रै उम्केको छु ।” जब त्यो बोलिरहेकै थियो, तब अर्को पनि आयो र भन्यो, “तपाईंका छोराहरू र तपाईंका छोरीहरू आफ्नो जेठो दाजुको घरमा खाँदै र मद्य पिउँदै थिए । उजाड-स्थानबाट एउटा प्रचण्ड आँधी आयो र घरका चारै कुनालाई प्रहार गर्यो । ती युवायुवतीमाथि त्यो ढल्यो, र तिनीहरूको मृत्यु भयो । तपाईंलाई खबर दिनलाई म मात्रै उम्केको छु ।” तब अय्यूब उठे, आफ्नो लुगा च्याते, कपाल खौरे, भुइँमा घोप्टो परे र परमेश्वरको आराधना गरे ।
”तिनले भने, “मेरी आमाको गर्भबाट निस्कँदा म नाङ्गै थिएँ, र म त्यहाँ फर्केर जाँदा पनि नाङ्गै हुनेछु । परमप्रभुले दिनुभयो, र परमप्रभुले नै लानुभएको छ । परमप्रभुको नाउँको धन्य होस् ।”
”शैतानले परमप्रभुलाई जवाफ दियो र भन्यो, “वस्तवमा नै छालाको साटो छाला हुन्छ । एक जना मानिसले आफ्नो ज्यानको लागि आफूसित भएका सबै थोक दिन्छ । तर अब आफ्नो हात पसार्नुहोस् र तिनका हड्डी र शरीरलाई छुनुहोस्, अनि हेर्नुहोस्, कतै तिनले तपाईंको मुखैमा तपाईंलाई सराप्ने त छैनन् ।” परमप्रभुले शैतानलाई भन्नुभयो, “हेर्, त्यो तेरै हातमा छ । त्यसको जीवन मात्र चाहिं तैंले छोड्नैपर्छ ।” तब शैतान परमप्रभुको उपस्थितिबाट तुरुन्तै गयो । त्यसले अय्यूबलाई तिनको पाउको कुर्कुच्चादेखि तिनको शिरसम्म पीडादायी खटिराले प्रहार गर्यो । आफूलाई कन्याउन अय्यूबले फुटेको भाँडोको एक टुक्रा खपटा लिए, र तिनी खरानीको बिचमा बसे ।
”तब तिनकी पत्नीले तिनलाई भनिन्, “के तपाईं अझै पनि आफ्नो निष्ठामा रहनुहुन्छ? परमेश्वरलाई सराप्नुहोस् र मर्नुहोस् ।” तर तिनले उनलाई भने, “एक जना मूर्ख स्त्रीले बात गरेझैं तिमी बात गर्छ्यौ । के हामीले परमेश्वरबाट असल कुराचाहिं ग्रहण गर्नू अनि खराब कुराचाहिं ग्रहण नगर्नू?” यी सबै कुरामा अय्यूबले आफ्नो मुखले पाप गरेनन् ।
”जब अय्यूबका तिन जना मित्रले तिनीमाथि आइपरेका यी सबै खराबीको बारेमा सुने, तब तिनीहरू हरेक आ-आफ्नो ठाउँबाट निस्केर आए, अर्थात् एलीपज तेमानी, बिल्दद शुही र सोपर नमाती । तिनीसँगै शोक गर्न र तिनलाई सान्त्वना दिन तिनीहरूले समय निकाले । जब तिनीहरूले टाढैबाट आँखा उठाएर हेरे, तब तिनीहरूले उनलाई चिनेनन् । तिनीहरूले आफ्ना सोर उचालेर कराए र रोए । हरेकले आफ्नो लुगा च्याते, धूलो हावामा फाले र आ-आफ्ना शिरमा हाले । तब तिनीहरू सात दिन र सात रात तिनीसँगै भुइँमा बसे । कसैले तिनलाई एउटै शब्द पनि बोलेन, किनकि तिनको शोक अत्यन्तै ठुलो भएको तिनीहरूले देखे ।
”हेर, त्यो मानिस धन्यको हो, जसलाई परमेश्वरले सुधार्नुहुन्छ । त्यसकारण सर्वशक्तिमान्को ताडनालाई इन्कार नगर । किनकि उहाँले चोट पुर्याउनुहुन्छ, र पट्टी बाँध्नुहुन्छ । उहाँले चोट पुर्याउनुहुन्छ र आफ्नै हातले निको पार्नुहुन्छ ।
”यो अझै पनि मेरो सान्त्वना होस्– म पीडामा उफ्रे पनि त्यो घट्दैन, मैले परमपवित्रको वचन इन्कार गरेको छैनँ । मैले पर्खन कोसिस गर्नुपर्ने मेरो बल के हो र? मैले आफ्नो जीवनलाई लम्ब्याउनुपर्ने मेरो अन्त्य के हो?
”मूर्छा खानै लागेको व्यक्तिलाई, त्यसको साथीले विश्वसनीयता देखाउनु, उसलाई पनि जसले सर्वशक्तिमान्को भयलाई त्याग्छ ।
”मेरो शरीर किराहरू र धूलोको डल्लाहरूले ढाकिएको छ । मेरो जीउका खटिरा टन्किन्छन्, र फुट्छन् र पिप बग्छन् ।
”तर पनि उहाँले तपाईंको मुखमा हाँसो, र तपाईंको ओठमा आनन्दको सोरले भर्नुहुनेछ ।
”म आफ्नो जीवनदेखि थाकित छु । म आफ्नो गुनासो स्वतन्त्र भएर पोखाउनेछु । म आफ्नो प्राणको तिक्ततामा बोल्नेछु ।
”तपाईंले आफ्नो दुःख बिर्सनुहुन्थ्यो । तपाईंले त्यसलाई बगेर गएको पानीलाई झैं मात्र सम्झनुहुन्थ्यो । तपाईंको जीवन मध्यदिनको भन्दा चम्किलो हुन्थ्यो । त्यहाँ अँध्यारो भए पनि, त्यो बिहानजस्तै हुन्थ्यो । त्यहाँ आशा भएको हुनाले तपाईं सुरक्षित रहनुहुन्थ्यो । वास्तवमा तपाईंले आफ्नो सुरक्षा पाउनुहुन्थ्यो र तपाईंको विश्राम सुरक्षित हुन्थ्यो । साथै, तपाईं विश्राममा पल्टनुहुन्थ्यो, र कसैले तपाईंलाई भयभीत पार्दैनथ्यो । वास्तवमा धेरैले तपाईंको निगाह खोज्थे ।
”तर तपाईंहरू झुटले सत्यलाई लुकाउनुहुन्छ । तपाईंहरू सबै जना तुच्छ वैद्यहरू हुनुहुन्छ ।
”हेर्नुहोस्, उहाँले मलाई मार्नुहुन्छ भने, ममा कुनै आशा बाँकी रहनेछैन । तापनि उहाँको सामु म आफ्ना मार्गको बचाउ गर्नेछु ।
”यद्यपि म खेर जाने सडेगलेको कुराजस्तै, किराहरूले खाएको एउटा वस्त्रजस्तै छु ।
”उसले आफ्नो शरीरको दुखलाई अनुभव गर्छ, र उसले आफ्नै निम्ति शोक गर्छ ।
”मेरा हड्डीहरू मेरो छाला र मासुमा टाँसिन्छन् । म आफ्ना दाँतको छालाले मात्र बाँचेको छु ।
”तर मेरो बारेमा, मेरा उद्धारक जिउँदो हुनुहुन्छ, र अन्त्यमा उहाँ पृथ्वीमा खडा रहनुहुनेछ । मेरो शरीरको छाला, अर्थात् शरीर पूरै गलेपछि, मेरो शरीरमा नै म परमेश्वरलाई देख्नेछु ।
”अब मेरो जीवन मभित्रै सकिंदैछ । कष्टका धेरै दिनहरूले मलाई समातेका छन् । रातमा मभित्र भएका हड्डीहरूले मलाई घोच्छन् । मलाई सताउने मेरा पीडाले आराम लिंदैनन् ।
”मेरो हृदय कष्टमा छ र यसले विश्राम लिंदैन । कष्टका दिनहरू ममाथि आएका छन् । अन्धकारमा बसिरहेको मानिसझैं म हिंडेको छ, तर सूर्यको कारणले होइन । म सभामा खडा हुन्छु र मदतको लागि पुकार्छु । म स्यालहरूको भाइ, अस्ट्रिचहरूको मित्र भएको छु । मेरो छाला कालो छ, र पत्रै-पत्र भएर झर्छ । मेरा हड्डीहरू रापले जलेका छन् ।
”मानिसलाई ओछ्यानमा हुने पीडा, उसका हड्डीहरूमा निरन्तर हुने वेदनाद्वारा पनि उसलाई दण्ड दिइन्छ, जसको कारणले उसको जीवनले खानेकुरालाई घृणा गर्छ, र उसको प्राणले मिठो भोजनलाई घृणा गर्छ । उसको शरीरको मासु नदेखियोस् भनेर त्यो नष्ट भएको हुन्छ । पहिले नदेखिने उसका हाडहरू लौरोझैं देखिन्छन् । वास्तवमा उसको प्राण मृत्युको खाडल नजिक, उसको जीवन उसलाई नष्ट गर्न चाहनेहरूकहाँ पुग्छ ।
”मानौँ, कसैले परमेश्वरलाई भन्छ, 'म निश्चय नै दोषी छु, तर म फेरि पाप गर्नेछैनँ । मैले देख्न नसक्ने कुरा मलाई सिकाउनुहोस् । मैले पाप गरेको छु, तर त्यो काम म फेरि गर्नेछैनँ ।'
”अय्यूबले आफ्ना मित्रहरूका निम्ति प्रार्थना गरेपछि, परमप्रभुले तिनको सुदिन पुनर्स्थापित गर्नुभयो । तिनीसित पहिले भएकोभन्दा परमप्रभुले तिनलाई दोब्बर दिनुभयो । तब अय्यूबका सबै दाजु-भाइ, दिदी-बहिनी र तिनले पहिले चिनेका सबै जना तिनीकहाँ आए, र तिनको घरमा भोज गरे । परमप्रभुले तिनीमाथि ल्याउनुभएका सबै विपत्तिको निम्ति तिनीहरूले तिनलाई सहानुभूति र सान्त्वना प्रकट गरे । हरेकले अय्यूबलाई चाँदीको टुक्रा र सुनको औँठी दिए ।
”पृथ्वीका राजाहरू एकसाथ मिलेर साँठगाँठ गर्छन् अनि परमप्रभु र उहाँको अभिषिक्त जनको विरुद्धमा शासकहरू यसो भनेर षड्यान्त्र रच्छन्, “तिनीहरूले हामीलाई लगाएका हतकडीहरू हामी तोडौं र तिनीहरूका साङ्लाहरू फालौं ।” स्वर्गमा विराजमान हुनुहुनेचाहिं तिनीहरूलाई उपहास गर्नुहुन्छ । परमप्रभुले तिनीहरूलाई खिसी गर्नुहुन्छ ।
”तर हे परमप्रभु, तपाईं मेरो वरिपरिको ढाल, मेरो महिमा हुनुहुन्छ, र जसले मेरो शिर उच्च पार्नुहुन्छ । परमप्रभुमा म आफ्नो सोर उचाल्छु र आफ्नो पवित्र पहाडबाट उहाँले मलाई जवाफ दिनुहुन्छ । सेला म ढल्किन्छु र सुत्छु । म ब्युँझिन्छु, किनकि परमप्रभुले मलाई सुरक्षा दिनुभयो । मानिसहरूका भीडसँग म डराउनेछैन जो चारैतिर मेरो विरुद्धमा खडा भएका छन् ।
”शान्तिमा ढल्किनेछु र निदाउनेछु, किनकि, हे परमप्रभु, तपाईंले मात्र मलाई सुरक्षित बनाउनुहुन्छ ।
”हे परमप्रभु, ममाथि दया गर्नुहोस्, किनकि म कमजोर छु । हे परमप्रभु, मलाई निको पार्नुहोस्, किनकि मेरा हाडहरू काम्दैछन् । मेरो प्राण पनि धेरै दुःखमा परेको छ । तर हे परमप्रभु, यो कहिलेसम्म निरन्तर रहन्छ? हे परमप्रभु फर्कनुहोस्, मलाई बचाउनुहोस् । तपाईंको करारको विश्वस्तताको कारणले मलाई बचाउनुहोस् ।
”अत्यचारमा परेकाहरूका निम्ति परमप्रभु एउटा किल्ला, कष्टको समयको एउटा शरणस्थान हुनुहुनेछ । तपाईंको नाउँ जान्नेहरूले तपाईंमा भरोसा गर्छन्, किनकि, हे परमप्रभु, तपाईंलाई खोज्नेहरूलाई तपाईंले त्याग्नुहुन्न ।
”हे परमप्रभु, ममाथि कृपा गर्नुहोस् । मलाई घृणा गर्नेहरूद्वारा म कति थिचोमिचोमा परेको छु सो हेर्नुहोस्, तपाईंले मलाई मृत्युको ढोकाबाट तानेर निकाल्न सक्नुहुन्छ ।
”तपाईंले ध्यान दिनुभएको छ, किनकि विपद र दुःख ल्याउनेलाई तपाईंले सदासर्वदा हेर्नुहुन्छ । बेसाहाराले आफैलाई तपाईंमा सुम्पन्छ । तपाईंले अनाथहरूलाई छुटकारा दिनुहुन्छ ।
”कहिलेसम्म मैले चिन्ता गर्ने र दिनभरि मेरो हृदयमा शोक लिने? कहिलेसम्म मेरो शत्रुले ममाथि विजय पाउने? हे परमप्रभु मेरा परमेश्वर, मलाई हेर्नुहोस् र मलाई जवाफ दिनुहोस् । मेरा आँखालाई ज्योति दिनुहोस्, नत्र म मृत्युमा सुत्नेछु ।
”हर समय म परमप्रभुलाई नै मेरो सामु राख्छु, त्यसरी म उहाँको दाहिने हातबाट डग्नेछैन । यसकारण मेरो हृदय खुसी छ । मेरो महिमा आनन्दित छ । निश्चय नै म सुरक्षामा जिउनेछु । किनकि तपाईंले मरो प्राणलाई चिहानमा त्यग्नुहुनेछैन । तपाईंले आफ्नो विश्वासयोग्यलाई खाडल देख्न दिनुहुन्न । तपाईंले मलाई जीवनको बाटो सिकाउनुहुन्छ । तपाईंको उपस्थितिमा प्रशस्त आनन्दले वास गर्छ, तपाईंको दाहिने हातमा खुसी सदासर्वदा रहन्छ ।”
”आफ्नो आँखाको नानीलाई झैं मेरो सुरक्षा गर्नुहोस् । आफ्नो पखेटाको छायामुनि मलाई लुकाउनुहोस् । मलाई आक्रमण गर्ने व्यक्तिको उपस्थितिबाट, मलाई घेरा हाल्ने मेरा शत्रुहरूबाट ।
”हे परमप्रभु, मेरो बल, म तपाईंलाई प्रेम गर्छु । परमप्रभु मेरो चट्टान, मेरो किल्ला हुनुहुन्छ, जसले मलाई सुरक्षामा लानुहुन्छ । उहाँ मेरो परमेश्वर, मेरो चट्टाना हुनुहुन्छ । उहाँमा नै म शरण लिन्छु । उहाँ मेरो ढाल, मेरो उद्धारको सिङ् र मेरो किल्ला हुनुहुन्छ । म परमप्रभुलाई पुकारा गर्छु जो प्रशंसायोग्य हुनुहुन्छ र म आफ्ना शत्रुहरूबाट बाँच्नेछु । मृत्युका डोरीहरूले मलाई बाँधे र व्यर्थका छालहरूले मलाई व्याकुल बनाए । चिहानका डोरीहरूले मलाई बाँधे । मृत्युको पासोले मलाई समात्यो । मेरो कष्टमा, मैले परमप्रभुमा पुकारा गरें । मैले सहायताको निम्ति मेरो परमेश्वरमा पुकारा गरें । उहाँले आफ्नो मन्दिरबाट मेरो सोर सुन्नुभयो । सहायताको निम्ति मेरो पुकारा उहाँको उपस्थितिमा गयो । यो उहाँको कानहरूभित्र गयो ।
”कष्टमा परेका व्यक्तिको कष्टलाई उहाँले घृणा वा अवहेलना गर्नुभएको छैन । तिनीबाट परमप्रभुले आफ्नो मुहार लुकाउनुभएको छैन । जब कष्टमा परेको व्यक्तिले उहाँमा पुकारा गरे, तब उहाँले सुन्नुभयो ।
”परमप्रभु मेरो गोठाला हुनुहुन्छ । मलाई कुनै कुरा खाँचो पर्नेछैन । उहाँले मलाई हरियो खर्कहरूमा सुताउनुहुन्छ । उहाँले मलाई शान्त पानीको छेउमा डोर्याउनुहुन्छ । उहाँले मेरो जीवनलाई पुनर्जीवित पार्नुहुन्छ । उहाँले आफ्नो नाउँको खातिर मलाई ठिक बाटो देखाउनुहुन्छ । मैले निस्पट्ट अँध्यारो छायाको बेसीमा हिंड्नुपर्दा पनि, हानिसँग म डराउनेछैन किनभने तपाईं मसँग हुनुहुन्छ । तपाईंको लट्ठी र तपाईंको लौरोले मलाई सान्त्वना दिन्छन् । मेरा शत्रुहरूका सामु तपाईंले मेरो निम्ति भोज तयार पार्नुहुन्छ । तपाईंले मेरो शिरलाई तेलले अभिषेक गर्नुभएको छ । मेरो कचौरा भरिएर पोखिन्छ । निश्चय नै, मेरो जीवनका सारा दिन भलाइ र करारको विश्वस्तता मेरो पछि आउनेछ । र परमप्रभुको मन्दिरमा म सधैंभरि वास गर्नेछु ।
”मतिर फर्कनुहोस् र मलाई दया गर्नुहोस् । किनकि म एक्लो र कष्टमा परेको छु । मेरो हृदयका कष्टहरू ठुला भएका छन् । मेरो कष्टहरूबाट मलाई बाहिर तान्नुहोस् । मेरो कष्ट र मेरो परिश्रमहरू हेर्नुहोस् । मेरा सबै पाप क्षमा गर्नुहोस् ।
”परमप्रभु मेरो ज्योति र मेरो उद्धार हुनुहुन्छ । म कोसँग डराउनु? परमप्रभु मेरो जीवनको शरणस्थान हुनुहुन्छ । म कोसँग त्रसित हुनु? जब खराबी गर्नेहरू मेरो मासु खान नजिक आए, तब मेरा वैरीहरू र मेरा शत्रुहरूले ठेस खाए र ढले । फौजले मेरो विरुद्ध शिविर हाले तापनि, मेरो हृदय डराउने छैन । मेरो विरुद्धमा युद्ध भए तापनि म दृढ रहनेछु । मैले परमप्रभुसित एउटा कुरा मागेको छु र म त्यो खोज्नेछुः परमप्रभुको सुन्दरता हेर्न, र उहाँको मन्दिरमा मनन गर्न, मेरो जीवनका सारा दिन म परमप्रभुको मन्दिरमा बस्न सकूँ । किनकि कष्टको दिनमा उहाँले मलाई आफ्नो छहारीमा लुकाउनुहुनेछ । उहाँको आफ्नो पालको कभरभित्र मलाई लुकाउनुहुनेछ । उहाँले मलाई चट्टानमाथि उच्च पार्नुहुनेछ ।
”मेरो बुबा र मेरी आमाले मलाई त्याग्न सक्छन्, परमप्रभुले मलाई भित्र लानुहुनेछ ।
”परमप्रभु मेरो बल र मेरो ढाल हुनुहुन्छ । मेरो हृदयले उहाँमा भरोसा गर्छ र मलाई मदत भयो । यसकारण मेरो हृदय साह्रै आनन्दित हुन्छ र गाउँदै उहाँको म प्रशंसा गर्नेछु ।
”हे परमप्रभु मेरो परमेश्वर, मैले सहयताको निम्ति तपाईंमा पुकारा गरें र तपाईंले मलाई निको गर्नुभयो । हे परमप्रभु, तपाईंले मेरो प्राणलाई चिहानबाट माथि ल्याउनुभएको छ । तपाईंले मलाई चिहानमा जानबाट जीवित राख्नुभएको छ । हे परमप्रभुका विश्वासी मानिसहरू हो, उहाँको स्तुति गाओ । उहाँको पवित्रता तिमीहरूले याद गर्दा धन्यवाद देओ । किनकि उहाँको रिस क्षणभरको निम्ति मात्र हुन्छ । तर उहाँको कृपा जीवनभरिको निम्ति हो । रातको निम्ति रोदन आउँछ, तर बिहान आनन्द आउँछ ।
”मेरो मृत्युमा म चिहानमा गएँ भने के फाइदा हुन्छ र? के धूलोले तपाईंको प्रशंसा गर्नेछ र? के त्यसले तपाईंको विश्वासनीयताको घोषणा गर्छ र? हे परमप्रभु, सुन्नुहोस् र मलाई दया गर्नुहोस् । हे परमप्रभु, मेरो सहायक हुनुहोस् । तपाईंले मेरो शोकलाई नाँचमा परिणत गर्नुभएको छ । तपाईंले मेरो भाङ्ग्रा हटाउनुभएको छ र मलाई खुसीको पोशाक लगाउनुभएको छ । त्यसैले मेरो महिमाले तपाईंको प्रशंसा गाउनेछ र चूप लाग्ने छैन । हे परमप्रभु मेरो परमेश्वर, सदासर्वदा म तपाईंलाई दन्यवाद दिनेछु ।
”मेरो पुकार सुन्नुहोस् । मलाई तुरुन्तै बचाउनुहोस् । मेरो शरणको चट्टान अर्थात् मलाई बचाउने किल्ला हुनुहोस् । किनकि तपाईं मेरो चट्टान र मेरो किल्ला हुनुहुन्छ । यसकारण तपाईंको नाउँको खातिर मलाई डोर्याउनुहोस् र बाटो देखाउनुहोस् ।
”हे परमप्रभु, ममाथि दया गर्नुहोस्, किनकि म कष्टमा परेको छु । मेरो प्राण र मेरो शरीरको दुःखसँगै मेरा आँखाहरू थकित हुन्छ । किनकि मेरो जीवन कष्टले र मेरा वर्षहरू शोकले थकित छ । मेरो पापको कारणले मेरो बल सकिन्छ र मेरा हाडहरू खिइन्छन् । मेरा सबै शत्रुका कारणले मानिसहरूले मलाई घृणा गर्छन् । मेरो स्थिति हेरेर मेरा छिमेकीहरू डराउँन् र मलाई चिन्नेहरू भयभीत हुन्छन् । मलाई बाटोमा देख्नेहरू मदेखि भाग्छन् । मरेको मानिसलाई झैं मलाई भुलिएको जसलाई कसैले विचार गर्दैन । म फुटेको भाँडोजस्तै छु ।
”मेरा समयहरू तपाईंका हातमा छन् । मेरा शत्रुहरू र मलाई खेद्नेहरूका हातबाट मलाई बचाउनुहोस् ।
”जब म चूप लागें, तब दिनभरिको मेरो सुस्केराले मेरा हाडहरू खिइएर गए । किनकि दिन र रात ममाथि तपाईंको हात गह्रौं भयो । ग्रीष्टमको सुख्खाझैं मेरो बल सुक्यो ।
”हेर, परमप्रभुको आँखा उहाँको भय मान्नेहरूमाथि र उहाँको करारको विश्वस्ततामा आसा गर्नेहरूमाथि रहन्छ । तिनीहरूका जीवन मृत्युबाट छुट्टाउन र अनिकालको समयमा तिनीहरूलाई जीवित राख्नलाई ।
”परमप्रभुका दूतहरूले उहाँको भय मान्नेहरूका चारैतिर छाउनी बनाउँछन् र तिनीहरूलाई बचाउँछन् ।
”परमप्रभुको दृष्टि धर्मीहरूमा हुन्छन् र उहाँका कानहरू तिनीहरूका पुकारमा हुन्छन् । खराबी गर्नेहरूका सम्झना पृथ्वीबाट मेटाउनलाई परमप्रभुको मुहार तिनीहरूका विरुद्धमा हुन्छ । धर्मीहरूले पुकारा गर्छन्, र परमप्रभुले सुन्नुहुन्छ र तिनीहरूका सबै कष्टबाट उहाँले तिनीहरूलाई बचाउनुहुन्छ । परमप्रभु तोडिएको हृदय भएकाहरूका नजिक हुनुहुन्छ र आत्मामा चूर्ण भएकाहरूलाई उहाँले बचाउनुहुन्छ । धर्मीहरूको कष्टहरू धेरै हुन्छन्, तर ति सबैबाट परमप्रभुले तिनीहरूलाई छुटकारा दिनुहुन्छ । त्यसका सबै हाडलाई उहाँले सुरक्षित राख्नुहुन्छ, तिमध्ये एउटा पनि भाँचिनेछैन ।
”तर तिनीहरू बिरामी हुँदा, मैले भाङ्ग्रा लगाएँ । मेरो शिर छातीमा निहुर्याएर मैले तिनीहरूको निम्ति उपवास बसें । मेरो आफ्नै भाइलाई झैं मैले शोक गरें । मेरी आमाको निम्ति झैं मैले विलाप गरें ।
”हे परमेश्वर, तपाईंको करारको विश्वस्तता कति मूल्यवान छ! तपाईंको पखेटाहरूका छायामुनि मानवजातिले शरण लिन्छ । तपाईंको मन्दिरको प्रशस्ततामा तिनीहरूले भोज गर्छन् तपाईंको खुसीको नदीबाट तपाईंले तिनीहरूलाई पिउन दिनुहुन्छ । किनकि तपाईंसँग जीवनको मूल छ । तपाईंको ज्योतिमा हामीले प्रकाश देख्नेछौं ।
”परमप्रभु त्योमाथि हाँस्नुहुनेछ, किनकि त्यसको दिन आइरहेको उहाँले देख्नुहुन्छ । थिचोमिचोमा परेका र दरिद्रहरूलाई ढाल्न, सोझाहरूलाई मार्न दुष्टहरूले आफ्ना तरवारहरू थुतेका छन् र आफ्ना धनुमा ताँदो चढाएका छन् । तिनीहरूका तरवारहरूले तिनीहरूका आफ्नै हृदयहरू छेड्नेछन् र तिनीहरूका धनुहरू भाँचिनेछन् ।
”इमान्दार मानिसलाई हेर र सझोलाई ध्यान देऊ । मिलापको मानिसको निम्ति असल भविष्य छ ।
”तपाईंको रिसको कारणले मेरो सम्पूर्ण शरीर बिरामी छ । मेरो पापको कारणले मेरा हाडहरू स्वस्थ्य छैनन् । किनकि मेरा अधर्महरूले मलाई व्याकुल बनाउछन् । ती मेरो निम्ति ज्यादै गह्रौं भारी हुन् । मेरा मूर्खतापूर्ण पापहरूका कारणले मेरा घाउहरू सडेका र दुर्गन्धित भएका छन् । म कुप्रिन्छु र हरेक दिन अपमानित हुन्छु । म दिनभरि विलाप गरिरहन्छु । किनकि जलनले मलाई भरेको छ । मेरो शरीर स्वस्थ्य छैन । म स्तब्ध र पूर्ण रूपमा चूर्ण छु । मेरो हृदयको वेदनाको कारणले म सुस्केरा हाल्छु । हे परमप्रभु, मेरो हृदयको भित्री चाहानलाई तपाईंले बुझ्नुहुन्छ र मेरा सुस्केराहरू तपाईंबाट लुकाइएका छैनन् । मेरो मुटु धड्किन्छ, मेरो बल घट्छ र मेरा आँखा धमिला हुन्छन् ।
”मलाई चोट दिन छोड्नुहोस् । तपाईंको हातको मुक्काले म विह्वल भएको छु । जब तपाईंले मानिसहरूलाई पापको निम्ति अनुशासन गर्नुहुन्छ, तब तिनीहरूले इच्छा गर्ने कुरालाई तपाईंले कीराले झैं नष्ट पार्नुहुन्छ । निश्चय नै सबै मानिसहरू बाफबाहेक केही पनि होइन । सेला हे परमप्रभु, मेरो प्रार्थना सुन्नुहोस् र मेरो कुरामा ध्यान दिनुहोस् । मेरो रोदन सुन्नुहोस् । मेरो कुरामा बहिरो नहुनुहोस्, किनकि तपाईंसँग म विदेशीजस्तै, मेरा सबै पुर्खाजस्तै एक जना शरणार्थी हुँ ।
”उहाँले मलाई डरलाग्दो खाडलबाट, दलदले हिलोबाट निकाल्नुभयो र उहाँले मेरा खुट्टाहरूलाई चट्टानमाथि बसाल्नुभयो र मेरा पाइलाहरूलाई सुरक्षित बनाउनुभयो । उहाँले मेरो मुखमा एउटा नयाँ गीत हालिदिनुभयो । परमेश्वरको प्रशंसा होस् । धेरै जनाले यो देख्नेछन्, र उहाँको आदर गर्नेछन् र परमप्रभुमा भरोसा गर्नेछन् ।
”हे परमप्रभु, मबाट तपाईंका दयाका कामहरू नहटाउनुहोस् । तपाईंको करारको विश्वस्तता वा तपाईंको भरोसाले मलाई सदासर्वदा सुरक्षित राखोस् ।
”कष्टको शैय्यामा परमप्रभुले त्यसलाई सहायता गर्नुहुनेछ । तपाईंले त्यसको बिरामीको शैय्यालाई आरोग्यताको शैय्या बनाउनुहुनेछ । मैले भनें, “हे परमप्रभु, ममाथि दया गर्नुहोस् । मलाई निको पार्नुहोस् किनकि मैले तपाईंको विरुद्धमा पाप गरेको छु ।”
”ए मेरो प्राण, तँ किन निराश हुन्छस्? मभित्रै तँ किन उदाश हुन्छस्? परमेश्वरमा आसा राख्, किनकि म फेरि पनि उहाँको प्रशंसा गर्नेछु जो मेरो उद्धार हुनुहुन्छ । हे मेरो परमेश्वर, मेरो प्राण मभित्रै निराश भएको छ, यसकारण यर्दनको भूमिबाट, हेर्मोनका तिन टाकुराबाट र मिसारको डाँडाबाट तपाईंलाई सम्झन्छु ।
”तब परमेश्वरको वेदीमा, मेरो अपार आनन्दमा म परमेश्वरकहाँ जानेछु । हे परमेश्वर, मेरो परमेश्वर, वीणा बजाउँदै म तपाईंको प्रशंसा गर्नेछु । ए मेरो प्राण, तँ किन निराश हुन्छस्? मभित्रै तँ किन उदाश हुन्छस्? परमेश्वरमा आसा राख्, किनकि म फेरि पनि उहाँको प्रशंसा गर्नेछु जो मेरो उद्धार र मेरो परमेश्वर हुनुहुन्छ ।
”परमेश्वर हाम्रो शरणस्थान र बल, दुःखको समयमा तुरुन्तै पाउन सकिने मदत हुनुहुन्छ । यसकारण, पृथ्वी बद्लिए पनि, पर्वतहरू हल्लाएर समुद्रको पिंधमा खसाइए पनि, हामी डराउँनेछैनौं ।
”शान्त होओ र म नै परमेश्वर हुँ भनी जान । जातिहरूका माझमा म उचालिनेछु । पृथ्वीमा म उचालिनेछु । सर्वशक्तिमान् परमप्रभु हामीसँग हुनुहुन्छ । याकूबका परमेश्वर हाम्रो शरण हुनुहुन्छ । सेला
”किनकि यही परमेश्वर सदासर्वदा हाम्रा परमेश्वर हुनुहुन्छ । मृत्युसम्म नै हामीलाई बाटो देखाउने उहाँ नै हुनुहुन्छ ।
”कष्टको समय मलाई पुकारा गर । म तिमीहरूलाई बचाउनेछु र तिमीहरूले मेरो महिमा गर्नेछौ ।”
”मलाई तपाईंको आनन्द र खुसी सुन्न दिनुहोस्, ताकि तपाईंले तोड्नुभएका हाडहरू आनन्दित होऊन् ।
”परमेश्वरका बलिदानहरू तोडिएको आत्मा हो । हे परमेश्वर, तपाईंले तोडिएको र पश्चतापी हृदयलाई घृणा गर्नुहुनेछैन ।
”धर्मीहरूले यो देख्नेछन् र भय मान्नेछन् । तिनीहरूले त्यसलाई हाँसो उडाउनेछन् र यसो भन्नेछन्, “हेर, यो मानिसले परमेश्वरलाई आफ्नो शरणस्थान बनाएन, तर त्यसले आफ्नो समपत्तिको प्रशस्ततामा भरोसा गर्यो । र त्यसले अरूको विनाश गर्दा त्यो बलियो थियो ।”
”मेरो विरुद्धमा भएको युद्धबाट उहाँले मेरो जीवनलाई सुरक्षित छुट्टाउनुहुन्छ, किनकि मेरो विरुद्धमा युद्ध गर्नेहरू धैरै जना थिए ।
”आफ्ना बोझहरू परमप्रभुमा राख र उहाँले तिमीलाई सम्हाल्नुहुनेछ । उहाँले धर्मी मानिसलाई कहिल्यै पनि डग्न दिनुहुन्न ।
”जब म डराउँछु, तब म आफ्नो भरोसा तपाईंमा राख्छु । परमेश्वर, जसको वचनको प्रशंसा म गर्छु— परमेश्वरमा मैले आफ्नो भरोसा राखेको छु । म डराउनेछैन । मानिसले मलाई के गर्न सक्छ र? दिनभरि तिनीहरू मेरा कुराहरू बङ्ग्याउँछन् । तिनीहरूका सबै विचार खराबीको निम्ति मेरो विरद्धमा हुन्छन् । तिनीहरू आफूलाई एकसाथ भेला गर्छन्, तिनीहरू आफूलाई लुकाउँछन् र तिनीहरूले मेरा पाइलाहरू पहिल्याउँछन्, जसरी तिनीहरूले मेरो ज्यान लिन ढुकिबसेका छन् ।
”मेरा भागेर हिंडेको हिसाब तपाईंले राख्नुहोस् र मेरा आँसुहरू तपाईंको बोतलमा राख्नुहोस् । के ती तपाईंका पुस्तकमा छैनन् र?
”परमेश्वरमा म भरोसा गर्छु, म डराउनेछैन । कसले मलाई के गर्न सक्छ र? हे परमेश्वर, तपाईंको निम्ति आफ्ना भाकलहरू पुरा गर्ने कर्तव्य ममा छ । तपाईंलाई धन्यवादका म बलिहरू चढाउनेछु । किनकि तपाईंले मेरो जीवनलाई मृत्युबाट बचाउनुभएको छ । तपाईंले मेरा गोडाहरूलाई लड्नबाट जोगाउनुभएको छ, ताकि म जीवितहरूका अघि परमेश्वरको उपस्थितिमा हिंड्न सकूँ ।
”हे परमेश्वर, मप्रति दयालु हुनुहोस्, मप्रति दयालु हुनुहोस्, किनकि यी कष्टहरू अन्त नभएसम्म म तपाईंमा शरण लिन्छु । यो विनाश अन्त नभएसम्म सुरक्षाको निम्ति म तपाईंका पखेटामुनि बस्छु ।
”तर हे परमप्रभु, तपाईं तिनीहरूमाथि हाँस्नुहुन्छ । तपाईंले सबै जातिहरूलाई उपहास गर्नुहुन्छ । हे परमेश्वर, मेरो बल, म तपाईंमा नै ध्यान दिनेछु । तपाईं मेरो अग्लो धरहरा हुनुहुन्छ ।
”तर म तपाईंको सामर्थ्यको स्तुति गाउनेछु र बिहान म तपाईंको अटल प्रेमको स्तुति गाउनेछु । किनकि मेरो संकष्टको समय तपाईं मेरो उच्च धरहरा र शरणस्थान हुनुभएको छ । हे मेरो सामर्थ्य, म तपाईंको स्तुति गाउनेछु । किनकि परमेश्वरचाहिं मेरो उच्च धरहरा, करारको विश्वस्तताको परमेश्वर हुनुहुन्छ ।
”हे परमेश्वर, मेरो पुकारा सुन्नुहोस् । मेरो प्रार्थनामा ध्यान दिनुहोस् । मेरो हृदय शिथिल हुँदा म पृथ्वीको अन्तिम छेउबाट तपाईंलाई पुकारा गर्नेछु । मभन्दा उच्च चट्टानतिर मलाई लानुहोस् । किनकि तपाईं मेरो निम्ति शरणस्थान, शत्रुबाट बच्ने बलियो धरहरा हुनुभएको छ । मलाई सधैं तपाईंको पवित्र-स्थानमा बस्न दिनुहोस् । मलाई तपाईंका पखेटाहरूको आडमा शरण लिन दिनुहोस् । सेला
”परमेश्वरमा मात्र म चूपचाप पर्खिन्छु । मेरो उद्धार उहाँबाट आउँछ । उहाँ मात्र मेरो चट्टान र मेरो उद्धार हुनुहुन्छ । उहाँ मेरो अग्लो धरहरा हुनुहुन्छ । म धेरै डग्नेछैन ।
”परमेश्वरमा मात्र म चूपचाप पर्खिन्छु । किनकि मेरो आसा उहाँमा राखिएको छ । उहाँ मात्र मेरो चट्टान र मेरो उद्धार हुनुहुन्छ । उहाँ मेरो अग्लो धरहरा हुनुहुन्छ । म डग्नेछैन । मेरो उद्धार र महिमा परमेश्वरसँग छ । मेरो बल र शरणको चट्टान परमेश्वर हुनुहुन्छ । ए मानिसहरू हो, सबै समय उहाँमा भरोसा गर । उहाँमा आफ्नो हृदय पोखाओ । परमेश्वर हाम्रो शरणस्थान हुनुहुन्छ । सेला
”हे परमेश्वर, तपाईं मेरो परमेश्वर हुनुहुन्छ । उत्सुकतासाथ म तपाईंको खोजी गर्छु । पानी नभएको सुख्खा र बाँझो जमिनमा, मेरो प्राणले तपाईंको तृणा गर्छ र मेरो शरीरले तपाईंलाई खोज्छ । त्यसैले तपाईंको शक्ति र महिमा देख्नलाई तपाईंलाई मैले पवित्रस्थानमा हेरेको छु । किनभने तपाईंको करारको विश्वस्तता जीवनभन्दा उत्तम छ । मेरा ओठहरूले तपाईंको प्रशंसा गर्नेछ । त्यसैले म जीवित रहँदा म तपाईंलाई धन्यको भन्नेछु । तपाईंकै नाउँमा म आफ्ना हातहरू उचाल्नेछु । हाडको गुदी र चिल्लो खाना मैले खाएको जस्तै हुनेछ । आनन्दित ओठहरूले मेरो मुखले तपाईंको प्रशंसा गर्नेछ । जब आफ्नो ओछ्यानमा तपाईंको बारेमा म विचार गर्छु र रातको समयमा तपाईंमा ध्यान गर्छु । किनकि तपाईं मेरो सहायता हुनुभएको छ र म तपाईंको पखेटाहरूको छायामा आनन्दित हुनेछु । तपाईंसँग म टाँसिन्छु । तपाईंको दाहिने हातले मलाई सहारा दिन्छ ।
”अनाथहरूका बुबा, विधवाहरूका न्यायकर्ता पवित्र स्थानमा बास गर्नुहुने परमेश्वर नै हुनुहुन्छ । एक्लो व्यक्तिलाई परमेश्वरले परिवार दिनुहुन्छ । उहाँले कैदीहरूलाई गीत गाउँदै बाहिर आउन दिनुहुन्छ । तर विद्रोहीहरूचाहिं सुख्खा जमिनमा बस्छन् ।
”वास्तवमा, हे परमेश्वर, म वृद्ध हुँदा र मेरो कपाल फुल्दा पनि मलाई नत्याग्नुहोस्, जसरी मैले तपाईंको सामर्थ्य अर्को पुस्तालाई, तपाईंको शक्ति आउनेवाला हरेकलाई घोषणा गरिरहेको छु । हे परमेश्वर, तपाईंको धार्मिकता धेरै उच्च छ । हे परमेश्वर, तपाईंले महान् कुराहरू गर्नुभएको छ, तपाईंजस्तो को छ र? तपाईंले मलाई धेरै कष्टहरू देख्न दिनुभयो तपाईंले नै हामीलाई फेरि जागृत पार्नुहुनेछ र हामीलाई पृथ्वीको गहिराइबाट फेरि माथि ल्याउनुहुनेछ । तपाईंले मेरो इज्जत वृद्धि गर्नुहोस् । फेरि फर्कनुहोस् र मलाई सान्त्वना दिनुहोस् । हे मेरो परमेश्वर, तपाईंको सत्यताको निम्ति वीणा बजाएर म तपाईंलाई धन्यवाद चढाउनेछु । हे इस्राएलको परम पवित्र, सारङ्गी बजाएर म तपाईंको स्तुति गाउनेछु । जब म तपाईंको प्रशंसाका गीतहरू गाउनेछु, तब मेरा ओठहरू आनन्दले कराउनेछन्— मेरो प्राणले पनि जसलाई तपाईंले उद्धार गर्नुभएको छ ।
”तापनि म सधैं तपाईंसँगै छु । तपाईंले मेरो दाहिने हात समात्नुहुन्छ । तपाईंले मलाई आफ्नो सल्लाहले मार्गदर्शन गर्नुहुनेछ र पछि मलाई महिमामा ग्रहण गर्नुहुनेछ । स्वर्गमा तपाईंबाहेक मेरो को छ र? पृथ्वीमा मैले इच्छा गर्ने तपाईंबाहेक अरू कोही छैन । मेरो शरीर र मेरो मुटु कमजोर हुन्छन्, तर परमेश्वर नै सदासर्वदा मेरो हृदयको बल हुनुहुन्छ ।
”गरीब र अनाथहरूको बचाऊ गर । कष्टमा परेकाहरू र दरिद्रहरूको अधिकार कायम गर ।
”परमप्रभुको चोकको निम्ति म उत्कट इच्छा गर्छु । यसको निम्ति मेरो इच्छाले मलाई थकित बनाएको छ । मेरो हृदय र मेरो सारा प्राणले जीवित परमेश्वरमा पुकारा गर्छ । हे सर्वशक्तिमान् परमप्रभु, मेरो राजा, र मेरो परमेश्वर, भँगेराले आफ्नो गुँड, अनि गौंथलीले तपाईंको वेदीहरूको नजिकै त्यसका बचेराहरू राख्न आफ्नो गुँड भेट्टाएको छ । तपाईंका मन्दिरमा बस्नेहरू धन्यका हुन् । तिनीहरूले निरन्तर तपाईंको प्रशंसा गर्छन् । सेला
”कष्टको दिनमा म तपाईंलाई पुकारा गर्नेछु, किनकि तपाईंले मलाई जवाफ दिनुहुनेछ ।
”किनकि मप्रति तपाईंको करारको विश्वस्तता महान् छ । तपाईंले मेरो जीवनलाई चिहानको गहिराइबाट बचाउनुभएको छ ।
”मेरो आयु कति छोटो छ र तपाईंले मानवजातिका सबै सन्तानलाई कति बेकामको सृष्टि गर्नुभएको छ भनी विचार गर्नुहोस् । को जीवित रहनेछ र मर्दैन, वा आफ्नै जीवनलाई चिहानबाट बचाउन सक्छ र? सेला
”हे परमप्रभु, सबै पुस्ताभरि नै तपाईं हाम्रो सरणस्थान हुनुभएको छ ।
”जो सर्वोच्चको छत्रछायामा बस्छ, त्यो सर्वशक्तिमान्को छायामा रहनेछ । म परमप्रभुको बारेमा भन्छु, “उहाँ मेरो शरणस्थान र मेरो किल्ला हुनुहुन्छ, मेरो परमेश्वर जसमा म भरोसा गर्छु ।” किनकि उहाँ तिमीलाई शिकारीको पासो र घातक रूढीबाट बचाउनुहुनेछ । उहाँले तिमीलाई आफ्नो पखेटाहरूले ढाक्नुहुनेछ र उहाँको पखेटाहरूमुनि तिमीले शरण पाउनेछौ । उहाँको सत्यताचाहिं ढाल र सुरक्षा हो । तिमी रातको त्रसदेखि वा दिनमा आउने काँडदेखि, वा अँध्यारोमा चाहार्ने रूढी वा मध्यदिनमा आउने रोगदेखि भयभीत हुनेछैनौ । हजार जना तिम्रो छेउमा र तिम्रो दाहिने हातपट्टि दश हजार जना ढल्लान्, तर त्यो तिमीकहाँ आउनेछैन ।
”किनकि पमरप्रभु मेरो शरणस्थान हुनुहुन्छ । सर्वोच्चलाई तिम्रो पनि शरणस्थान बनाऊ । कुनै खराबीले तिमीलाई जित्नेछैन । तिम्रो घर नजिक कुनै कष्ट आउनेछैन । किनकि उहाँले तिमीलाई सुरक्षा दिन, तिम्रा सबै मार्गमा तिम्रो रेखदेख गर्न आफ्ना स्वर्गदूतहरूलाई निर्देशन दिनुहुनेछ । तिनीहरूले तिमीलाई आफ्ना हातले थाम्नेछन्, ताकि तिमीले आफ्ना खुट्टालाई ढुङ्गामा ठोकाउनेछैनौ । तिमीले आफ्नो खुट्टामुनि सिंहहरू र गोमनहरूलाई कुल्चनेछौ । तिमीले जवान सिंहहरू र सर्पहरू कुल्चनेछौ । त्यो मप्रति समर्पित भएको हुनाले म त्यसलाई बचाउनेछु । म त्यसलाई सुरक्षा दिनेछु किनभने त्यो मप्रति बफदार छ । जब त्यसले मलाई पुकारा गर्छ, तब म त्यसलाई जवाफ दिनेछु । म कष्टमा त्योसँग हुनेछु । म त्यसलाई विजय दिनेछु र त्यसको आदर गर्नेछु । म त्यसलाई लामो जीवनले सन्तुष्ट पार्नेछु र त्यसलाई मेरो उद्धार देखाउनेछु ।
”जब मभित्र फिक्रीहरू धैरै हुन्छन्, तब तपाईंका सान्त्वनाहरूले मलाई खुसी बनाउँछन् ।
”तर परमप्रभु मेरो अग्लो धरहरा हुनुभएको छ र मेरो परमेश्वर मेरो शरणस्थानको चट्टान हुनुभएको छ ।
”हे सारा पृथ्वी, आनन्दसाथ परमप्रभुको जयजयकार गर । खुसीसाथ परमप्रभुको सेवा गर । आनन्दले गाउँदै उहाँको उपस्थितिको सामु आओ । परमप्रभु नै परमेश्वर हुनुहुन्छ भनी जान । उहाँले हामीलाई बनाउनुभयो र हामी उहाँका हौं । हामी उहाँका मानिसहरू र उहाँका खर्कका भेडाहरू हौं । धन्यवाद दिंदै उहाँको ढोकाभित्र र प्रशंसा गर्दै उहाँको चोकभित्र पस । उहाँलाई धन्यवाद देओ र उहाँको नाउँको स्तुति गर । किनकि परमप्रभु असल हुनुहुन्छ । उहाँको करारको विश्वस्तता सदासर्वदा र उहाँको सत्यता सबै पुस्तामा रहन्छ ।
”हे परमप्रभु, मेरो प्रार्थन सुन्नुहोस् । तपाईंलाई मेरो पुकारा सुन्नुहोस् । मेरो कष्टको समयमा तपाईंको मुहार मबाट नलुकाउनुहोस् । मेरो पुकारा सुन्नुहोस् । मैले तपाईंलाई पुकारा गर्दा, मलाई तुरुन्तै जवाफ दिनुहोस् । किनकि मेरो दिनहरू धूवाँझैं बित्छन् र मेरा हाडहरू आगोझैं जल्छन् । मेरो हृदय चूर्ण भएको छ र म ओइलिएको घाँसजस्तो छु । म कुनै पनि खानेकुरा खान बिर्सिन्छु । मेरो निरन्तरको सुस्केराले म धेरै दुब्लो भएको छु ।
”मेरा दिनहरू हराएर जाने छायाजस्तै छन् र म घाँसझैं ओइलाएको छु । तर हे परमप्रभु, तपाईं सदासर्वदा जीवित हुनुहुन्छ र तपाईंको ख्याति सबै पुस्तामा रहन्छ ।
”परमप्रभुलाई मेरो सारा जीवनले म प्रशंसा दिनेछु, र मभित्र भएका सबै कुराले उहाँको पवित्र नाउँलाई म प्रशंसा दिनेछु । परमप्रभुलाई मेरो सारा जीवनले म प्रशंसा दिनेछु, र उहाँका सबै असल कामहरूलाई म सम्झिन्छु । उहाँले तिम्रा सबै पाप क्षमा गर्नुहुन्छ । उहाँले तिम्रा सबै रोग निको पार्नुहुन्छ । उहाँले तिम्रो जीवनलाई नाश हुनबाट बचाउनुहुन्छ । उहाँले तिमीलाई करारको विश्वस्तता र कोमल कृपाका कामहरूको मुकुट लगाउनुहुन्छ ।
”किनकि हामी कसरी बनिएका छौं भनी उहाँले जान्नुहुन्छ । हामी धूलो हौं भनी उहाँलाई थाहा छ । मानिसको बारेमा, त्यसका दिनहरू घाँसजस्ता छन् । मैदानको फूलझैं त्यो मौलाउँछ । त्यसमाथि हावा चल्छ र त्यो लोप हुन्छ, र त्यो कहाँ उम्रेको थियो भनी कसैले भन्न पनि सक्दैन । तर परमप्रभुलाई आदर गर्नेहरूमाथि उहाँको करारको विश्वस्तता अनादिदेखि अनन्तसम्म रहन्छ । उहाँको धार्मिकता तिनीहरूका सन्तानहरूमा रहन्छ ।
”तिनीहरूलाई सहायता गर्न उहाँ धेरैपल्ट आउनुभयो, तर तिनीहरूले निरन्तर विद्रोह गरे र तिनीहरूका आफ्नै पापले तल पारिए । तापनि, सहायताको निम्ति तिनीहरूका पुकारा उहाँले सुन्नुहुँदा उहाँले तिनीहरूका संकष्टमा ध्यान दिनुभयो । उहाँले तिनीहरूसँगको आफ्नो करारलाई सम्झिनुभयो र आफ्नो अटल प्रेमको कारणले नरम हुनुभयो । तिनीहरूका सबै विजेतालाई तिनीहरूमाथि दया गर्ने उहाँले बनाउनुहुन्थ्यो ।
”किनभने तिनीहरू भोकाएका र तिर्खाएका थिए, तिनीहरू थकाइले मूर्छित भए । तब तिनीहरूले आफ्ना कष्टमा परमप्रभुलाई पुकारा गरे र तिनीहरूका संकष्टबाट उहाँले तिनीहरूलाई बचाउनुभयो ।
”किनकि उहाँले तिर्खाएकाहरूको तिर्खा मेटाउनुहुन्छ र भोकाहरूका इच्छाहरूलाई उहाँले असल थोकहरूले पुरा गर्नुहुन्छ । कोही अँध्यारो र दुःखमा, कैदीहरू कष्ट र साङ्लाहरूमा बसे । तिनीहरूले परमेश्वरको वचन विरुद्धमा विद्रोह गरेको र सर्वोच्चको सल्लाहलाई इन्कार गरेको हुनाले यसो भएको थियो । उहाँले कठिनाइद्वारा तिनीहरूका हृदयलाई नम्र पार्नुभयो । तिनीहरूले ठेस खाए र तिनीहरूलाई उठ्न सहायता गर्ने कोही थिएन । तब तिनीहरूले आफ्ना कष्टमा परमप्रभुलाई पुकारा गरे र तिनीहरूका संकष्टबाट उहाँले तिनीहरूलाई बाहिर ल्याउनुभयो । उहाँले तिनीहरूलाई अन्धकार र दुःखबाट बाहिर निकाल्नुभयो र तिनीहरूका बन्धनहरू छिनाउनुभयो ।
”आफ्ना विद्रोही मार्गहरूमा तिनीहरू मूर्ख थिए र आफ्ना पापहरूका कारणले कष्टमा परे । तिनीहरूले कुनै खानेकुरा खाने इच्छा हराए र तिनीहरू मृत्युको ढोकाहरूका नजिक पुगे । तब आफ्ना कष्टमा तिनीहरूले परमप्रभुलाई पुकारा गरे र तिनीहरूका संकष्टबाट उहाँले तिनीहरूलाई बाहिर ल्याउनुभयो । उहाँ आफ्नो वचन पठाउनुभयो र तिनीहरूलाई निको पार्नुभयो, अनि तिनीहरूका विनाशबाट उहाँले तिनीहरूलाई बचाउनुभयो ।
”मेरो प्राण आफ्नो विश्रामको ठाउँमा फर्कन सक्छ, किनकि परमप्रभु मेरो निम्ति असल हुनुभएको छ । किनकि मेरो जीवनलाई मृत्युबाट, मेरा आँखाहरूबाट आँशु झर्नबाट र मेरा खुट्टाहरूलाई ठेस खानबाट तपाईंले बचाउनुभयो । म जीवितहरूको देशमा परमप्रभुको सेवा गर्नेछु ।
”परमप्रभुको दृष्टिमा उहाँका सन्तहरूका मृत्यु बहुमूल्य हुन्छ ।
”मेरो संकष्टमा मैले परमप्रभुलाई पुकारा गरें । परमप्रभुले मलाई जवाफ दिनुभयो र मलाई स्वतन्त्र गर्नुभयो । परमप्रभु मसँग हुनुहुन्छ । म भयभीत हुनेछैन । मानिसले मलाई के गर्न सक्छ र?
”मानिसमा भरोसा गर्नुभन्दा परमप्रभुमा शरण लिनु असल हुन्छ । कसैले शासकहरूमा भरोसा गर्नुभन्दा परमप्रभुमा शरण लिनु असल हुन्छ ।
”म मर्नेछैन, तर जिउनेछु र परमप्रभुका कामहरू घोषणा गर्नेछु ।
”परमप्रभुले मलाई कठोर किसिमले दण्ड दिनुभएको छ । तर उहाँले मलाई मृत्युमा सुम्पिनुभएको छैन ।
”मेरो जीवन धूलोमा टाँसिएको छ । तपाईंको वचनद्वारा मलाई जीवन दिनुहोस् ।
”शोकले म व्याकुल भएको छु । मलाई तपाईंको वचनले बलियो बनाउनुहोस् ।
”यो मेरो संकष्टमा मेरो सान्त्वना होः ताकि तपाईंको प्रतिज्ञाले मलाई जीवित राखेको छ ।
”संकष्टमा पर्नअगि म बरालिएर गएको थिएँ, तर अहिले तपाईंको वचन म पालन गर्छु ।
”मैले सतावट भोगेको मेरो निम्ति असल हुन्छ, ताकि म तपाईंका विधिहरू सिक्न सक्छु ।
”हे परमप्रभु, तपाईंका आदेशहरू निष्पक्ष छन् र विश्वस्ततामा तपाईंले मलाई कष्ट दिनुभयो भनी म जान्दछु । आफ्नो सेवकसित तपाईंले प्रतिज्ञा गर्नुभएअनुसार तपाईंको करारको विश्वस्तताले मलाई सान्त्वना देओस् । मलाई दया देखाउनुहोस् ताकि म जीवित रहन सकूँ, किनकि तपाईंको व्यवस्था नै मेरो खुसी हो ।
”तपाईंको व्यवस्था नै मेरो आनन्द भएको थिएन भने, म आफ्नो कष्टमा नाश भएको हुन्थें । तपाईंका सुझावहरूलाई म कहिल्यै बिर्सनेछैन, किनकि तपाईंले मलाई तिद्वारा नै जीवित राख्नुभएको छ ।
”म धेरै कष्टमा परेको छु । हे परमप्रभु, मलाई जीवित राख्नुहोस्, जस्तो तपाईंले आफ्नो वचनमा प्रतिज्ञा गर्नुभएको छ ।
”संकष्ट र क्लेशले मलाई भेट्टाएको भए पनि, तपाईंका आज्ञाहरू अझै मेरो आनन्द नै हुन् ।
”मेरो सहायता परमप्रभुबाट आउँछ, जसले स्वर्ग र पृथ्वी बनाउनुभयो ।
”पमरप्रभुले तिमीलाई सबै हानिबाट सुरक्षा दिनुहुनेछ र उहाँले तिम्रो जीवनलाई सुरक्षा दिनुहुनेछ । तिमीले गर्ने सबै कुरामा परमप्रभुले तिमीलाई अहिले र सदासर्वदा रक्षा गर्नुहुनेछ ।
”आँशु झार्दै बीउ छर्नेहरूले आनन्दको गीत गाउँदै कटनी गर्नेछन् । बीउ बोकेर छर्नलाई रुँदै जानेहरू अन्नका बिटाहरू लिएर आनन्दको गीत गाउँदै फेरि फर्किनेछ ।
”म परमप्रभुमा पर्खिन्छु, मेरो प्राणले पर्खिन्छु र उहाँको वचनमा म आसा गर्छु । रक्षकले बिहानको प्रतीक्षा गर्नेभन्दा धेरै मेरो प्राणले परमप्रभुको प्रतीक्षा गर्छ ।
”हे परमप्रभु, मलाई दुष्टहरूबाट बचाउनुहोस् । हिंस्रक मानिसहरूबाट मलाई सुरक्षित राख्नुहोस् । तिनीहरूले आफ्ना हृदयहरूमा दुष्ट योजना बनाउँछन् । तिनीहरू हरेक दिन युद्ध मच्चाउँछन् । सर्पहरूले झैं तिनीहरूका जिब्राहरूले घाउ बनाउँछन् । तिनीहरूका ओठहरूमा सर्पको विष हुन्छ । सेला
”कष्टमा परेकाहरूका पक्षमा परमप्रभुले न्याय गर्नुहुनेछ भनी म जान्दछु र उहाँले दरिद्रहरूलाई न्याय दिनुहुनेछ ।
”आफ्नो सोर निकालेर सहायताको निम्ति म परमप्रभुमा पुकारा गर्छु । आफ्नो सोर निकालेर परमप्रभुको कृपाको निम्ति म बिन्ती गर्छु । उहाँको सामु म आफ्नो विलाप खन्याउँछु । उहाँलाई म आफ्ना कष्टहरू भन्छु । मेरो आत्मा मभित्र कमजोर हुँदा, तपाईंले मेरो मार्ग जान्नुहुन्छ । म हिंड्ने बाटोमा तिनीहरूले मेरो निम्ति धराप थापेका छन् । म आफ्नो दायाँतिर हेर्छु र त्यहाँ एक जना पनि देख्दिनँ जसले मेरो वास्ता गर्छ । म बाँच्ने ठाउँ कहीं छैन । मेरो जीवनको बारेमा कसैले पनि वास्ता गर्दैन । हे परमप्रभु, मैले तपाईंमा पुकारा गरें । मैले भनें, “तपाईं नै मेरो शरण, जीवितहरूका देशमा मेरो भाग हुनुहुन्छ । मेरो पुकारा सुन्नुहोस्, किनकि मलाई धेरै तल झारिएको छ । मेरो सतावट गर्नेहरूबाट मलाई बचाउनुहोस्, किनकि तिनीहरू मभन्दा बलिया छन् । मेरो प्राणलाई कैदबाट बाहिर निकाल्नुहोस्, ताकि म तपाईंको नाउँलाई धन्यवाद दिन सकूँ । धर्मीहरू मेरो चारैतिर भेला हुन्छन् किनभने तपाईं मप्रति असल हुनुभएको छ ।”
”म आफ्ना हातहरू तपाईंतिर फैलाउँछु । सुख्खा जमिनमा मेरो प्राण तपाईंको तृष्णा गर्छ । सेला हे परमप्रभु, मलाई चाँडै जवाफ दिनुहोस्, किनभने मेरो आत्मा मूर्छित हुन्छ । तपाईंको मुहार मबाट नलुकाउनुहोस्, नत्रता ती खाल्डोमा जानेहरूजस्तै म हुनेछु ।
”परमप्रभुलाई पुकार्नेहरू सबैका नजिक, उहाँलाई सत्यतामा पुकार्नेहरूको नजिक हुनुहुन्छ । उहाँलाई आदर गर्नेहरूका इच्छा उहाँले पुरा गर्नुहुन्छ । उहाँले तिनीहरूको पुकारा सुन्नुहुन्छ र तिनीहरूलाई बचाउनुहुन्छ । परमप्रभुले उहाँलाई प्रेम गर्नेहरू सबैमाथि हेर्नुहुन्छ, तर उहाँले सबै दुष्टलाई नाश गर्नुहुनेछ । मेरो मुखले परमप्रभुको प्रशंसा गर्नेछ । सबै मानवजातिले उहाँको पवित्र नाउँलाई सदासर्वदा धन्यको भनून् ।
”थिचोमिचोमा परेकालाई उहाँले न्याय दिनुहुन्छ र भोकालाई भोजन दिनुहुन्छ । परमप्रभुले कैदीहरूलाई मुक्त गर्नुहुन्छ । परमप्रभुले अन्धाको आँखा खोल्नुहुन्छ । परमप्रभुले झुकेकालाई उठाउनुहुन्छ । परमप्रभुले धर्मी मानिसलाई प्रेम गर्नुहुन्छ । परमप्रभुले देशमा विदेशीको सुरक्षा गर्नुहुन्छ । उहाँले अनाथ र विधवालाई माथि उठाउनुहुन्छ । तर उहाँले दुष्टहरूको विरोध गर्नुहुन्छ ।
”तोडिएको हृदयलाई उहाँले निको पार्नुहुन्छ र तिनीहरूका घाउहरू बाँधिदिनुहुन्छ ।
”तेरो सारा हृदयले परमप्रभुमाथि भरोसा राख्, र तेरो आफ्नै समझशक्तिमा भर नपर् । तेरा सबै मार्गमा उहाँलाई उहाँलाई सम्झी र उहाँले तेरा मार्गहरू सोझा तुल्याउने हुनेछ । तेरो आफ्नै दृष्टिमा बुद्धिमान् नबन् । परमप्रभुको भय मान्, र खराबीबाट फर्की । यो तेरो शरीरको लागि चङ्गाइ हुने छ, र तेरो देहको लागि ताजापन हुने छ ।
”मानिसको हृदयमा भएको चिन्ताले उसलाई कमजोर तुल्याउँछ, तर असल वचनले उसलाई प्रसन्न पार्छ ।
”आनन्दित हृदयले मुहारलाई हँसिलो बनाउँछ, तर हृदयको पिरले आत्मालाई चोट पुर्याउँछ ।
”आनन्दित हृदय असल औषधी हो, तर टुटेको हृदयले हड्डीहरूलाई सुकाउँछ ।
”परमप्रभुको नाम एउटा बलियो धरहरा हो । धर्मात्मा त्यहाँ दौडेर जान्छ र सुरक्षित हुन्छ ।
”मानिसको आत्मा बिरामी अवस्थामा बाँच्ने छ, तर टुटेको आत्माको पीडालाई कसले सहन सक्छ र?
”मृत्यु र जीवन जिब्रोद्वारा नियन्त्रित हुन्छ, र जिब्रोलाई प्रेम गर्नेहरूले यसको फल खाने छन् ।
”कष्टको दिनमा तँ डरले कमजोर भइस् भने तेरो शक्ति क्षीण हुने छ । मृत्युको लागि लगिँदै गरेकाहरूलाई छुटकारा दे, र मारिनका लागि ढुनमुनिएकाहरूलाई बचा ।
”नष्ट भइरहेकाहरूलाई मदिरा दे, र विरहमा भएकाहरूलाई दाखमद्य दे । त्यसले पिएर आफ्नो गरिबी भुल्ने छ, र त्यसले आफ्नो कष्टलाई सम्झने छैन । बोल्न नसक्नेहरू र नष्ट भइरहेकाहरूको अधिकारको लागि बोल् ।
”हरेक कुराको लागि तोकिएको समय छ, र आकाशमूनि हरेक उद्धेश्यको लागि बेलाछ । जन्मने एउटा समय छ, र मर्ने एउटा समय । रोप्ने एउटा समय छ, र उखेल्ने एउटा समय । मार्ने एउटा समय छ, र निको पार्ने एउटा समय । भत्काउने एउटा समय छ, र बनाउने एउटा समय । रुने एउटा समय छ, र हाँस्ने एउटा समय । शोक गर्ने एउटा समय छ, र नाच्ने एउटा समय ।
”महङ्गो अत्तरभन्दा असल नाउँ उत्तम हुन्छ, र जन्मको दिनभन्दा मृत्युको दिन राम्रो हुन्छ । भोजको घरमा जानुभन्दा शोकको घरमा जानु उत्तम हुन्छ, किनकि जीवनको अन्त्यमा सबै मानिसका शोक आउँछ । जीवित मानिसहरूले यसलाई मनमा राख्नैपर्छ । हाँसोभन्दा अफसोस उत्तम हो, किनकि शोकित अनुहारपछि हृदयको प्रसन्नता आउँछ । बुद्धिमान्को हृदय शोकको घरमा हुन्छ, तर मूर्खहरूको हृदय भोजको घरमा हुन्छ ।
”समय राम्रो हुँदा त्यस राम्रो समयमा खुसी भएर बस्, तर समय नराम्रो हुँदा यो कुरा विचार गर्: परमेश्वरले दुवैलाई आमनेसामने रहने अनुमति दिनुभएको छ । यही कारणले गर्दा मानिसको पछि के हुँदै छ भनी कसैले पत्ता लगाउने छैन ।
”तिमीहरूलाई अझै पनि किन पिटाइ खाँदैछौ? तिमीहरू किन झन् विद्रोह गर्छौ? सम्पुर्ण टाउको नै बिरामी छ र सम्पुर्ण हृदय नै कमजोर छ । शिरदेखि पाउसम्म हानि नभएको कुनै अंग छैन । घाउहरू, चोटपटक र भर्खरका खुल्ला घाउहरू मात्र छन् । ती बन्द गरिएका, सफा गरिएका, पट्टि लगाइएका छैनन्, न त तेलले उपचार गरिएका छन् ।
”सम्पूर्ण पृथ्वी नै विश्राममा छ र शान्त छ । तिनीहरूले गीत गाउँदै उत्सव मनाउन सुरु गर्छन् ।
”परमप्रभुले मिश्रदेशलाई कष्ट दिंदै र निको पार्दै कष्ट दिनुहुनेछ । तिनीहरू परमप्रभुतिर फर्किनेछन् । उहाँले तिनीहरूको प्रार्थना सुन्नुहुनेछ र तिनीहरूलाई निको पार्नुहुनेछ ।
”यसकारण मेरो कमर दुखेको छ । स्त्रीको प्रसव पीडाजस्तो पीडाले मलाई समातेको छ । मैले जे सुनेको छु त्यसद्वारा म झुकेको छु । मैले जे देखेको छु सोद्वारा म व्याकुल भएको छु ।
”पृथ्वी सुख्खा हुनेछ र ओइलाउनेछ, संसार सुक्नेछ र ओइलाएर जानेछ। पृथ्वीका विशिष्ट मानिसहरू दुर्बल हुनेछन् । पृथ्वीलाई यसका बासिन्दाहरूले दूषित पारेका छन्, किनभने तिनीहरूले व्यवस्था भङ्ग गरेका छन्, नियमहरू तोडेका छन् र अनन्तको करार उलङ्घन गरेका छन् । यसकारण सरापले पृथ्वीलाई विनाश पार्छ र यसका बासिन्दाहरू दोषी भेट्टाइएका छन् । पृथ्वीका बासिन्दाहरू जलाइन्छन् र थोरै मानिसहरू मात्र बाँकी छन् ।
”किनकि गरीबको निम्ति तपाईं सुरक्षाको ठाउँ, खाँचोमा परेकाको निम्ति शरणस्थान— हुरीबाट बच्ने घर र तापबाट बच्ने छहारी हुनुभएको छ । जब निर्दयीहरूको सास पर्खालविरुद्ध आँधीजस्तै थियो,
”उहाँले मृत्युलाई सदाको निम्ति निल्नुहुनेछ, र परमप्रभु परमेश्वरले सबैको मुहारको आँसु पुछ्नुहुनेछ । उहाँले आफ्ना मानिसहरूको अपमानलाई सबै पृथ्वीबाट हटाउनुहुनेछ, किनकि यो परमप्रभुले भन्नुभएको छ ।
”तपाईंमा लागेको मनलाई, तपाईंले उसलाई पुरा शान्तिमा राख्नुहुनेछ, किनकि उसले तपाईंमा विश्वास गर्छ । सदासर्वदा परमप्रभु विश्वास गर । किनभने परमप्रभु, परमप्रभु नै अनन्त चट्टान हुनुहुन्छ ।
”हे परमप्रभु, तपाईंले हाम्रा निम्ति शान्ति ल्याउनुहुनेछ । किनकि साँच्चै, हाम्रा सबै कामहरू तपाईंले पनि हाम्रा निम्ति पुरा गर्नुभएको छ ।
”तापनि परमप्रभुले तिमीहरू प्रति अनुग्रही हुनलाई आशा गरिरहनुभएको छ, यसकारण तिमीहरूलाई दया देखाउन उहाँ तयार हुनुहुन्छ । किनकि परमप्रभु न्यायको परमेश्वर हुनहुन्छ । उहाँको प्रतिक्षा गर्ने सबै जना धन्यका हुन् । किनकि मानिसहरू सियोनमा, यरूशलेमा बस्नेछन् र तिमीहरू फेरि रुनेछैनौ । तिमीहरूको रुवाइको आवाज सुन्दा उहाँ निश्चय नै अनुग्रही हुनुहुनेछ । जब उहाँले त्यो सुन्नुहुन्छ, तब उहाँले तिमीहरूलाई जवाफ दिनुहुनेछ । परमप्रभुलले दुःखको रोटी र कष्टको पानी दिनुभए तापनि, र त्यसो हुँदा पनि तिमीहरूका शिक्षक तिमीहरूबाट लुक्नुहुनेछैन, तर तिमीहरूले आफ्नो शिक्षकलाई आफ्नै आँखाले देख्नेछौ । जब तिमीहरू दाहिने फर्कन्छौ वा जब तिमीहरू देब्रे फर्कन्छौ, तब तिमीहरूका पछाडिबाट यसो भनिरहेको आवाज तिमीहरूका कानले सुन्नेछन् “बाटो यही हो, यसैमा हिंड ।”
”कमजोर हातहरूलाई बलियो बनाओ र काँप्ने घुँडाहरूलाई सिधा पार । डराएका हृदय भएकाहरूलाई भन, “बलियो होओ, नडराओ! हेर, तिमीहरूका परमेश्वर सट्टा लिएर, परमेश्वरको इनाम लिएर आउनुहुनेछ । उहाँ आउनुहुनेछ र तिमीहरूलाई बचाउनुहुनेछ ।” तब अन्धाहरूका आँखाहरूले देख्नछन् र बहिराहरूका कानले सुन्नेछन् । तब लङ्गडो मानिस हरिणझैं उफ्रनेछ र गूँगाहरूका जिब्रोले गाउनेछन्, किनकि अरबमा पानीको मुल फुट्नेछ र उजाड-स्थानमा खोलाहरू बग्नेछन् ।
”त्यहाँ पवित्र बाटो भनिने मुल बाटो हुनेछ । अवित्रहरूले त्यसमा यात्रा गर्नेछैनन् । तर यो यसमा हिंड्नेहरूका निम्ति हुनेछ । यसमा कुनै मूर्ख जानेछैन । त्यहाँ कुनै सिंह हुनेछैन, कुनै डरलाग्दो जङ्गली जनावर हुनेछैन । तिनीहरू त्यहाँ भेट्टइनेछैनन्, तर उद्धार पाएकाहरू त्यहाँ हिंड्नेछन् । परमप्रभुले मोल तिरेर छटकारा दिनुभएकाहरू फर्किनेछन् र गाउँदै सियोनमा आउनेछन्, अनि तिनीहरूको शिरमा अनन्तको आनन्द हुनेछ । खुसी र आनन्दले तिनीहरूमा वास गर्नेछ । कष्ट र सुस्केरा भाग्नेछ ।
”तिमीहरूका परमेश्वर भन्नुहुन्छ, “सान्त्वना, मेरा मानिसहरू सान्त्वना । यरूशलेमसँग कोमलत भएर बोल । अनि त्यसलाई घोषणा गर, त्यसका युद्ध समाप्त भएको छ, त्यसका अधर्म क्षमा गरिएको छ, आफ्ना सबै पापहरूका निम्ति त्यसले परमप्रभुबाट दोब्बर पाएको छ ।”
”एक जना गोठालोले झैं उहाँले आफ्ना बगाललाई खुवाउनुहुनेछ, उहाँले थुमाहरूलाई आफ्नो बाहुलीमा जम्मा गर्नुहुन्छ र तिनीहरूलाई आफ्ना हृदयको छेउमा बोक्नुहुन्छ, अनि पाठाहरूलाई दूध खुवाउने भेडाहरूलाई कोमल भएर डोर्याउनुहुन्छ ।
”के तैंले जानेका छैनस्? के तैंले सुनेका छैनस्? परमप्रभु अनन्तका परमेश्वर, पृथ्वीको अन्तसम्मका सृष्टिकर्ता थकित वा हैरान बन्नुहुन्न । उहाँको समझको कुनै सिमा छैन । उहाँले थकितहरूलाई बल दिनुहुन्छ । अनि कमजोरहरूलाई उहाँले नयाँ ऊर्जा दिनुहुन्छ । जवान मानिसहरू पनि थकित र हैरान हुन्छन्, अनि जवानहरूले ठेस खान्छन् र ढल्छन्: तर परमप्रभुमा आशा गर्नेहरूले आफ्नो बललाई नयाँ बनाउनेछन् । तिनीहरू चिलहरू झैं पखेटाहरूले माथि-माथि उड्नेछन् । तिनीहरू दौडनेछन् र हैरान हुनेछैनन् । तिनीहरू हिंड्नेछन् र मूर्छा पर्नेछैनन् ।
”नडरा, किनकि म तँसँग छु । चिन्तित नहो, किनकि म नै तेरो परमेश्वर हुँ । म तँलाई बलियो बनाउनेछु, र म तँलाई सहायता गर्नेछु, अनि आफ्नो धर्मी दाहिने हातले म तँलाई थाम्नेछु ।
”अत्यचारमा परेका र खाँचोमा परेकाहरूले पानी खोज्नेछन्, तर त्यहाँ हुनेछैन, अनि तिर्खाले गर्दा तिनीहरूको जिब्रो सुक्खा हुन्छन् । म, परमप्रभुले तिनीहरूको प्रार्थनाको जवाफ दिनेछु । म, इस्राएलका परमेश्वरले तिनीहरूलाई त्याग्नेछैन ।
”तर अब ए याकूब तँलाई सृष्ट गर्नुहुने, अनि ए इस्राएल, तँलाई बनाउनुहुने परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः “नडरा, किनकि मैले तँलाई उद्धार गरेको छु । तेरो नाउँ काढेर मैले तँलाई बोलाएको छु, तँ मेरै होस् । तँ पानीबाट भएर जाँदा, म तँसँग हुनेछु । अनि नदीहरूबाट भएर जाँदा तिनीहरूले तँलाई डुबाउनेछैनन् । तँ आगोबाट भएर हिंड्दा तँ जल्नेछैनस् र ज्वालाहरूले तँलाई भस्म पार्नेछैनन् ।
”म नै ज्योति बनाउँछु र अन्धकारको सृष्टि गर्छु । म शान्ति ल्याउँछु र विपत्तिको सृजना गर्छु । यी सबै कुराहरू गर्ने परमप्रभु म नै हुँ ।
”तिमीहरूका बुढेसकालमा पनि उही हुँ र तिमीहरूका कपाल फुल्ने बेलामा पनि म तिमीहरूलाई बोक्नेछु । मैले तँलाई बनाएँ र म नै तँलाई बोक्नेछु । म तँलाई बोक्नेछु र म तँलाई छुटकारा दिनेछु ।
”हेर, तिमीहरूलाई मैले शुद्ध पारें, तर चाँदीलाई झैं होइन । तिमीहरूलाई मैले दुःखकष्टको भट्टीमा शुद्ध पारेको छु ।
”तिनीहरू तिर्काउने वा भोकाउने छैनन् । न तापले न घामले तिनीहरूलाई पोल्नेछ, किनकि जसले तिनीहरूलाई दया गर्नुहुन्छ, उहाँले तिनीहरूलाई डोर्याउनुहुनेछ । उहाँले तिनीहरूलाई पानीको मुहानहरूतिर लानुहुनेछ ।
”ए आकाश गाओ र ए पृथ्वी आनन्दि होओ । ए पर्वतहरू, गीत गाओ! किनकि परमप्रभुले आफ्ना मानिसहरूलाई सान्त्वना दिनुहुन्छ र उहाँका कष्ठमा परेकाहरूलाई दया गर्नुहुनेछ ।
”हेर, मैले तेरो नाउँ आफ्नो हत्केलामा खोपेको छु । तेरा पर्खालहरू निरन्तर मेरो सामु छन् ।
”हो, परमप्रभुले सियोनलाई सान्त्वना दिनुहुनेछ । उहाँले त्यसका सबै उजाड ठाउँहरूलाई सान्त्वना दिनुहुनेछ । त्यसको उजाड-स्थानलाई अदनझैं, अनि यर्दन नदी नजिकैको त्यसका मरुभूमिका मैदानहरूलाई परमप्रभुको बगैंचाझैं उहाँले बनाउनुभयो । त्यसमा खुसी र आनन्द, धन्यवाद र गीतको सोर हुनेछ ।
”परमप्रभुले मोल तिरेर छुटाउनुभएकाहरू फर्किनेछन् र आफ्ना शिरहरूमा सदाको निम्ति आनन्द र खुसीको सोर लिएर सियोनमा आउनेछन् । अनि खुसी र आनन्दले तिनीहरूलाई उछिन्नेछ, र कष्ट र शोक भाग्नेछन् । “तिमीहरूलाई सान्त्वना दिने म नै हुँ । तिमीहरू मानिसहरूसित किन डराउँछौ, मानिसहरूका छोराहरू, जो मर्ने छन्, जसलाई घाँसजस्तै बनाइने छन्?
”हामीबाट तिनीहरूले सुनेका कुरा कसले विश्वास गरेको छ, र कसलाई परमप्रभुको बाहुली प्रकट गरिएको छ? किनकि कलिलो बिरूवाजस्तै र सुख्खा जमिनबाट उम्रेको टुसाजस्तै ऊ परमप्रभुको सामु बढ्यो । उसमा हेर्नलायक आकर्षण वा ऐश्वर्य थिएन । हामीले उसलाई हेर्दा, हामीलाई आकर्षण गर्ने कुनै सुन्दरता थिएन । मानिसहरूद्वारा उसलाई घृणा र तिरस्कार गरियो । दुखको मानिस र कष्टसँग परिचित । त्यस्तो जसबाट मानिसहरूले आफ्ना अनुहार लुकाउँछन्, उसलाई घृणा गरियो । अनि हामीले उसलाई तुच्छ ठान्यौं । तर निश्चय नै उसले हाम्रा रोगहरू बोकेको र हाम्रा कष्टहरू उठाएको छ । तापनि हामीले उसलाई परमेश्वरद्वारा दण्ड दिइएको, परमेश्वरद्वारा हिर्काइएको र कष्टमा परेको ठान्यौं । तर हाम्रा विद्रोहपूर्ण कामहरूका कारणले उसलाई घोचिएको थियो । हाम्रा पापहरूका कारणले उसलाई पेलिएको थियो । हाम्रो शान्तिको निम्ति उसमाथि दण्ड पर्यो र उसका घाउहरूले हामी निको भएका छौं । हामी सबै बह्रालिएका भेडाहरूजस्ता छौं । हामी प्रत्येक आ-आफ्नै मार्गतिर लागेका छौं र परमप्रभुले हामी सबैको अधर्म उसमाथि राख्नुभएको छ । उसलाई अत्याचार गरियो । तापनि उसले आफूलाई होच्याउँदा, उसले आफ्नो मुख खोलेन । जसरी मार्नलाई लगिएको थुमा र ऊन कत्रनेहरूका सामु भेडा चुपचाप बस्छ, त्यसरी उसले आफ्नो मुख खोलेन । जबर्जस्ती र इन्साफद्वारा उसलाई दोषी ठहर गरियो । त्यस पुस्ताबाट कसले उसको बारेमा विचार गर्यो र? तर उसलाई जीविहरूको देशबाट अलग गरियो । मेरा मानिसहरूले अपराधहरू गरेका कारणले उसलाई दण्ड दिइयो । उसले कुनै हिंसा गरेका थिएन, न त उसको मुखमा कुनै छल नै थियो, तापनि अपराधीहरूसँगै तिनीहरूले उसको चिहान बनाए । उसको मृत्युमा एक जना धनी मानिस थियो । तापनि उसलाई धुलो पार्ने र उसलाई बिरामी पार्ने परमप्रभुकै इच्छा थियो । जब उसले आफ्नो जीवनलाई पापको निम्ति बलिदान बनाउँछन्, उसले आफ्ना सन्तानहरू देख्नेछ, उसले आफ्नो समय बढाउनेछ र उसैद्वारा परमप्रभुको उद्देश्य पुरा हुनेछ । उसको जीवनको कष्टपछि उसले ज्योति देख्नेछ र आफ्नो ज्ञानद्वारा सन्तुष्ट हुनेछ । मेरो धर्मिक सेवकले धेरै जनालाई निर्दोष ठहराउनेछ । उसले तिनीहरूको अधर्म बोक्नेछ । यसकारण म भीडहरूका माझमा उसको भाग उसैलाई दिनेछु, उसले धेरै जनासित लूटको माल बाँड्नेछ, किनभने उसले आफूलाई मृत्युमा हाल्यो र अपराधीहरूसँगै गनियो । उसले धेरै जनाको पाप बोक्यो र अपराधीहरूका निम्ति मध्यस्थ-बिन्ती गर्यो ।
”नडरा, किनकि तँ लज्जित हुनेछैनस्, न त निराश हुनेछस्, किनकि तेरो अपमान गरिेनेछैन । आफ्नो जवानीको लाजलाई र आफ्नो त्यागिएको अवस्थाको अपमानलाई तैंले बिर्सनेछस् ।
”धर्मिकतामा तँलाई स्थापित गरिनेछ, र अत्याचारबाट तँ टाढा हुनेछस्, किनकि तँ डराउने छैनस् । अनि त्रास तेरो नजिक आउनेछैन ।
”तेरो विरुद्धमा बनाइएका कुनै पनि हतियार सफल हुनेछैनन् । अनि तँलाई दोष लगाउने हरेकलाई तैंले दोषी ठहराउनेछस् । परमप्रभुका सेवकहरूका पैतृकसम्पत्ति र तिनीहरू निर्दोष छन् भनेर मैले दिने प्रमाण यही हो— यो परमप्रभुको घोषणा हो ।”
”किनकि तिमीहरू आनन्दमा जानेछौ र शन्तिसित डोर्याइनेछौ । तिमीहरूका सामु पर्वतहरू र पहाडहरू आनन्दको सोरमा गाउनेछन्, अनि मैदानका सबै रूखले आफ्ना हातले ताली बजाउनेछन् ।
”ऊ शन्तिमा प्रवेश गर्छ । जो आफ्नो सोझोपनमा हिंड्छन् तिनीहरू आफ्ना ओछ्यानहरूमा आराम गर्छन् ।
”उच्च र माथि उचालिले यसो भन्नुहुन्छ, जो अनन्तसम्म जिउनुहुने, जसको नाउँ पवित्र हो, “म उचालिएको र पवित्र स्थानमा बस्छु, साथै जसको तोडिएको र नम्र आत्मा हुन्छ, नम्रहरूका आत्मा जगाउन र पश्चात्तापीहरूका हृदयलाई जगाउन, तिनीहरूमा म पनि बस्छु ।
”मैले उसका बाटोहरू देखेको छु, तर म उसलाई निको पार्नेछु । म उसलाई डोर्याउनेछु, र उसको निम्ति शोक गर्नेहरूलाई सान्त्वना र सहानुभूति दिनेछु, र म ओठको फल सृजना गर्छु । परमप्रभु भन्नुहुन्छ, शान्ति, शान्ति, जो टाढा छन् र जो नजिक छन्— म तिनीहरूलाई निको पार्नेछु ।
”के मैले चाहेको उपवास यस्तै किसिमको हो र? एक दिन मात्र कसैले आफैलाई नम्र तुल्याउने, आफ्नो शिर निगालो झैं झुकाउने, र भाङ्ग्रा लगाउने र खरानीमा बस्ने हो र? के तिमीहरूले परमप्रभुलाई खुसी पार्ने उपवास यसैलाई भन्छौ? के मैले चुनेको उपवास यो होइनः दुष्टताको बन्धनबाट मुक्त गर्नु, जुवाका डोरीहरू फुकाउनु, चूर्णभएकाहरूलाई स्वतन्त्र पार्नु र जुवालाई भाँच्नू? आफ्नो भोजन भोकाएकाहरूलाई दिनु र गरीब र घरविहीनलाई तिमीहरूका घरमा ल्याउनु होइन र?” तिमीहरूले कसैलाई नाङ्गो देख्दा तिमीहरूले त्यसलाई लुगा लगाई दिनुपर्छ । अनि तिमीहरूले आफूलाई आफ्ना नातेदारदेखि लुकाउनुहुँदैन ।
”तब तिमीहरूको ज्योति सूर्योदय हुँदाझैं खुल्नेछ र तिमीहरूको चङ्गाइ झट्टै आउनेछ । तिमीहरूको धार्मिकता तिमीहरूको अगि जानेछ र परमप्रभुको महिमा तिमीहरूको पछाडिको रक्षक हुनेछ । तब तिमीहरूले पुकार्नेछौ र परमप्रभुले तिमीहरूलाई जवाफ दिनुहुनेछ । तिमीहरूले सहायताको निम्ति पुकारा गर्नेछौ र उहाँले भन्नुहुनेछ, “म यहाँ छु ।” तिमीहरूले आफ्ना माझबाट जुवा, दोष लगाउने औंला र दुष्ट बोली हटायौ भने, तिमीहरू आफैले भोकालाई दिन्छौ र विपदग्रस्तको खाचो पुरा गर्छौ भने, तिमीहरूको ज्योति अन्धकारमा चम्किनेछ र तिमीहरूको अन्धकारचाहिं मध्ये दिनजस्तो हुनेछ । तब परमप्रभुलले तिमीहरूलाई निरन्तर रूपले डोर्यउनुहुनेछ र पानी नभएको क्षेत्रहरूमा तृप्त पार्नुहुनेछ र उहाँले तिमीहरूको हड्डीलाई बलियो पार्नुहुनेछ । तिमीहरू पानी हालिएको बगैंचाझैं र पानी कहिल्यै नसुक्ने पानीको मुलजस्तै हुनेछौ ।
”परमप्रभु परमेश्वरको आत्मा ममाथि हुनुहुन्छ, किनभने कष्टमा परेकाहरूलाई सुसमाचार घोषणा गर्न परमप्रभुले मलाई अभिषेक गर्नुभएको छ । तोडिएका हृदय भएकाहरूलाई निको पार्न, कैदीहरूलाई छुटकाराको घोषणा गर्न र बन्धनमा परेकाहरूलाई कैदबाट छुटकारा दिन उहाँले मलाई पठाउनुभएको छ । परमप्रभुको कृपाको वर्ष, हाम्रा परमेश्वरको बदलाको दिनको घोषणा गर्न र शोक गर्नेहरू सबैलाई सान्त्वना दिन उहाँले मलाई पठाउनुभएको छ । सियोनमा शोक गर्नेहरू, तिनीहरूलाई खरानीको सट्टामा एउटा मुकुट, शोकको सट्टामा आनन्दको तेल, निराशाको आत्माको सट्टामा प्रशंसाको आवरण दिन, तिनीहरूलाई धर्मिकताका फलाँटहरू, परमप्रभुको बिरुवा भन्न उहाँले मलाई पठाउनुभएको छ, ताकि उहाँलाई नै महिमा होस् ।
”तिनीहरूका सबै कष्टहरूद्वारा उहाँले पनि कष्ट भोग्नुभयो, र उहाँको उपस्थितिको स्वर्गदूतले तिनीहरूलाई बचायो । आफ्नो प्रेम र दयामा उहाँले तिनीहरूलाई बचाउनुभयो र उहाँले तिनिहरूलाई माथि उठाउनुभयो र सारा प्राचीन समयभरि तिनीहरूलाई बोक्नुभयो ।
”किनकि हेर, मैले नयाँ आकाश र नयाँ पृथ्वी सृष्टि गर्न लागेको छु । अनि पहिले कुराहरू याद हुने वा मनमा आउनेछैन । तर मैले सृष्टि गर्न लागेको कुरामा तिमीहरू सदासर्वदा खुसी र आनन्दित हुनेछौ । हेर, यरूशलेमलाई आनन्दको रूपमा र त्यसका मानिसहरूलाई खुसीको रूपमा मैले सृष्टि गर्न लागेको छु । यरूशलेमसित म आनन्दित र मेरा मानिसहरूसित खुसी हुनेछु । त्यसमा रुवाइ र कष्टको सोर कदापि सुनिनेछैन ।
”आमाले आफ्नो बालकलाई सान्त्वना दिएझैं म तिमीहरूलाई सान्त्वना दिनेछु, र यरूशलेममा तिमीहरूले सान्त्वना पाउनेछौ ।”
”तर परमप्रभुमा भरोस गर्ने व्यक्ति धन्यको हो, किनकि परमप्रभु नै त्यसको दृढताको कारण हुनुहुन्छ । त्यो पानीको छेउमा रोपिएको बिरुवाजस्तै हुनेछ । यसका जरा खोलाको किनारमा फैलिएको हुनेछन् । जब ताप आउँछ तब त्यो डराउनेछैन, किनकि यसका पात सधैं हरिया हुन्छन् । खडेरीको वर्षमा यो चिन्तित हुँदैन, र यसले फल फलाउन छोड्दैन ।
”हे परमप्रभु, मलाई निको पार्नुहोस्, र म निको हुनेछु । मलाई छुटकारा दिनुहोस्, र मैले छुटकारा पाउनेछु । किनकि तपाईं नै मेरो प्रशंसाको गीत हुनुहुन्छ ।
”किनकि तिमीहरूका निम्ति मैले बनाएका योजनाहरू म जान्दछु, यो परमप्रभुको घोषणा हो, तिमीहरूलाई एउटा भविष्य र आशा दिनलाई ती शान्तिका योजनाहरू हुन्, विपत्तिका होइनन् । तब तिमीहरूले मलाई पुकार्नेछौ, र जानेछौ र मलाई प्रार्थना चढाउनेछौ, र म तिमीहरूको प्रार्थना सुन्नेछु । किनकि तिमीहरूले मलाई खोज्नेछौ र भेट्टाउनेछौ, किनभने तिमीहरूले मलाई आफ्ना सारा हृदयले खोज्नेछौ ।
”किनकि म तँलाई स्वास्थ्य बनाउनेछु । म तेरा चोटहरू निको पार्नेछु, यो परमप्रभुको घोषणा हो, तिनीहरूले तँलाई 'बहिष्कृत' भनेको हुनाले म यसो गर्नेछु । यस सियोनको लागि कसैले वास्ता गर्दैन ।”
”किनकि थाकेकाहरूलाई म पिउन लयाउनेछु, र मूर्छा खाएकाहरूलाई म सन्तुष्ट पार्नेछु ।” यसपछि म ब्युँझेँ, र मेरा भेडाहरू ताजा हुँदै गरेको मैले थाहा पाएँ ।
”तर हेर्, मैले निको पार्न र हेरविचार गर्नै लागेको छु, किनकि म तिनीहरूलाई निको पार्नेछु, र तिनीहरूकहाँ प्रचुरता, शान्ति र विश्वासयोग्यता ल्याउनेछु ।
”मेरो कष्ट र मेरो फिरन्तेपन, ऐरेलु र तिक्ततालाई सम्झनुहोस् । म निरन्तर यसलाई सम्झन्छु, र म मभित्रै हताश भएको छु ।
”परमप्रभुको अचुक प्रेम कहिल्यै समाप्त हुँदैन, र उहाँको दया कहिल्यै अन्त्य हुँदैन । ती हरेक बिहान नयाँ हुन्छन् । तपाईंको विश्वसनीयता महान् छ । मैले भनेँ, “परमप्रभु मेरो उत्तराधिकार हुनुहुन्छ ।” त्यसैले म उहाँमा नै आशा गर्दछु । परमप्रभुको प्रतीक्षा गर्नेहरू, उहाँको खोजी गर्नेहरूका निम्ति उहाँ भलो हुनुहुन्छ । मौन रूपमा परमप्रभुको उद्धारको प्रतीक्षा गर्नु राम्रो हुन्छ ।
”तर उहाँले शोक ल्याउनुभए तापनि उहाँको अचुक प्रेमको प्रचुरतामुताबिक उहाँले दया देखाउनुहुने छ । किनकि उहाँले हृदयबाट नै मानव-जातिका सन्तानलाई यातना दिनुहुन्न वा कष्ट दिनुहुन्न ।
”मैले पुकार गरेको त्यस दिनमा तपाईं नजिक आउनुभयो । तपाईंले भन्नुभयो, “नडरा ।” हे परमप्रभु, तपाईं मेरो पक्षमा लड्नुभयो । तपाईंले मेरो ज्यान बचाइदिनुभयो ।
”भोकको रापले गर्दा हाम्रो छाला चुलोझैँ तातिएको छ ।
”तिनीहरूलाई असल खर्कमा म राख्नेछु । इस्राएलका अग्ला पर्वतहरू तिनीहरू चर्ने ठाउँहरू हुनेछन् । तिनीहरू असल ठाउँहरूमा र प्रशस्त खर्कहरूमा चर्नको निम्ति बस्नेछन्, र तिनीहरू इस्राएलका पहाडहरूमा चर्नेछन् । मेरो बगालको गोठालो म आफैंले गर्नेछु र तिनीहरूलाई म आफैंले बसाल्नेछु, यो परमप्रभु परमेश्वरको घोषणा हो, म हराएकाहरूलाई खोज्नेछु र निर्वासितहरूलाई पुनर्स्थापित गर्नेछु । भाँचिएका भेडालाई पट्टी बाँध्नेछु र बिरामी भेडालाई निको पार्नेछु तर मोटा र बलियालाई म नष्ट गर्नेछु । म न्यायको साथमा गोठालोको काम गर्नेछु ।
”नबूकदनेसरले भने, “हामी शद्रक, मेशक, र अबेद्नगोका परमेश्वरको प्रशंसा गरौं, जसले आफ्नो सन्देशवाहक पठाउनुभएको छ र आफ्ना सेवकहरूलाई आफ्नो सन्देश दिनुभएको छ । तिनीहरूले मेरो आज्ञा नमानेर उहाँमा विश्वास गरे, र आफ्ना परमेश्वरबाहेक अरू कुनै देवताको पुजा गर्नु र तिनका सामु लम्पसार पर्नुको साटोमा तिनीहरूले आफ्ना शरीरलाई नै त्यागे ।
”मेरा परमेश्वरले आफ्नो सन्देशवाहक पठाउनुभएको अनि सिंहहरूका मुखहरूलाई बन्द गर्नुभएको छ, र तिनीहरूले मलाई कुनै हानी गरेका छैनन् । किनभने उहाँ अनि हजुर, महाराजाका सामु म दोषरहित भेट्टाइएँ, र मैले हजुरलाई कुनै हानी गरेको छैनँ ।” अनि राजा अत्यन्तै खुशी भए । तिनले दानिएललाई खोरबाट माथि निकाल्ने आदेश दिए । यसैले दानिएललाई खोरबाट माथि निकालियो । उनमा कुनै पनि चोट भेट्टाइएन, किनभने उनले आफ्ना परमेश्वरमाथि भरोसा गरेका थिए ।
”उहाँले हामीलाई सुरक्षित राख्नुहुन्छ र हामीलाई बचाउनुहुन्छ, अनि उहाँले स्वर्गमा र पृथ्वीमा चिन्हहरू र आश्चर्य कामहरू गर्नुहुन्छ । उहाँले दानिएललाई सिंहहरूको शक्तिबाट सुरक्षित राख्नुभएको छ ।”
”“आओ, हामी परमप्रभुतर्फ फर्कौं । किनकि उहाँले हामीलाई टुक्रा-टुक्रा पार्नुभएको छ, तर उहाँले हामीलाई निको पार्नुहुनेछ । उहाँले हामीलाई घाइते बनाउनुभएको छ, तर उहाँले हाम्रो घाउमा पट्टी लगाउनुहुनेछ । दुई दिनपछि उहाँले हामीलाई पुनर्जीवित पार्नुहुनेछ । तेस्रो दिनमा उहाँले हामीलाई उठाउनुहुनेछ, र हामीहरू उहाँको सामु जिउनेछौं ।
”के म तिनीहरूलाई चिहानको शक्तिदेखि बचाउनेछु र? के म तिनीहरूलाई मृत्युबाट बचाउनेछु र? ए मृत्यु, तेरा विपत्तिहरू कहाँ छन्? ए चिहान, तेरो विनाश कहाँ छ? मेरा आँखाबाट दया लुकेको छ ।”
”“बथानमा हिंड्ने सलहले— ठुला सलह, सखाप पार्ने सलह र नाश गर्ने सलहले — मैले तिमीहरूका बिचमा पठाएको मेरो शक्तिशाली सेनाले, वर्षौंदेखि खाएको बालीको म तिमीहरूलाई क्षतिपुर्ति दिनेछु । तिमीहरू प्रशस्त गरी खानेछौ र भरपेट हुनेछौ, र आफ्ना परमप्रभु परमेश्वरको नाउँको प्रशंसा गर्नेछौ, जसले तिमीहरूका बिचमा अचम्मका काम गर्नुएको छ, र म कहिल्यै आफ्ना मानिसहरूमा जाल ल्याउनेछैनँ ।
”तिनले भने, “मेरो सङ्कष्टको बारेमा मैले परमप्रभुलाई पुकारें र उहाँले मलाई जवाज दिनुभयो । चिहानको गर्भबाट मैले सहायताको निम्ति पुकारें! तपाईंले मेरो सोर सुन्नुभयो ।
”परमप्रभु तिमीहरूका परमेश्वर तेरो बिचमा हुनुहुन्छ, जो तँलाई बचाउन सामर्थी हुनुहुन्छ । उहाँले तेरो निम्ति आनन्द मनाउनुहुन्छ । उहाँ आफ्नो प्रेममा तँसित शान्त हुनुहुन्छ । उहाँ आनन्दको सोरले तँसित रमाउनुहुनेछ ।
”तर मेरो नाउँको भय मान्नेहरूका निम्ति भने, धार्मिकताको सूर्य निको पार्दै आफ्ना पखेटामा उदाउनेछ । तिमीहरू बाहिर जानेछौ, र गोठबाट निस्केका बाछाझैँ उफ्रनेछौ ।
”त्यसपछि जब हेरोदले आफू ती ज्ञानी मानिसहरूबाट छलिएको कुरा थाहा पाए, उनी औधी रिसाए । ती ज्ञानी मानिसहरूबाट उनले निर्धारण गरेका समयअनुसार त्यस क्षेत्रका दुई वर्ष पुगेका र त्योभन्दा मुनिका बालकहरूलाई र बेथलेहेमका सबै पुरुष बालकलाई मानिसहरू पठाएर मार्न लगाए । यसरी यर्मिया अगमवक्ताद्वारा जे भनिएको थियो, त्यो पुरा भयो, “रामामा एउटा आवाज सुनियो, रोदन र ठुलो विलाप, बालकहरूका निम्ति राहेलको रोदन, र सान्त्वना तिनले इन्कार गरिन्, किनकि तिनका बालकहरू अब रहेनन् ।”
”येशूले गालीलका सभाघरहरूमा सिकाउँदै, परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्दै र मानिसहरूका बिचमा हर प्रकारका रोग र बिमारीहरूलाई निको पार्दै गालीलका सबै ठाउँमा जानुभयो । उहाँको बारेमा भएको समाचार सिरियाभरि फैलियो, र उहाँको अगि मानिसहरूले तिनीहरू सबैलाई ल्याए जो बिरामी थिए, विभिन्न रोगहरू र दुःखाइले ग्रस्त थिए, र जो भूतहरूद्वारा वशमा पारिएका थिए र तिनीहरू जो छारे रोग लागेका थिए र पक्षाघातीहरू थिए ।
”“धन्य आत्मामा दीन हुनेहरू, किनभने स्वर्गको राज्य तिनीहरूकै हो । धन्य हुन् तिनीहरू जसले शोक गर्दछन्, किनभने तिनीहरूले सान्त्वना पाउनेछन् ।
”धन्य धार्मिकताका निम्ति सताइएकाहरू, किनभने स्वर्गको राज्य तिनीहरूकै हो । तिमीहरू धन्यका हौ, जब मानिसहरूले तिमीहरूको अपमान गर्दछन् र तिमीहरूलाई दुःख कष्ट दिन्छन्, वा मेरो खातिर तिमीहरूका विरुद्धमा झुटो रूपमा सबै किसिमका दुष्ट कुराहरू भन्दछन् । आनन्दित होओ र निकै खुसी होओ, किनकि स्वर्गमा तिमीहरूका इनाम ठुलो हुनेछ । किनभने यसरी नै तिमीहरूभन्दा अगिका अगमवक्ताहरूलाई मानिसहरूले सताएका थिए ।
”तर म तिमीहरूलाई भन्दछु, तिम्रा शत्रुहरूलाई प्रेम गर र तिमीहरूलाई सताउनेहरूका निम्ति प्रार्थना गर, “तिमीहरूलाई सराप्नेहरूलाई आशिष् देओ, र तिमीहरूलाई घृणा गर्नेहरूका निम्ति असल काम गर”
”त्यसैकारण, म तिमीहरूलाई भन्दछु, तिमीहरू आफ्ना जीवनको बारेमा के खाउँला वा के पिउँला भनेर वा आफ्नो शरीरको बारेमा के लगाउँला भनेर चिन्ता नगर । के जीवन भोजनभन्दा र शरीर वस्त्रभन्दा मूल्यवान् हुँदैन र? आकाशका चराहरूलाई हेर! तिनीहरूले न त छर्छन् वा कटनी गर्छन् वा भकारीमा बटुल्छन्, तरै पनि तिमीहरूका स्वर्गीय पिताले तिनीहरूलाई खुवाउनुहुन्छ । के तिमीहरू तीभन्दा धेरै बहुमूल्य छैनौ र? अनि तिमीहरूमध्ये कसले चिन्ता गरेर आफ्नो आयुमा एक घडी पनि थप्न सक्छ र? अनि तिमीहरू किन लगाउने लुगाको लागि चिन्ता गर्छौ? मैदानका लिली फुलहरूलाई हेर, ती कसरी उम्रन्छन् । तिनीहरूले न त काम गर्छन्, न कपडा नै बुन्छन् । र पनि म तिमीहरूलाई भन्छु, सोलोमन पनि आफ्नो सम्पूर्ण गौरवमा यिनीहरूले जस्तै गरी आभुषित थिएनन् । यदि परमेश्वरले आज हुने र भोलि भट्टीमा फ्याँकिने मैदानका घाँसहरूलाई समेत पहिराउनुहुन्छ भने, तिमीहरूलाई त झन् कति बढी पहिराउनुहुनेछ, ए अल्प-विश्वासीहरू हो? त्यसैकारण, चिन्तित भएर यसरी नभन, ‘हामी के खाउँला?’ वा ‘हामी के पिउँला?’ वा ‘हामी के लगाउँला?’ किनकि यी सबै कुरा त गैरयहूदीहरूले खोज्छन् र यी कुराहरू तिमीहरूलाई आवश्यक छ भन्ने कुरा तिमीहरूका स्वर्गीय पिताले जान्नुहुन्छ । तर पहिले उहाँको राज्य र उहाँको धार्मिकताको खोजी गर अनि यी सबै थोक तिमीहरूलाई दिइनेछ । त्यसैकारण, भोलिको निम्ति चिन्ता नगर, किनकि भोलिको चिन्ता त्यो आफैँले गर्नेछ । हरेक दिनको आफ्नै पर्याप्त चिन्ता रहेको छ ।
”माग, र त्यो तिमीहरूलाई दिइनेछ । खोज, र तिमीहरूले भेट्टाउनेछौ । ढकढक्याऊ, र तिमीहरूका निम्ति उघारिनेछ । किनकि माग्ने सबैले पाउँछन् । र खोज्ने सबैले भेट्टाउँछन् । र ढकढक्याउने व्यक्तिको निम्ति त्यो उघारिनेछ ।
”हेर, एक जना कुष्ठरोगी उहाँको नजिक आयो र उहाँको अगि घोप्टो पर्यो, र भन्यो, “हे प्रभु, तपाईंले इच्छा गर्नुभयो भने, मलाई शुद्ध पार्न सक्नुहुन्छ ।” येशूले आफ्नो हात पसार्नुभयो र उसलाई छुनुभयो, र भन्नुभयो, “म चाहन्छु । तिमी शुद्ध होऊ ।” तब तुरून्तै आफ्नो कुष्ठरोगबाट ऊ शुद्ध भयो ।
”जब येशू कर्फनहुममा प्रवेश गर्नुभएको थियो, एक जना कप्तान उहाँकहाँ आएर उहाँलाई सोधे, “हे प्रभु, मेरो एक जना नोकर पक्षाघातले ग्रसित भएर घरमा पल्टिरहेको छ र ऊ भयानक पीडामा छ ।” येशूले तिनलाई भन्नुभयो, “म आएर उसलाई निको पार्नेछु ।” कप्तानले जवाफ दिए र भने, “प्रभु, तपाईं मेरो घरको छानामुनि आउनको निम्ति म योग्यको छैनँ । तपाईंले केवल वचन मात्र बोलिदिनुहोस् र मेरो नोकर निको हुनेछ । किनकि म पनि एउटा यस्तो मानिस हुँ जो अधिकारको मुनि राखिएको छु, र मेरो मुनि पनि सिपाहीहरू छन् । म एक जनालाई ‘जाऊ’ भन्छु र ऊ जान्छ, र अर्कोलाई ‘आऊ’ भन्छु र ऊ आउँछ, अनि मेरो नोकरलाई ‘त्यो गर’ भन्छु र उसले त्यो गर्छ ।” जब येशूले यो सुन्नुभयो, उहाँ छक्क पर्नुभयो र उहाँलाई पछ्याउनेहरूलाई भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्छु, इस्राएलमा पनि मैले यस्तो विश्वास भएको कोही पाएको थिइनँ । म तिमीहरूलाई भन्छु, धेरै जना पूर्व र पश्चिमबाट आउनेछन्, अनि तिनीहरू अब्राहाम, इसहाक र याकूबसँग स्वर्गीय राज्यको भोजमा बस्नेछन् । तर राज्यका छोराहरू बाहिर अन्धकारमा फालिनेछन्, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ ।” येशूले त्यस कप्तानलाई भन्नुभयो, “जाऊ । तिमीले विश्वास गरेजस्तै तिम्रो निम्ति गरियोस् ।” अनि त्यही घडी तिनको नोकर निको भयो ।
”जब येशू पत्रुसको घरमा आउनुभयो, उहाँले पत्रुसकी सासू ज्वरोले बिरामी भई थला परिरहेकी देख्नुभयो । येशूले तिनको हातमा छुनुभयो, अनि ज्वरोले तिनलाई छोड्यो । त्यसपछि तिनी उठिन् र उहाँको सेवा गर्न थालिन् ।
”जब साँझ पर्यो, मानिसहरूले भूतात्मा लागेका धेरै मानिसहरूलाई येशूकहाँ ल्याए । उहाँले एउटै वचनबाट भूतात्माहरूलाई बाहिर निकाल्नुभयो र सबै बिरामीलाई निको पार्नुभयो । यसरी यशैया अगमवक्ताद्वारा भनिएको यस्तो वचन पुरा भयो, “उहाँ आफैँले नै हाम्रा बिमारीहरू लिनुभयो र हाम्रा रोगहरू वहन गर्नुभयो ।”
”हेर, समुद्रमा प्रचण्ड आँधीबेहरी चल्यो, अनि त्यो डुङ्गा समुद्रको छालद्वारा छोपियो । तर येशू सुतिरहनुभएको थियो । चेलाहरू उहाँकहाँ आए र उहाँलाई यसो भनी उठाउन लागे, “हे प्रभु, हामीलाई बचाउनुहोस्, हामी मर्नै लागेका छौँ!” येशूले तिनीहरूलाई भन्नुभयो, “ए अल्पविश्वासीहरू, तिमीहरू किन डराउँछौँ?” त्यसपछि उहाँ उठ्नुभयो अनि आँधी र समुद्रलाई हकार्नुभयो । त्यसपछि त्यहाँ पुरै शान्ति छायो ।
”जब येशू समुद्रको पारिपट्टि र गदरिनीहरूको देशमा आउनुभएको थियो, दुई जना भूतात्मा लागेका मानिसले उहाँलाई भेटे । तिनीहरू चिहानबाट निस्केर आइरहेका थिए र धेरै हिंसात्मक थिए । त्यसकारण, त्यो बाटो भएर कोही पनि यात्रु जान सक्दैन थियो । हेर, तिनीहरूले ठुलो स्वरले कराए र भने, “हे परमेश्वरका पुत्र, तपाईंसँग हाम्रो के सरोकार? के तोकिएको समयभन्दा पहिले नै तपाईं यहाँ हामीलाई दुःख दिन आउनुभएको हो? त्यहाँ नजिकै धेरै सुँगुरहरूको एउटा बथान चरिरहेको थियो । ती भूतात्माहरूले उहाँलाई बिन्ती गरिरहे र भने, “यदि तपाईंले हामीलाई बाहिर निकाल्नुहुन्छ भने, हामीलाई सुँगुरहरूको बथानमा पठाइदिनुहोस् ।” येशूले तिनीहरूलाई भन्नुभयो, “जा!” ती भूतात्माहरू बाहिर निस्के र सुँगुरहरूभित्र पसे । अनि हेर, सबै सुँगुर त्यो भिरालो पहाडको तल दौडे र समुद्रमा खसे अनि तिनीहरू पानीमा डुबेर मरे ।
”हेर, तिनीहरूले उहाँकहाँ ओछ्यानमा सुतिरहेको एउटा पक्षाघातीलाई ल्याए । तिनीहरूको विश्वास देखेर येशूले त्यो पक्षाघात भएको व्यक्तिलाई भन्नुभयो, “छोरा आनन्दित होऊ । तिम्रा पाप क्षमा भएका छन् ।” हेर, त्यहाँका केही शास्त्रीहरूले तिनीहरूका माझमा यसो भने, “यो मानिसले ईश्वर-निन्दा गरिरहेको छ ।” येशूले तिनीहरूको विचारलाई थाहा पाउनुभयो र भन्नुभयो, “किन तिमीहरू आफ्ना हृदयमा दुष्ट विचार गरिरहेका छौ? कुन कुराचाहिँ भन्न सजिलो छ, ‘तिम्रा पाप क्षमा भएका छन् भन्न कि उठ र हिँड भन्न?’ तर मानिसका पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ भन्ने कुरा तिमीहरूले जान्न सक ।” उहाँले त्यस पक्षाघातीलाई भन्नुभयो, “उठ, आफ्नो ओछ्यान उठाऊ र आफ्नो घर जाऊ ।” त्यसपछि त्यो मानिस उठ्यो र आफ्नो घरतर्फ गयो ।
”जब येशूले यो सुन्नुभयो, उहाँले भन्नुभयो, “शरीरमा बलियो भएकाहरूलाई वैद्यको खाँचो पर्दैन, केवल तिनीहरूलाई मात्र खाँचो हुन्छ जो बिरामी छन् ।”
”हेर, बाह्र वर्षदेखि धेरै रगत बग्ने एक जना स्त्री येशूको पछाडि आइन्, र उहाँको वस्त्रको छेउ छोइन् । किनकि तिनले आफैँलाई यसो भनेकी थिइन्, “मैले उहाँको वस्त्र मात्र छोएँ भने पनि, म निको पारिनेछु ।” तर येशू पछाडि फर्कनुभयो र तिनलाई देख्नुभयो, र भन्नुभयो “छोरी, साहस गर । तिम्रो विश्वासले तिमीलाई निको पारेको छ ।” अनि ती स्त्री तुरुन्तै निको भइन् ।
”जब येशू त्यस अधिकारीको घरमा आउनुभयो, उहाँले बाँसुरी बजाउनेहरू र भिडले ठुलो हल्ला गरिरहेका देख्नुभयो । उहाँले भन्नुभयो, “पर जाओ, किनकि यी युवती मरेकी छैनन्, तर यिनी निदाएकी छन् ।” तर तिनीहरू उहाँको गिल्ला गरेर हाँसे । जब भिडलाई बाहिर पठाइएको थियो, उहाँ कोठाभित्र जानुभयो र उहाँले तिनका हात समात्नुभयो, र ती युवती उठिन् ।
”जब येशू त्यहाँबाट भएर जाँदै हुनुहुन्थ्यो, दुई जना दृष्टिविहीनले उहाँलाई पछ्याए । तिनीहरू ठुलो स्वरले कराइरहे र यसो भनिरहे, “दाऊदका पुत्र, हामीमाथि दया गर्नुहोस् ।” जब येशू घरभित्र आउनुभयो, ती दृष्टिविहीनहरू उहाँकहाँ आए । येशूले तिनीहरूलाई भन्नुभयो, “म यो गर्न सक्छु भनी के तिमीहरू विश्वास गर्छौ?” तिनीहरूले उहाँलाई भने “ज्यू, प्रभु ।” त्यसपछि येशूले तिनीहरूका आँखा छोएर भन्नुभयो, “तिमीहरूले विश्वास गरेअनुसार तिमीहरूका निम्ति यो गरियोस् ।” अनि तिनीहरूका आँखा खोलिए । त्यसपछि येशूले तिनीहरूलाई कडासाथ आज्ञा गर्नुभयो र भन्नुभयो, “ख्याल गर, कि यो कुराबारे कसैलाई पनि थाहा नहोस् ।”
”जब ती दुई जना मानिस जाँदै थिए, हेर, एक जना भूतात्मा लागेको बोल्न नसक्ने व्यक्तिलाई येशूकहाँ ल्याइयो । जब त्यो भूतात्मा धपाइयो, तब त्यो व्यक्ति बोल्यो । भिडहरू छक्क परे र भने, “इस्राएलमा यस्तो कहिल्यै देखिएको थिएन!”
”येशू सारा सहरमा र गाउँहरूमा जानुभयो । उहाँले राज्यको सुसमाचार प्रचार गर्दै र सबै किसिमका रोग र बिमारीहरूलाई निको पार्दै तिनीहरूका सभाघरहरूमा सिकाइरहनुभयो ।
”येशूले आफ्ना बाह्र जना चेलालाई एकै ठाउँमा बोलाउनुभयो र तिनीहरूलाई अशुद्ध आत्माहरू धपाउने अधिकार दिनुभयो अनि हर प्रकारका रोग र बिमारीहरूलाई निको पार्ने अधिकार पनि दिनुभयो ।
”रोगीहरूलाई निको पार, मरेकाहरूलाई जीवित बनाओ, कुष्ठरोगीहरूलाई शुद्ध पार र भूतात्माहरूलाई धपाओ । तिमीहरूले सित्तैँमा पाएका छौ, सित्तैँमा देओ ।
”तिनीहरूसँग नडराओ जसले शरीरलाई मार्दछन्, तर आत्मालाई मार्न सक्दैनन् । बरु, आत्मा र शरीर दुवैलाई नरकमा नष्ट गर्न सक्नुहुनेसँग डराओ । के सानो सिक्कामा दुईवटा भङ्गेरा बिक्दैनन् र? तापनि तिमीहरूका पिताको इच्छाविना तीमध्ये एउटा पनि भुइँमा खस्दैन । तर तिमीहरूका शिरका केशहरू पनि गन्ती भएका छन् । नडराओ । तिमीहरू धेरै भङ्गेराभन्दा बढी मूल्यवान् छौ ।
”जसले आफ्नो जीवन भेट्टाउँछ, उसले त्यो गुमाउनेछ । तर जसले मेरो खतिर आफ्नो जीवन गुमाउँछ, उसले जीवन पाउनेछ ।
”दृष्टिविहीनहरूले दृष्टि पाइरहेका छन्; लङ्गडा मानिसहरू हिँडिरहेका छन्; कुष्ठरोगीहरू शुद्ध पारिएका छन्; बहिरा मानिसहरूले फेरि सुनिरहेका छन्; मरेका मानिसहरूलाई फेरि जीवनमा फर्काइएको छ, अनि खाँचोमा परेका मानिसहरूलाई सुसमाचार सुनाइँदै छ ।
”मकहाँ आओ, तिमीहरू सबै जसले परिश्रम गर्दछौ र गह्रौँ बोझले लादिएका छौ, अनि म तिमीहरूलाई विश्राम दिनेछु । मेरो जुवा तिमीहरूमाथि लेओ र मबाट सिक, किनकि म नम्र र कोमल हृदयको छु, अनि तिमीहरूले आफ्नो आत्माको निम्ति विश्राम पाउनेछौ । किनकि मेरो जुवा सजिलो छ र मेरो बोझ हलुको छ ।”
”हेर, त्यहाँ एक जना हात सुकेको व्यक्ति थियो । येशूलाई पापको दोष लगाउन फरिसीहरूले उहाँलाई सोधे, “के शबाथमा निको पार्नु उचित छ?” येशूले तिनीहरूलाई भन्नुभयो, “के तिमीहरूका बिचमा यस्तो व्यक्ति होला जोसँग एउटा मात्र भेडा छ, र यदि शबाथमा त्यो भेडा गहिरो खाल्डोमा खस्यो भने, उसले त्यसलाई समातेर बाहिर ननिकाल्ला? त्यसो भए, एउटा मानिसको मूल्य त्यो भेडाभन्दा कति बढी छ! त्यसैले, शबाथमा असल गर्नु न्यायसङ्गत छ ।” अनि येशूले त्यस व्यक्तिलाई भन्नुभयो, “तिम्रो हात पसार ।” उसले आफ्नो हात पसार्यो, र उसको त्यो हात अर्को हातजस्तै निको भयो ।
”अनि जब येशूले यो थाहा पाउनुभयो, उहाँ त्यहाँबाट निस्कनुभयो । धेरै मानिसले उहाँलाई पछ्याए र उहाँले तिनीहरू सबैलाई निको पार्नुभयो ।
”अनि भूतात्माले सताएको एक जना अन्धो र बोल्न नसक्ने व्यक्ति येशूकहाँ ल्याइयो । उहाँले त्यसलाई निको पार्नुभयो र फलस्वरूप त्यो बोल्न नसक्ने व्यक्ति बोल्न सक्ने र देख्न सक्ने भयो ।
”ढुङ्गेनी माटोमा छरिएको चाहिँ त्यो हो जसले वचन सुन्छ र तुरुन्तै खुसीसाथ त्यसलाई ग्रहण गर्छ । तर ऊ आफैँमा जरा हुँदैन र केही बेरसम्म मात्र टिकिरहन्छ । तर जब वचनको कारण सतावट वा कष्ट आउँछ, उसले तुरुन्तै ठेस खान्छ ।
”त्यसपछि येशू तिनीहरूको अगाडि आउनुभयो र उहाँले ठुलो भिड देख्नुभयो । उहाँ तिनीहरूप्रति दयाले भरिनुभयो र तिनीहरूका बिचमा भएका बिमारीहरूलाई निको पार्नुभयो ।
”जब त्यस ठाउँका मानिसहरूले येशूलाई चिने, तिनीहरूले वरपरका सबै क्षेत्रमा त्यो समाचार फैलाए र तिनीहरूले बिरामी भएकाहरू सबैलाई उहाँकहाँ ल्याए । तिनीहरूले उहाँको कपडाको एउटा छेउ मात्र छुन पाऊँ भनी उहाँलाई बिन्ती गरे, र जतिले छोए सबै जना निको भए ।
”र हेर, एउटी कनानी स्त्री त्यस क्षेत्रबाट बाहिर आइन् । तिनी चिच्च्याएर कराइन् र भनिन्, “हे प्रभु, दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्; मेरी छोरी दुष्टात्माद्वारा धेरै नै सताइएकी छन् ।” तर येशूले एउटै पनि शब्द बोल्नुभएन । उहाँका चेलाहरू आए र उहाँलाई यसो भन्दै बिन्ती गरे, “तिनलाई यहाँबाट पठाइदिनुहोस्, किनकि तिनी हाम्रो पछि चिच्च्याइरहेकी छन् ।” तर येशूले जवाफ दिनुभयो र भन्नुभयो, “मलाई इस्राएलको घरको हराएको भेडाकहाँ बाहेक कसैकहाँ पनि पठाइएको होइन ।” तर तिनी आइन् र उहाँको अगाडि घोप्टो पर्दै भनिन्, “प्रभु, मलाई सहायता गर्नुहोस् ।” उहाँले जवाफ दिनुभयो र भन्नुभयो, “आफ्ना छोराछोरीहरूको रोटी लिएर साना कुकुरहरूकहाँ फालिदिनु उचित हुँदैन ।” तिनले भनिन्, “हो, प्रभु, तर ती साना कुकुरहरूले पनि आफ्नो मालिकको टेबुलबाट खसेका केही स-साना टुक्राहरू खाँदछन् ।” त्यसपछि येशूले जवाफ दिनुभयो र तिनलाई भन्नुभयो, “स्त्री, तिम्रो विश्वास महान् छ । तिमीले इच्छा गरेअनुसार तिम्रो निम्ति गरियोस् ।” र त्यही घडी तिनकी छोरी निको भइन् ।
”ठुलो भिड उहाँकहाँ आयो । उनीहरूले आफ्ना साथमा लङ्गडा, दृष्टिविहीन, गुँगा, र लुला मानिसहरू, र बिरामी भएका धेरैलाई ल्याए । उनीहरूले येशूको चरणमा तिनीहरूलाई अर्पण गरे र उहाँले तिनीहरूलाई निको पार्नुभयो । गुँगा मानिसहरू बोलेका, लुलाहरू निको पारिएका, लङ्गडाहरू हिँडेका, र दृष्टिविहीनहरूले देखेका जब भिडले देख्यो तब तिनीहरू अचम्मित भए । तिनीहरूले इस्राएलको परमेश्वरलाई धन्यवाद दिए ।
”जब उहाँहरू भिड भएको ठाउँमा आउनुभयो, एक जना मानिस उहाँकहाँ आई उहाँको सामु घुँडा टेकेर भन्यो, “प्रभु, मेरो छोरामाथि कृपा गर्नुहोस्, किनकि उसलाई छारे रोग लागेको छ र उसले कठोर रूपमा दुःख भोगिरहन्छ । किनकि ऊ प्रायः आगो वा पानीमा खस्दछ । मैले उसलाई तपाईंका चेलाहरूकहाँ ल्याएँ, तर उनीहरूले उसलाई निको पार्न सकेनन् ।” येशूले जवाफ दिनुभयो र भन्नुभयो, “हे अविश्वासी र भ्रष्ट पुस्ता हो, कहिलेसम्म म तिमीहरूसँग बस्ने? कहिलेसम्म मैले तिमीहरूलाई साथ दिने? उसलाई यता मकहाँ ल्याओ ।” येशूले उसलाई हकार्नुभयो र भूतात्मा उसबाट बाहिर निस्क्यो । त्यो केटा त्यही घडीबाट निको भयो ।
”येशूले उनीहरूलाई भन्नुभयो, “तिमीहरूको कमजोर विश्वासको कारण । किनकि साँच्चै म तिमीहरूलाई भन्दछु, यदि तिमीहरूसँग रायोको दाना जत्तिकै मात्र विश्वास छ भने पनि, यो पहाडलाई तिमीहरूले ‘यहाँबाट हटेर त्यहाँ जा’ भन्यौ भने पनि त्यो जानेछ र तिमीहरूका निम्ति कुनै पनि कुरा असम्भव हुनेछैन ।
”यदि तिम्रो हात अथवा खुट्टाले तिमीलाई पाप गर्न लगाउँछ भने, त्यसलाई काटिदेऊ र त्यसलाई तिमीबाट टाढा फ्याँकिदेऊ । दुवै हात वा दुवै खुट्टा भएर अनन्तको आगोमा फालिनुभन्दा लुलो वा लङ्गडो भएर जीवनमा प्रवेश गर्नु तिम्रो निम्ति असल हुन्छ । यदि तिम्रो आँखाले तिमीलाई पाप गर्न लगाउँछ भने, त्यसलाई निकाल, र तिमीबाट टाढा फ्याँकिदेऊ । दुवै आँखा भएर अनन्तको आगोमा फालिनु भन्दा एउटा आँखाको लिएर जीवनमा प्रवेश गर्नु तिम्रो निम्ति असल हुन्छ ।
”त्यसरी नै, यी सानाहरूमध्ये एउटै पनि नाश होस् भनी स्वर्गमा हुनुहुने तिमीहरूका पिताले इच्छा गर्नुहुन्न ।
”र दुई जना दृष्टिविहीन बाटोको छेउमा बसिरहेका थिए । येशू त्यहाँबाट भएर जाँदै हुनुहुन्छ भन्ने कुरा जब तिनीहरूले सुने, तिनीहरू चिच्च्याए, “हे प्रभु, दाऊदका पुत्र, हामीमाथि कृपा गर्नुहोस् ।” तिनीहरूलाई चुप रहन भन्दै भिडले तिनीहरूलाई हप्कायो, तर तिनीहरू अझै बढी कराएर भन्यो, “हे प्रभु, दाऊदका पुत्र, हामीमाथि कृपा गर्नुहोस् ।” तब येशू उभिनुभयो र तिनीहरूलाई बोलाएर भन्नुभयो, “मैले तिमीहरूका निम्ति के गरिदिएको तिमीहरू चाहन्छौ?” तिनीहरूले उहाँलाई भने, “प्रभु, हाम्रा आँखा खोलिऊन् ।” तब येशू दयाले भरिनुभएर तिनीहरूका आँखा छुनुभयो । तिनीहरूले त्यत्तिखेरै आफ्ना दृष्टि प्राप्त गरे र उहाँलाई पछ्याए ।
”तब दृष्टिविहीनहरू र लङ्गडाहरू मन्दिरभित्र आए, र उहाँले तिनीहरूलाई निको पार्नुभयो ।
”येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्दछु, यदि तिमीहरूमा विश्वास छ र शङ्का गरेनौ भने यस अन्जीरको बोटलाई जे गरिएको थियो त्यो मात्र होइन, तर तिमीहरूले यस पहाडलाई, ‘यहाँबाट उखेलिएर समुद्रमा जा’ भन्यौ भने पनि त्यसै हुनेछ । तिमीहरूले विश्वास गरेर जेसुकै कुरा प्रार्थनामा माग्छौ, त्यो तिमीहरूले पाउनेछौ ।”
”तब तिनीहरूले तिमीहरूलाई सङ्कष्टको लागि सुम्पनेछन् र तिमीहरूलाई मार्नेछन् । मेरो नामको खातिर सबै जातिद्वारा तिमीहरूलाई घृणा गरिनेछ । तब धेरै जनाले ठेस खानेछन्, र एक अर्कालाई धोका दिनेछन्, एक अर्कालाई घृणा गर्नेछन् । धेरै झुटा अगमवक्ता खडा हुनेछन् र धेरै जनालाई बहकाउनेछन् । किनभने अधर्मको वृद्धि हुनेछ; धेरै जनाको प्रेम सेलाउनेछ । तर जो अन्तसम्म स्थिर रहन्छ, उसले उद्धार पाउनेछ ।
”किनकि त्यस बेला महासङ्कष्ट हुनेछ, जुन संसारको सुरुदेखि अहिलेसम्म कहिल्यै भएको छैन, न त कहिल्यै फेरि हुनेछ । ती दिनहरू नघटाइएसम्म कुनै शरीर पनि बच्नेछैन । तर चुनिएकाहरूका निम्ति ती दिनहरू घटाइनेछन् ।
”म नाङ्गो थिएँ र तिमीहरूले मलाई लुगा पहिराइदियौ; म बिरामी थिएँ र तिमीहरूले मेरो वास्ता गर्यौ; म झ्यालखानामा थिएँ र तिमीहरू मकहाँ आयौ ।’
”पत्रुसले उहाँलाई भने, “म तपाईंसँगै मर्नुपरे तापनि म तपाईंलाई इन्कार गर्नेछैनँ ।” अनि अरू सबै चेलाले पनि त्यसै भने ।
”उहाँले पत्रुस र जब्दियाका दुई छोरालाई आफूसँग लिएर जानुभयो, र शोकित र व्याकुल हुन थाल्नुभयो । त्यसपछि उहाँले तिनीहरूलाई भन्नुभयो, “मेरो आत्मा अत्यधिक शोकले भरिएर मरेतुल्य भएको छ । यहीँ बस र मसँगै जागा रहो ।” उहाँ अलि पर जानुभयो, आफ्ना घुँडा टेक्दै घोप्टो पर्नुभयो र प्रार्थना गर्नुभयो । उहाँले भन्नुभयो, “हे मेरा पिता, सम्भव भए, यो कचौरा मबाट हटिजाओस् । तर, मैले इच्छा गरेजस्तो होइन, तपाईंको इच्छाजस्तो होस् ।”
”अनि उनले बारब्बालाई तिनीहरूका निम्ति छोडिदिए, तर उनले येशूलाई कोर्रा लगाए र क्रुसमा झुन्ड्याउनको निम्ति सुम्पिदिए ।
”जब उनीहरूले उहाँलाई क्रुसमा टाँगे, तिनीहरूले चिट्ठा हाले र उहाँका वस्त्रहरूलाई भाग लगाए ।
”तिन बजे येशू ठुलो स्वरले कराउनुभयो र भन्नुभयो, “इलोई, इलोई लामा सबखथनी?” जसको अर्थ हो, “मेरा परमेश्वर, मेरा परमेश्वर, तपाईंले मलाई किन त्याग्नुभएको छ?”
”त्यस बेला सभाघरमा एक जना अशुद्ध आत्मा भएको मानिस थियो । त्यो चिच्च्यायो र भन्यो, “हे नासरतका येशू, तपाईंसँग हाम्रो के सरोकार? के तपाईं हामीलाई नाश पार्न आउनुभएको हो? तपाईं को हुनुहुन्छ भनी म चिन्छु । तपाईं परमेश्वरका पवित्र जन हुनुहुन्छ ।” येशूले भूतलाई हकार्नुभयो र भन्नुभयो, “चुप लाग्, र त्यसबाट निस्की आइज!” अनि अशुद्ध आत्माले त्यसलाई पछार्यो, र त्यो अशुद्ध आत्मा ठुलो स्वरमा चिच्च्याउँदै त्यसबाट निस्कियो ।
”अब सिमोनकी सासू जरो आएर सुतिरहेकी थिइन् । तिनीहरूले तिनको विषयमा येशूलाई बताए । यसकारण, उहाँ आउनुभयो र तिनको हातमा समाएर तिनलाई उठाउनुभयो; जरोले तिनलाई छोडिहाल्यो, र तिनले उहाँहरूको सेवा गर्न थालिन् ।
”त्यस साँझ घाम अस्ताएपछि तिनीहरूले भूत लागेका र बिरामी भएका सबैलाई उहाँकहाँ ल्याए । सारा सहर नै त्यो घरको ढोकामा भेला भए । उहाँले विभिन्न प्रकारका रोगी र बिमारीहरूलाई निको पार्नुभयो र धेरै भूत निकाल्नुभयो, तर उहाँले भूतहरूलाई बोल्न दिनुभएन, किनकि तिनीहरूले उहाँलाई चिन्थे ।
”उहाँ तिनीहरूको सभाघरमा प्रचार गर्दै र भूतहरू निकाल्दै सारा गालीलभरि जानुभयो । एक जना कुष्ठरोगी उहाँकहाँ आयो । त्यसले उहाँलाई बिन्ती गरिरहेको थियो; त्यसले घुँडा टेक्यो र उहाँलाई भन्यो, “यदि तपाईंले चाहनुभयो भने, तपाईंले मलाई शुद्ध गर्न सक्नुहुन्छ ।” येशू दयाले भरिनुभयो र आफ्नो हात फैलाएर त्यसलाई छुनुभयो, अनि भन्नुभयो, “म चाहन्छु । तिमी शुद्ध होइजाऊ ।” तुरुन्तै कुष्ठ रोगले त्यसलाई छोड्यो र त्यो शुद्ध भयो ।
”केही मानिसहरू उहाँकहाँ आए, जसले एक जना पक्षाघातीलाई ल्याइरहेका थिए; चार जना मानिसले त्यसलाई बोकिरहेका थिए । भिडले गर्दा तिनीहरू उहाँको नजिक जान सकेनन् । तिनीहरूले उहाँ हुनुभएको ठिक माथि छानो हटाए, र तिनीहरूले यसमा प्वाल पारे, अनि तिनीहरूले त्यस पक्षाघाती सुतेको ओछ्यानलाई तल झारे । तिनीहरूको विश्वास देखेर येशूले पक्षाघाती मानिसलाई भन्नुभयो, “छोरो, तिम्रा पापहरू क्षमा भएका छन् ।” तर त्यहाँ बसिरहेका शास्त्रीहरूमध्ये केहीले तिनीहरूका मनमा तर्क वितर्क गरे । “यो मानिसले कसरी यसरी बोल्न सक्छ? यसले त ईश्वर-निन्दा गर्यो! परमेश्वरले बाहेक कसले पाप क्षमा गर्न सक्छ?” तिनीहरूले के सोचिरहेका छन् भन्ने येशूले आफ्नो आत्मामा तुरुन्तै थाहा पाउनुभयो । उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले आफ्नो हृदयमा किन यस्तो विचार गर्छौ?” पक्षाघाती मानिसलाई के भन्न सजिलो हुन्छ, ‘तिम्रा पापहरू क्षमा भयो’ भन्नु कि ‘उठ र आफ्नो ओछ्यान बोक र हिँड’ भन्नु?” तर तिमीहरूले यो जान्न सक, कि पृथ्वीमा मानिसका पुत्रसँग पाप क्षमा गर्ने अधिकार छ ।” उहाँले पक्षाघातीलाई भन्नुभयो, “म तिमीलाई भन्दछु, उठ र आफ्नो ओछ्यान बोक र तिम्रो घर जाऊ ।” त्यो मानिस उठ्यो र तुरुन्तै आफ्नो ओछ्यान बोक्यो र सबै मानिसको अगाडिबाट नै घर गयो । त्यसैले, तिनीहरू छक्क परे, र परमेश्वरलाई महिमा दिए, अनि तिनीहरूले भने, “हामीले यस्तो कहिल्यै देखेका थिएनौँ ।”
”जब येशूले यो सुन्नुभयो, उहाँले तिनीहरूलाई भन्नुभयो, “जो मानिस शरीरमा बलियो छ, त्यसलाई वैद्यको आवश्यक पर्दैन; तर बिमारीलाई मात्र वैद्यको आवश्यक पर्छ । म धर्मीहरूलाई बोलाउन आएको होइनँ, तर पापीहरूका लागि आएको हुँ ।”
”उहाँ फेरि सभाघरभित्र जानुभयो, र त्यहाँ एक जना हात सुकेको मानिस थियो । उहाँले त्यसलाई शबाथको दिनमा निको पार्नुहुन्छ, कि भनेर केही मानिसहरूले चेवा गरे, ताकि तिनीहरूले उहाँलाई दोष लगाउन सकून् । येशूले हात सुकेको मानिसलाई भन्नुभयो, “उठ र यहाँ सबैका माझमा खडा होऊ ।” तब उहाँले मानिसहरूलाई भन्नुभयो, “शबाथ-दिनमा असल गर्नु वा हानि गर्नु के उचित हुन्छ; जीवन बचाउनु वा मार्नु के उचित हुन्छ?” तर उनीहरू चुप लागे । तिनीहरूका कठोर हृदयको कारण दुःखित हुँदै उहाँले रिसाएर वरिपरि तिनीहरूतिर हेर्नुभयो, र उहाँले मानिसहरूलाई भन्नुभयो, “तिम्रो हात पसार ।” त्यसले हात पसार्यो र येशूले त्यसका हातलाई पहिलेको जस्तै बनाइदिनुभयो ।
”किनभने उहाँले धेरैलाई निको पार्नुभयो । त्यसैले, कष्टमा परेकाहरू उहाँलाई छुन उत्सुकतासाथ उहाँको नजिक गए । जब अशुद्ध आत्माहरूले उहाँलाई देख्थे उहाँको सामु ढल्थे र चिच्च्याउँथे, अनि तिनीहरूले भन्थे, “तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ ।”
”उहाँले बाह्र जनालाई नियुक्त गर्नुभयो,, ताकि तिनीहरू उहाँसँग रहन सकून् र उहाँले तिनीहरूलाई प्रचार गर्न पठाउन सक्नुभएको होस्, अनि भूतहरूलाई निकाल्ने अधिकार होस् ।
”ढुङ्गेनी जमिनमा छरिएका केही बिउचाहिँ यी नै हुन्, जब तिनीहरूले वचन सुन्छन्, तिनीहरूले यसलाई तुरुन्तै आनन्दसाथ ग्रहण गर्छन् । तिनीहरूको आफ्नो कुनै जरा हुँदैन, तर केही समयसम्म मात्र टिक्छन् । वचनको कारणले सङ्कष्ट वा सतावट आउँदा तिनीहरूले तुरुन्तै ठेस खान्छन् ।
”त्यहाँ भयङ्कर आँधी चल्न थाल्यो र छालहरू डुङ्गामा पस्न लागे, अनि डुङ्गा पानीले भरिन लाग्यो । तर येशू डुङ्गाको पछिल्लो भागमा सिरानी लगाएर मस्त निदाउनुभएको थियो । तिनीहरूले भने, “गुरुज्यू, हामी मर्न लागिसक्दा पनि तपाईंलाई वास्ता छैन?” अनि उहाँ ब्युँझनुभयो र बतासलाई हप्काउनुभयो अनि समुद्रलाई भन्नुभयो, “शान्त हो र रोकिजा ।” अनि बतास चल्न रोकियो र त्यहाँ सन्नाटा छायो । उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू किन डराएको? के तिमीहरूसँग अझै विश्वास छैन?”
”जब येशू डुङ्गाबाट ओर्लंदै हुनुहुन्थ्यो, अशुद्ध आत्मा लागेको एक जना मानिस चिहानबाट उहाँकहाँ आयो । त्यो मानिस चिहानमा बस्थ्यो । कसैले पनि त्यसलाई रोक्न सकेको थिएन; त्यसलाई साङ्लाले बाँधेर राख्न पनि सकेको थिएन । त्यसलाई धेरै पटक साङ्लाहरूले बाँधेको र ठिँगुरो लगाएर राखोएको थियो । त्यसले साङ्लाहरूलाई चुँडाल्थ्यो, र त्यसको ठिँगुरोलाई तोडिदिन्थ्यो । त्यसलाई वशमा राख्ने सामर्थ्य कसैमा थिएन । हरेक दिन र रात डाँडाहरूमा र त्यो चिहान घारीमा चिच्च्याउँथ्यो र त्यसले धारिलो ढुङ्गाहरूले आफैँलाई काटेर चोट पार्थ्यो । जब त्यसले येशूलई टाढैबाट देख्यो, त्यो दौडेर उहाँकहाँ गयो, अनि उहाँको अगि घोप्टो पर्यो । त्यसले ठुलो स्वरमा कराए भन्यो, “हे येशू, सर्वोच्च परमेश्वरका पुत्र, मेरो तपाईंसँग के सम्बन्ध छ? म परमेश्वरको नाउँमा बिन्ती गर्छु, कि मलाई नसताउनुहोस् ।” किनभने येशूले त्यसलाई भनिरहनुभएको थियो, “तँ अशुद्ध आत्मा, त्यो मानिसबाट बाहिर निस्किआइज ।” उहाँले त्यसलाई सोध्नुभयो, “तेरो नाम के हो?” त्यसले उहाँलाई भन्यो, “मेरो नाम फौज हो, किनकि हामी धेरै छौँ ।” त्यसले उहाँलाई त्यस क्षेत्रबाट बाहिर नपठाउन बारम्बार बिन्ती गर्यो । त्यहाँ सुँगुरको एउटा ठुलो बथान डाँडामा चरिरहेको थियो, अनि तिनीहरूले यसो भन्दै उहाँसँग बिन्ती गरे, “हामीलाई ती सुँगुरहरूभित्र पठाउनुहोस्; हामीलाई तिनीहरूमा पस्न दिनुहोस् ।” उहाँले तिनीहरूलाई अनुमति दिनुभयो; अशुद्ध आत्माहरू निस्किए र सुँगुरहरूभित्र पसे, अनि तिनीहरू भिरालो पहाडतिर समुद्रभित्र हुर्रिए अनि लगभग दुई हजार सुँगुर समुद्रमा डुबे ।
”त्यहाँ बाह्र वर्षदेखि रगत बग्ने रोगले ग्रस्त भएकी एक महिला थिइन् । तिनले धेरै डाक्टरकहाँ गएर धेरै दुःख कष्ट भोगेकी थिइन् अनि तिनीसँग भएका सबै थोक तिनले खर्च गरिसकेकी थिइन् । तैपनि तिनलाई कुनै पनि कुराले सहायता पुर्याएन, बरु तिनको अवस्था झनझन नराम्रो मात्र हुँदै गयो । तर तिनले येशूको बारेमा सुनेकी थिइन् । त्यसैले, उहाँ भिडमा हिँडिरहनुभएको बेला तिनी उहाँको पछाडि आइन्, अनि तिनले उहाँको खास्टो छोइन् । किनकि तिनले भनिन्, “यदि मैले उहाँको खास्टो छोएँ भने म निको हुनेछु ।” जब तिनले उहाँलाई छोइन्, रगत बग्न रोकियो, अनि तिनले आफू आफ्नो कष्टबाट निको भएकी महसुस गरिन् ।
”उहाँ बोल्दै गर्नुहुँदा सभाघरका अगुवाको घरबाट केही मानिसहरू यसो भन्दै आए, “तपाईंकी छोरी मरी । अब गुरुलाई किन दुःख दिने?” तर जब येशूले तिनीहरूले भनेको कुरा सुन्नुभयो, उहाँले सभाघरका अगुवालाई भन्नुभयो, “नडराऊ । विश्वास मात्र गर ।” उहाँले पत्रुस, याकूब अनि याकूबका भाइ यूहन्नालाई बाहेक अरू कसैलाई पनि उहाँसँग जान अनुमति दिनुभएन । उहाँहरू सभाघरका अगुवाको घरमा आउनुभयो, अनि उहाँले खैलाबैला अर्थात् रोइरहेको र विलाप गरिरहेको देख्नुभयो । जब उहाँ घरभित्र पस्नुभयो, उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू किन निरास छौ र रुन्छौ? बालिका मरेकी छैनन्, सुतेकी मात्र हो ।” उहाँको कुरामा तिनीहरू हाँसे, तर उहाँले ती सबैलाई बाहिर निकाल्नुभयो, अनि उहाँले बालिकाका बाबु र आमा अनि उहाँसँग आएकाहरूलाई लिएर उहाँ ती बालिका भएको ठाउँमा आउनुभयो । उहाँले बालिकालाई हात समातेर तिनलाई भन्नुभयो, “तालिता कूमी”, जसको अर्थ हुन्छ, “सानी नानी, म तिमीलाई भन्दछु, उठ ।” तुरुन्तै बालिका उठिन् अनि हिँडिन् । अनि तिनीहरू अत्यन्तै चकित भए ।
”केही बिरामी मानिसहरूमा हात राखेर निको बनाउनुबाहेक त्यहाँ उहाँले कुनै शक्तिशाली कामहरू गर्न सक्नुभएन ।
”तिनीहरूले धेरै भूतहरू निकाले, धेरै बिरामीहरूलाई तेलले अभिषेक गरे र निको पारे ।
”तिनीहरू सबै क्षेत्रमा गए, र उहाँ जहाँ-जहाँ आउँदै हुनुहुन्छ भनी तिनीहरूले सुने तिनीहरूले त्यहाँ-त्यहाँ बिरामीहरूलाई उहाँकहाँ ओछ्यानसँगै ल्याउन थाले । जहाँ-जहाँ उहाँ गाउँहरूमा, सहरहरूमा, वा ग्रामीण ठाउँहरू भएर जानुहुन्थ्यो उनीहरूले बिरामीहरूलाई बजार क्षेत्रहरूमा राख्थे र उनीहरूले उहाँको कपडाको छेउ मात्र भए पनि छुन दिइयोस् भनी बिन्ती गर्थे । र जतिले छोए, तिनीहरू निको हुन्थे ।
”तर तुरुन्तै एउटा स्त्रीले उहाँको बारेमा सुनिन् र त्यहाँ आईन् जसकी सानी छोरीलाई अशुद्ध आत्मा लागेको थियो । तिनी उहाँको पाउमा घोप्टो परिन् । ती स्त्री एक ग्रिक र सिरियाको फोनिकेमा जन्मेकी थिइन् । तिनले आफ्नी छोरीबाट भूत निकाली दिनलाई उहाँसँग बिन्ती गरिन् । उहाँले तिनलाई भन्नुभयो, “छोराछोरीहरूलाई पहिले खुवाइयोस् । किनकि छोराछोरीहरूको रोटी खोसेर कुकुरहरूलाई दिनु ठिक होइन ।” तर तिनले जवाफ दिएर उहाँलाई भनिन् “हो प्रभु, तर कुकुरहरूले पनि त छोराछोरीहरूको टेबलबाट झरेको रोटीका टुक्राहरू त खान्छन् नि ।” उहाँले तिनलाई भन्नुभयो, “तिमीले यसो भनेकी हुनाले तिमी जानलाई स्वतन्त्र छौ । तिम्री छोरीबाट भूत निस्केर गएको छ ।” तिनी आफ्नो घर फर्केर गइन् र आफ्नी छोरी ओछ्यानमा पल्टिरहेकी पाइन्, र भूत निस्केर गएको थियो ।
”तिनीहरूले सुन्न नसक्ने र बोल्न कठिनाइ भएको कसैलाई उहाँकहाँ ल्याए र तिनीहरूले त्यसमाथि हात राखिदिनु हुन अनुरोध गरे । उहाँले त्यसलाई भिडबाट एकातिर एकान्तमा लैजानुभयो र त्यसको कानमा औला हाल्नुभयो र थुकिसकेपछि उहाँले त्यसको जिब्रो छुनुभयो । उहाँले स्वर्गतिर हेर्नुभयो; सुस्केरा हाल्नुभयो र त्यसलाई भन्नुभयो, “इफ्फाता” जसको अर्थ हुन्छ, “खोलिजा ।” तुरुन्तै त्यसको कान खोलियो, र त्यसको जिब्रोलाई बाधा दिने कुरा नष्ट भयो र त्यसले प्रस्टसँग बोल्न सक्यो । उहाँले कसैलाई केही पनि नभन्नू भनी तिनीहरूलाई आज्ञा गर्नुभयो । तर उहाँले जति धेरै तिनीहरूलाई त्यस्तो आज्ञा दिनुभयो त्यति धेरै तिनीहरूले यसलाई बताए । तिनीहरू अत्यन्तै अचम्मित भए र भने, “उहाँले सबै कुरा असल गर्नुभएको छ । उहाँले बहिरालाई सुन्ने र गुँगोलाई बोल्ने पनि बनाउनुहुन्छ ।”
”उहाँहरू बेथसेदामा आउनुभयो । त्यहाँ मानिसहरूले एउटा दृष्टिविहीन मानिसलाई उहाँकहाँ ल्याए र त्यसलाई छोइदिनुहोस् भनी येशूसँग बिन्ती गरे । येशूले त्यस दृष्टिविहीनलाई हातमा समाउनुभयो, र गाउँबाहिर लैजानुभयो । जब उहाँले त्यसको आँखामा थुक्नुभयो, र त्यसमाथि आफ्नो हात राख्नुभयो, उहाँले त्यसलाई सोध्नुभयो, “के तिमीले कुनै कुरा देख्छौ?” त्यसले हेर्यो र भन्यो, “म मानिसहरू रुखहरूजस्तै हिँडेको देख्छु ।” उहाँले फेरि आफ्नो हात त्यसका आँखामा राख्नुभयो, र त्यस मानिसले त्यसका आँखा खोल्यो अनि त्यसको दृष्टि पुनः प्राप्त भयो र त्यसले सबै थोक स्पष्टसँग देख्यो ।
”भिडमध्येका कसैले उहाँलाई जवाफ दियो, “गुरुज्यू, मैले तपाईंकहाँ मेरो छोरो ल्याएँ । त्यसलाई भूत लागेको छ जसले त्यसलाई बोल्न दिँदैन, र यसले यसलाई पक्रन्छ, पछार्छ मुखमा फिँज काढ्छ र दाह्रा किट्छ र अरट्ठ पर्छ । मैले तपाईंका चेलाहरूलाई यसलाई निकाल्नलाई बिन्ती गरेँ, तर तिनीहरूले निकाल्न सकेनन् ।” उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “हे अविश्वासी पुस्ता हो, कति समयसम्म म तिमीहरूसँग बस्नुपर्नेछ? कति समयसम्म म तिमीहरूलाई सहनु? त्यसलाई मकहाँ ल्याओ ।” तिनीहरूले त्यस केटोलाई उहाँकहाँ ल्याए । जब दुष्ट आत्माले येशूलाई देख्यो, त्यो आत्माले त्यस केटोलाई जोरले काम्न लगायो । त्यो केटो भुइँमा लड्यो र मुखमा फिँज काढ्यो । येशूले त्यसको बुबालाई सोध्नुभयो, “यस्तो भएको कति भयो?” बुबाले भने, “बाल्यकालदेखि नै हो । यसले उसलाई प्रायः आगो वा पानीमा फ्याँकेको छ र उसलाई मार्न खोज्थ्यो । यदि तपाईंले कुनै कुरा गर्न सक्नुहुन्छ भने हामीमाथि दया देखाउनुहोस् र सहायता गर्नुहोस् ।” येशूले तिनलाई भन्नुभयो, “‘यदि तपाईंले गर्न सक्नुहुन्छ भने’? विश्वास गर्नेको निम्ति सबै कुरा सम्भव छ ।” तुरुन्तै त्यस बालकको बुबा चिच्च्याए र भने, “म विश्वास गर्छु! मेरो अविश्वासमा सहायता गर्नुहोस् ।” जब येशूले भिड दौडदै उहाँहरूतिर आइरहेको देख्नुभयो, उहाँले त्यो अशुद्ध आत्मालाई हप्काउनुभयो र भन्नुभयो, “तँ गुँगा र बहिरो आत्मा, म आज्ञा गर्छु यसबाट निस्किजा र कहिल्यै पनि यसमा प्रवेश नगर ।” यो चिच्च्यायो र डरलाग्दो गरी लछारपछार गर्यो अनि निस्क्यो । त्यो केटा मरेकोजस्तै देखियो । त्यसैले, धेरैले भने, “ऊ मर्यो ।” तर येशूले त्यस केटालाई हातले समातेर उठाउनुभयो, र त्यो केटा उभियो ।
”यदि तिम्रो हातले तिमीलाई ठेस खान लगाउँछ भने यसलाई काटेर फालिदेऊ । दुईवटा हात लिएर कहिल्यै ननिभ्ने आगोको नरकमा जानुभन्दा अपाङ्ग भएर जीवनमा प्रवेश गर्नु नै राम्रो हुन्छ । “जहाँ किराहरू कहिल्यै मर्दैनन् र आगो पनि कहिल्यै निभ्दैन ।” यदि तिम्रो खुट्टाले तिमीलाई ठेस खान लगाउँछ भने यसलाई काटेर फालिदेऊ । दुईवटा खुट्टा लिएर नरकमा फालिनुभन्दा त लङ्गडो भएर जीवनमा प्रवेश गर्नु नै असल हुन्छ । यदि तिम्रा आँखाले तिमीलाई ठेस खान लगाउँछ भने, यसलाई निकालेर फालिदेऊ । दुईवटा आँखा लिएर नरकमा फालिनुभन्दा एउटा मात्र आँखा लिएर परमेश्वरको राज्यमा प्रवेश गर्नु नै असल हुन्छ । जहाँ किराहरू मर्दैनन् र आगो पनि निभ्दैन ।
”उहाँहरू यरीहोमा आउनुभयो । र उहाँ आफ्ना चेलाहरू र ठुलो भिडसँगै यरीहोबाट जानुहुँदा तिमैको छोरा बारतिमै दृष्टिविहीन भिखारी बाटोमा बसेको थियो । जब त्यसले येशू नासरी भन्ने सुने, त्यो कराउन थाल्यो र भन्यो, “हे येशू, दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्!” धेरैले चुप लाग भनी त्यो दृष्टिविहीन मानिसलाई हप्काए । तर त्यो झन् ठुलो स्वरले करायो, “दाऊदका पुत्र, ममाथि दया गर्नुहोस् ।” येशू रोकिनुभयो र त्यसलाई बोलाएर ल्याउन आज्ञा दिनुभयो । तिनीहरूले यसो भनेर त्यसलाई बोलाए, “साहस गर! खडा होऊ! उहाँले तिमीलाई बोलाउँदै हुनुहुन्छ ।” त्यसले आफ्नो खास्टो एकातिर फाल्यो, र उफ्रेर येशूकहाँ आयो । येशूले त्यसलाई जवाफ दिनुभयो र भन्नुभयो, “मैले तिम्रो निम्ति के गरेको चाहन्छौ?” त्यो दृष्टिविहीन मानिसले भन्यो, “रब्बी, म मेरो दृष्टि प्राप्त गर्न चाहन्छु ।” येशूले त्यसलाई भन्नुभयो, “जाऊ! तिम्रो विश्वासले तिमीलाई निको पारेको छ ।” त्यो तुरुन्तै फेरि देख्न सक्यो र त्यो उहाँको पछिपछि गयो ।
”“परमेश्वरमा विश्वास गर” भनेर येशूले उत्तर दिनुभयो । साँचो साँचो म भन्दछु, जसले यो पहाडलाई, ‘उठ् र समुद्रमा झर्’ भन्छ, अनि त्यसले आफ्नो हृदयमा कुनै शङ्का गर्दैन, तर त्यसले मागेको कुरा हुन्छ भनी विश्वास गर्छ, परमेश्वरले त्यही नै गर्नुहुनेछ । त्यसकारण म तिमीहरूलाई भन्दछुः तिमीहरूले जुन कुराको निम्ति प्रार्थना गर्छौ र माग्छौ, यो तिमीहरूले पाएका छौ र तिमीहरूको हुनेछ भनी विश्वास गर ।
”आफूलाई सचेत राख । तिनीहरूले तिमीहरूलाई परिषद्हरूको हातमा सुम्पिनेछन्, र सभाघरहरूमा तिमीहरू पिटिनेछौ । मेरा साक्षीको रूपमा तिमीहरू शासक र राजा दुवैका सामु मेरा खातिर खडा हुनेछौ । तर सबै जातिलाई पहिले सुसमाचार प्रचार गरिनुपर्छ । जब उनीहरूले तिमीहरूलाई गिरफ्तार गर्छन् र सुम्पन्छन्, तिमीहरूले के बोल्ने भनी चिन्ता नगर । किनभने त्यो समय तिमीहरूले के बोल्नुपर्ने हो, सो तिमीहरूलाई दिइनेछ; त्यस बेला बोल्ने तिमीहरू होइनौ, तर पवित्र आत्मा हुनुहुनेछ । दाजुले भाइलाई र बुबाले आफ्नो छोरोलाई मृत्यको लागि सुम्पिनेछन् । छोराछोरीहरू आफ्ना बुबा-आमाको विरुद्धमा खडा हुनेछन् र तिनीहरूलाई मृत्युमा पुर्याउनेछन् । मेरो नाउँको खातिर तिमीहरू सबैद्वारा घृणित हुनेछौ । तर जो अन्त्यसम्म रहनेछ, त्यो मानिस बचाइनेछ ।
”तर पत्रुसले भने, “यदि म तपाईंसँगै मर्नुपर्छ भने पनि म तपाईंलाई इन्कार गर्नेछैनँ ।” तिनीहरू सबैले उही प्रतिज्ञा गरे ।
”उहाँले पत्रुस, याकूब र यूहन्नालाई आफूसँग लानुभयो, र उहाँ दुःखित र अति व्याकुल हुनुभयो । उहाँले तिनीहरूलाई भन्नुभयो, “मेरो प्राण मरेजतिकै गहिरो वेदनामा छ । यहाँ बस र जागा रहो ।” येशू अलि परतिर जानुभयो, भुइँमा लम्पसार पर्नुभयो र प्रार्थना गर्नुभयो, कि यदि यो सम्भव थियो भने यो घडी उहाँबाट हटेर जाओस् । उहाँले भन्नुभयो, “हे अब्बा, पिता तपाईंमा सबै थोक सम्भव छ । यो कचौरा मबाट हटाउनुहोस् । तर मेरो इच्छा होइन, तपाईंको इच्छा पुरा होस् ।”
”पिलातसले भिडलाई सन्तुष्ट पार्न चाहे । त्यसैले, तिनले तिनीहरूका निम्ति बारब्बालाई छोडिदिए । तिनले येशूलाई कोर्रा लगाए र क्रुसमा टाँग्नको निम्ति सुम्पिदिए ।
”तिनीहरूले उहाँलाई क्रुसमा टाँगे र प्रत्येक सिपाहीले उहाँको पोशाकको कुनचाहिँ टुक्रा लिने भनी एक-आपसमा चिट्ठा हाले र भाग लगाए । तिनीहरूले उहाँलाई क्रुसमा टाँग्दा तेस्रो पहर भएको थियो ।
”नवौँ घडीमा येशू ठुलो स्वरमा यसो भन्दै कराउनुभयो, “इलोई, इलोई, लामा सबखथनी?” जसको अर्थ, “मेरा परमेश्वर, मेरा परमेश्वर, मलाई किन त्याग्नुभएको?” भन्ने हुन्छ ।
”[टिपोटः प्राचीन उत्कृष्ट प्रतिलिपिहरूमा मर्कूस १६:९-२० छैन] जसले विश्वास गर्नेछन् तिनीहरूसँग यी चिन्हहरू हुनेछन्ः तिनीहरूले मेरो नाउँमा भूतहरू धपाउनेछन् । तिनीहरूले नयाँ भाषाहरूमा बोल्नेछन् । तिनीहरूले आफ्ना हातले सर्पहरू समाउनेछन् र यदि तिनीहरूले कुनै विषालु पदार्थ पिए पनि यसले तिनीहरूलाई कुनै हानि गर्नेछैन । तिनीहरूले बिरामीमाथि हात राख्नेछन् र तिनीहरू निको हुनेछन् ।
”“परमप्रभुका आत्मा ममाथि छ, किनभने उहाँले मलाई गरिबहरूलाई सुसमाचार सुनाउनको निम्ति अभिषेक गर्नुभएको छ । उहाँले कैदीहरूलाई छुटकाराको घोषणा गर्न मलाई पठाउनुभएको छ र दृष्टिविहीनहरूलाई दृष्टि दिन, अन्यायमा परेकाहरूलाई स्वतन्त्रता प्रदान गर्न,
”त्यस दिन सभाघरमा एक जना अशुद्ध आत्मा भएको मानिस त्यहाँ थियो, र उसले ठुलो स्वरले चिच्याउँदै भन्यो, “नासरतका येशू, हामीहरूसँग तपाईंको के सरोकार छ? के तपाईं हामीलाई नाश गर्न आउनुभएको हो? तपाईं को हुनुहुन्छ भनी मलाई थाहा छ । तपाईं परमेश्वरका पवित्र जन हुनुहुन्छ ।” येशूले दुष्टात्मालाई हकार्नुभयो र भन्नुभयो, “चुप लाग् र त्यसबाट बाहिर निस्किजा ।” त्यसले तिनीहरूका बिचमा उसलाई लडायो र कुनै पनि हानि नोक्सानी नगरीकन उसबाट निस्केर गयो । सबै मानिसहरू अति आश्चर्य चकित भए र उनीहरू एक अर्कामा यो विषयमा छलफल गर्न लागे । उनीहरूले भने, “यी वचनहरू कस्ता हुन्? उहाँले अशुद्ध आत्माहरूलाई अधिकार र शक्तिसाथ आज्ञा गर्नुहुन्छ र तिनीहरू बाहिर निस्केर जान्छन्?”
”त्यसपछि येशू सभाघरबाट निस्केर सिमोनको घरमा पस्नुभयो । सिमोनकी सासुलाई उच्च ज्वरोले सताएको थियो र उनीहरूले उनको पक्षमा उहाँसँग बिन्ती गरे । उहाँ उनको छेउमा उभिनुभयो र ज्वरोलाई हकार्नुभयो र ज्वरोले उनलाई छोड्यो । तुरुन्तै उनी उठिन् र उहाँहरूको सेवा गर्न थालिन् ।
”साँझपख सूर्य अस्ताउने बेलामा धेरै प्रकारका रोग लागेका बिरामीहरूलाई येशूकहाँ ल्याइयो । उहाँले तिनीहरू सबैमाथि आफ्नो हात राख्नुभयो र सबैलाई निको पार्नुभयो ।
”जब उहाँ सहरहरूमध्ये एउटा सहरमा जाँदै गर्नुहुँदा उहाँले कुष्ठरोगीलाई देख्नुभयो । जब कुष्ठरोगीले येशूलाई देख्यो, उसले घोप्टो परेर दण्डवत् गर्यो र भन्यो, “हे प्रभु, तपाईंले इच्छा गर्नुभयो भने मलाई शुद्ध पार्न सक्नुहुन्छ ।” येशूले हात पसारेर छुनुभयो र भन्नुभयो, “म चाहन्छु कि तिमी शुद्ध होऊ ।” अनि तत्कालै कुष्ठरोगले उसलाई छोड्यो ।
”तर यो कुरा चारैतिर फैलियो र भिडहरू त्यो कसरी निको भयो भनी सिकाएको सुन्न र आ-आफ्नो रोगबाट निको हुन आए ।
”एक दिन उहाँले शिक्षा दिइरहनुभएको बेलामा, त्यहाँ फरिसीहरू र व्यवस्थाका शिक्षकहरू पनि बसिरहेका थिए, जो गालील र यहूदाका विभिन्न गाउँ र इलाकाहरूबाट अनि यरूशलेमको सहरबाट आएका थिए । निको पार्नका लागि परमेश्वरको शक्ति उहाँसँग थियो । केही मानिसहरूले एक जना पक्षाघाती मानिसलाई गुन्द्रिमा बोकेर त्यहाँ आए । उसलाई येशूको अगाडि भित्र लगेर राख्नका लागि लैजाने बाटो खोजे । तर भिडको कारणले गर्दा तिनीहरूले उसलाई येशूकहाँ लैजान सकेनन् । त्यसैले, तिनीहरू घरको छानामाथि चढे र छाना खोलेर तिनीहरूले त्यो मानिसलाई येशू भएको ठाउँको अगाडि ओछ्यानसहित झारिदिए । येशूले तिनीहरूको विश्वासलाई देख्नुभयो र भन्नुभयो, “हे मानिस, तिम्रो विश्वासको कारण तिम्रा पाप क्षमा भएका छन् ।” शास्त्री र फारिसीहरूले प्रश्न गर्न थाले, “यो ईश्वर-निन्दा गर्ने को हो? परमेश्वरबाहेक कसले पापको क्षमा दिन सक्छ?” येशूले तिनीहरूले आपसमा के विचार गरेका थिए भन्ने कुरा जान्नुभयो र भन्नुभयो, “तिमीहरू आफ्नो हृदयमा किन यस्तो प्रश्न गर्दछौ? कुन कुरा सजिलो छ ‘तिम्रा पाप क्षमा भए भन्नु वा उठेर हिँड् भन्नु?‘ तिमीहरूलाई थाहा होस् कि मानिसका पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ । म तिमीलाई भन्दछु, ‘उठ, तिम्रो आफ्नो ओछ्यान उठाऊ र आफ्नो घर जाऊ‘ ।” तुरुन्तै तिनीहरूको सामुन्ने ऊ उठ्यो र आफ्नो ओछ्यान उठाएर परमेश्वरको महिमा गर्दै आफ्नो घरतर्फ लाग्यो ।
”येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “असल स्वस्थ हुने मानिसलाई वैद्यको आवश्यकता पर्दैन, बिरामीलाई मात्र यसको आवश्यकता पर्छ ।” म धर्मी मानिसलाई पश्चात्तापको लागि बोलाउन आएको होइनँ, तर पापीहरूलाई पश्चात्तापको निम्ति बोलाउन आएको हुँ ।
”अर्को विश्राममा यसो भयो कि उहाँ सभाघरमा जानुभयो र त्यहाँ भएका मानिसहरूलाई सिकाउनुभयो । त्यहाँ दाहिने हात सुकेको एक जना मानिस थियो । उहाँले विश्रामको दिनमा कसैलाई निको पार्नुहुन्छ कि हुन्न भनेर शास्त्रीहरू र फरिसीहरूले नजिकबाट उहाँलाई नियाली राखेका थिए ताकि तिनीहरूले उहाँलाई केही गल्ती गरेको कारण दोष भेट्टाउन सकियोस् । तर तिनीहरूले के सोचिरहेका थिए भनी उहाँलाई थाहा थियो, र हात सुकेको मानिसलाई भन्नुभयो, “उठ र सबैका बिचमा खडा होऊ ।” त्यसकारण, त्यो मानिस उठ्यो र त्यहाँ सबैका बिचमा उभियो । येशूले तिनीहरूलाई भन्नुभयो, “म तिमीहरूलाई सोध्छु, विश्रामको दिनमा कसैको असल गर्नु वा हानि गर्नु, जीवन बचाउनु वा नाश गर्नु कुन ठिक हो?” तब उहाँले तिनीहरूका वरिपरि हेर्नुभयो र त्यस मानिसलाई भन्नुभयो, “तेरो हात पसार् ।” उसले त्यसै गर्यो र उसको हात पहिलाको जस्तै भयो ।
”त्यसपछि येशू तिनीहरूसँगै डाँडाबाट तल ओर्लनुभयो र समथर ठाउँमा उभिनुभयो । त्यहाँ उहाँका चेलाहरूको ठुलो भिड थियो र त्यसै गरी ठुलो सङ्ख्यामा यहूदिया, र यरूशलेम, र सिदोन, टुरोसको समुद्री तटका बासिन्दाहरू पनि थिए । तिनीहरू उहाँका वचन सुन्न र आ-आफ्ना रोगहरूबाट निको हुनलाई आएका थिए । अशुद्ध आत्माले सताइएका मानिसहरू पनि निको भए । भभिडमा भएका सबैले उहाँलाई छुन खोजे, किनभने निको पार्ने शक्ति उहाँबाट गइहेको थियो र उहाँले सबैलाई निको पार्नुभयो ।
”धन्य तिमीहरू जो अहिले भोकाउँदछौ, तिमीहरू तृप्त हुनेछौ । धन्य तिमीहरू जो अहिले रुन्छौ, तिमीहरू हाँस्नेछौ । जब मानिसका पुत्रका खातिर बहिष्कार गरी साथीहरूबाट अलग गरेर तिमीहरूलाई निकाल्दछन् र दुष्ट ठानी तिमीहरूका नाउँलाई अपमान गर्दछन् । धन्य हौ तिमीहरू जब मानिसहरूले तिमीहरूलाई घृणा गर्दछन् । त्यसदिन तिमीहरू रमाओ र आनन्दले उफ्र, किनकि निश्चय नै स्वर्गमा तिमीहरूका लागि ठुलो इनाम हुनेछ । किनकि तिनीहरूका पुर्खाहरूले पनि अगमवक्ताहरूलाई त्यसै गरेका थिए ।
”एउटा कप्तानको दास जो उनका लागि अति नै महत्त्वपूर्ण थियो, ऊ साह्रै बिरामी भएर मर्नै आँटेको थियो । तर उनले येशूको बारेमा सुनेको हुनाले कप्तानले यहूदीहरूका धर्म-गुरुहरूलाई येशूकहाँ गएर उहाँ आएर आफ्नो दासलाई मर्नदेखि बचाइ दिनुहोस् भनी पठायो । जब तिनीहरू येशूको नजिक आए, तब तिनीहरूले उहाँसँग यसो भन्दै बिन्ती गरे, तिनी योग्यका छन् यो तिनका निम्ति तपाईंले गरिदिनुहोस् । किनकि उनले हाम्रा जातिहरूलाई प्रेम गर्छन् र उनी तिनै नै हुन् जसले हाम्रा लागि सभाघर पनि निर्माण गरिदिएका छन् ।” त्यसैले, येशू तिनीहरूसँगै सरासर बाटो लाग्नुभयो । तर उहाँ घरबाट धेरै टाढा नहुँदै कप्तानले साथीहरू पठाएर उहाँलाई यसो भन्न लगाए, “प्रभु तपाईंले आफैँलाई दुःख नदिनुहोस्, किनकि तपाईं मेरो घरभित्र प्रवेश गर्न योग्यको छैनँ । यही कारणले मैले आफैँलाई तपाईंकहाँ आउने प्रर्याप्त योग्यको ठानिनँ, तर वचन बोली दिनुहोस् र मेरो दास निको हुनेछ । किनकि म पनि एउटा अधिकार पाएको मानिस हुँ र मेरोमुनि सिपाहीहरू छन् । मैले एउटलाई जा भन्छु र त्यो जान्छ र अर्कोलाई आइज भन्छु र त्यो आउँछ र मेरो दासलाई ‘यसो गर भन्छु,‘ त्यसले त्यो गर्छ ।” जब येशूले त्यो सुन्नुभयो, उहाँ अचम्मित हुनुभयो र भिडतिर फर्केर उनलाई देखाउँदै भन्नुभयो, “म तिमीहरूलाई भन्दछु, कि इस्राएलमा पनि मैले कसैमा यस्तो विश्वास भेट्टाएको छैन ।” तब ती पठाइएका मानिसहरू घरमा फर्केर आए र दासलाई स्वस्थ अवस्थामा भेट्टाए ।
”जब उहाँ सहरको मूल ढोकानजिक पुग्नुभयो, त्यहाँ एउटा मृत मानिसलाई बोकेर ल्याइएको थियो । त्यो उसकी आमाको एक मात्र छोरो थियो । तिनी एउटी विधवा थिइन् र सहरबाट आएको एउटा भिड तिनीसँगै थियो । तिनलाई देखेर प्रभु तिनीप्रति अति नै दयाले भरिनुभयो र तिनलाई भन्नुभयो, “नरोऊ ।” तब उहाँ अगाडि आउनुभयो र मृतकलाई छुनुभयो र शरीरलाई बोक्नेहरू टक्क अडिए । उहाँले भन्नुभयो, “जवान मानिस, म तिमीलाई भन्दछु, उठ ।” मृत मानिस उठ्यो र बोल्न थाल्यो । तब येशूले उसलाई उसकी आमालाई सुम्पनुभयो ।
”त्यस घडीमा उहाँले धेरै मानिसहरूलाई तिनीहरूका रोग, दुःखकष्ट र दुष्टात्माबाट निको पार्नुभयो र उहाँले धेरै दृष्टिविहीन मानिसहरूलाई देख्न सक्ने क्षमता दिनुभयो । येशूले तिनीहरूलाई जवाफ दिएर भन्नुभयो, “तिमीहरू आफ्नो बाटो लागिसकेपछि तिमीहरूले जे सुनेका र देखेका छौ, सो यूहन्नालाई बताइदेओ । दृष्टिविहीनहरूले दृष्टि पाइराखेका छन्, लङ्गडाहरू हिँडिराखेका छन्, कुष्ठरोगीहरू शुद्ध भइराखेका छन्, कान नसुन्नेहरूले सुनिराखेका छन्, मृतकहरू जीवित भइराखेका छन् र आवश्यकतामा परेका मानिसहरूलाई सुसमाचार सुनाइएको छ ।
”केही स्त्रीहरू जो दुष्टात्मा र रोगहरूबाट निको भएका थिए, तिनीहरू पनि उहाँहरूसँगै थिए । तिनीहरू मरियम जसलाई मग्दलनी भनिन्थ्यो, जसबाट सातवटा भूतात्मा निकालिएका थिए ।
”तर उहाँहरू यात्रामा हुनुहुँदा, प्रभु येशू निदाउनुभयो र त्यस तालमा धेरै ठुलो आँधीबेहरी आयो अनि तिनीहरूको डुङ्गा पानीले भरिन थाल्यो र तिनीहरू डरलाग्दो खतरामा थिए । त्यसपछि येशूका चेलाहरू उहाँकहाँ आए र यसो भन्दै उहाँलाई ब्युँझाए, “प्रभु, प्रभु, हामी त मर्नै लाग्यौँ ।” उहाँ उठ्नुभयो, र बतासलाई हप्काउनुभयो, पानीको बेग थामियो र त्यहाँ सुनसान भयो । अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूको विश्वास कहाँ छ?” डराएर तिनीहरू अचम्मित हुँदै एक-अर्कालाई भन्दै थिए “उहाँ को हुनुहुन्छ, जसले आँधी र पानीलाई हप्काउनुहुन्छ र तिनले उहाँको आज्ञा मान्छन्?”
”उहाँहरू गेरासेनसको इलाकामा आइपुग्नुभयो, जुन गालीलको पारीपट्टि पर्छ । जब प्रभु डुङ्गाबाट पाखामा उत्रनुभयो, एउटा सहरबाट आएको एक जना मानिसले उहाँलाई भेट्यो र त्यस मानिसमा दुष्टात्माहरू थिए । किनभने लामो समयदेखि त्यस मानिसले कपडाहरू लगाएको थिएन र घरमा बस्दैनथ्यो, बरु चिहानहरूमा नै बस्दथियो । जब उसले येशूलाई देख्यो, ऊ चिच्च्यायो, उहाँको सामु लड्यो र उसले उच्च स्वरमा भन्यो, “सर्वोच्च परमेश्वरका पुत्र येशू, तपाईंसँग मेरो के सरोकार? म बिन्ती गर्छु कि मलाई नसताउनुहोस् ।” किनभने येशूले त्यो मानिसबाट अशुद्ध आत्मालाई निस्केर आउने आज्ञा गर्दै हुनुहुन्थ्यो, किनकि धेरै पटक यसले उसलाई पक्रेर राखेको थियो । ऊ साङ्ग्ला र नेलले बाँधिएर पहरामा राखिएको भए तापनि उसले ती छिनालिहाल्थ्यो र दुष्ट आत्माद्वारा मरुभूमितिर डोर्याइन्थ्यो । त्यसपछि येशूले त्यसलाई सोध्नुभयो, “तेरो नाउँ के हो?” र त्यसले भन्यो, “फौज ।” किनभने धेरै दुष्ट आत्माहरू त्यसभित्र पसेका थिए । तिनीहरूलाई अगाध खाँदमा नपठाउनुहोस् भनी तिनीहरूले उहाँलाई निरन्तर बिन्ती गरे । अब त्यहाँ नजिकै डाँडामा सुँगुरको एक बथान चरिरहेको थियो र दुष्ट आत्माहरूले उहाँलाई सुँगुरको बथानमा पठाइदिन भनी बिन्ती गरे । उहाँले तिनीहरूलाई त्यसो गर्ने आज्ञा दिनुभयो । त्यसैले, त्यस मानिसबाट दुष्ट आत्माहरू निस्की सुँगुरको बथानमा पसे, र त्यो बथान भिरालोबाट हुर्रिंदै गएर समुद्रमा डुबेर मरे ।
”त्यहाँ एउटी बाह्र वर्षसम्म रगत बग्ने समस्या भएकी स्त्री थिइन् । तिनले आफ्नो सम्पूर्ण पैसा डाक्टरहरूकहाँ औषधी उपचारमा खर्चे गरिसकेकी थिइन्, तर तिनीहरूमध्ये कसैले पनि निको पार्न सकेका थिएनन् । तिनी येशूको पछिल्तिर आइन् र उहाँको कपडाको छेऊ छोइन् र तुरुन्तै तिनको रक्तश्राव रोकियो ।
”जब उहाँ अझै बोल्दै हुनुहुन्थ्यो, सभाघरका अगुवाको घरबाट एक जना आएर भने, “तिम्री छोरी मरिसकिन् । गुरुलाई दुःख नदेऊ ।” तर जब येशूले त्यो सुन्नुभयो, उहाँले उसलाई जवाफ दिनुभयो, “नडराऊ, विश्वास मात्र गर र तिनी बचाइनेछिन् ।” जब उहाँ घरमा आउनुभयो, तब पत्रुस, यूहन्ना र याकूब, केटीको बुबा र आमाबाहेक अरू कसैलाई पनि भित्र पस्ने अनुमति दिनुभएन । अनि त्यहाँ सबै मानिसहरू ती केटीका निम्ति रुँदै र विलाप गर्दै थिए । तर उहाँले भन्नुभयो, “नरोऊ, तिनी मरेकी छैनन्, तर निदाएकी मात्र छिन् ।” तर तिनीहरू केटी मरेको थाहा पाएर, येशूलाई गिल्ला गर्दै हाँसे । तर उहाँले केटीलाई हातमा लिएर यसो भनेर बोलाउनुभयो, “नानी उठ ।” तिनको आत्मा फर्क्यो, र तिनी तुरुन्तै उठिन् । उहाँले तिनलाई केही खान दिनका लागि आज्ञा दिनुभयो ।
”उहाँले बाह्र जनालाई एकैसाथ बोलाउनुभयो र तिनीहरूलाई सबै भूतहरू निकाल्ने र रोगहरू निको पार्ने अधिकार र शक्ति दिनुभयो । उहाँले तिनीहरूलाई परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्न र बिरामी निको पार्न पठाउनुभयो ।
”तब तिनीहरू सुसमाचारको घोषणा गर्दै हिँडे र हरेक ठाउँका रोगी मानिसहरूलाई निको पार्दै गाउँहरूतिर गए ।
”तर भिडले यो सुन्यो र उहाँलाई पछ्यायो र उहाँले तिनीहरूलाई स्वागत गर्नुभयो, र परमेश्वरको राज्यको बारेमा तिनीहरूलाई बताउनुभयो र जसलाई निको हुन आवश्यक थियो, तिनीहरूलाई निको पार्नुभयो ।
”हेर, भिडबाट एक जना मानिस यसो भन्दै चिच्यायो, “गुरुज्यू, म बिन्ती गर्छु, कि तपाईंले मेरो छोरालाई हेर्नुहोस्, किनभने ऊ मेरो एउटै मात्र छोरा हो । हेर्नुहोस, उसलाई आत्माले समात्छ, र ऊ अचानक चिच्च्याउँछ, यसले उसको मुखमा फिज काढेर उसलाई काम्न लगाउँछ । यो उसबाट मुस्किलले जान्छ, जब यसले छोड्छ तब उसलाई नराम्रो गरी चोट पार्छ । मैले ऊबाट यसलाई निकाल्न भनेर तपाईंका चेलाहरूसँग बिन्ती गरेँ, तर तिनीहरूले सकेनन् ।” येशूले जवाफ दिनुभयो र भन्नुभयो, “हे अविश्वासी र भ्रष्ट पुस्ता, म तिमीहरूसँग कति समयसम्म रहनु र तिमीहरूलाई सहनु? तिम्रो छोरालाई यहाँ लेऊ ।” त्यो केटो आउँदै थियो, भूतले उसलाई भुइँमा पछार्यो, र भयानक तवरले कमायो । तर येशूले अशुद्ध आत्मालाई हप्काउनुभयो र केटालाई निको पार्नुभयो र उसको बुबालाई फिर्ता दिनुभयो ।
”र त्यहाँ भएका बिरामीहरूलाई निको पार । तिनीहरूलाई भन, “परमेश्वरको राज्य तिमीहरूको नजिक आएको छ ।”
”हेर, मैले तिमीहरूलाई सर्पहरू र बिच्छीहरू कुल्चने र शत्रुका सबै शक्तिमाथि कुल्चने अधिकार दिएको छु र कुनै कुराले तिमीहरूलाई हानि पुर्याउनेछैन ।
”येशूले जवाफ दिँदै भन्नुभयो, एक जना मानिस यरूशलेमबाट यरीहोतिर जाँदै थियो । ऊ लुटेराहरूको हातमा पर्यो, जसले उसका सम्पत्तिहरू लुटे र उसलाई पिटे, अनि उसलाई अर्ध-मृत अवस्थामा छोडे । त्यसै बेला एक जना पुजारी त्यही बाटो भएर झरे र जब उनले त्यसलाई देखे, तिनी अर्को छेउबाट भएर गए । यसै गरी, एक जना लेवी पनि त्यस ठाउँमा आइपुगे र त्यसलाई देखे र अर्को छेउबाट भएर गए । तर एक जना सामरी पनि यात्रा गर्दा त्यो भएको ठाउँमा आइपुगे । जब उनले त्यसलाई देखे, उनी दयाले भरिए । उनी त्यसको नजिक गए र उसको घाउमा पट्टी बाँधिदिए अनि तेल र दाखमद्य लगाइदिए । उनले आफ्नो जनावरमाथि राखेर त्यसलाई धर्मशालामा ल्याए र उसको हेरचाह गरे ।
”त्यसपछि, येशूले बोल्न नसक्ने मानिसबाट भूतात्मा निकाल्नुभयो । जब भुतात्मा ऊबाट निस्क्यो र ऊ बोल्न थाल्यो । यो देखेर मानिसहरूको भिड छक्क पर्यो ।
”के पाँचवटा भङ्गेरा दुई सिक्कामा बेचिँदैनन् र? परमेश्वरको दृष्टिबाट एउटा पनि बिर्सेको हुँदैन । तर उहाँले तिम्रा कपालका सबै रौँको पनि गणना गर्नुभएको छ । उहाँसित नडराओ, किनकि तिमीहरू धेरै भङ्गेराहरूभन्दा पनि मूल्यवान् छौ ।
”येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “यसकारण म तिमीहरूलाई भन्दछु, आफ्नो जीवनको विषयमा के खाऔँला वा के पहिरौँला भनी चिन्ता नगर । जीवन खानेकुरा भन्दा र शरीर लगाउने कुराभन्दा अझ बढी उत्तम छ । कागहरूलाई विचार गर, तिनीहरूले न त छर्छन् न त बटुल्दछन् । उनीहरूका भण्डारणहरू छैनन् अथवा भकारी पनि छैन, तर परमेश्वरले उनीहरूलाई खुवाउनुहुन्छ । तिमी चराहरूभन्दा धेरै मूल्यवान् छौ । र के तिमीहरूमध्ये कसैले चिन्ता गरेर आफ्नो जीवनको आयुमा एकपल पनि थप्न सक्छौ र? तिमीहरू सबैभन्दा सानो काम गर्न योग्यका छैनौ भने बाँकी कुराहरूको लागि किन चिन्तित हुन्छौ? मैदानका लिली फुलहरूलाई विचार गर, तिनीहरू कसरी बढ्छन्? न त तिनीहरूले परिश्रम गर्छन्, न त मेहनत नै गर्छन, म तिमीहरूलाई भन्दछु, सोलोमन पनि आफ्ना सबै महिमामा यिनीहरूझैँ आभूषित थिएनन् । यदि परमेश्वरले जमिनका घाँसलाई सुशोभित पार्नुहुन्छ जुन आज अस्तित्वमा छ, तर भोली आगोमा फालिनेछ भने, हे अल्प विश्वासी हो, त्यो भन्दाबढी तिमीहरूलाई कति धेरै सशोभित गर्नुहुनेछ । के खाऔँला र के पिऔँला भनी नभौतारिओ र चिन्ता नगर । संसार भरका सबै राष्ट्रहरूले यही कुराको खोजी गर्दछन् र तिम्रा पिताले तिम्रा सबै आवश्यकताहरू जान्नुहुन्छ । तर उहाँको राज्यको खोजी गर, र यी सबै थोकहरू तिमीलाई थपिनेछन् । सानो बगाल हो, नडराओ, किनकि तिम्रा पिताले तिमीलाई राज्य दिन अति खुसी हुनुहुन्छ ।
”आफ्ना धन सम्पत्ति बेच र गरिबहरूलाई देओ । तिनलाई नखिइने थैलीभित्री राख; स्वर्गमा धन संचय गर, जहाँ चोरले चोर्न सक्दैन, र किराले हानि पुर्याउँदैन, न त खिया नै लाग्दछ । जहाँ तिम्रो धन छ, त्यहीँ नै तिम्रो मन पनि हुनेछ ।
”हेर, त्यहाँ अठार वर्षदेखि दुर्बलताको अशुद्ध आत्माले सताएइकी एउटी स्त्री थिइन् र तिनी कुप्रो भएर पूर्ण रूपमा उभिन सक्दिन थिइन् । जब येशूले तिनलाई देख्नुभयो, उहाँले तिनलाई बोलाउनुभयो र भन्नुभयो, “तिम्रो दुर्बलताबाट छुटकारा पाऊ ।” उहाँले तिनीमाथि हात राख्नुभयो र तिनी तत्कालै सोझो भएर उभिन् र परमेश्वरको महिमा गरिन् ।
”त्यसैले, यी अब्राहामकी छोरी जसलाई अठार वर्षदेखि शैतानले बन्धनमा पारेको छ, के तिनको बन्धन विश्रामको दिनमा नै फुकाल्नु पर्दैन र?”
”येशूले भन्नुभयो, “जाऊ र त्यो फ्याउरोलाई भन, हेर, मैले आज र भोलि भूतहरू निकाल्छु र निको पार्नेछु र तेस्रो दिन मेरो लक्ष्य पुरा गर्नेछु ।
”हेर, त्यहाँ उहाँको अगाडि एउटा मानिस थियो जो छारे रोगबाट ग्रसित थियो । येशूले यहूदी व्यवस्थाका पण्डितहरू र फरिसीहरूलाई सोध्नुभयो, “विश्राम दिनमा निको पार्नु उचित छ वा छैन? तर तिनीहरू मौन रहे । त्यसैले, येशूले त्यसलाई समातेर निको पार्नुभयो र उसलाई पठाइदिनुभयो ।
”तर जब तिमीले भोज दिन्छौ, गरिब, लुला-लङ्गडा र दृष्टिविहीनहरूलाई बोलाऊ ।
”अब कोही एक जना धनी मानिस थियो र उसले सधैँ मसिनो मलमल र वैजनी वस्त्र पहिरन्थ्यो र आफ्नो प्रशस्त धन सम्पत्तिमा हरेक दिन आनन्द गर्दथ्यो । लाजरस नाम गरेको, घावैघाउ भएको कोही एक जना मानिसलाई ल्याएर उसको ढोकामा राखिदिन्थे । उसले त्यस धनी मानिसको टेबलबाट झरेका टुक्राटाक्रीले आफ्नो पेट भर्ने इच्छा गर्थ्यो र त्यसबाहेक, कुकुरहरू आएर उसका घाउहरू चाट्ने गर्थे । यसपछि त्यो भिखारी मर्यो र स्वर्गदूतहरूले उसलाई उठाएर अब्राहामकहाँ लगे । त्यो धनी मानिस पनि मर्यो र गाडियो । र नरकमा कष्ट भोगिरहेको बेला, उसले आफ्ना आँखा उठाएर हेर्यो र टाढामा अब्राहामलाई र तिनको छातीमा आड लागेको लाजरसलाई देख्यो । अनि उसले कराएर भन्यो, ‘पिता अब्राहाम, ममाथि कृपा गर्नुहोस् र लाजरसलाई पठाइदिनुहोस् । उसको औँलाले पानीको थोपा चुहाई देओस् र मेरो जिब्रो शितल हुनेछ किनभने म यस ज्वालाको पीडामा छु ।’ तर अब्राहामले भने, ‘बाबु आफ्नो जीवनकालमा तिमीले असल कुराहरू पायौ र त्यसै गरी लाजरसले खराब कुराहरू पायो भन्ने कुरा याद राख । तर अहिले ऊ यहाँ आराममा छ र तिमी पीडामा छौ । र यी सबै बाहेक तिम्रो र हाम्रो बिचमा र मानिसहरू यताबाट उता र उताबाट यता आउन नसकून् भनेर ठुलो खाडल राखिएको छ ।’ धनी मानिसले भन्यो, ‘म बिन्ती गर्छु पिता अब्राहाम, उसलाई मेरा पिताको घरमा पठाइदिनुहोस् । किनकि मेरा पाँच जना भाइ छन् । उसले तिनीहरूलाई चेताउनी दिओस् र तिनीहरू यस डरलाग्दो ठाउँमा आउनु नपरोस् ।’ तर अब्राहामले भने, ‘तिनीहरूसँग मोशा र अगमवक्ताहरू छन् । तिनीहरूले उनीहरूका कुरा सुनून् ।’ धनी मानिसले उत्तर दियो, ‘होइन पिता अब्राहाम, मरेकाहरूबाट कोही तिनीहरूकहाँ गयो भने, तिनीहरूले पश्चात्ताप गर्ने थिए ।’ अब्राहामले उसलाई भने, ‘यदि तिनीहरूले मोशा र अगमवक्ताका कुरा सुनेनन् भने कोही मृत्युबाट उठेको मानिसको कुरा पनि मान्ने छैनन्’ ।”
”एउटा गाउँमा पुगेपछि, उहाँले दस जना कुष्ठरोग लागेका मानिसलाई भेट्नुभयो । तिनीहरू उहाँभन्दा टाढा उभिए । र तिनीहरूले चर्को स्वरले भने, “येशू गुरुज्यू, हामीमाथि दया गर्नुहोस् ।” जब उहाँले तिनीहरूलाई देख्नुभयो र भन्नुभयो, “जाओ र आफैँलाई पुजारीकहाँ देखाओ । र तिनीहरू गए अनि निको भए ।” जब तीमध्ये एक जनाले आफू निको भएको महसुस गर्यो, ऊ चर्को स्वरले परमेश्वरको महिमा गर्दै फर्कियो ।”
”जसले आफ्नो प्राण बचाउन खोज्ला उसले त्यो गुमाउनेछ, तर जसले गुमाउला, उसको बचाइनेछ ।
”येशू यरीहो नजिक आउनुहुँदा, एक जना दृष्टिविहीन मानिस बाटोको छेउमा बसी भिख मागिरहेको थियो । त्यो बाटो भएर ठुलो भिड गइरहेको कुरा सुनेर उसले सोध्यो, “यहाँ के हुँदै छ?” तिनीहरूले उसलाई भने, “नासरतका येशू यो बाटो भएर जाँदै हुनुहुन्छ ।” त्यसपछि त्यो दृष्टिविहीन मानिसले चिच्याउँदै भन्यो, “हे दाऊदका पुत्र येशू, ममाथि दया गर्नुहोस् ।” भिडको अगिअगि हिँडिरहेका मानिसहरूले त्यो दृष्टिविहीन मानिसलाई हकारेर चुप लाग्न भने, तर उसले झन् चर्को स्वरले कराउँदै भन्यो, “दाऊदका पुत्र, ममाथि दया गर्नुहोस् ।” येशू टक्क उभिनुभयो र त्यस दृष्टिविहीन मानिसलाई आफूकहाँ ल्याउन आज्ञा गर्नुभयो । जब त्यस दृष्टिविहीन मानिस येशूको नजिक आयो, येशूले उसलाई सोध्नुभयो, “मैले तिम्रो निम्ति के गरेको तिमी चाहन्छौ?” उसले भन्यो, “प्रभु, म देख्न चाहन्छु ।” येशूले भन्नुभयो, “तिमी देख्ने भइ जाऊ । तिम्रो विश्वासले तिमीलाई निको पारेको छ ।” तुरुन्तै उसले देख्न सक्यो र परमेश्वरको महिमा गर्दै उहाँलाई पछ्यायो । यो देखेर सबै मानिसहरूले परमेश्वरको प्रशंसा गरे ।
”किनकि मानिसका पुत्र हराएकाहरूलाई खोज्न र बचाउनको लागि आएका हुन् ।”
”तिनीहरू फेरि मर्दैनन्, किनभने तिनीहरू स्वर्गदूत समान हुन् र पुनरुत्थानका सन्तान भएकाले परमेश्वरका सन्तान हुन् ।
”तर यी सबै कुरा हुन अगाडि, तिनीहरूका हात तिमीहरूमाथि पर्नेछन् र तिनीहरूले तिमीहरूलाई सताउनेछन्, सभाघरमा सुम्पिदिनेछन् र झ्यालखानामा हाल्नेछन्, तिमीहरूलाई मेरो नाउँको कारण राजाहरू र हाकिमहरूका अगाडि ल्याउनेछन् । यसले तिमीहरूको गवाहीका लागि अवसरतिर डोर्याउनेछ । त्यसकारण, तिमीहरूले बचाउको लागि के भन्ने भनेर अगिबाटै हृदयमा नसोच । तिमीहरूका विरोधीहरूले सबै कुराको खण्डन गर्न नसकून् भनेर म तिमीहरूलाई वचन र बुद्धि दिनेछु । तर तिमीहरूलाई तिमीहरूका आमा बुबा र दाजुभाइहरू, नातेदारहरू र साथीभाइहरूले सुम्पिदिनेछन् र तिमीहरूमध्ये केही मृत्युका लागि सुम्पिनेछौ । मेरो नाउँको खातिर सबैले तिमीहरूलाई घृणा गर्नेछन् । तर तिमीहरूको शिरको एउटै कपाल पनि नष्ट हुनेछैन ।
”तर मेरो परीक्षामा निरन्तर मसँग रहने तिमीहरू नै हौ ।
”सिमोन, हे सिमोन, होसियार होऊ, शैतानले तिमीलाई हात पार्न खोज्यो ताकि उसले तिमीलाई गहुँलाई जस्तै निफन्न पाओस् । तर मैले तिम्रो निम्ति प्रार्थना गरेको छु, ताकि तिम्रो विश्वास नचुकोस् । तिमी फेरि फर्केपछि तिम्रा भाइहरूलाई बलियो बनाओ । पत्रुसले उहाँलाई भने, “प्रभु, म तपाईंसँग जेल र मृत्युसम्म जानको निम्ति तयार छु ।”
”पीडामा परेर पनि उहाँले जोसिलो प्रकारले प्रार्थना गर्नुभयो, अनि उहाँका पसिना रगतको ठुला-ठुला थोपाजस्तै भुइँमा खसिरहेका थिए ।
”जब तिनीहरू खप्परे भन्ने ठाँउमा आए, त्यहाँ तिनीहरूले उहाँ र ती अपराधीहरूमध्ये एउटालाई उहाँको दायाँतर्फ र अर्कालाई बायाँतर्फ क्रुसमा टाँगे । येशूले भन्नुभयो, “हे पिता, तिनीहरूलाई क्षमा गर्नुहोस्, किनभने तिनीहरूले के गर्दै छन् सो जान्दैनन् ।” र तिनीहरूले उहाँका वस्त्रहरू भाग गर्नलाई चिट्ठा हाले ।
”येशूले त्यसलाई भन्नुभयो, “साँच्चै म तिमीलाई भन्दछु, आजै तिमी मसँगै स्वर्गलोकमा हुनेछौ ।”
”येशूले उच्च स्वरमा कराएर भन्नुभयो, “हे पिता, म मेरो आत्मा तपाईंको हातमा सुम्पन्छु । यसो भनेर उहाँले प्राण त्याग्नुभयो ।”
”किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एक मात्र पुत्र दिनुभयो, ताकि उहाँमा विश्वास गर्ने कोही पनि नमरोस्, तर उसले अनन्त जीवन पाओस् ।
”अब उहाँले पानीलाई दाखमद्यमा परिणत गर्नुभएको गालीलको काना सहरमा उहाँ फेरि आउनुभयो । त्यहाँ एक जना राजकीय अधिकारी थिए जसको छोरा कर्फनहुममा बिरामी थिए । जब येशू यहूदियाबाट गालील आउनुभएको तिनले सुने, तिनी येशूकहाँ गए र उहाँ आएर तिनका मर्न लागेका छोरालाई निको पारिदिनुहोस् भनी उहाँलाई बिन्ती गरे । तब येशूले तिनलाई भन्नुभयो, “चिह्नहरू र आश्चर्यकर्महरू नदेखेसम्म तिमीहरूले विश्वास गर्नेछैनौ ।” ती अधिकारीले उहाँलाई भने, “महाशय, मेरो छोरो मर्नुअगावै आउनुहोस् ।” येशूले तिनलाई भन्नुभयो, “जाऊ, तिम्रो छोरा बाँच्छ ।” येशूले तिनलाई भन्नुभएको वचन तिनले विश्वास गरे, र तिनी आफ्नो बाटो लागे । तिनी जाँदै गर्दा, तिनका छोरो जीवित भए भन्दै तिनका नोकरहरूले तिनलाई भेटे । यसकारण, उसको सुधार कति बेलादेखि भएको थियो भनी तिनले तिनीहरूलाई सोधे । तिनीहरूले तिनलाई जवाफ दिए, “हिजो सातौँ घडीमा उसलाई ज्वरोले छोड्यो ।” त्यसपछि यो येशूले “तिम्रो छोरा बाँच्छ” भन्नुभएको घडी थियो भन्ने ती बुबाले महसुस गरे । यसकारण तिनी र तिनका आफ्ना सम्पूर्ण घरानाले विश्वास गरे ।
”त्यहाँ ठुलो सङ्ख्यामा बिरामीहरू, अन्धा, लङ्गडा र पक्षाघातीहरू त्यो तलाउको नजिक पडिरहेका थिए । । ३ तिनीहरूले पानी छचल्किएको पर्खिरहेका थिए । । ४ “परमेश्वरका स्वर्गदूत तल ओर्लिएर पानीलाई कुनै समयमा हल्लाइदिन्थे र त्यो पानी छचल्किरहँदा जो पहिले पानीमा पस्थ्यो त्यसको जस्तोसुकै रोग भए तापनि निको भइहाल्थ्यो । त्यहाँ अठतिस वर्षदेखि रोगले ग्रसित भएको कुनै एक जना मानिस थियो । जब येशूले त्यसलाई त्यहाँ पल्टिरहेको देख्नुभयो र उहाँले त्यो मानिस त्यहाँ धेरै समयदेखि रहेको थियो भनी महसुस गर्नुभयो, तब उहाँले त्यसलाई भन्नुभयो, “के तिमी स्वस्थ हुन चाहन्छौ?” त्यो बिरामी मानिसले जवाफ दियो, “महाशय, पानी छचल्किँदा मलाई पानीमा राखिदिने मेरो कोही पनि छैन । म आउँदा मभन्दा अगि अर्को पसिहाल्छ ।” येशूले त्यसलाई भन्नुभयो, “उठ, आफ्नो चकटी लेऊ, र हिँड ।” त्यो मानिस तुरुन्तै निको भयो र त्यसले आफ्नो ओछ्यान उठायो, र हिँड्यो । अब त्यो विश्रामको दिन थियो ।
”पछि येशूले त्यस मानिसलाई मन्दिरमा भेट्टाउनुभयो र भन्नुभयो, “हेर, तिमी स्वस्थ भएका छौ । अब पाप नगर, ताकि तिमीमाथि योभन्दा झन् खराबी आइनपरोस् ।”
”एउटा ठुलो भिडले उहाँलाई पच्छ्याइरहेको थियो, किनकि बिरामी मानिसहरूमा उहाँले गरिरहनुभएको चिह्नहरू तिनीहरूले देखेका थिए ।
”येशूले तिनीहरूलाई भन्नुभयो, “म जीवनको रोटी हुँ, जो मकहाँ आउँछ त्यो कहिल्यै भोकाउनेछैन र जसले मलाई विश्वास गर्छ त्यो कहिल्यै तिर्खाउनेछैन । तर वास्तवमा तिमीहरूले मलाई देखेका छौ भनी मैले तिमीहरूलाई भनेँ र पनि तिमीहरू विश्वास गर्दैनौ । पिताले मलाई दिनुभएका सबै मकहाँ आउनेछन् र जो मकहाँ आउँछ म निश्चय नै त्यसलाई बाहिर फ्याँक्नेछैनँ ।
”फेरि येशूले तिनीहरूलाई यसो भन्नुभयो, “म संसारको ज्योति हुँ, मलाई पछ्याउने अन्धकारमा हिँड्डुल गर्नेछैन, तर त्यसले जीवनको ज्योति पाउनेछ ।”
”येशू त्यही बाटो हुँदै जानुहुँदा जन्मैदेखिको एक जना मानिसलाई देख्नुभयो । उहाँका चेलाहरूले उहाँलाई सोधे, “रब्बी, यो मानिस, कि यसका आमाबुबा कसले पाप गर्यो र यो अन्धो जन्मिएको?” येशूले जवाफ दिनुभयो, “न त यो मानिसले पाप गर्यो, न यसका आमाबुबाले नै पाप गरे, तर परमेश्वरको काम त्यसमा प्रकट होस् भनेर यसो भएको हो । मलाई पठाउनुहुनेका कामहरू हामीले दिन हुँदै गर्नुपर्छ । रात आउँदै छ, तब कसैले पनि काम गर्न सक्दैन । म संसारमा हुँदा म संसारको ज्योति हुँ ।” येशूले यी कुराहरू भनिसक्नुभएपछि उहाँले भुइँमा थुक्नुभयो र थुकले माटो मुछ्नुभयो, अनि त्यसको आँखामा पोतिदिनुभयो । उहाँले त्यसलाई भन्नुभयो, “जाऊ, सिलोआमको तलाउमा धोऊ । त्यसैले त्यो गयो, धोयो र देख्ने भएर आयो ।
”संसारको सुरु भएदेखि नै अन्धो जन्मिएको मानिसका आँखा कसैले खोलिदिएको कुरो कहिल्यै सुनिएको छैन ।
”यदि चोरले नचोर्ने, नमार्ने र नष्ट नगर्ने भए, त्यो आउँदैन नै । म आएको छु, ताकि तिनीहरूले जीवन पाऊन् र यो प्रशस्त मात्रामा पाऊन् । म असल गोठालो हुँ । असल गोठालोले आफ्ना भेडाहरूका लागि आफ्नो ज्यान पनि दिन्छ ।
”म तिनीहरूलाई अनन्त जीवन दिन्छु; तिनीहरू कहिल्यै मर्नेछैनन् र मेरो हातबाट तिनीहरूलाई कसैले खोसेर लैजान सक्नेछैन । तिनीहरू मलाई दिनुहुने मेरा पिता अरूहरू सबैभन्दा महान् हुनुहुन्छ, र कोही पनि तिनीहरूलाई मेरा पिताको हातबाट खोसेर लैजान सक्षम छैन ।
”येशूले तिनलाई भन्नुभयो, “पुनरुथान र जीवन म नै हुँ; जसले मलाई विश्वास गर्छ, त्यो मरे तापनि जीवित हुनेछ । जसले मलाई विश्वास गर्छ र ममा जिउँछ त्यो कहिल्यै मर्नेछैन । के तिमी यो विश्वास गर्छ्यौ?”
”त्यसपछि जब मरियम येशू हुनुभएको ठाउँमा आइन् र उहाँलाई देखिन्, तिनी उहाँको पाउमा घोप्टो परिन्, र उहाँलाई भनिन्, “प्रभु, यदि तपाईं यहाँ हुनुभएको भए मेरा भाइ मर्ने थिएनन् ।” जब येशूले तिनी र तिनीसँग आएका यहूदीहरू पनि रोइरहेको देख्नुभयो, उहाँ आत्मामा अति विचलित हुनुभयो, र दुःखित हुनुभयो । उहाँले भन्नुभयो, “तिमीहरूले तिनलाई कहाँ राखेका छौ?” उनीहरूले उहाँलाई भने, “प्रभु आउनुहोस्, र हेर्नुहोस् ।” येशू रुनुभयो । त्यसपछि यहूदीहरूले भने, “हेर, उहाँले लाजरसलाई कति माया गर्नुहुन्थ्यो!”
”येशूले भन्नुभयो, “ढुङ्गा हटाऊ ।” लाजरस जो मरेका थिए, तिनकी दिदी मार्थाले येशूलाई भनिन्, “प्रभु, अहिलेसम्म त शरीर कुहिसकेको हुनेछ, किनकि तिनी मरेको चार दिन भइसक्यो ।” येशूले तिनलाई भन्नुभयो, “के मैले तिमीलाई भनिनँ, कि यदि तिमीले विश्वास गर्यौ भने तिमीले परमेश्वरको महिमा देख्नेछौ?” त्यसैले, तिनीहरूले ढुङ्गा हटाए । येशूले आफ्ना आँखा माथितिर उठाउनुभयो, र भन्नुभयो, “हे पिता, मेरो बिन्ती सुन्नुभएकोमा म तपाईंलाई धन्यवाद दिन्छु । म जान्दथेँ, तपाईंले मेरो बिन्ती सधैँ सुन्नुहुन्छ, तर मेरो वरिपरि उभिरहेका यो भिडको कारण मैले यो भनेँ, ताकि तपाईंले मलाई पठाउनुभएको छ भन्ने तिनीहरूले विश्वास गर्न सकून् ।” उहाँले यी कुराहरू भन्नुभएपछि उहाँले ठुलो सोरमा भन्नुभयो, “लाजरस, बाहिर आऊ!” मरेको मानिस बाहिर आयो, त्यसका हात र खुट्टाहरू कपडाले बाँधिएका थिए; त्यसको अनुहार कपडाले बेह्रिएको थियो । येशूले तिनीहरूलाई भन्नुभयो, “त्यसलाई खोलिदेओ, र त्यसलाई जान देओ ।”
”“तिमीहरूको हृदय विचलित नहोस् । तिमीहरूले परमेश्वरमा विश्वास गर्छौ, ममा पनि विश्वास गर । मेरा पिताको घरमा बस्ने धेरै कोठाहरू छन् । यदि त्यसो नहुँदो हो त, मैले तिमीहरूलाई भन्ने थिएँ त, किनकि म तिमीहरूका लागि ठाउँ तयार पार्न गइरहेको छु ।
”तिमीहरूले मेरो नाउँमा जे माग्छौ, सो म गर्नेछु, ताकि पुत्रमा पिता महिमित हुनुभएको होस् । यदि तिमीहरूले मेरो नाउँमा कुनै थोक माग्यौ भने सो म गर्नेछु ।
”म तिमीहरूसँग शान्ति छोड्छु; म तिमीहरूलाई मेरो शान्ति दिन्छु । संसारले जसरी दिन्छ त्यसरी म यो तिमीहरूलाई दिन्नँ । तिमीहरूको हृदय विचलित नहोस्, र भयभीत नहोस् ।
”यदि तिमीहरू ममा रह्यौ र मेरा वचनहरू तिमीहरूमा रहे भने, तिमीहरू जे इच्छा गर्छौ सो माग, र यो तिमीहरूका निम्ति गरिनेछ ।” मेरा पिता यसमा महिमित तुल्याइनुहुनेछः तिमीहरू धेरै फल फलाउन सक र तिमीहरू मेरा चेलाहरू होओ ।
”मैले तिमीहरूलाई यी कुराहरू भनेको छु, ताकि मेरो आनन्द तिमीहरूमा होस् र तिमीहरूको आनन्द पूर्ण होस् ।
”त्यसैले तिमीहरू पनि अहिले निराश हुन्छौ, तर म तिमीहरूलाई फेरि भेट्नेछु; अनि तिमीहरूको हृदय खुसी हुनेछ र तिमीहरूको आनन्द तिमीहरूबाट कसैले लैजान सक्नेछैन । त्यस दिन तिमीहरूले मलाई कुनै पनि कुरा माग्नेछैनौ । साँचो साँचो म तिमीहरूलाई भन्दछु, यदि तिमीहरूले मेरो नाउँमा मेरा पितासँग कुनै थोक माग्यौ भने यो उहाँले तिमीहरूलाई दिनुहुनेछ । अहिलेसम्म तिमीहरूले मेरो नाउँमा केही मागेका छैनौ । माग र तिमीहरूले पाउनेछौ, ताकि तिमीहरूको आनन्द पूर्ण होस् ।
”मैले तिमीहरूलाई यी कुरा भनेको छु, ताकि तिमीहरूलाई ममा शान्ति मिलोस् । संसारमा तिमीहरूलाई कष्ट हुन्छ, तर साहस गरः मैले संसारलाई जितेको छु ।
”तब पिलातसले येशूलाई लगे र उहाँलाई कोर्रा लगाए ।
”तब पिलातसले क्रुसमा टाँग्नको लागि येशूलाई तिनीहरूकहाँ सुम्पे । तब तिनीहरूले येशूलाई लगे, अनि उहाँ आफ्नो क्रुस आफैँ बोकी, “खप्परे ठाउँ” भन्ने ठाउँतिर जानुभयो, जसलाई हिब्रूमा “गलगथा” भनिन्छ । त्यहाँ तिनीहरूले येशूलाई क्रुसमा टाँगे, उहाँसँगै अरू दुई जना मानिसलाई पनि येशूलाई बिचमा पारेर दुवैपट्टि एक-एक जनालाई क्रुसमा टाँगे ।
”जब येशूले अमिलो लिनुभयो, उहाँले भन्नुभयो, “सिद्धियो ।” उहाँले आफ्नो शिर झुकाउनुभयो र आफ्नो आत्मा त्याग्नुभयो ।
”फेरि, अर्को धर्मशास्त्रले भन्छ, “तिनीहरूले उहाँलाई हेर्नेछन् जसलाई तिनीहरूले घोचे ।”
”यस्तो हुनेछ कि परमेश्वरको नाउँ पुकार्ने हरेकले उद्धार पाउनेछ ।
”यसकारण मेरो हृदय आनन्दित थियो र मेरो जिब्रोले आनन्द मनायो । मेरो शरीरले पनि दृढतामा वास गर्नेछ । किनभने तपाईंले मेरो प्राणलाई पातालमा त्याग्नुहुनेछैन न त तपाईंले तपाईंका पवित्रजनलाई कुहिन दिनुहुनेछ । तपाईंले मलाई जीवनका मार्गहरू प्रकट गर्नुभयो । तपाईंले आफ्नो मुहारले मलाई खुसीले भरिपूर्ण बनाउनुहुनेछ ।
”तर पत्रुसले भने “मसँग सुन र चाँदी छैन, तर जे मसँग छ त्यो मैले तिमीलाई दिनेछु । नासरतका येशू ख्रीष्टको नाउँमा हिँड ।” पत्रुसले तिनको दाहिने हात समाए र तिनलाई उठाए र तुरुन्तै तिनको गोडा र गोलिगाँठोको हड्डीमा बल प्राप्त भयो । ती मानिस उफ्रँदै उठे र हिँड्नलाई सुरु गरे, अनि पत्रुस र यूहन्नासँगै हिँड्दै, उफ्रँदै र परमेश्वरको प्रशंसा गर्दै मन्दिरभित्र प्रवेश गरे । सबै मानिसहरूले तिनलाई हिँडिरहेको र परमेश्वरको प्रशंसा गरिरहेको देखे ।
”पत्रुस त्यहाँबाट भएर आउँदा तिनको छाया तिनीहरूमध्ये कोहीमाथि परोस् भनेर तिनीहरूले बिरामीहरूलाई गल्लीहरूमा बोकेर ल्याए र तिनीहरूलाई खाट र पलङहरूमा राखे । त्यहाँ यरूशलेम वरिपरिका सहरहरूबाट पनि बिरामी र अशुद्ध आत्माले सताइएका मानिसहरू ठुलो संख्यामा आए र तिनीहरू सबैले निको भए ।
”तर प्रधान पूजाहारी र उनीसँग रहनेहरू सबै जना उठे र तिनीहरू ईर्ष्याले भरिए । तिनीहरूले प्रेरितहरूमाथि हात हाले र तिनीहरूलाई सार्वजनिक झ्यालखानामा थुनिदिए । तर रातको समयमा परमप्रभुका एउटा दूतले झ्यालखानाका ढोकाहरू खोलिदिए र तिनीहरूलाई बाहिर लगे र भने, “जाओ र त्यस मन्दिरमा खडा होओ र यस जीवनका सबै वचनहरू मानिसहरूलाई बताओ ।”
”तिनीहरू त्यस नाउँको निम्ति अपमान भोग्न योग्यका गनिएकामा तिनीहरूले अनान्दित हुँदै त्यो परिषद् छाडे ।
”तर शाऊलले मण्डलीलाई औधी हानि पुर्याए । तिनी घरैपिच्छे जान्थे र तिनले पुरुष र स्त्रीहरूलाई घिसारेर ल्याउँथे र तिनीहरूलाई झ्यालखानामा हालिदिन्थे । तथापि छरपष्ट भएका विश्वासीहरूले चारैतिर वचन बाँड्दै गए ।
”जब भिडले फिलिपले गरेका चिन्हहरू देखे तब तिनीहरूले ध्यान दिएर तिनका कुरा सुने । किनकि तिनीहरूमध्ये धेरै जनाबाट अशुद्ध आत्माहरू चिच्च्याउँदै निस्किआए र धेरै पक्षाघाती र लङ्गडाहरू निको भए । र त्यस सहरमा बडो आनन्द भयो ।
”ती घटनाहरू नासरतका येशूको बारेमा हुन् जसलाई परमेश्वरले पवित्र आत्मा र शक्तिले अभिषेक गर्नुभएको थियो । उहाँले असल कामहरू गर्नुभयो र शैतानद्वारा पीडितहरूलाई निको पार्दै जानुभयो किनकि परमेश्वर उहाँसित हुनुहुन्थ्यो ।
”उनलाई पक्रेपछि, तिनले झ्यालखानामा हाले र उनलाई सुरक्षा गर्न चारवटा सैनिक दललाई खटाए । निस्तार चाडपछि उनलाई मनिसहरूका बिचमा ल्याउने तिनले विचार गरिरहेका थिए । त्यसकारण पत्रुस झ्यालखानामा हालिए, तर उनको निम्ति समूहले यत्नपूर्वक परमेश्वरसँग प्रार्थना गरेका थिए । हेरोदले तिनलाई बाहिर ल्याउन खोजेको अघिल्लो दिन, त्यस रातमा पत्रुस दुई जना सिपाहीका बिचमा दुईवटा साङ्लाले बाँधिएर सुतिरहेका थिए । ढोकाको अगाडि पहरेदारहरूले झ्यालखानाको सुरक्षा दिइरहेका थिए । तब अचानक तिनको छेउमा प्रभुका दूत देखा परे र त्यस कोठामा ज्योति चम्क्यो । उनले पत्रुसको कोखामा हिर्काएर तिनलाई उठाए र भने, “छिटो उठ ।” त्यसपछि तिनका हातहरूबाट साङ्लाहरू झरे । स्वर्गदूतले तिनलाई भने, “तिमी आफैँले कपडाहरू र चप्पलहरू लगाऊ ।” पत्रुसले त्यसै गरे । स्वर्गदूतले तिनलाई भने, “आफ्ना बाहिरी वस्त्रहरू लगाऊ र मलाई पछ्याऊ ।’’ त्यसकारण पत्रुसले स्वर्गदूतलाई पछयाए र बाहिर गए । स्वर्गदूतले जुन काम गरेका थिए त्यो वास्तविक थियो भन्ने कुरा पत्रुसलाई थाहा नै थिएन । उनले दर्शन देखिरहेको छु भनी विचार गरे। त्यसपछि पहिलो र दोस्रो पहरेदारलाई पार गरी सकेपछि, तिनीहरू सहरतिर डोर्याउने फलामे ढोकामा आइपुगे; यो तिनीहरूका निम्ति आफैँ खोलियो । तिनीहरू बाहिर गए र तलतिरको गल्लीमा गए र ठिक त्यही समयमा स्वर्गदूतले तिनलाई छाडेर गए ।
”तिनीहरूले चेलाहरूको मनलाई दह्रिलो बनाउँदै र विश्वासमा रहिरहनका निम्ति उत्साहित दिने काममा लागिरहे । तिनीहरूले उनीहरूलाई धेरै दुःख र सातवटहरूबाट भएर नै हामी परमेश्वरको राज्यमा पस्नुपर्छ भनी बताए ।
”त्यसपछि मानिसहरूको भिड पावल र सिलास माथि खनिए; अनि न्यायाधीशहरूले उनीहरूको कपडा च्यातिदिए र उनीहरूलाई लहुराले हिर्काउने आदेश दिए । तिनीहरूले उनीहरूलाई धेरै पिटेपछि तिनीहरूले पावल र सिलासलाई झ्यालखानामा हालिदिए र उनीहरूमाथि कडा निगरानी राख्न झ्यालखानाका हाकिमलाई आदेश दिए ।
”आदेश पाउने बित्तिकै झ्यालखानाका हाकिमले उनीहरूलाई भित्री कोठामा थुने र उनीहरूका खुट्टाहरू ठिँगुरामा हालेर बाँधे । मध्यरातमा पावल र सिलास परमेश्वरसँग प्रार्थना गर्दै र भजन गाउँदै थिए र अरू कैदीहरूले पनि त्यो कुराहरू सुनिरहेका थिए । अचानक त्यहाँ एउटा ठुलो भूकम्प गयो जसले गर्दा झ्यालखानाका जगहरू हल्लिए । तुरन्तै झ्यालखानाका सबै ढोकाहरू खोलिए अनि सबैका साङ्लाहरू आफैँ खोलिए । झ्यालखानाका हाकिम आफ्नो निद्राबाट ब्युँझिए र झ्यालखानाका सबै ढोकाहरू खुल्ला देखे । तब सबै कैदीहरू भागिसके भन्ने ठानेर उनले आफ्नो तरवार निकालेर आफूलाई मार्नै लागेका थिए । तर पावलले चर्को सोरले कराएर भने, “आफूलाई हानि नगर्नुहोस् किनकि हामी सबैजना यहीँ छौँ ।” झ्यालखानाका हाकिमले बत्ती बाल्न लगाए र दौडेर भित्र पसे अनि डराउँदै पावल र सिलासको सामु भुइँमा लम्पसार परे । अनि उनीहरूलाई बाहिर निकाले र भने, “हजुर, उद्धार पाउनका निम्ति मैले के गर्नुपर्छ?”
”पावलको हातबाट परमेश्वरले महान् कामहरू गर्नुभयो । पावलको शरीरमा रुमाल र कपडालाई छुवाएर लगेर बिरामीहरूलाई छुवाइदिँदा समेत तिनीहरू निको भए र दुष्ट आत्माहरू तिनीहरूका शरीरबाट निस्केर गए ।
”यहूदीहरूका षड्यन्त्रहरूका बिचमा मैले मनको सारा नम्रतामा, आँशु बगाउँदै र कष्टहरूमा समेत प्रभुको सेवा गरिरहेँ ।
”अब हेर्नुहोस्, म पवित्र आत्मामा बाध्य भएर यरूशलेममा जाँदैछु, त्यहाँ मलाई के-कस्तो हुन आउने हो त्यो मलाई थाहा छैन । केवल पवित्र आत्माले मलाई यो गवाही दिनुहुन्छ कि हरेक सहरमा साङ्लाहरू र कष्टहरूले मलाई पर्खिरहेका छन् । तर म आफ्नो जीवनलाई कुनै मूल्यको ठान्दिनँ, ताकि परमेश्वरको अनुग्रहको सुसमाचारको गवाही बन्नको निम्ति मेरो दौड र प्रभु येशूबाट मलाई प्राप्त भएको सेवा-कार्य पुरा गर्न सकूँ ।
”सबै कुरामा मैले तपाईंहरूलाई कसरी काम गरेर कमजोरहरूको सहायता गर्नुपर्छ र प्रभु येशूका वचनहरूको सम्झना गर्नुपर्छ भन्ने उदाहरण दिएको छु, जसरी उहाँ आफैँले यी वचनहरू भन्नुभयो, ʻलिनुभन्दा दिनु अझ बढी आशिष्को कुरो हो ।ʼ”
”त्यसपछि पावलले जवाफ दिए, “मलाई जानदेखि निरुत्साही पार्न रोएर रोक्ने कोसिस नगर्नुहोस् । किनकि म प्रभु येशूको नाउँको खातिर बाँधिन मात्र होइन, यरूशलेममा मर्न पनि तयार छु ।” पावलले फर्किने इच्छा नगरेपछि हामीले कोसिस गर्न छाड्यौँ, र भन्यौँ, “प्रभुको इच्छा पुरा होस् ।”
”पब्लियसका बुबा ज्वरो र आऊँले गर्दा बिरामी परेका थिए । जब पावल उनी भएको ठाउँमा गए, उनले प्रार्थना गरे, उनी माथि हात राखे र उनलाई निको पारे । यस्तो घटना भइसके पछि, त्यस टापुमा रहेका बिरामी मानिसहरू पनि उनीकहाँ आए, र सबै निको पारिए ।
”यति मात्र होइन, तर हामी हाम्रो कष्टमा पनि रमाउँछौँ । हामी जान्दछौँ, कि कष्टले सहनशीलता उत्पन्न गराउँछ । सहनशीलताले सहमति उत्पन्न गराउँछ र सहमतिले भविष्यको निम्ति भरोसा उत्पन्न गराउँछ । यो भरोसाले निराश पार्दैन, किनभने हामीलाई दिइएको पवित्र आत्माद्वारा परमेश्वरको प्रेम हाम्रो हृदयमा खन्याइएको छ ।
”तर परमेश्वरले हामीप्रति उहाँको आफ्नो प्रेम प्रमाणित गर्नुहुन्छ, किनकि हामी पापी हुँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो । अहिले हामी उहाँको रगतद्वारा अझ धेरै धर्मी ठहराइएका छौँ, अनि हामी उहाँको क्रोधबाट बचाइनेछौँ । हामी शत्रु हुँदा नै हामीलाई उहाँका पुत्रको मृत्युद्वारा परमेश्वरसँग मिलाप गराइयो; मिलाप भएपछि उहाँको जीवनद्वारा हामी अझ धेरै बचाइनेछौँ । यति मात्र होइन, तर हामी हाम्रा प्रभु येशू ख्रीष्टद्वारा परमेश्वरमा रमाउँछौँ, जसद्वारा हामीले यो मिलाप प्राप्त गरेका छौँ ।
”यसकारण, एक जना मानिसद्वारा संसारमा पाप प्रवेश गर्यो, यसरी पापद्वारा मृत्यु प्रवेश गर्यो । अनि मृत्यु सबै मानिसमा फैलियो, किनभने सबैले पाप गरे ।
”के जतिलाई ख्रीष्ट येशूमा बप्तिस्मा दिइएका छन् उनीहरूलाई उहाँको मृत्युमा बप्तिस्मा दिइएका छन् भन्ने तिमीहरू जान्दैनौ? हामी बप्तिस्माद्वारा मृत्युमा उहाँसँगै गाडियौँ । ताकि जसरी ख्रीष्ट पिताको महिमाद्वारा मृतकहरूबाट जीवित पारिनुभयो, त्यसरी नै हामी जीवनको नवीनतामा हिँड्न सकौँ । किनकि यदि हामी उहाँको मृत्युको स्वरूपमा एक भएका छौँ भने हामी उहाँको पुनरुत्थानमा पनि एक हुनेछौँ । हामी जन्दछौँ, कि हाम्रो पुरानो मनुष्यत्वलाई उहाँसँगै क्रुसमा टाँगिएको थियो, ताकि पापको शरीरलाई नाश गर्न सकियोस्; ताकि हामी पापको दास बन्न नपरोस् । जो मरेको छ, पापको सम्बन्धमा त्यसलाई धर्मी घोषित गरिन्छ ।
”तर यदि हामी ख्रीष्टसँग मरेका छौँ भने, हामी विश्वास गर्छौं, कि हामी पनि उहाँसँगै जिउनेछौँ । हामी जान्दछौँ, कि ख्रीष्ट मृतकबाट जीवित पारिनुभएको छ र अब उहाँ मृत हुनुहुन्न । अब मृत्युले उहाँमाथि राज्य गर्दैन । मृत्युको विषयमा उहाँ पापको लागि मर्नुभयो, उहाँ एकै पल्ट हामी सबैका लागि मर्नुभयो । तथापि जुन जीवन उहाँ जिउनुहुन्छ, त्यो उहाँले परमेश्वरको निम्ति जिउनुहुन्छ । त्यसै गरी, तिमीहरूले पनि पापको निम्ति मरेको, तर ख्रीष्ट येशूमा परमेश्वरमा जीवित ठान्नुपर्छ । त्यसकारण, तिमीहरूको मरणशील शरीरमा पापलाई राज्य गर्न नदेओ, ताकि तिमीहरूले त्यसको अभिलाषालाई मान्न परोस् । आफ्नो शरीरका अङ्गहरूलाई अधार्मिकताका साधनहरूको रूपमा प्रयोग गर्न नदेओ । तर आफैँलाई परमेश्वरको निम्ति अहिले जिइरहेको मृतकको रूपमा देओ । अनि आफ्नो शरीरका अङ्गहरूलाई परमेश्वरको लागि धार्मिक साधनको रूपमा प्रयोग गर्नलाई देओ ।
”त्यति बेला अहिले तिमीहरू लज्जित हुनुपर्ने थोकहरूका कस्ता-कस्ता फलहरू तिमीहरूसित थिए? किनकि ती कुराहरूको परिणाम मृत्यु हो । तर अब तिमीहरूलाई पापबाट मुक्त गराइएको छ, अनि परमेश्वरको दास बनाइएको छ र तिमीहरूसित शुद्धिकरणको फल छ ।
”किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्वरको सित्तैँको वरदानचाहिँ हाम्रा प्रभु येशू ख्रीष्टमा अनन्त जीवन हो ।
”म दुःखि मानिस हुँ! मलाई यो मृत्युको शरीरबाट कसले छुटकारा देला?
”त्यसकारण, अब ख्रीष्ट येशूमा भएकाहरूलाई दण्डको कुनै आज्ञा छैन । किनकि ख्रीष्ट येशूमा जीवनको आत्माको सिद्धान्तले मलाई पाप र मृत्युको सिद्धान्तबाट स्वतन्त्र बनाएको छ । जुन कुरा गर्न व्यवस्था असमर्थ थियो, सो परमेश्वरले गर्नुभयो, किनकि यो शरीरद्वारा कमजोर थियो । उहाँले आफ्ना पुत्रलाई पापमय शरीरको रूपमा पापको निम्ति बलिदान हुन पठाउनुभयो र उहाँले पापलाई शरीरमा दण्ड दिनुभयो । हामीमा व्यवस्थाको मापदण्ड पुरा हुन सकोस् भनेर उहाँले यसो गर्नुभयो, ताकि हामी शरीरअनुसार होइन, तर आत्माअनुसार चल्न सकौँ । जो शरीरअनुसार जिउँछन्, तिनीहरूले शरीरको कुरामा ध्यान दिन्छन्, तर जो आत्माअनुसार जिउँछन्, तिनीहरूले आत्माको कुरामा ध्यान दिन्छन् । शरीरको मानसिकता मृत्यु हो, तर आत्माको मानसिकता जीवन र शान्ति हो । शरीरको मानसिकता परमेश्वरप्रति शत्रुता हो, किनकि यो परमेश्वरको व्यवस्थाको अधीनमा छैन, न यो बस्न नै समर्थ हुन्छ । जो शरीरमा छन्, उनीहरू परमेश्वरलाई खुसी तुल्याउन सक्षम छैनन् ।
”तापनि तिमीहरू शरीरमा छैनौ, तर आत्मामा छौ, यदि यो सत्य हो भने परमेश्वरका आत्मा तिमीहरूमा बास गर्नुहुन्छ । तर यदि कसैसँग ख्रीष्टका आत्मा हुनुहुन्न भने, त्यो उहाँको होइन । यदि तिमीहरूमा ख्रीष्ट हुनुहुन्छ भने, पापको निम्ति शरीर मृत हुन्छ, तर धार्मिकताको निम्ति आत्मा जीवित हुन्छ । येशूलाई मृतकहरूबाट जीवित पार्नुहुनेका आत्मा तिमीहरूमा बास गर्नुहुन्छ जसले ख्रीष्टलाई मृतकहरूबाट जीवित पार्नुभयो भने, उहाँले नै तिमीहरूमा बास गर्नुहुने उहाँका आत्माद्वारा तिमीहरूको मरणशील शरीरलाई जीवन दिनुहुनेछ ।
”त्यसकारण, भाइ हो, हामी ऋणी छौँ, तर शरीरअनुसार जिउन शरीरप्रति ऋणी छैनौँ । तिमीहरू शरीरअनुसार जिउँछौ भने, तिमीहरू मर्न लागेका छौ, तर तिमीहरूले आत्माद्वारा शरीरका कामहरूलाई मार्छौ भने तिमीहरू जिउनेछौ । किनकि जति परमेश्वरका आत्माद्वारा डोर्याइएका छन्, तिनीहरू नै परमेश्वरका छोराछोरीहरू हुन् । किनकि तिमीहरूले डरको लागि दासत्वको आत्मा पाएका छैनौ । बरु, तिमीहरूले धर्मपुत्रको आत्मा पाएका छौ जसद्वारा हामी “अब्बा, पिता!” भनी पुकार्छौं । हामी परमेश्वरका सन्तान हौँ भनी पवित्र आत्मा स्वयम्ले हाम्रो आत्मालाई गवाही दिनुहुन्छ । यदि हामी सन्तानहरू हौँ भने त हामी उत्तराधिकारीहरू पनि हौँ अर्थात् परमेश्वरका उत्तराधिकारीहरू हौँ । अनि हामी ख्रीष्टसँगै साझे-उत्तराधिकारीहरू हौँ । वास्तवमा हामीले उहाँसँगै कष्ट भोग्यौँ भने, हामी पनि उहाँसँगै महिमित हुन सक्छौँ ।
”यो वर्तमान समयका कष्टहरू हामीलाई प्रकट गरिने महिमासँग तुलना गर्न योग्यका छैनन् भन्ने म ठान्छु । किनकि सृष्टिको उत्कट आशा परमेश्वरका पुत्रहरूको प्रकटीकरणको प्रतीक्षामा छ । किनकि सृष्टिलाई व्यर्थताको वशमा सुम्पिएको छ; यसको आफ्नै इच्छामा होइन, तर यसलाई वशमा राख्नुहुनेको इच्छामा । यो दृढ निश्चयता हो, कि सृष्टि स्वयम्लाई विनाशको दासत्वबाट मुक्त गरिनेछ, र यसलाई परमेश्वरका सन्तानहरूका महिमाको स्वतन्त्रतामा ल्याइनेछ । हामी जन्दछौँ, कि सारा सृष्टि अहिले पनि एकसाथ क्रन्दन र प्रसव वेदनामा छ । यति मात्र होइन, तर पवित्र आत्माको पहिलो फल भएका हामी आफैँ पनि हाम्रो धर्मपुत्र ग्रहणको प्रतीक्षा अर्थात् हाम्रो शरीरको उद्धारको प्रतीक्षामा हामी आफैँभित्र क्रन्दनमा छौँ । किनकि हामीलाई यही भरोसाद्वारा बचाइएको थियो । तर जे हुनेछ भनी हामी विश्वस्त छौँ, त्यो अझ देखिएको छैन, किनकि अगाडि नै देखिएको कुराको निम्ति कसले दृढतासाथ प्रतीक्षा गर्छ र? तर यदि हामी अझैसम्म नदेखिएका कुरामा विश्वस्त छौँ भने, हामी यसको लागि धैर्यसाथ प्रतीक्षा गर्दछौँ ।
”त्यसै गरी, पवित्र आत्माले पनि हाम्रो कमजोरीमा सहायता गर्नुहुन्छ । किनकि कसरी प्रार्थना गर्ने भनी हामी जान्दैनौँ, तर पवित्र आत्माले व्यक्त गर्न नसकिने क्रन्दनमा हाम्रो निम्ति मध्यस्थता गर्नुहुन्छ । जसले हृदयको खोजी गर्नुहुन्छ उहाँले पवित्र आत्माको विचार जान्नुहुन्छ, किनकि उहाँले परमेश्वरको इच्छाअनुसार विश्वासीहरूको तर्फबाट अन्तरबिन्ती गर्नुहुन्छ ।
”हामी जान्दछौँ, कि परमेश्वरलाई प्रेम गर्नेहरू र उहाँको उद्देश्यअनुसार बोलाइएकाहरूका निम्ति उहाँले सबै थोकमा एकसाथ भलाइको निम्ति काम गर्नुहुन्छ अर्थात् सबै थोकले एकसाथ भलाइको निम्ति नै काम गर्छन् । किनकि जसलाई उहाँले पहिलेदेखि नै जान्नुहुन्थ्यो, धेरै भाइहरूमध्ये ज्येष्ठ होऊन् भनी उहाँले तिनीहरूलाई आफ्नो पुत्रको स्वरूप समान हुन पहिले नै नियुक्ति गर्नुभयो । जसलाई उहाँले पहिले नै नियुक्ति गर्नुभयो, तिनीहरूलाई उहाँले बोलाउनु पनि भयो । जसलाई उहाँले बोलाउनुभयो, तिनीहरूलाई धर्मी पनि ठहर्याउनुभयो । जसलाई उहाँले धर्मी ठर्याउनुभयो, तिनीहरूलाई उहाँले महिमित पनि पार्नुभयो ।
”त्यसो भए, यी कुराहरूको विषयमा हामी के भनौँ त? यदि परमेश्वर नै हाम्रो पक्षमा हनुहुन्छ भने, हाम्रो विरुद्धमा को हुन्छ र? जसले आफ्ना पुत्रलाई पनि बाँकी राख्नुभएन तर हामी सबैको तर्फबाट उहाँलाई सुम्पिदिनुभयो, कसरी उहाँले हामीलाई उहाँसँगै सबै थोक पनि सितैँमा दिनुहुन्न र? परमेश्वरका चुनिएकाहरूका विरुद्धमा कसले दोष ल्याउने? धर्मी तुल्याउनुहुने त परमेश्वर नै हुनुहुन्छ । दण्डको आज्ञा दिनुहुने को हुनुहुन्छ? हाम्रो निम्ति मर्नुहुने त ख्रीष्ट नै हुनुहुन्छ, अनि त्यसभन्दा बढी उहाँ जीवित भई उठ्नु पनि भयो । उहाँले आदरको स्थानमा रहेर परमेश्वरसँग शासन गर्दै हुनुहुन्छ, र हाम्रा लागि मध्यस्थता गरिरहनुहुने उहाँ नै हुनुहुन्छ ।
”हामीलाई ख्रीष्टको प्रेमबाट कसले अलग गर्न सक्नेछ? सङ्कष्टले, वा दुःखले, वा सतावटले, वा भोकले, वा नग्नताले, वा खतराले, वा तरवारले? जस्तो लेखिएको छ, “तपाईंको लाभको निम्ति हामी दिनभरि मारिन्छौँ । हामीलाई मारिने भेडाहरूझैँ ठानियो ।”
”यी सबै कुरामा हामी हामीलाई प्रेम गर्नुहुनेद्वारा विजेताहरूभन्दा पनि बढी छौँ । किनकि म विश्वस्त भएको छु, कि न मृत्युले, न जीवनले, न स्वर्गदूतहरूले, न शासकहरूले, न वर्तमानका कुराहरूले, न आउने कुराहरूले, न उचाइले, न गहिराइले, न सृष्टि गरिएको कुनै थोकले हाम्रा प्रभु ख्रीष्ट येशूमा भएको परमेश्वरको प्रेमबाट हामीलाई अलग गर्न सक्छ ।
”म येशू ख्रीष्टमा साँचो भन्दछु । म ढाँट्दिनँ, र मेरो विवेकले पवित्र आत्मामा मसँगै साक्षी दिन्छ, कि मेरो लागि मेरो हृदयमा असाध्य कष्ट र अटुट पीडा छ । म इच्छा गर्थें, कि मेरा भाइहरू अर्थात् शरीरअनुसार आफ्नै जातिका खातिर म आफैँचाहिँ श्रापित होऊँ र ख्रीष्टबाट अलग गरिऊँ ।
”जस्तो लेखिएको छ, “हेर, मैले सियोनमा एउटा ठेस लाग्ने ढुङ्गा र चोट लाग्ने चट्टान राख्दै छु । जसले यसमा विश्वास गर्छ त्यो लज्जित हुनेछैन ।”
”किनकि धर्मशास्त्रले भन्छ, “हरेक जसले उहाँमा विश्वास गर्छ, त्यो शर्ममा पारिनेछैन ।” किनकि यहूदी र ग्रिकहरूबिच कुनै भिन्नता छैन । किनकि उही प्रभु नै सबैका प्रभु हुनुहुन्छ र उहाँलाई पुकार्ने सबैको लागि उहाँ प्रशस्त हुनुहुन्छ । किनकि प्रभुको नाम पुकार्ने सबै बचाइनेछन् ।
”यसकारण, भाइहरू हो, परमेश्वरको कृपाद्वारा म तिमीहरूलाई बिन्ती गर्दछु, कि आ-आफ्ना शरीरलाई पवित्र र परमेश्वरमा ग्रहणयोग्य जिउँदो बलिको रूपमा अर्पण गर । यो नै तिमीहरूको उचित सेवा हो ।
”तिमीहरूमा भएको भविष्यप्रतिको निश्चयताको बारेमा आनन्द मनाओ । दुःखमा धैर्य गर । निरन्तर प्रार्थना गर्दै रहो । विश्वासीहरूका खाँचाहरूमा बाँड-चुँड गर । अतिथि सत्कारको निम्ति धेरै उपायहरूको खोजी गर । तिमीहरूलाई सताउनेहरूलाई आशिष् देओ; श्राप नदेओ । आनन्द गर्नेहरूसँग आनन्द मनाओ; रुनेहरूसँग रोओ ।
”किनकि यदि हामी जिउँछौँ भने, प्रभुकै निम्ति जिउँछौँ र यदि हामी मर्छौं भने, हामी प्रभुकै निम्ति मर्छौं । त्यसैले, हामी चाहे जिऔँ वा मरौँ, हामी प्रभुकै हौँ । यही उद्देश्यको निम्ति ख्रीष्ट मर्नुभयो र फेरि जीवित हुनुभयो, ताकि उहाँ मरेका र जीवितहरू दुवैका प्रभु हुन सक्नुभएको होस् ।
”अब भरोसाका परमेश्वरले विश्वास गर्नको निम्ति तिमीहरूलाई आनन्द र शान्तिले भरून्, ताकि पवित्र आत्माको शक्तिद्वारा तिमीहरू भरोसामा प्रशस्त होऊन् ।
”कमजोरहरूलाई जित्न सकूँ भनेर कमजोरहरूको लागि म कमजोर बनेँ । सबै उपायहरूद्वारा केहीलाई बचाउन सकूँ भनेर म सबै मानिसहरूका लागि सबै कुरा बनेको छु ।
”तर जब हामी परमेश्वरबाट जाँचिन्छौँ हामी अनुशासित हुनेछौँ, र संसारसँगै दोषी ठहरिनेछैनौँ ।
”शरीरमा कुनै विभाजन नहोस्, बरु हरेक अङ्गले उही स्नेहसाथ एक अर्कोलाई वास्ता गरून् भनेर उहाँले यसो गर्नुभएको हो । कुनै एउटा अङ्गले दुःख पाउँदा सबै अङ्गहरूले सँगै दुःख भोग्छन् । अथवा कुनै एउटा अङ्गको आदर हुँदा सबै अङ्गहरू सँगै आनन्दित हुन्छन् ।
”किनकि परमेश्वर अन्योलका होइन तर शान्तिका परमेश्वर हुनुहुन्छ । विश्वासीहरूका अन्य मण्डलीहरूमा भएजस्तै
”किनकि जसरी आदममा सबैको मृत्यु हुन्छ, त्यसरी नै ख्रीष्टमा सबै जीवित परिनेछन् ।
”नष्ट गर्नुपर्ने अन्तिम शत्रु मृत्यु हो ।
”किनकि विनाशीले शरीरले अविनाशी शरीरलाई धारण गर्नुपर्छ र यो मरणशील शरीरले अमरत्व धारण गर्नुपर्छ । यो विनाशी शरीरले अविनाशीलाई धारण गर्नेछ र यो मरणशील शरीरले अमरत्व धारण गरेपछि यसरी लेखिएको वचन पुरा हुन आउनेछः “मृत्यु विजयमा निलिएको छ ।” “हे मृत्यु तेरो विजय कहाँ छ? मृत्यु तेरो खिल कहाँ छ?”
”हाम्रा पिता परमेश्वर येशू ख्रीष्टलाई प्रशंसा भएको होस् । उहाँ दयाका पिता र सबै सान्त्वनाका परमेश्वर हुनुहुन्छ । परमेश्वरले हाम्रा सारा दुःख कष्टमा हामीलाई सान्त्वना दिनुहुन्छ । त्यसैले, हामी पनि दुःखमा परेकाहरूलाई सान्त्वना दिन सक्छौँ । परमेश्वरले हामीलाई सान्त्वना दिनको निम्ति प्रयोग गर्नुभएको सान्त्वनाद्वारा नै हामी अरूलाई सान्त्वना दिन्छौँ । जसरी हाम्रो निम्ति ख्रीष्टको कष्ट प्रशस्त छ, त्यसरी नै ख्रीष्टद्वारा हाम्रो सान्त्वना प्रशस्त हुन्छ । तर यदि हामीले दुःख भोग्यौँ भने यो तिमीहरूका सान्त्वना र उद्धारको निम्ति हो । र यदि हामीले सान्त्वना पायौँ भने यो तिमीहरूको सान्त्वनाको निम्ति हो । तिमीहरू हाम्रो दुःखमा धैर्यसाथ सहभागी हुँदा तिमीहरूको सान्त्वनाले प्रभावकारी रूपले काम गरिरहेको हुन्छ । तिमीहरूको निम्ति हाम्रो आशा दृढ छ । तिमीहरू दुःखमा सहभागी हुँदा सान्त्वनामा पनि सहभागी हुन्छौ भन्ने हामीलाई थाहा छ ।
”भाइहरू हो, हामीले एसियामा भोगेका दुःखको बारेमा तिमीहरू अजान रहो भन्ने हामी चाहन्नौँ । हामीले सहन नसक्ने किसिमले हामी मिचिएका थियौँ, यति साह्रो कि हामीले बाँच्ने आशा नै मारेका थियौँ । वास्तवमा, हामीमाथि मृत्युदण्ड थियो । तर त्यो हामी आफैँमा होइन, मृतकहरूलाई जीवन दिनुहुने परमेश्वरमाथि भरोसा गर्न सकौँ भनेर भएको थियो । उहाँले हामीलाई त्यस्तो घातक जोखिमबाट बचाउनुभयो र फेरि पनि उहाँले हामीलाई बचाउनुहुनेछ । उहाँले हामीलाई फेरि पनि छुटाउनुहुनेछ भन्ने हामीले उहाँमा आशा राखेका छौँ ।
”यो अति नै महान् शक्ति हामीसँग होइन, तर परमेश्वरसँग छ भन्ने स्पष्ट पार्नको निम्ति हामीसँग यो धन माटाका भाँडाहरूमा छ । हामी सबैतिरबाट कष्टित भएका छौँ, तर निराश भएका छैनौँ । हामी सताइएका छौँ, तर त्यागिएका छैनौँ । हामी हिर्काइएका छौँ, तर नाश पारिएका छैनौँ । येशूको जीवन हाम्रा शरीरमा देखियोस् भनेर हामी हाम्रा शरीरमा सधैँ येशूको मृत्युलाई बोकिहिँड्छौँ । हाम्रा मानवीय शरीरहरूमा येशूको जीवन देखा परोस् भनेर जीवित भएका हामीहरू येशूको खातिर सधैँ मृत्युमा सुम्पिइँदै छौँ । यही कारणले, हामीमा मृत्युले काम गर्दछ, तर जीवनले तिमीहरूमा ।
”त्यसकारण हामी निराश हुँदैनौँ । हामी बाहिरी रूपमा विनाश हुँदै गए तापनि, भित्री रूपमा हामी प्रतिदिन नयाँ भइरहेका छौँ । किनकि यो क्षणिक छ, हलुका कष्टले हामीलाई सबै नापलाई माथ गर्ने वजनदार अनन्त महिमाको लागि तयार पारिरहेको छ । किनकि हामीले देखिने कुराहरूको होइन, तर नदेखिने कुराहरूको प्रतीक्षा गरिरहेका छौँ । देखिने कुराहरू क्षणिक हुन्छन् र नदेखिने कुराहरू अनन्तसम्म रहन्छन् ।
”हामी जान्दछौँ, कि हामीले बास गरेको यो यो पार्थिव शरीर नष्ट भयो भने पनि हामीसँग परमेश्वरले दिनुभएको भवन छ । यो मानिसको हातले बनाएको घर होइन, तर स्वर्गमा रहेको अनन्तसम्म रहने घर हो । किनकि हाम्रो स्वर्गीय बासस्थानको पोशाक पहिरिने आशामा हामी यो पालमा पीडाले आर्तनाद गर्छौं ।
”त्यसैले, सधैँ विश्वस्त रहो । यो जानी राख कि जब हामी हाम्रो शारीरिक घरमा रहन्छौँ, हामी परमेश्वरबाट टाढा रहन्छौँ । हामी विश्वासद्वारा हिँड्छौँ, देखिने कुराको आधारमा होइन । त्यसैले, हामी विश्वस्त छौँ । हामी शरीरबाट टाढा रहेर प्रभुसँग हुन रुचाउँछौँ ।
”किनकि ख्रीष्टको प्रेमले हामीलाई बाध्य पार्छ र हामीलाई यो निश्चय छ कि सबैको निम्ति एक जना मर्नुभएको हुनाले सबै मरेका छन् । अनि ख्रीष्ट हामी सबैको निम्ति मर्नुभयो ताकि बाँच्नेहरू आफ्नो लागि नबाँचून् । बरु, तिनीहरू उहाँको निम्ति जिउनुपर्छ, जो मर्नुभयो र फेरि जीवित पारिनुभयो । त्यसैले, हामीले एक चोटि ख्रीष्टलाई त्यसै गरेका भए तापनि अब उसो हामी कसैलाई मानिसको दृष्टिकोणअनुसार मूल्याङ्कन गर्दैनौँ । अब हामी कसैलाई कदापि त्यसरी हेर्दैनौँ ।
”किनभने कोही ख्रीष्टमा छ भने ऊ नयाँ सृष्टि हो । पुराना कुरा बितेर गएका छन् । हेर, ती नयाँ भएका छन् ।
”बरु, हामी आफैँलाई परमेश्वरका सेवकहरू हौँ भनी हाम्रो कामबाट प्रमाणित गर्छौं । हामी धैर्य धारणमा, कष्टमा, विपत्तिमा, कठिनाइमा, पिटाइमा, कैदी अवस्थामा, हुलदङ्गामा, कडा परिश्रममा, अनिदा रातमा, भोकमा शुद्धतामा, ज्ञानमा, धैर्यमा, दयामा, पवित्र आत्मामा, असल प्रेममा उहाँका सेवकहरू हौँ ।
”हामी नचिनिएका व्यक्तिहरूले झैँ गर्छौं तापनि हामी चिनिएका छौँ । हामी मरे जस्तो काम गर्छौं, तर हामी अझै जीवितै छौँ । हामीहरू हाम्रा कार्यहरूको निम्ति दण्डित भए जस्तै गरी काम गर्छौं, तर मृत्युदण्ड पाए जस्तै गरी होइन । हामी अफसोसी भएर काम गर्छौं, तर सधैँ आनन्दमा रमाइरहेका छौँ । हामी गरिब भएर काम गर्छौं, तर धेरैलाई धनी बनाउँछौँ । हामी केही नभए जस्तो गरी काम गर्छौं, तापनि सबै थोकहरू पाएका छौँ ।
”मैले तिमीहरूलाई दोषी ठहर्याउन यो भनेको होइनँ । किनकि मैले अघि नै भनिसकेको छु कि तिमीहरू हाम्रा हृदयमा छौ, सँगै मर्न र बाँच्नको निम्ति । तिमीहरूमाथि मेरो ठुलो भरोसा छ र म तिमीहरूमा गर्व गर्छु । म सान्त्वनाले भरिएको छु । हाम्रा सबै कष्टमा पनि म आनन्दले भरिएको छु ।
”हामी माकेडोनिया आउँदा हाम्रो शरीरले आराम पाएन । बरु, बाहिरका सङ्घर्षहरू र भित्रका भयहरूबाट हामी हरतरहले सताइएका थियौँ । तर निरुत्साहितहरू लाई सान्त्वना दिनुहुने परमेश्वरले तीतसको आगमनबाट हामीलाई सान्त्वना दिनुभयो ।
”किनकि ईश्वरीय शोकले पश्चात्ताप ल्याउँछ जसले पछुतोविना नै मुक्तिको काम पुरा गर्छ । तर सांसारिक शोकले मृत्यु ल्याउँछ । हेर, यस ईश्वरीय शोकले तिमीहरूमा कति ठुलो सङ्कल्प उत्पन्न गरायो । आफूलाई निर्दोष प्रमाणित गर्न तिमीहरूमा कति ठुलो सङ्कल्प थियो । तिमीहरूका क्रोध, डर, तृष्णा, जोस र न्याय भएको हेर्ने तिमीहरूको इच्छा कति ठुलो! यी सबै कुरामा तिमीहरूले यो विषयमा आफैँलाई निर्दोष प्रमाणित गरेका छौ ।
”कष्टको भयङ्कर परीक्षाको समयमा पनि तिनीहरूको प्रशस्तताको शान्ति र घोर दरिद्रताले तिनीहरूमा उदारताको ठुलो धन उत्पन्न गरायो ।
”र परमेश्वरले हरेक आशिष्लाई तिमीहरूको निम्ति वृद्धि गर्न सक्नुहुन्छ, ताकि तिमीहरूलाई चाहिने सबै कुरा तिमीहरूले सधैँ प्राप्त गर्न सक । तिमीहरूका असल कामहरू वृद्धि हुन् भनेर यसो हुनेछ । यस्तो लेखिएको छः “उहाँले आफ्नो सम्पत्ति बाँडेर गरिबहरूलाई दिनुभएको छ । उहाँको धार्मिकता सधैँभरि रहन्छ ।” छर्नेलाई बिउ र खानाको निम्ति रोटी उपलब्ध गराउनुहुनेले तिमीहरूको बिउ उपलब्ध गराएर वृद्धि पनि गराउनुहुनेछ । उहाँले तिमीहरूको धार्मिकताको फसल प्रशस्ततासँग वृद्धि गराउनुहुनेछ । तिमीहरूले उदारसँग दिन सक भनेर तिमीहरू हर किसिमले धनी तुल्याइनेछौ । यसले हामीद्वारा परमेश्वरप्रति चढाउने धन्यवाद उत्पन्न गराउनेछ ।
”के तिनीहरू ख्रीष्टका सेवकहरू हुन्? म अझै बढ्ता हुँ । मैले अझ धेरै परिश्रम गरेको छु; अझ धेरै झ्यालखानामा बसेको छु; मापन गर्न नै नसकिने गरी कुटाइ खाएको छु; मृत्युका धेरै खतराहरूको सामना गरेको छु । यहूदीहरूबाट मैले पाँच पल्ट “एक कम चालिस कोर्रा खाएको छु ।” मलाई तिन पल्ट लौराले पिटियो । एक पल्ट मलाई ढुङ्गाले हानियो । तिन पल्ट म पानी जहाज दुर्घटनामा परेँ । मैले एक दिन र एक रात खुला समुद्रमा बिताएको छु । नदीहरूका खतरामा, डाँकुहरूका खतरामा, मेरा आफ्नै मानिसहरूका खतरामा, अन्यजातिहरूका खतरामा, सहर भित्रका खतरामा, उजाड-स्थानहरूका खतरामा, समुद्रका खतरामा, झुटा भाइहरूका खतरामा मैले बारम्बार यात्राहरू गरेको छु । धेरै अनिदोका रातहरूमा, भोक र तिर्खामा, प्राय उपवासमा, नाङ्गोपन र जाडोमा म कडा परिश्रम र कठिनाइमा परेको छु । यी कुराहरूबाहेक सबै मण्डलीको फिक्रीको बोझ पनि ममाथि छ । को कमजोर छ, र म कमजोर छैनँ? कसले ठक्कर खाएको छ र मचाहिँ थकित हुन्नँ? यदि मैले घमण्ड गर्नैपर्छ भने, मेरा कमजोरीहरू देखाउने कुरामा घमण्ड गर्छु ।
”त्यस मानिसको तर्फबाट म गर्व गर्छु । तर म आफ्नै दुर्वलताबाहेक अरू कुरामा गर्व गर्नेछैन ।
”आश्चर्यजनक प्रकाशहरूको कारण म गर्व गर्नदेखि थामिन्छु । त्यसकारण, म घमण्डले नफूलूँ भनेर एउटा काँढो मेरो शरीरमा दिइएको छ । म धेरै घमण्डी नहूँ भनेर शैतान तर्फको दूत मलाई दुःख दिनको निम्ति दिइएको छ । मबाट यो काँढो निकालिदिनुभएको होस् भनेर मैले प्रभुसित तिन पटक बिन्ती गरेँ । अनि उहाँले मलाई भन्नुभयो, “मेरो अनुग्रह तिम्रो निम्ति प्रशस्त छ, किनकि दुर्बलतामा नै शक्ति सिद्ध हुन्छ ।” यसैले, ख्रीष्टको शक्ति ममा बास गरोस् भनेर म मेरो दुर्बलतामा गर्व गर्नेछु । त्यसकारण, म ख्रीष्टको खातिर दुर्बलताहरूमा, निन्दाहरूमा, समस्याहरूमा, सतावटहरूमा, कष्टपूर्ण अवस्थाहरूमा खुसी रहन्छु ।
”अब न त यहूदी छ, न ग्रिक, न कमारा छ न फुक्का, न पुरुष छ न स्त्री, किनभने ख्रीष्ट येशूमा तिमीहरू सबै एक हौ । यदि तिमीहरू ख्रीष्टका हौ भनेता तिमीहरू अब्राहामका सन्तानहरू हौ र प्रतिज्ञाबमोजिम उत्तराधिकारीहरू हौ ।
”तर पवित्र आत्माका फलचाहिँ प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्वास,
”एक अर्काको भार उठाओ, र यसरी तिमीहरूले ख्रीष्टको व्यवस्थालाई पुरा गर्नेछौ ।
”ख्रीष्ट येशूमा हामीलाई परमेश्वरले उठाउनुभएको छ र स्वर्गीय स्थानहरूमा उहाँसँगै बसाल्नुभएको छ ।
”यसैकारण, म पावल, तिमी गैरयहूदीहरूका निम्ति येशू ख्रीष्टको एक कैदी हुँ ।
”यसकारण, प्रभुको निम्ति कैदी भएको नाताले तिमीहरूलाई जुन बोलावटमा बोलाइएको छ, त्यस बोलावटमा उचित ढंगले चल्नको निम्ति म तिमीहरूलाई आग्रह गर्दछु । ज्यादै विनम्रता र कोमलता र धैर्यतामा जिओ । एकले अर्कालाई प्रेममा स्वीकार गर ।
”किनकि हाम्रो लडाइ शरीर र रगतको विरूद्धमा होइन । तर, यो त शासकहरू र आत्मिक अधिकारीहरू र अन्धकारको राज्यको शासकहरू र स्वर्गीय स्थानहरूमा भएका दुष्टात्माहरूको विरूद्धमा हो । यसकारण परमेश्वरको सबै हातहतियार धारण गर, ताकि यस दुष्ट समयमा दुष्टको सामना गर्न तिमीहरू स्थिर भइ खडा हुन सक । यी सबै कुराहरू गरेपछि तिमीहरू स्थिर हुनेछौ ।
”सबै प्रार्थना र बिन्तीद्वारा, हरसमय पवित्र आत्मामा प्रार्थना गर । विश्वासीहरू सबैका लागि प्रार्थना र निरन्तर प्रयत्नसाथ यही मन सँगै सतर्क भइराख । र मेरो निम्ति प्रार्थना गर, ताकि मैले आफ्नो मुख खोल्दा, मलाई सन्देश दिइयोस् । सुसमाचारको गुप्त सत्यतालाई मैले दृढतापूर्वक अरूलाई बताउन सकूँ भनेर प्रार्थना गरिदेऊ । सुसमाचारको निम्ति साङ्ग्लाले बाँधिएको म एक राजदूत हुँ, र मैले बोल्नुपर्ने समयमा म आँटिलो भएर यस विषयमा बोल्न सकूँ ।
”किनकि मेरो निम्ति जिउनु ख्रीष्ट हो, र मर्नु लाभ हो । तर शरीरमा जिउनाले मेरो परिश्रमबाट प्रतिफल आउँछ भने, कुन कुरालाई चुन्ने भन्ने कुरा मलाई थाहा छैन । किनकि मैले चयन गर्नुपर्ने यी दुवै कुराद्वारा म बिचमा परेको छु । म बिदा भएर ख्रीष्टसँग हुने इच्छा गर्दछु, जुनचाहिँ झनै असल कुरा हो ।
”किनकि ख्रीष्टको निम्ति यो तिमीहरूलाई दिइएको छ, उहाँमाथि विश्वास गर्न मात्र होइन, तर उहाँको निम्ति कष्ट भोग्न पनि ।
”किनकि तिनी साँच्चै यति बिरामी थिए, कि तिनी मरणासन्न अवस्थामा पुगेका थिए । तर परमेश्वरले तिनीमाथि कृपा गर्नुभयो, र उनमा मात्र नभएर शोकमाथि शोक नथपिओस् भनेर ममाथि पनि दया देखाउनुभयो ।
”किनकि खतना हामीहरू नै हौँ । हामीहरू नै परमेश्वरका आत्माद्वारा आराधना गर्दछौँ । हामीहरू नै ख्रीष्ट येशूमा गर्व गर्दछौँ, र शरीरमा कुनै भरोसा राख्दैनौँ ।
”यसैकारण, अब म उहाँ र उहाँको पुनरुत्थानको शक्तिलाई जान्न चाहन्छु र उहाँका कष्टहरूमा सहभागी हुन चाहन्छु । उहाँको मृत्युको समरूपतामा म बद्लिन चाहन्छु,
”तर हाम्रो नागरिकता स्वर्गमा छ, जहाँबाट हामी मुक्तिदाता प्रभु येशू ख्रीष्टको प्रतीक्षा गर्दछौँ । उहाँले हाम्रो क्षुद्र शरीरलाई उहाँको जस्तै महिमित शरीरमा परिवर्तन गर्नुहुनेछ, जुन शरीर सबै कुराहरू उहाँको अधीनमा ल्याउनको निम्ति उहाँको शक्तिद्वारा बनाइएको छ ।
”प्रभुमा सधैँ आनन्द गर । म फेरि पनि भन्दछु, आनन्द गर । तिमीहरूको सहनशीलता सबै मानिसहरूलाई थाहा होस् । प्रभु नजिकै हुनुहुन्छ । कुनै कुरामा चिन्तित नहोओ । बरु, हरेक कुरामा प्रार्थना र नम्र निवेदनद्वारा, र धन्यवादसाथ तिमीहरूका निवेदन परमेश्वरमा जाहेर होऊन् । र हाम्रा सबै समझभन्दा उच्च परमेश्वरको शान्तिले ख्रीष्ट येशूमा तिमीहरूका हृदय र विचारहरूलाई रक्षा गर्नेछ ।
”मलाई गरिबी के हो भन्ने कुरा थाहा छ, र मलाई प्रशस्त हुनु भनेको के हो पनि थाहा छ । सबै किसिमले र सबै कुराहरूमा कसरी परिपूर्ण हुनु वा भोकप्यासमा रहनु, र कसरी प्रशस्तता प्राप्त गर्नु वा आवश्यकतामा हुनु भन्ने कुरा मैले सिकेको छु । जसले मलाई शक्ति दिनुहुन्छ, उहाँद्वारा नै म सबै कुराहरू गर्न सक्दछु । तथापि, तिमीहरूले मेरा कठिन परिस्थितिहरूमा सहभागी भएर असल गर्यौ ।
”र मेरा परमेश्वरले ख्रीष्ट येशूमा उहाँको महिमाको प्रशस्तताअनुसार तिमीहरूका सबै आवश्यकताहरू पुरा गरिदिनुहुनेछ ।
”सबै सहनशीलता र धैर्यमा, उहाँको महिमाको शक्तिले प्रत्येक दक्षतामा तिमीहरू बलिया होओ भनी हामी प्रार्थना गर्छौं । हामी यो प्रार्थना गर्छौं, कि तिमीहरूले आनन्दसाथ पितालाई धन्यवाद दिनेछौ, जसले तिमीहरूलाई ज्योतिमा विश्वासीहरूको उत्तराधिकारमा सहभागी हुनको लागि योग्य बनाउनुभएको छ । उहाँले हामीलाई अन्धकारको शक्तिबाट छुटकारा दिनुभएको छ र हामीलाई उहाँका प्रिय पुत्रको राज्यमा सार्नुभएको छ ।
”तिमीहरूका लागि मेरो कष्टमा म अब आनन्द मनाउँछु । ख्रीष्टका कष्टहरूको कमीलाई उहाँको शरीर अर्थात् मण्डलीको खातिर म मेरो शरीरमा पुरा गर्दछु ।
”यदि परमेश्वरले तिमीहरूलाई ख्रीष्टसँगै उठाउनुभएको छ भने माथिका कुराहरूलाई खोज, जहाँ ख्रीष्ट परमेश्वरको दाहिने बाहुलीतर्फ बस्नुभएको छ । माथिका कुराहरूमा विचार गर, तर पृथ्वीका कुरामा ध्यान नलगाओ । किनकि तिमीहरू मरेका छौ, र तिमीहरूका जीवन परमेश्वरमा ख्रीष्टसँगै लुकाइएको छ । जब ख्रीष्ट प्रकट हुनुहुनेछ जो तिमीहरूका जीवन हुनुहुन्छ, तब तिमीहरू पनि उहाँसँगै महिमामा प्रकट हुनेछौ ।
”तिमीहरूका हृदयमा ख्रीष्टको शान्तिले राज्य गरोस् । यही शान्तिको निम्ति तिमीहरू एक शरीरमा बोलाइएका थियौ, र धन्यवादी होओ ।
”तर तिमीहरूलाई थाहा छ, हामीले पहिला नै कष्ट भोग्यौँ र फिलिप्पिमा हामीलाई निर्लज्जपूर्वक व्यवहार गरियो । हामी ठुलो विवादको बिचमा पनि तिमीहरूसँग परमेश्वरको सुसमाचार बताउन परमेश्वरमा साहसी भयौँ ।
”यी कष्टहरूबाट कोही नखल्बलियोस्, किनकि यसैको खातिर हामी नियुक्त भएका छौँ । साँच्चै हामीहरू तिमीहरूका बिचमा रहँदा पहिले नै भनेका थियौँ कि हामी कष्टका नजिक छौँ, तिमीहरूलाई थाहा नै छ यो हुन आयो । यसैकारण, जब मैले सहनै सकिन तिमीहरूको विश्वासबारे जान्न र परीक्षा गर्नेवालाले तिमीहरूलाई परीक्षामा पारेर हाम्रो मेहनत व्यर्थमा जान्छ कि भनेर मैले उनलाई पठाएँ ।
”भाइहरू हो, सुतिगएकाहरूका विषयमा तिमीहरू अन्जान बस भन्ने हामी चाहन्नौँ ताकि आशा नहुने मानिसहरूले जस्तो तिमीहरूले शोक गर्न नपरोस् । येशू मर्नुभयो र जीवित हुनुभयो भनी हामी विश्वास गर्छौं भने परमेश्वरले पनि जो-जति येशूमा सुतेका छन् तिनीहरूलाई उहाँमा जीवित पार्नुहुनेछ । परमेश्वरको वचनद्वारा हामी तिमीलाई यसो भन्छौँ कि हामी जो जीवित छौँ र प्रभुको आगमनसम्म बाँचिरहन्छौँ, हामीले कुनै हालतमा पनि मरिगएकाहरूलाई उछिन्नेछैनौँ ।
”सदैव आनन्द गर, नरोकी प्रार्थना गरिरहो, हरेक कुरामा धन्यवाद देओ किनभने यो तिमीहरूको निम्ति ख्रीष्ट येशूमा परमेश्वरको इच्छा हो ।
”शान्तिका परमेश्वर आफैले तिमीहरूलाई पूर्ण रूपमा शुद्ध पारून्, र तिमीहरूका सम्पूर्ण आत्मा, प्राण, र शरीरलाई हाम्रा प्रभु येशू ख्रीष्टको आगमनमा दोषरहित राखून् । तिमीहरूलाई बोलाउनुहुने इमानदार हुनुहुन्छ । उहाँले नै यो पनि गर्नुहुनेछ ।
”त्यसैले, हामीहरू तिमीहरूको धैर्य र विश्वासको बारेमा परमेश्वरका मण्डलीहरूका बिचमा तिमीहरूले सहने तिमीहरूका सारा सतावटहरू र दुःख भोगाइहरूप्रति गर्व गर्दछौँ । यो परमेश्वरको धार्मिक न्यायको प्रष्ट चिन्ह हो, जसको कारणले तिमीहरू परमेश्वरको राज्यको योग्य ठहरिन्छौ, जुन राज्यको निम्ति तिमीहरू दुःख पनि भोग्दछौ । तिमीहरूलाई दुःख दिनेहरूलाई दुःख दिनु नै परमेश्वरको धार्मिकता हो, र येशू ख्रीष्ट स्वर्गबाट स्वर्गदूतहरूका शक्तिसाथ उहाँको आगमनमा आउनुहुँदा, हामीसँग दुःख भोगेकाहरूलाई छुटकारा मिल्नेछ ।
”अब हामीलाई प्रेम गर्नुहुने अनुग्रहद्वारा अनन्तको सान्त्वना र उत्तम आशा दिनुहुने हाम्रा प्रभु येशू ख्रीष्ट आफैले तथा परमेश्वर हाम्रा पिताले, हरेक असल काम र वचनमा तिमीहरूका हृदयलाई सान्त्वना र स्थिर गराऊन् ।
”शान्तिका परमेश्वर आफैँले तिमीहरूलाई सदासर्वदाका लागि शान्ति प्रदान गरून् ।
”तिमीले पानी मात्र नपिउनू बरू त्यसको सट्टा पेट र तिम्रो घरिघरि हुने बिमारको निम्ति थोरै दाखमद्य खाने गर ।
”किनभने हामीले संसारमा केही ल्याउनौँ । न त केही लान नै सक्ने छौँ । बरू हामीसँग भएको खानेकुरा र कपडाहरूमा सन्तुष्ट होऔँ ।
”परमेश्वरले हामीलाई डरको आत्मा होइन तर प्रेम, शक्ति र अनुशासनको आत्मा दिनुभएको छ ।
”तब हाम्रा प्रभुको बारेमा गवाही दिन नसर्माऊ, र मेरो बारेमा पनि । म पावल उहाँका एक कैदी हुँ, तर परमेश्वरको शक्तिद्वारा कष्टमा पनि सुसमाचार प्रचार गर, जसले हामीलाई उहाँको पवित्र बोलावटमा बचाउनुभयो र बोलाउनुभयो, हाम्रो आफ्नै कामहरूद्वारा होइन, तर उहाँको आफ्नो योजना र अनुग्रहअनुसार जुन हामीलाई ख्रीष्ट येशूमा समयको सुरुवातभन्दा अगि नै प्रदान गर्नुभएको थियो । तर अहिले परमेश्वरको मुक्ति ख्रीष्ट येशूको आगमनले प्रकट गरिदिएको छ, जसले मृत्युलाई नाश पार्नुभयो, सुसमाचारद्वारा कहिल्यै अन्त नहुने जीवन ल्याउनुभयो । त्यसैको निम्ति म प्रचारक, प्रेरित र शिक्षक हुन नियुक्त भएको छु । यसको निम्ति म सतावटमा परेको छु, तरै पनि म शर्माऊँदिनँ । किनकि म उहाँलाई जान्दछु र विश्वास गर्दछु, साथै म विश्वस्त छु कि उहाँले मैले सुम्पेका सबै कुराहरूलाई अन्तिम दिनसम्म सुरक्षित राख्नुहुनेछ ।
”जुन कुराको लागि मैले अपराधीझैँ बन्धनमा पर्ने अवस्थासम्म कष्ट भोगेँ । तर परमेश्वरको वचन बन्धनमा परेको छैन । त्यसैकारण चुनिएकाहरूका लागि म सबै कुरा सहन्छु, ताकि तिनीहरूले अनन्तको महिमाका साथ येशू ख्रीष्टमा भएको मुक्ति प्राप्त गरून् । यो भनाइ भरोसायोग्य छः “हामी उहाँसँगै मर्यौँ भने, हामी उहाँसँगै जीवित पनि हुनेछौँ । हामीले सह्यौँ भने, हामीले उहाँसँगै राज्य गर्नेछौँ । हामीले उहाँलाई इन्कार गर्यौँ भने, उहाँले पनि हामीलाई इन्कार गर्नुहुन्छ ।
”तर तिमीहरूले मेरो शिक्षा, आचरण, उद्देश्य, विश्वास, धैर्य धारण, प्रेम, सहनशक्ति, सतावट, दुःखभोग अनि एन्टिओखिया, आइकोनियन र लुस्त्रामा ममाथि आइपरेका कुराको अनुकरण गर्यौ । मैले त्यस्ता सतावटहरू सहेँ र प्रभुले मलाई ती सबैबाट छुटकारा दिनुभयो । ख्रीष्ट येशूको भक्तिमा जिउन चाहने मान्छे सधैँ सतावटमा पर्छ ।
”तर तिमी सबै कुरामा सचेत होऊ; कष्ट भोग; प्रचारकको काम गर; आफ्नो सेवा पुरा गर ।
”म अगिबाट नै बलिको रूपमा अर्पित भइरहेको छु, मेरो बिदाइको समय आएको छ । मैले राम्रो प्रतिस्पर्धामा भाग लिएको छु; मैले दौड सिध्याएको छु; मैले विश्वासलाई जोगाइराखको छु । मेरो लागि धर्मिकताको मुकुट राखिएको छ, जुन त्यस दिनमा धार्मिक न्यायाधीश प्रभुले मलाई त्यो मुकुट दिनुहुनेछ, मलाई मात्र होइन तर उहाँको आगमनलाई प्रिय ठान्ने सबैलाई ।
”मेरो पहिलो प्रतिरक्षामा कसैले मलाई साथ दिएन, तर सबैले मलाई छाडे । तिनीहरूको विरुद्धमा यसो नभएको होस् । तर प्रभु मसँग उभिनुभयो र मलाई बल दिनुभयो, ताकि मद्वारा सुसमाचारको घोषणा पूर्ण रूपमा पुरा हुन सकोस् र सबै गैरयहूदीहरूले सुन्न पाऊन् । यसैले, मैले सिंहको मुखबाट छुटकारा पाएँ । परमेश्वरले मलाई सबै दुष्ट कामबाट छुटकारा दिनुहुन्छ, र उहाँको स्वर्गीय राज्यको लागि बचाउनुहुनेछ । उहाँलाई सदासर्वदा महिमा होस् । आमेन
”अनन्त जीवनको निश्चयतामा, झुटरहित परमेश्वरले समयका सबै युगभन्दा पहिले प्रतिज्ञा गर्नुभयो ।
”ख्रीष्ट येशूको कैदी पावल र हाम्रा भाइ तिमोथीबाट हाम्रा प्रिय साथी तथा सङ्गी-सहकर्मी फिलेमोनलाई,
”प्रेमको कारणले म वृद्ध पावल, येशूको निम्ति एउटा कैदी, म तिमीलाई बिन्ती गर्छु,
”त्यसकारण, पहिले नै परमेश्वरका छोराछोरीहरू मासु र रगतको एक भाग भएका हुनाले येशूले पनि त्यही कुराहरू तिनीहरूसँग बाँड्नुभयो । त्यसैले, येशूले मृत्यु सहेर मृत्युको शक्ति भएकोलाई अर्थात् शैतानलाई नष्ट पार्नुभयो । मृत्युको डरद्वारा र सधैँ शैतानका दास भएर जिएकाहरूको लागि स्वतन्त्रता दिन उहाँले त्यसो गर्नुभयो ।
”किनभने येशू आफैँले दुःख भोग्नुभयो, र परीक्षित हुनुभयो; उहाँले परीक्षामा पर्नेहरूलाई सहायता गर्न सक्नुहुन्छ ।
”यसकारण, हामी निकै होसियार होऔँ ताकि हामीमध्ये कोही पनि परमेश्वरको विश्राममा प्रवेश गर्ने प्रतिज्ञा हुँदा हुँदै विश्राम गर्नदेखि वञ्चित हुन नपरोस् । किनभने तिनीहरूलाई जस्तै हामीलाई पनि सुसमाचार सुनाइएको थियो । तर सुनेको वचनले तिनीहरूलाई कुनै पनि फाइदा भएन । किनकि सुन्नेहरूले विश्वाससाथ स्वीकार गरेनन् । तर त्यो सन्देश सुन्नेहरू जसले विश्वासविना नै सहभागी भए तिनीहरूलाई फाइदा भएन । किनकि हामी जसले विश्वास गरेका छौँ त्यस विश्राममा हामी प्रवेश गर्नेछौँ, जसरी उहाँले भन्नुभयो, “जसरी मैले मेरो क्रोधमा शपथ खाएँ, ‘तिनीहरू कहिल्यै मेरो विश्राममा प्रवेश गर्नेछैनन्’ ।” उहाँले यसो भन्नुभयो, यद्यपि संसारको उत्पत्तिमा नै उहाँका सृष्टिका कामहरू पुरा भइसकेका थिए । किनकि सातौँ दिनको विषयमा उहाँले केही भन्नुभएको छ, “परमेश्वरले सातौँ दिनमा आफ्ना सबै कामबाट विश्राम लिनुभयो ।” फेरि उहाँले भन्नुभएको छ, “तिनीहरू मेरो विश्राममा कहिल्यै प्रवेश गर्नेछैनन् ।” त्यसकारण, उहाँको विश्राममा प्रवेश गर्न अझै कसैका लागि बाँकी नै छ, र धेरै इस्राएलीहरूले सुसमाचार सुने, तर तिनीहरूले आज्ञापालन नगरेको कारण यस विश्राममा प्रवेश गर्न सकेनन् । “आज” भनेर परमेश्वरले फेरि एउटा निश्चित दिन ठहराउनुभएको छ । धेरै दिनपछि उहाँ दाऊदद्वारा बोल्नुभयो, जसरी यो अगिबाटै भनिएको थियो, “आज तिमीहरूले उहाँको आवाजलाई सुन्यौ भने, तिमीहरूका हृदय कठोर नपार ।” किनकि यदि यहोशूले तिनीहरूलाई विश्राम दिएका भए, परमेश्वरले अर्को दिनको विषयमा बोल्नुहुने थिएन । यसकारण, परमेश्वरका मानिसहरूका निम्ति एउटा विश्राम दिनको विश्राम अझै बाँकी छ ।
”किनकि हामीसँग हाम्रा कमजोरीहरूमा हामीलाई सान्त्वना दिन नसक्ने एक जना प्रधान पुजारी हुनुहुन्न । त्यसको सट्टामा, हामीसँग एक जना हुनुहुन्छ जो हामीजस्तै परीक्षामा भएर जानुभयो, तरै पनि उहाँ पापरहित हुनुहुन्छ । तब हामी परमेश्वरको अनुग्रहको सिंहासनमा साहसपूर्वक जाऔँ, ताकि खाँचोको समयमा हामीले कृपा र अनुग्रह पाउन सकौँ ।
”उहाँ शरीरमा हुनुहुँदा उहाँलाई मृत्युबाट बचाउन सक्नुहुने परमेश्वरसँग उहाँले ठुलो सोरमा क्रन्दन र आँशुकासाथ प्रार्थना र निवेदन गर्नुभयो । उहाँको आदरको कारणले गर्दा उहाँले सुन्नुभयो । उहाँ एक पुत्र हुनुभएर पनि आफूले भोगेको कष्टबाट उहाँले आज्ञापालन गर्न सिक्नुभयो ।
”तर तिमीहरूले ज्योति पाएपछि पनि दुःखको कठिन घडीमा कसरी सह्यौ, ती अघिका दिनहरूको सम्झना गर । तिमीहरू सबैका सामु अपमानित र तिरस्कृत भएका थियौ, र त्यस्तै समस्यामा परेकाहरूसँगै तिमीहरू सहभागी भयौ । किनकि कैदमा हुनेहरूलाई तिमीहरूले दया देखायौ; आफ्नो सम्पत्ति खोसिँदा पनि त्यसलाई सहर्ष स्वीकार गर्यौ; यो जानेर कि तिमीहरूसँग अझ उत्तम र रहिरने आफ्नै सम्पत्ति छ । त्यसकारण, आफ्नो निश्चयतालाई नगुमाओ, जसको ठुलो इनाम छ । तिमीहरूलाई धैर्यको खाँचो छ । त्यसकारण, परमेश्वरले तिमीहरूलाई जे प्रतिज्ञा गर्नुभएको थियो, उहाँको इच्छालाई पुरा गरेपछि, सो प्राप्त गर्नेछौ । “किनकि केही बेरमा जो आउँदै हुनुहुन्छ, उहाँ अवश्य आउनुहुनेछ र ढिलाउनु हुनेछैन । मेरा धर्मी जन विश्वासद्वारा जिउनेछ, यदि ऊ पछि फर्कन्छ भने, म उसँग प्रसन्न हुनेछैन ।”
”त्यसैकारण, मरेतुल्य यिनै एक जना मानिसबाट आकाशका असङ्ख्य तारा र समुद्री किनारका असङ्ख्य बालुवासरह सन्तानहरू जन्मिए, जसलाई गन्नै सकिँदैन ।
”यी सबै प्रतिज्ञालाई प्राप्त नगरिकनै यिनीहरू सबैले टाढैबाट स्वागत गरे । पृथ्वीमा परदेशी र निर्वासितहरू मात्र हौँ भन्ने कुरा स्वीकार गर्दै तिनीहरू विश्वासमा नै मरे ।
”मोशा हुर्केपछि विश्वासद्वारा नै तिनले फारोकी छोरीको छोरा कहलाइनलाई इन्कार गरे । त्यसको सट्टामा, तिनले पापको क्षणिक सुख भोग्नुभन्दा बरु परमेश्वरका मानिसहरूसँगै दुःख भोग्ने कुरालाई छाने । मिश्रको सम्पत्तिमा भन्दा ख्रीष्टलाई पछ्याउँदा सहनुपर्ने अपमानलाई नै उनले बहुमूल्यको ठाने । कारण उनले आफ्ना आँखालाई इनाममाथि केन्द्रित गराएका थिए । विश्वासद्वारा नै मोशाले मिश्रदेश छोडे । उनी राजाको क्रोधदेखि डराएनन्, किनकि एक जो अदृश्यलाई देखेजस्तै गरी उनले सही रहे ।
”अनि योभन्दा बढी म के भनौँ? यदि मैले गिदोन, बाराक, शिमशोन, यिप्ता, दाऊद, शमूएल र अगमवक्ताहरूको बारेमा भनेँ भने, मलाई समय नै पुग्दैन । विश्वासद्वारा नै तिनीहरूले राज्यहरूलाई जिते; न्यायपूर्ण काम गरे; र प्रतिज्ञाहरू प्राप्त गरे । तिनीहरूले सिंहहरूको मुखलाई बन्द गरिदिए । तिनीहरूले आगोको ज्वालालाई निभाए; तरवारको धारबाट भागे; रोगहरूबाट निको पारिए; युद्धमा शक्तिशाली भए; र विदेशी सेनाहरूलाई भगाए । स्त्रीहरूले आफ्ना मरेकाहरूलाई पुनरुत्थानद्वारा प्राप्त गरे । अरूले अझ उत्तम पुनरुत्थान प्राप्त गर्नलाई तिनीहरूले छुटकारालाई स्वीकार गरेनन् । त्यसैले, तिनीहरूले दण्ड भोगे । अरूहरूले निन्दा, कोर्रा, साङ्ला र कैदजस्ता आदि कुराहरू सहे । तिनीहरूलाई ढुङ्गाले हानियो । तिनीहरूलाई दुई भाग हुने गरी चिरियो । तिनीहरूलाई तरवारले मारियो । तिनीहरूले भेडा र बाख्राको छाला लगाएर हिँड्डुल गर्नुपर्यो र विभिन्न किसिमका दुःख, निर्दयता र अमानवीय कुराहरू सहनुपर्यो । यो संसार तिनीहरूका लागि योग्य थिएन । तिनीहरू मरुभूमि, पहाड, गुफा र जमिनका ओडारहरूतिर तितर-बितर हुनुपर्यो । यहाँसम्म यी सबै मानिसहरू तिनीहरूका विश्वासको कारण परमेश्वरद्वारा प्रमाणित भए, तापनि तिनीहरूले प्रतिज्ञा गरिएका कुराहरू प्राप्त गर्न सकेनन् । हामीविना तिनीहरू सिद्ध नहोऊन् भनी परमेश्वरले हाम्रा लागि अझ उत्तम कुरा अघिबाटै योजना गरिदिनुभएको थियो ।
”यसकारण, हामी यतिका धेरै साक्षीहरूका बादलले घेरिएका हुनाले हर प्रकारका बोझ र हामीलाई सजिलैसित अल्झाउने पापलाई पन्छाऔँ । हाम्रा अघि राखिदिएको दौडलाई धैर्यसाथ दोडौँ । विश्वासका कर्ता र सिद्ध तुल्याउनुहुने येशूमा हामीले हाम्रा आँखा केन्द्रित गरौँ, जसले आफ्नो सामुन्ने राखिएको आनन्दको लागि अपमान सहनुभयो र क्रुसको दुःख भोग्नुभयो, अनि उहाँ परमेश्वरको सिंहासनको दाहिनेपट्टि विराजमान हुनुभएको छ । त्यसैले, पापीहरूबाट उहाँको विरुद्धमा भएका वादविवाद सहनुहुनेलाई विचार गर । त्यसकारण, तिमीहरू आफ्ना हृदयमा शिथिल नहोओ र हरेस नखाओ ।
”तिमीहरूले पापको विरुद्धमा अझसम्म रगत बगाउनुपर्ने अवस्था आएको छैन वा यसको लागि सङ्घर्ष गर्नुपरेको छैन । अनि तिमीहरूलाई छोराहरूसरह उत्साह दिने अर्तीलाई तिमीहरूले भुलेका छौः “हे मेरो छोरा, परमेश्वरको अनुशासनलाई हलुका नसम्झ । जब उहाँद्वारा तिमी सुधारिन्छौ, तब हरेस नखाऊ । किनकि परमप्रभुले जसलाई प्रेम गर्नुहुन्छ ती हरेकलाई अनुशासनमा राख्नुहुन्छ । अनि उहाँले ग्रहण गर्ने हरेक छोरालाई उहाँले दण्ड दिनुहुन्छ ।” कष्टलाई अनुशासनझैँ सहो । परमेश्वरले तिमीहरूसित छोराहरूलाई जस्तै व्यवहार गर्नुहुन्छ । किनकि बाबुले अनुशासन नगरेको कुन छोरा हुन्छ र? तर यदि तिमीहरू अनुशसानविनाका छौ भने तिमीहरू अवैध भयौ, उहाँका छोराहरू भएनौ । यो भन्दा बढी, हामीलाई अनुशासन गर्ने हाम्रा संसारिक बुबाहरू अनुशासनकर्ताका रूपमा थिए, जसलाई हामीले आदर गर्यौँ । यसकारण, के हामीले हाम्रा आत्माका पिताको झन् बढी आज्ञा पालन गर्नुपर्दैन र? किनकि एकातिर, हाम्रा बाबुहरूले केही दिनसम्म हामीलाई अनुशसानमा राखे जुन त्यसो गर्न तिनीहरूलाई उचित लाग्यो । तर अर्कोतिर, हामीले उहाँको पवित्रतालाई बाँड्न सकौँ भनेर परमेश्वरले हाम्रै भलाइका लागि त्यसो गर्नुहुन्छ । यस समयमा कुनै पनि अनुशासन आनन्दको हुँदैन, तर दुःखदायी नै हुन्छ । तथापि जे भए तापनि यसद्वारा तालिम प्राप्त गरेकाहरूका निम्ति भने अन्त्यमा गएर यसले धार्मिकताको शान्तिपूर्ण फल फलाउँदछ ।
”त्यसकारण, लत्रेका हातहरू र र्दुबल घुँडाहरू बलियो बनाओ । आफ्ना खुट्टाका लागि बाटो सिधा बनाओ । त्यसैले, जे लङ्गडो छ, त्यो नखुस्कियोस्, बरु निको होस् ।
”तिमी आफैँ पनि कारागारमा तिनीहरूसँगै बाँधिएजस्तै सम्झना गर । जसले तिनीहरूलाई दुर्व्यवहार गरे तिमी पनि तिनीहरूको शरीरमा भएजस्तै तिनीहरूको सम्झना गर ।
”तिमीहरूका चालचलनलाई रुपियाँ-पैसाको प्रेमबाट अलग राख । तिमीहरूसँग भएका थोकहरूमा सन्तुष्ट होओ । किनकि परमेश्वर आफैँले यसो भन्नुभएको छ, “म तिमीहरूलाई कहिल्यै छोड्नेछैनँ, न त म तिमीहरूलाई त्याग्नेछु ।” हामी सन्तुष्ट होऔँ । त्यसकारण, हामी साहससाथ भन्न सक्छौँ, “परमप्रभु मेरा सहायक हुनुहुन्छ म डराउनेछैनँ । मानिसले मलाई के गर्न सक्छ र?”
”त्यसकारण, येशूले पनि आफ्नै रगतद्वारा मानिसहरूलाई समर्पण गर्नका खातिर सहरको ढोकाबाहिर दुःख भोग्नुभयो । त्यसैले, हामी पनि उहाँसँगै छाउनीबाहिर जाऔँ, र उहाँको निन्दामा सहभागी होऔँ । किनकि हामीसँग यहाँ कुनै स्थायी सहर छैन । बरु, हामी आउनेवाला सहरको प्रतीक्षामा छौँ ।
”त्यसैले, उहाँद्वारा परमेश्वरलाई महिमा दिन हामी सधैँ बलिदान चढाऔँ, उहाँको नाउँलाई थाहा गर्दै महिमा दिनु हाम्रो ओठको फल हो । अनि हामीले एक अर्कालाई भलाइ गर्न र सहायता गर्न नबिर्सौं । किनकि यस्तै बलिदानहरूसँग परमेश्वर अति प्रसन्न हुनुहुन्छ ।
”मेरा भाइहरू हो, तिमीहरूले अनेकौँ किसिमका समस्याहरूको अनुभव गर्दा त्यसलाई पूर्ण रूपमा आनन्द सम्झ, तिमीहरू जान्दछौ, कि तिमीहरूको विश्वासको जाँचले धैर्य उत्पन्न गराउँदछ । धैर्यलाई पूर्ण रूपमा काम गर्न देओ, ताकि तिमीहरू सम्पूर्ण रूपमा सुधारिएको र पूर्ण हुन सक र तिमीहरूमा कुनै कुराको कमी नहोस् ।
”त्यो मानिस धन्यको हो जो परीक्षामा स्थिर रहन्छ । किनभने परीक्षामा सफलता प्राप्त गरिसकेपछि उसले जीवनको मुकुट पाउनेछ, जुन परमेश्वरलाई प्रेम गर्नेहरूका निम्ति प्रतिज्ञा गरिएको छ ।
”भाइहरू हो, प्रभुको नाममा बोल्ने अगमवक्ताहरूको कष्ट र धैर्यबाट एउटा उदाहरण लेओ । हेर, जसले धैर्य धारण गरे हामी तिनीहरूलाई आशिषित मान्छौँ । तिमीहरूले अय्यूबको धैर्यको बारेमा सुनेका छौ, र प्रभु कति धेरै दयालु र कृपालु हुनुहुन्छ भन्ने विषयमा प्रभुको उद्देश्य तिमीहरूलाई थाहा छ ।
”के तिमीहरूका माझमा कसैले कष्ट भोगिरहेको छ? उसले प्रार्थना गरोस् । के कोही आनन्दित छ? उसले प्रशंसाको गीत गाओस् । के तिमीहरूका माझमा कोही बिरामी छ? उसले मण्डलीका एल्डरहरूलाई बोलाओस्, अनि उनीहरूले त्यसलाई प्रार्थना गरून् । प्रभुको नाममा उनीहरूले उसलाई तेलले अभिषेक गरून् । विश्वासको प्रार्थनाले त्यस बिरामी मानिसलाई निको पार्नेछ, र प्रभुले उसलाई माथि उठाउनुहुनेछ । यदि उसले पाप गरेको छ भने, परमेश्वरले उसलाई क्षमा गर्नुहुनेछ । त्यसकारण, एक अर्कामा आफ्ना पापहरू मानिलेओ, र एक अर्काका निम्ति प्रार्थना गर, ताकि तिमीहरू निको हुन सक । धर्मी मानिसको प्रार्थना आफ्नो काममा धेरै शक्तिशाली हुन्छ ।
”अहिले तिमीहरूले विभिन्न किसिमका धेरै कष्टको अनुभव गर्न जरुरी भए तापनि तिमीहरू यसमा रमाउँछौ । तिमीहरूको विश्वास जाँचियोस् भनेर यो भएको हो, जुन विश्वास आगोमा नष्ट भएर जाने सुनभन्दा धेरै बहुमूल्य छ । येशू ख्रीष्ट प्रकट हुनुहुँदा तिमीहरूको विश्वास स्थापित भएर यसले प्रशंसा, महिमा र आदर उत्पन्न गरोस् भनेर यसो भएको हो ।
”किनकि कोही व्यक्तिको विवेक परमेश्वरप्रति भएको कारण उसले असल काम गरे पनि कष्ट सहन्छ भने त्यो परमेश्वरमा प्रशंसनीय कुरो हो । यदि तिमीले पाप गरेर सहन्छौ भने त्यो कुन ठुलो कुरा भयो र? तर यदि तिमीले असल गरेर पनि सहन्छौ भने त्यो परमेश्वरमा प्रशंसनीय हुनेछ । यसैको निम्ति तिमीहरू बोलाइएका थियौ, किनकि तिमीहरूले उहाँका पाइला पछ्याओ भनेर ख्रीष्टले पनि दुःख भोग्नुभयो र तिमीहरूका निम्ति उदाहरण छोड्नुभयो । उहाँले कुनै पाप गर्नुभएन, न उहाँका मुखमा कुनै छलको कुरो पाइयो । उहाँको अपमान हुँदा उहाँले त्यसको बदला लिनुभएन । उहाँले दुःख भोग्नुहुँदा पनि आफैँलाई उचित न्याय गर्नुहुनेकहाँ सुम्पिनुभयो । हामी पापको भागीदार नबनौँ र धार्मिकताको खातिर जिऔँ भनेर उहाँले हाम्रा सबै पाप आफ्नो शरीरमा बोकी क्रुसमा चढ्नुभयो । उहाँका चोटले तिमीहरू निको भएका छौ ।
”तर यदि तिमीहरू धार्मिकताको लागि सताइन्छौ भने तिमी आशिषित् हुनेछौ । तिनीहरू डराउने कुरादेखि तिमीहरू नडराओ । हतास नहोओ ।
”परमेश्वरले इच्छा गर्नुभयो भने तिमीहरूले खराब काम गरेर दुःख भोग्नुभन्दा असल काम गरेर दुःख भोग्नु असल हुन्छ । ख्रीष्टले पनि पापका निम्ति एक पटक दुःख भोग्नुभयो । धर्मी भएर पनि उहाँले हामीलाई परमेश्वरमा ल्याउनको निम्ति हामी अधर्मीहरूका लागि दुःख भोग्नुभयो । उहाँले शारीरिक रूपमा मृत्यु वरण गर्नुभयो, तर उहाँ आत्मामा जीवित पारिनुभयो ।
”यसैकारण, जसरी ख्रीष्टले शरीरमा कष्ट भोग्नुभयो, तिमीहरूले पनि त्यस्तै उद्देश्य धारण गर । जसले शरीरमा कष्ट भोगेको छ उसले पाप गर्न छोडेको हुन्छ ।
”प्रिय हो, तिमीहरूलाई जाँच गर्नको निम्ति कुनै अग्निमय परीक्षा आइपरेमा त्यसलाई अनौठो नसम्झ । तर जति तिमीहरू ख्रीष्टको दुःख भोग्छौ, त्यति रमाओ ताकि उहाँको महिमा प्रकट हुँदा तिमीहरू पनि आनन्द मनाउन सक्नेछौँ । तिमीहरू ख्रीष्टको नाउँको कारण अपमानित भयौ भने तिमीहरू धन्यका हौ, किनकि महिमाका आत्मा र परमेश्वरका आत्मा तिमीहरूमाथि रहनुहुन्छ । तर तिमीहरू कसैले पनि हत्यारा, चोर, खराबी गर्ने अथवा अर्काको कुरामा हात हाल्ने व्यक्तिको रूपमा दुःख भोग्नु नपरोस् । तरै पनि ख्रीष्टियान भएको कारणले कसैले पीडा भोग्छ भने उसले लाज नमानोस्, तर त्यही नाममा परमेश्वरको महिमा गरोस् ।
”त्यसैले परमेश्वरको इच्छामा दुःख भोग्नेहरूले असल काम गर्दै आफ्नो आत्मा सृष्टिकर्तालाई सुम्पून् ।
”सङ्गी-एल्डर र ख्रीष्टका कष्ट अनि प्रकट हुने महिमामा सहभागी भएको व्यक्तिको हैसियतले म तिमीहरूका माझमा भएका एल्डरहरूलाई आग्रह गर्दछु ।
”त्यसकारण, आफैँलाई उहाँको शक्तिशाली बाहुलीमुनि नम्र तुल्याओ, ताकि उहाँले उचित समयमा तिमीहरूलाई उच्च पार्नुभएको होस् । तिम्रा सबै चिन्ता-फिक्री उहाँमा सुम्पिदेओ किनकि उहाँले तिमीहरूको वास्ता गर्नुहुन्छ । सचेत र जागा रहो । तिमीहरूको शत्रु दियाबलस कसैलाई भेटेर निल्नको निम्ति गर्जने सिंहझैँ खोजिरहेको छ । त्यसको विरुद्धमा खडा होओ । तिमीहरूको विश्वासमा दह्रिलो बन । यो जान कि संसारमा भएका तिमीहरूका भाइहरूले पनि यस्तै कष्टहरू भोगिरहेका छन् । तिमीहरूको केही समयको कष्टपछि तिमीहरूलाई ख्रीष्टमा उहाँको महिमामा बोलाउनुहुने सबै अनुग्रहका परमेश्वरले तिमीहरूलाई सिद्ध, स्थापित र बलियो बनाउनुहुनेछ ।
”आफ्नै महिमा र सद्गुणद्वारा हामीलाई बोलाउनुहुने परमेश्वरको ज्ञानद्वारा हामीलाई ईश्वरीय शक्तिको जीवन र धार्मिकताको निम्ति आवश्यक पर्ने सबै कुरा दिइएको छ ।
”त्यसैले, धर्मीहरूलाई परीक्षाबाट कसरी बचाउनुपर्छ र अधर्मीहरूलाई न्यायको दिनमा सजायको निम्ति कसरी तयारी राख्नुपर्छ भन्ने उहाँ जान्नुहुन्छ ।
”प्रिय हो, यो कुरा नभुल कि प्रभुको लागि एक दिन एक हजार वर्ष र एक हजार वर्ष एक दिनझैँ हुन्छ । अरूले सोचेजस्तै परमेश्वर आफ्नो प्रतिज्ञाको बारेमा ढिलो गर्नुहुन्न, तर तिमीहरूको निम्ति उहाँ धैर्यवान् हुनुहुन्छ । उहाँ तिमीहरूमध्ये कोही पनि नाश होस् भन्ने चाहनुहुन्न, तर उहाँले सबैलाई पश्चात्ताप गर्ने समय दिने चाहना गर्नुहुन्छ ।
”मेरा प्रिय बालकहरू हो, तिमीहरू परमेश्वरका हौ, र तिमीहरूले ती आत्माहरूलाई जितेका छौ, किनभने तिमीहरूमा जो हुनुहुन्छ उहाँ संसारमा हुनेभन्दा महान् हुनुहुन्छ ।
”अनि हामीप्रति परमेश्वरले गर्नुभएको प्रेमलाई हामीले जानेका छौँ र विश्वास गरेका छौँ । परमेश्वर प्रेम हुनुहुन्छ र जो प्रेममा रहन्छ, त्यो परमेश्वरमा रहन्छ, र परमेश्वर त्यसमा रहनुहुन्छ । न्यायको दिनमा हामीमा दृढता होस् भनेर यसैमा प्रेम हामीमाझ सिद्ध बनाइएको छ, किनभने उहाँ जस्तो हुनुहुन्छ, हामी यस संसारमा त्यस्तै छौँ । प्रेममा कुनै डर हुँदैन । तर सिद्ध प्रेमले डरलाई हटाउँछ, किनभने डरले दण्डसँग सरोकार राख्छ । तर जो डराउँछ, त्यो प्रेममा सिद्ध बनाइएको हुँदैन ।
”किनकि परमेश्वरबाट जन्मेको हरेकले संसारलाई जित्छ । अनि संसारलाई जित्ने विजय हाम्रो विश्वास हो । येशू नै परमेश्वरका पुत्र हुनुहुन्छ भनी विश्वास गर्नेबाहेक संसारमाथि विजय हासिल गर्ने को हो?
”अनि यदि हामीले उहाँको इच्छाअनुसार कुनै पनि कुरा माग्यौँ भने, उहाँले हाम्रो बिन्ती सुन्नुहुन्छ । उहाँको सामुन्ने हामीसँग भएको दृढता यही हो । अनि यदि हामीले उहाँसँग जे मागे पनि उहाँले हाम्रो बिन्ती सुनुहुन्छ भनी हामी जान्दछौँ भने हामीले उहाँसँग मागेका नम्र-निवेदनहरू हामीसँग छन् भनेर पनि हामी जान्दछौँ ।
”प्रिय, म प्रार्थना गर्छु, कि जसरी तिम्रो प्राणको उन्नति हुन्छ त्यसरी नै तिमीले सबै कुराहरूमा उन्नति गर र स्वस्थ्य होओ ।
”म जीवित छु । म मरेको थिएँ, तर हेर, म सदाका निम्ति जीवित रहन्छु, अनि मृत्यु र पातालका साँचाहरू मसित छन् ।
”मण्डलीहरूलाई आत्माले के भन्नुहुन्छ, जसको कान छ त्यसले सुनोस् । जसले जित्छ, त्यसलाई म जीवनको रुखबाट खाने अनुमति दिनेछु जुनचाहिँ परमेश्वरको स्वर्गलोक हो’ ।”
”“स्मुर्नाको मण्डलीका दूतलाई लेखः ‘जो सुरु र अन्त्य हुनुहुन्छ यी वचनहरू उहाँका हुन्, जो मर्नुभएको थियो र जो फेरि जीवित हुनुभयो । मलाई तिम्रा कष्टहरू र गरिबी थाहा छ, तर तिमी धनी छौ । अनि तिम्रो निन्दा गर्नेहरू जसले आफैलाई यहूदी हुँ भनी दाबी गर्छन्, तर तिनीहरू होइनन्, तिनीहरू त शैतानका सभाघर हुन् । तिमीले भोग्नै लागेको कष्टको बारेमा नडराऊ । हेर! शैतानले तिमीहरूमध्ये केहीलाई जाँच्नको लागि झ्यालखानामा हाल्न आँटेको छ र दस दिनका निम्ति तिमीले कष्ट भोग्नेछौ । मृत्युसम्मै विश्वासयोग्य होऊ र म तिमीलाई जीवनको मुकुट दिनेछु ।
”आत्माले मण्डलीहरूलाई के भन्दै हुनुहुन्छ, जसको कान छ त्यसले सुनोस् । विजय प्राप्त गर्नेलाई दोस्रो मृत्युद्वारा चोट पुर्याइनेछैन’ ।”
”जसको कान छ, त्यसले सुनोस्, आत्माले मण्डलीहरूलाई के भन्दै हुनुहुन्छ । जसले जित्छ, उसलाई म लुकाइएको केही मन्न दिनेछु, र पत्थरमा एउटा नयाँ नाउँ लेखिएको सेतो पत्थर म उसलाई दिनेछु, तर त्यो नाउँ पाउनेले बाहेक अरू कसैले पनि जान्दैन’ ।”
”जसले जित्छ र अन्त्यसम्म मैले गरेका काम जसले गर्छ, उसलाई म जाति-जातिहरूमाथि अधिकार दिनेछु । कुमालेका माटाका भाँडाहरूलाई उसले टुक्रा-टुक्रा पारेजस्तै उसले फलामको छडीले तिनीहरूमाथि शासन गर्नेछ । मैले मेरा पिताबाट प्राप्त गरेजस्तै उसलाई म बिहानको तारा दिनेछु । जसको कान छ उसले सुनोस्, आत्माले मण्डलीहरूलाई के भन्दै हुनुहुन्छ’ ।”
”जसले जित्छ, उसलाई सेतो वस्त्र पहिराइनेछ, र जीवनको पुस्तकबाट म उसको नाउँ कहिल्यै मेटाउनेछैन, अनि म मेरा पिता र उहाँका स्वर्गदूतहरूका सामु उसको नाउँ घोषणा गर्नेछु । आत्माले मण्डलीहरूलाई के भन्दै हुनुहुन्छ, जसको कान छ, उसले सुनोस्’ ।”
”जसले जित्छ त्यसलाई म मेरा परमेश्वरको मन्दिरमा एउटा खाँबो बनाउनेछु र ऊ यसबाट कहिल्यै बाहिर जानेछैन । उसमाथि मेरा परमेश्वरको सहरको नाउँ, मेरा परमेश्वरको नाउँ, अनि मेरो नयाँ नाउँ म लेखिदिनेछु । मण्डलीहरूलाई आत्माले के भन्दै हुनुहुन्छ, जसको कान छ उसले सुनोस्’ ।”
”जसले जित्छ, उसलाई मेरो सिंहासनमा मसँग बस्नलाई अधिकार दिनेछु, जसरी मैले पनि जितेँ र त्यसरी नै म पनि मेरा पितासँग उहाँको सिंहासनमा बसेको छु । मण्डलीहरूलाई आत्माले के भन्दै हुनुहुन्छ, जसको कान छ उसले सुनोस् ।”
”अनि मैले उहाँलाई भनेँ, “हजुर, तपाईंलाई नै थाहा छ,” र उहाँले मलाई भन्नुभयो, “यिनीहरू नै हुन् जो महासङ्कष्टबाट आएका हुन् । तिनीहरूले आफ्ना वस्त्रहरू थुमाका रगतमा धोएर सेता बनाएका छन् । यसैकारणले गर्दा, तिनीहरू परमेश्वरको सिंहासनको अगाडि छन्, अनि उहाँको मन्दिरमा तिनीहरूले दिनरात उहाँको आराधना गर्दछन् । सिंहासनमा विराजमान हुनुहुनेले तिनीहरूमाथि आफ्नो पाल फैलाउनुहुनेछ । तिनीहरू फेरि भोकउनेछैनन्, न त तिनीहरू फेरि तिर्खाउनेछन् । सूर्यको ताप तिनीहरूमाथि पर्नेछैन, न त कुनै तापले तिनीहरूलाई जलाउनेछ । किनकि सिंहासनका माझमा हुनुहुने थुमा तिनीहरूका गोठालो हुनुहुनेछ, अनि उहाँले तिनीहरूलाई जिउँदो पानीको मुहानतिर डोर्याउनुहुनेछ, र परमेश्वरले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ ।”
”तिनीहरूले त्यसलाई थुमाको रगतद्वारा र वचनको साक्षीद्वारा जिते, किनकि तिनीहरूले मृत्युसम्मै पनि आफ्नो जीवनलाई प्रेम गरेनन् ।
”पवित्रहरूको धैर्यका निम्ति यहाँ एउटा बोलावट छ, जसले परमेश्वरको आज्ञा पालन गर्दछन् र येशूमा विश्वास राख्छन् ।” मैले स्वर्गबाट यसो भनेको एउटा सोर सुनेँ, “यो लेखः प्रभुमा मर्नेहरू धन्यका हुन् ।” “हो,” आत्मा भन्नुहुन्छ, “ताकि तिनीहरूले आफ्नो परिश्रमबाट विश्राम पाउन सकून्, किनकि तिनीहरूका कामले तिनीहरूलाई पछ्याउनेछन् ।”
”त्यसैमा अगमवक्ताहरू र विश्वासीहरूको रगत र पृथ्वीमा मारिएकाहरू सबैको रगत भेटिएको थियो ।”
”अनि मैले सिंहासनहरू देखेँ । त्यसमाथि बस्नुहुनेलाई न्याय गर्ने अधिकार दिइएको थियो । मैले परमेश्वरको वचन र येशूको गवाहीका निम्ति शिर काटिएका आत्माहरूलाई पनि देखेँ । तिनीहरूले पशु वा मूर्तिहरूलाई आराधना गरेनन्, र तिनीहरूले आफ्नो निधारमा वा हातमा छाप लगाउनलाई इन्कार गरे । तिनीहरू जीवित भए, र येशूसँगै एक हजार वर्षसम्म राज्य गरे ।
”उहाँले तिनीहरूका आँखाबाट आँशुका हरेक थोपा पुछिदिनुहुनेछ, र त्यहाँ कुनै मृत्यु हुनेछैन, वा शोक वा विलौना वा कष्ट पनि हुनेछैन । पहिलेका थोकहरू बितेर गएका छन् । सिंहासनमा विराजमान हुनुहुनेले भन्नुभयो, “हेर, म सबै कुरा नयाँ बनाउनेछु ।” उहाँले भन्नुभयो, “यो लेख किनभने यी वचनहरू भरोसायोग्य र सत्य छन् ।” उहाँले मलाई भन्नुभयो, “यी कुराहरू सिद्धिएका छन् । म नै अल्फा र ओमेगा, सुरु र अन्त्य हुँ । जो तिर्खाउँछ उसलाई म सित्तैँमा जीवनको पानी मुहानबाट पिउन दिनेछु । जसले विजय प्राप्त गर्छ, त्यसले यी कुराहरूमाथि उत्तराधिकार गर्नेछ, र म त्यसको परमेश्वर हुनेछ, र ऊ मेरो छोरा हुनेछ ।
”