32 – शहादत

यी सर्वशक्तिमान परमेश्वरका पवित्र वचनहरू हुन्।
हामी मानिसका शब्दहरूमा चासो राख्दैनौं।
परमेश्वरलाई प्रेम गर्ने जो कोहीका लागि... परमेश् वर यसो भन् नुहुन्छ: शहादत.

शीर्ष ३ सबैभन्दा महत्वपूर्ण श्लोकहरू

साँचो, साँचो म तिमीहरूलाई भन्दछु, गहुँको दाना जबसम्म माटोमा झरेर मर्दैन, यो आफैँ एकलो रहन्छ, तर यदि त्यो मर्छ भने यसले धेरै फल फलाउनेछ । जसले आफ्नो जीवनलाई प्रेम गर्छ त्यसले त्यो गुमाउनेछ, तर जसले यस संसारमा आफ्नो जीवनलाई घृणा गर्छ त्यसले यो अनन्त जीवनको लागि जोगाइराख्‍नेछ । यदि कसैले मेरो सेवा गर्छ भने, त्यसले मलाई पछ्याओस्, र म जहाँ हुन्छु त्यहाँ मेरो सेवक पनि हुनेछ । यदि कसैले मेरो सेवा गर्छ भने पिताले त्यसको आदर गर्नुहुनेछ ।

तिनीहरूले तिमीहरूलाई सभाघरबाट बाहिर निकाल्नेछन् । तर यस्तो समय आउँदै छ कि तिमीहरूलाई मार्ने हरेकले तिनीहरूले परमेश्‍वरको सेवा गरिरहेका छन् भनी ठान्‍नेछन् । तिनीहरूले यी कुराहरू गर्नेछन्, किनकि तिनीहरूले न त पितालाई न मलाई नै चिनेका छन् । मैले तिमीहरूलाई यी कुराहरू भनेको छु, ताकि त्यो घडी आउँदा मैले तिमीहरूलाई तिनीहरूको बारेमा भनेको कुरा तिमीहरूले सम्झन सक । मैले तिमीहरूलाई यी कुराहरू पहिले नै भनिनँ, किनकि म तिमीहरूसँगै नै थिएँ ।

जब थुमाले पाँचौ छापलाई खोल्‍नुभयो, तब वेदीको मुनि परमेश्‍वरको वचन र तिनीहरूको गवाहीका खातिर मारिएका आत्माहरूलाई मैले देखेँ । तिनीहरूले चर्को सोरमा कराए, “सबैमाथिका शासक, पवित्र र साँचो, कहिलेसम्म तपाईंले हाम्रो रगतको बदला लिनुहुन्‍न र पृथ्वीमा बाँचिरहेकाहरूको न्याय गर्नुहुन्‍न?” तब तिनीहरू हरेकलाई एउटा सेतो वस्‍त्र दिइयो, अनि तिनीहरूका सहकर्मी सेवकहरू र तिनीहरूका दाजुभाइहरू र दिदी-बहिनीहरू तिनीहरूजस्तै जो मारिएर सङ्ख्यामा पूर्ण नभएसम्म तिनीहरूलाई पर्खनू भनियो ।

क्यानोनिकल अर्डरमा प्रत्येक पद - 322 खण्डहरू

समय बित्दै जाँदा कयिनले तिनको जमिनको उब्जनीबाट केही परमप्रभुकहाँ भेटीको रूपमा ल्याए । हाबिलको हकमा तिनले बगालका पहिले जन्मेकाहरू र केही बोसे भागहरू ल्याए । परमप्रभुले हाबिल र तिनका भेटीलाई ग्रहण गर्नुभयो, तर कयिन र तिनका भेटीहरूलाई उहाँले ग्रहण गर्नुभएन । यसैले कयिन साह्रै रिसाए र तिनले रिस देखाए । परमप्रभुले कयिनलाई भन्‍नुभयो, “तँ किन रिसाउँछस् र तैँले किन रिस देखाउँछस्? यदि तैँले जे ठीक छ सो गरिस् भने, के तँलाई ग्रहण गरिनेछैन र? तर यदि तैले जे ठीक छ सो गर्दैनस भने त पाप तेरो ढोकैमा ढुक्छ र तँलाई अधिन गर्न इच्छा गर्छ, तर तैँले अधिन गर्नैपर्छ ।” कयिनले आफ्ना भाइ हाबिललाई भने । अनि तिनीहरू खेतमा हुँदा कयिननले आफ्‍ना भाइ हाबिलमाथि आक्रमण गरे र तिनलाई मारे । अनि परमप्रभुले कयिनलाई भन्‍नुभयो, “तेरो भाइ हाबिल कहाँ छ?” तिनले भने, “मलाई थाहा छैन । के म मेरो भाइको गोठालो हुँ र?” परमप्रभुले भन्‍नुभयो, “तैँले यो के गरिस्? तेरो भाइको रगतले जमिनबाट मलाई पुकारिरहेको छ ।

यी कुराहरूपछि परमेश्‍वरले अब्राहामको जाँच गर्नुभयो । उहाँले तिनलाई भन्‍नुभयो, “ए अब्राहाम!” अब्राहमले भने, “म यहीँ छु ।” त्यसपछि परमेश्‍वरले भन्‍नुभयो, “तैँले माया गर्ने तेरो छोरो इसहाकलाई लिएर मोरीयाहको देशमा जा । त्यहाँको कुनै एक डाँडामा त्यसलाई होमबलि गर्‌, जुन म तँलाई बताउनेछु ।” त्यसैले अब्राहाम बिहानै उठेर गधामा काठी कसे, अनि आफ्‍ना दुई जवान मानिसहरू र आफ्‍नो छोरो इसहाकलाई साथमा लिए । उनले होमबलिको निम्‍ति दाउरा चिरे, त्यसपछि परमेश्‍वरले तिनलाई भन्‍नुभएको ठाउँतर्फ यात्रा सुरु गरे । तेस्रो दिन अब्राहामले माथि हेरे र टाढा त्‍यो ठाउँ देखे । अब्राहामले आफ्‍ना जवान मानिसहरूलाई भने, “तिमीहरू गधासँग यहीँ बस, अनि म र यो केटो त्यहाँ जानेछौँ । हामी पूजा गर्नेछौँ र तिमीहरूकहाँ फेरि फर्केर आउनेछौँ ।” त्यसपछि अब्राहामले होमबलिको निम्ति दाउरा लिए र आफ्‍नो छोरो इसहाकलाई बोकाए । उनले आगो र छुरी आफ्‍नो हातमा लिए अनि ती दुवै जना सँगसँगै गए । इसहाकले आफ्‍ना पिता अब्राहामलाई भने, “बुबा,” अनि तिनले भने, “म यहीँ छु, मेरो छोरा ।” त्‍यसले भन्‍यो, “आगो र दाउरा त यहाँ छन्, तर होमबलिको लागि थुमाचाहिँ खोइ?” अब्राहामले भने, “मेरो छोरा, परमेश्‍वरले नै होमबलिको निम्‍ति थुमा जुटाइदिनुहुनेछ ।” अनि ती दुवै सँगसँगै गए । परमेश्‍वरले तिनलाई भन्‍नुभएको ठाउँमा पुगेपछि अब्राहामले त्‍यहाँ एउटा वेदी बनाएर दाउरा राखे । त्‍यसपछि तिनले आफ्‍नो छोरो इसहाकलाई बाँधेर वेदीमा दाउरामाथि राखे । अब्राहामले आफ्‍नो छोरालाई मार्न छुरी उठाए । त्यसपछि परमप्रभुका एक जना दूतले स्‍वर्गबाट तिनलाई भने, “ए अब्राहाम, अब्राहाम!” तिनले भने, “म यहीँ छु ।” उनले भने, “तेरो हात त्‍यस केटामाथि नउठा, न त त्‍यसलाई केही गर, आफ्‍नो एक मात्र छोरालाई पनि मबाट तैंले रोकेर राखिनस्‌ भन्‍ने देखेर तैँले परमेश्‍वरको भय मान्दोरहेछस् भनी मैले अब थाहा पाएँ ।” अब्राहामले माथितिर हेरे र एउटा भेडा झाडीमा सीङ अल्‍झेर फसेको देखे । अब्राहामले गएर त्‍यस भेडालाई ल्‍याए, र तिनका छोराको सट्टामा त्‍यसैलाई होमबलि चढाए ।

त्यसैले सबैलाई खुवाउन तिनीहरूले पर्याप्‍त मासु तयार गर्नुपर्छ । तिमीहरूको थुमा वा पाठो खोटरहित हुनुपर्छ र यो एक वर्षको हुनुपर्छ । तिमीहरूले भेडा वा बाख्राहरूबाट त्यो लिनू ।

कसैको हत्या नगर्नू ।

के मैले तँलाई आज्ञा गरेको होइनँ र? बलियो र साहसी हो । नडरा । निराश नहो । तँ जहाँ गए पनि परमप्रभु परमेश्‍वर तँसँग हुनुहुन्छ ।

राजाले तिनका वरिपरि खडा बएका अङ्गरक्षकलाई भने, “फर्क र परमप्रभुको पुजारीहरूलाई मार् । किनभने तिनीहरूका हात पनि दाऊदसँगै छन्, र किनभने तिनी भागेका थिए भनी तिनीहरूले थाहा पाए, तर त्‍यो कुरा मलाई प्रकट गरेनन् ।” तर राजाका सेवकहरूले परमप्रभुको पुजारीहरूलाई मार्नलाई आफ्‍ना हात हालेनन् । तब राजाले दोएगलाई भने, “फर्की र पुजारीहरूलाई मार् ।” त्यसैले एदोमी दोएग फर्के र पुजारीहरूलाई आक्रमण गरे । त्यस दिन एपोद लाउने पचासी जना मानिसहरूलाई उसले मार्‍यो । उसले पुजारीहरूको सहर नोबलाई पनि तरवारले आक्रमण गर्‍यो । पुरुष र स्‍त्री, बालक र दूधे बालक, गोरुहरू र गधाहरू र भेडाहरू सबैलाई उसले तरवारले मार्‍यो ।

किनकि ईजेबेलले परमप्रभुका अगमवक्ताहरूलाई मार्दा ओबदियाले एक सय अगमवक्तालाई लिएर तिनीहरूलाई पचास-पचास गरी एउटा गुफामा लुकाई तिनीहरूलाई रोटी र पानी खुवाएका थिए ।

एलियाले जवाफ दिए, “सर्वशक्तिमान् परमप्रभुको निम्ति म साह्रै जोसिलो भएको छु, किनकि इस्राएलीहरूले तपाईंको करार उल्लङ्घन गरेका छन्, तपाईंका वेदीहरू भत्काइदिएका छन्, र तपाईंका अगमवक्ताहरूलाई तरवारले मारेका छन् । अब म एकलै छाडिएको छु, र तिनीहरूले मेरो प्राण लिन खोज्दै छन् ।”

परमप्रभु र उहाँका शक्तिको खोजी गर । निरन्‍तर उहाँको उपस्‍थिति खोज ।

यहोयादाका छोरा जकरिया पुजारीमाथि परमेश्‍वरका आत्मा आउनुभयो । जकरिया मानिसहरूका सामु खडा भए र तिनीहरूलाई भने, “परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘तिमीहरू किन परमप्रभुका आज्ञा उल्लङ्घन गर्छौ, जसले गर्दा तिमीहरूले उन्‍नति गर्न सक्दैनौ? तिमीहरूले परमप्रभुलाई त्यागेका हुनाले उहाँले पनि तिमीहरूलाई त्याग्‍नुभएको छ ।” तर तिनीहरूले तिनको विरुद्धमा षड्यन्त्र रचे । राजाको हुकुम पाएर तिनीहरूले परमप्रभुका मन्दिरको चोकमा ढुङ्गा हानेर तिनलाई मारे ।

तब तिनीहरू अनाज्ञाकारी बने, र तिनीहरूले तपाईंको विरुद्धमा विद्रोह गरे । तिनीहरूले तपाईंको व्यवस्थालाई पिठिउँ फर्काए । तिनीहरूले तपाईंका अगमवक्ताहरूलाई मारे जसले तिनीहरूलाई तपाईंकहाँ फर्कन चेताउनी दिएका थिए । तिनीहरूले ठुलो ईश्‍वर-निन्दा गरे ।

तब अय्यूब उठे, आफ्नो लुगा च्याते, कपाल खौरे, भुइँमा घोप्‍टो परे र परमेश्‍वरको आराधना गरे । तिनले भने, “मेरी आमाको गर्भबाट निस्कँदा म नाङ्गै थिएँ, र म त्‍यहाँ फर्केर जाँदा पनि नाङ्गै हुनेछु । परमप्रभुले दिनुभयो, र परमप्रभुले नै लानुभएको छ । परमप्रभुको नाउँको धन्य होस् ।”

हेर्नुहोस्, उहाँले मलाई मार्नुहुन्‍छ भने, ममा कुनै आशा बाँकी रहनेछैन । तापनि उहाँको सामु म आफ्‍ना मार्गको बचाउ गर्नेछु ।

तर मेरो बारेमा, मेरा उद्धारक जिउँदो हुनुहुन्छ, र अन्त्यमा उहाँ पृथ्वीमा खडा रहनुहुनेछ । मेरो शरीरको छाला, अर्थात् शरीर पूरै गलेपछि, मेरो शरीरमा नै म परमेश्‍वरलाई देख्‍नेछु । मेरा आफ्नै आँखाले— अरू कसैको होइन म आफैंले उहाँलाई देख्‍नेछु । मेरो हृदय मभित्रै विह्वल बन्छ ।

तर म हिंड्‍ने बाटो उहाँलाई थाहा छ । जब उहाँले मलाई जाँच्नुहुन्‍छ, तब म खारिएको सुनझैं हुनेछु । मेरो खुट्टाले उहाँका पाइला पक्‍का गरी पछ्याएको छ । म उहाँको मार्गमा हिंडेको छु, र यताउता फर्केको छैनँ ।

जातिहरूले किन कोलाहल मच्‍चाउँछन् र मानिसहरूले किन असफल हुने षड्यान्त्र रच्छन्? पृथ्वीका राजाहरू एकसाथ मिलेर साँठगाँठ गर्छन् अनि परमप्रभु र उहाँको अभिषिक्‍त जनको विरुद्धमा शासकहरू यसो भनेर षड्यान्त्र रच्‍छन्, “तिनीहरूले हामीलाई लगाएका हतकडीहरू हामी तोडौं र तिनीहरूका साङ्लाहरू फालौं ।” स्वर्गमा विराजमान हुनुहुनेचाहिं तिनीहरूलाई उपहास गर्नुहुन्छ । परमप्रभुले तिनीहरूलाई खिसी गर्नुहुन्छ ।

तर तपाईंमा शरण लिनै सबै जना आनन्दित होऊन् । तिनीहरू आनन्दले कराऊन् किनभने तपाईंले तिनीहरूको सरक्षा गर्नुहुन्छ । तपाईंको नाउँ मन पराउनेहरू तपाईंमा आनन्दित होऊन् ।

हर समय म परमप्रभुलाई नै मेरो सामु राख्छु, त्यसरी म उहाँको दाहिने हातबाट डग्‍नेछैन । यसकारण मेरो हृदय खुसी छ । मेरो महिमा आनन्‍दित छ । निश्‍चय नै म सुरक्षामा जिउनेछु । किनकि तपाईंले मरो प्राणलाई चिहानमा त्यग्‍नुहुनेछैन । तपाईंले आफ्नो विश्‍वासयोग्यलाई खाडल देख्‍न दिनुहुन्‍न । तपाईंले मलाई जीवनको बाटो सिकाउनुहुन्‍छ । तपाईंको उपस्थितिमा प्रशस्‍त आनन्दले वास गर्छ, तपाईंको दाहिने हातमा खुसी सदासर्वदा रहन्‍छ ।”

मेरो बारेमा, म धार्मिकतामा तपाईंको मुहार हेर्नेछु । तपाईंको दृष्‍टिमा म ब्युँझँदा, म सन्तुष्‍ट हुनेछु ।

उहाँले मेरो जीवनलाई पुनर्जीवित पार्नुहुन्छ । उहाँले आफ्‍नो नाउँको खातिर मलाई ठिक बाटो देखाउनुहुन्छ । मैले निस्‍पट्ट अँध्‍यारो छायाको बेसीमा हिंड्‍नुपर्दा पनि, हानिसँग म डराउनेछैन किनभने तपाईं मसँग हुनुहुन्छ । तपाईंको लट्ठी र तपाईंको लौरोले मलाई सान्त्वना दिन्छन् ।

परमप्रभु मेरो ज्योति र मेरो उद्धार हुनुहुन्छ । म कोसँग डराउनु? परमप्रभु मेरो जीवनको शरणस्थान हुनुहुन्छ । म कोसँग त्रसित हुनु? जब खराबी गर्नेहरू मेरो मासु खान नजिक आए, तब मेरा वैरीहरू र मेरा शत्रुहरूले ठेस खाए र ढले । फौजले मेरो विरुद्ध शिविर हाले तापनि, मेरो हृदय डराउने छैन । मेरो विरुद्धमा युद्ध भए तापनि म दृढ रहनेछु । मैले परमप्रभुसित एउटा कुरा मागेको छु र म त्यो खोज्‍नेछुः परमप्रभुको सुन्दरता हेर्न, र उहाँको मन्दिरमा मनन गर्न, मेरो जीवनका सारा दिन म परमप्रभुको मन्‍दिरमा बस्‍न सकूँ । किनकि कष्‍टको दिनमा उहाँले मलाई आफ्‍नो छहारीमा लुकाउनुहुनेछ । उहाँको आफ्‍नो पालको कभरभित्र मलाई लुकाउनुहुनेछ । उहाँले मलाई चट्टानमाथि उच्‍च पार्नुहुनेछ ।

ए धर्मीहरू हो, परमप्रभुमा खुसी होओ र आनन्‍दित होओ । सोझो हृदय हुनेहरू सबै जना आनन्दले कराओ ।

दुष्‍ट मानिसले धर्मीको विरुद्धमा षड्यन्त्र गर्छ र त्यसले उनको विरुद्ध दाह्रा किट्छ । परमप्रभु त्‍योमाथि हाँस्‍नुहुनेछ, किनकि त्यसको दिन आइरहेको उहाँले देख्‍नुहुन्छ । थिचोमिचोमा परेका र दरिद्रहरूलाई ढाल्न, सोझाहरूलाई मार्न दुष्‍टहरूले आफ्‍ना तरवारहरू थुतेका छन् र आफ्‍ना धनुमा ताँदो चढाएका छन् । तिनीहरूका तरवारहरूले तिनीहरूका आफ्‍नै हृदयहरू छेड्नेछन् र तिनीहरूका धनुहरू भाँचिनेछन् ।

वस्तवमा, तपाईंकै खातिर हामी दिनभरि मारिंदैछौं । मार्न लगिएका भेडाहरूझै हामी ठानिएका छौं ।

परमेश्‍वर हाम्रो शरणस्थान र बल, दुःखको समयमा तुरुन्‍तै पाउन सकिने मदत हुनुहुन्छ । यसकारण, पृथ्वी बद्‍लिए पनि, पर्वतहरू हल्‍लाएर समुद्रको पिंधमा खसाइए पनि, हामी डराउँनेछैनौं ।

किनकि यही परमेश्‍वर सदासर्वदा हाम्रा परमेश्‍वर हुनुहुन्छ । मृत्युसम्म नै हामीलाई बाटो देखाउने उहाँ नै हुनुहुन्छ ।

आफ्‍ना बोझहरू परमप्रभुमा राख र उहाँले तिमीलाई सम्हाल्नुहुनेछ । उहाँले धर्मी मानिसलाई कहिल्यै पनि डग्‍न दिनुहुन्‍न ।

तर हे परमप्रभु, तपाईं तिनीहरूमाथि हाँस्‍नुहुन्छ । तपाईंले सबै जातिहरूलाई उपहास गर्नुहुन्छ । हे परमेश्‍वर, मेरो बल, म तपाईंमा नै ध्यान दिनेछु । तपाईं मेरो अग्लो धरहरा हुनुहुन्छ । मेरो परमेश्‍वरले मलाई उहाँको करारको विश्‍वस्‍ततासहित भेट्नुहुनेछ । परमेश्‍वरले मेरा शत्रुहरूमाथि मेरो इच्छा देख्‍न मलाई दिनुहुनेछ ।

जब आफ्‍नो ओछ्यानमा तपाईंको बारेमा म विचार गर्छु र रातको समयमा तपाईंमा ध्‍यान गर्छु । किनकि तपाईं मेरो सहायता हुनुभएको छ र म तपाईंको पखेटाहरूको छायामा आनन्‍दित हुनेछु । तपाईंसँग म टाँसिन्‍छु । तपाईंको दाहिने हातले मलाई सहारा दिन्छ । तर मलाई नष्‍ट गर्न खोज्‍नेहरू पृथ्वीको सबैभन्दा तल्लो भागहरूमा जानेछन्,

तर धर्मीहरू खुसी होऊन् । तिनीहरू परमेश्‍वरको सामु ज्‍यादै खुसी होऊन् । तिनीहरू आनन्‍दित होऊन् र खुसी होऊन् । परमेश्‍वरको स्तुति गाओ । उहाँको नाउँको स्तुति गाओ । यर्दन नदीको बेसीको मैदानमा सवार हुनुहुनेको निम्‍ति स्तुति गाओ । उहाँको नाउँ परमप्रभु हो । उहाँको सामु आनन्‍दित होओ ।

तापनि म सधैं तपाईंसँगै छु । तपाईंले मेरो दाहिने हात समात्‍नुहुन्‍छ । तपाईंले मलाई आफ्‍नो सल्लाहले मार्गदर्शन गर्नुहुनेछ र पछि मलाई महिमामा ग्रहण गर्नुहुनेछ । स्वर्गमा तपाईंबाहेक मेरो को छ र? पृथ्‍वीमा मैले इच्‍छा गर्ने तपाईंबाहेक अरू कोही छैन । मेरो शरीर र मेरो मुटु कमजोर हुन्छन्, तर परमेश्‍वर नै सदासर्वदा मेरो हृदयको बल हुनुहुन्छ ।

ती मानिसहरू धन्य हुन् जसले तपाईंको आराधना गर्छन्! हे परमप्रभु, तिनीहरू तपाईंको मुहारको प्रकाशमा हिंड्छन् । तिनीहरू तपाईंको नाउँमा दिनभरि रमाउँछन् र तपाईंको धार्मिकतामा तिनीहरूले तपाईंलाई उचाल्छन् ।

जो सर्वोच्‍चको छत्रछायामा बस्‍छ, त्यो सर्वशक्तिमान्‌को छायामा रहनेछ ।

हे परमेश्‍वर, स्वर्गभन्दा माथि उच्‍च हुनुहोस् र सारा पृथ्वीभरि तपाईंको महिलाई उच्‍च पारियोस् ।

परमप्रभुले सोझोलाई रक्षा गर्नुहुन्छ । म तल झारिएको थिएँ र उहाँले मलाई बचाउनुभयो । मेरो प्राण आफ्‍नो विश्रामको ठाउँमा फर्कन सक्छ, किनकि परमप्रभु मेरो निम्ति असल हुनुभएको छ । किनकि मेरो जीवनलाई मृत्‍युबाट, मेरा आँखाहरूबाट आँशु झर्नबाट र मेरा खुट्टाहरूलाई ठेस खानबाट तपाईंले बचाउनुभयो । म जीवितहरूको देशमा परमप्रभुको सेवा गर्नेछु ।

परमप्रभुको दृष्‍टिमा उहाँका सन्‍तहरूका मृत्यु बहुमूल्य हुन्छ ।

विजयमा धर्मीहरू आनन्‍दि होऊन् । तिनीहरू आ-आफ्ना ओछ्यानमा आनन्दका गीत गाऊन् ।

तेरो सारा हृदयले परमप्रभुमाथि भरोसा राख्, र तेरो आफ्नै समझशक्तिमा भर नपर् ।

महङ्गो अत्तरभन्दा असल नाउँ उत्तम हुन्छ, र जन्मको दिनभन्दा मृत्युको दिन राम्रो हुन्छ ।

उहाँले मृत्युलाई सदाको निम्ति निल्नुहुनेछ, र परमप्रभु परमेश्‍वरले सबैको मुहारको आँसु पुछ्नुहुनेछ । उहाँले आफ्‍ना मानिसहरूको अपमानलाई सबै पृथ्वीबाट हटाउनुहुनेछ, किनकि यो परमप्रभुले भन्‍नुभएको छ ।

तपाईंका मृतहरू जीवित हुनेछन् । तिनीहरूका मृत शरीरहरू जीवित हुनेछन् । ए धूलोमा बस्‍नेहरू हो, उठ र आनन्दको गीत गाओ । किनकि तपाईंको शीत बिहानको शीत हो, अनि पृथ्वीले आफ्‍ना मृतकहरूलाई ल्याउनेछ ।

परमप्रभुले मोल तिरेर छटकारा दिनुभएकाहरू फर्किनेछन् र गाउँदै सियोनमा आउनेछन्, अनि तिनीहरूको शिरमा अनन्तको आनन्द हुनेछ । खुसी र आनन्दले तिनीहरूमा वास गर्नेछ । कष्‍ट र सुस्‍केरा भाग्‍नेछ ।

ए आकाश गाओ र ए पृथ्वी आनन्दि होओ । ए पर्वतहरू, गीत गाओ! किनकि परमप्रभुले आफ्ना मानिसहरूलाई सान्त्वना दिनुहुन्छ र उहाँका कष्ठमा परेकाहरूलाई दया गर्नुहुनेछ ।

मलाई पिट्नेहरूलाई मैले आफ्‍नो ढाड र मेरा दाह्री उखेल्‍नेहरूलाई आफ्‍ना गाला दिएँ । लाज र थुकाइका कामहरूबाट मैले आफ्‍नो मुख लुकाइन । किनकि परमप्रभु परमेश्‍वरले मलाई सहायता गर्नुहुनेछ । यसकारण म अपमानित भएको छैन । त्यसैले मैले आफ्‍नो मुहार चक्मक ढुङ्गाझैं बनाएको छु, किनकि म लाजमा पर्दिनँ भनी म जान्दछु ।

परमप्रभुले मोल तिरेर छुटाउनुभएकाहरू फर्किनेछन् र आफ्‍ना शिरहरूमा सदाको निम्ति आनन्द र खुसीको सोर लिएर सियोनमा आउनेछन् । अनि खुसी र आनन्दले तिनीहरूलाई उछिन्‍नेछ, र कष्‍ट र शोक भाग्‍नेछन् ।

मानिसहरूद्वारा उसलाई घृणा र तिरस्‍कार गरियो । दुखको मानिस र कष्‍टसँग परिचित । त्‍यस्‍तो जसबाट मानिसहरूले आफ्‍ना अनुहार लुकाउँछन्, उसलाई घृणा गरियो । अनि हामीले उसलाई तुच्‍छ ठान्यौं । तर निश्‍चय नै उसले हाम्रा रोगहरू बोकेको र हाम्रा कष्‍टहरू उठाएको छ । तापनि हामीले उसलाई परमेश्‍वरद्वारा दण्ड दिइएको, परमेश्‍वरद्वारा हिर्काइएको र कष्‍टमा परेको ठान्यौं । तर हाम्रा विद्रोहपूर्ण कामहरूका कारणले उसलाई घोचिएको थियो । हाम्रा पापहरूका कारणले उसलाई पेलिएको थियो । हाम्रो शान्तिको निम्ति उसमाथि दण्ड पर्‍यो र उसका घाउहरूले हामी निको भएका छौं । हामी सबै बह्रालिएका भेडाहरूजस्ता छौं । हामी प्रत्‍येक आ-आफ्नै मार्गतिर लागेका छौं र परमप्रभुले हामी सबैको अधर्म उसमाथि राख्‍नुभएको छ । उसलाई अत्याचार गरियो । तापनि उसले आफूलाई होच्याउँदा, उसले आफ्नो मुख खोलेन । जसरी मार्नलाई लगिएको थुमा र ऊन कत्रनेहरूका सामु भेडा चुपचाप बस्‍छ, त्‍यसरी उसले आफ्नो मुख खोलेन । जबर्जस्ती र इन्साफद्वारा उसलाई दोषी ठहर गरियो । त्यस पुस्ताबाट कसले उसको बारेमा विचार गर्‍यो र? तर उसलाई जीविहरूको देशबाट अलग गरियो । मेरा मानिसहरूले अपराधहरू गरेका कारणले उसलाई दण्‍ड दिइयो । उसले कुनै हिंसा गरेका थिएन, न त उसको मुखमा कुनै छल नै थियो, तापनि अपराधीहरूसँगै तिनीहरूले उसको चिहान बनाए । उसको मृत्युमा एक जना धनी मानिस थियो । तापनि उसलाई धुलो पार्ने र उसलाई बिरामी पार्ने परमप्रभुकै इच्छा थियो । जब उसले आफ्नो जीवनलाई पापको निम्ति बलिदान बनाउँछन्, उसले आफ्ना सन्तानहरू देख्‍नेछ, उसले आफ्‍नो समय बढाउनेछ र उसैद्वारा परमप्रभुको उद्देश्य पुरा हुनेछ । उसको जीवनको कष्‍टपछि उसले ज्योति देख्‍नेछ र आफ्‍नो ज्ञानद्वारा सन्तुष्‍ट हुनेछ । मेरो धर्मिक सेवकले धेरै जनालाई निर्दोष ठहराउनेछ । उसले तिनीहरूको अधर्म बोक्‍नेछ । यसकारण म भीडहरूका माझमा उसको भाग उसैलाई दिनेछु, उसले धेरै जनासित लूटको माल बाँड्नेछ, किनभने उसले आफूलाई मृत्युमा हाल्यो र अपराधीहरूसँगै गनियो । उसले धेरै जनाको पाप बोक्यो र अपराधीहरूका निम्ति मध्‍यस्‍थ-बिन्ती गर्‍यो ।

किनकि तिमीहरू आनन्दमा जानेछौ र शन्तिसित डोर्‍याइनेछौ । तिमीहरूका सामु पर्वतहरू र पहाडहरू आनन्दको सोरमा गाउनेछन्, अनि मैदानका सबै रूखले आफ्‍ना हातले ताली बजाउनेछन् ।

धर्मी नष्‍ट हुन्छ तर यो कुरा कसैले विचार गर्दैन, र करारको विश्‍वस्‍ततका मानसहरूलाई टाढा भेला पारिन्‍छ, दुष्‍टबाट धर्मीलाई टाढा लगिन्छन्, तर कसैले बुझ्‍दैन । ऊ शन्तिमा प्रवेश गर्छ । जो आफ्नो सोझोपनमा हिंड्छन् तिनीहरू आफ्ना ओछ्यानहरूमा आराम गर्छन् ।

सियोनमा शोक गर्नेहरू, तिनीहरूलाई खरानीको सट्टामा एउटा मुकुट, शोकको सट्टामा आनन्दको तेल, निराशाको आत्माको सट्टामा प्रशंसाको आवरण दिन, तिनीहरूलाई धर्मिकताका फलाँटहरू, परमप्रभुको बिरुवा भन्‍न उहाँले मलाई पठाउनुभएको छ, ताकि उहाँलाई नै महिमा होस् ।

परप्रभुमा म अत्यन्तै आनन्दित हुनेछु । मेरो परमेश्‍वरमा म धैरै खुसी हुनेछु । किनकि उहाँले मलाई उद्धारको पोशाक लगाउनुभएको छ । उहाँले मलाई धार्मिकताको वस्‍त्रले ढाक्‍नुभएको छ, जसरी एउटा दुलहाले आफूलाई मुकुटले सजाउँछ र एउटी दुलहीले आफूलाई गहनाहरूले सजाउँछे ।

तिनीहरूका सबै कष्‍टहरूद्वारा उहाँले पनि कष्‍ट भोग्‍नुभयो, र उहाँको उपस्थितिको स्वर्गदूतले तिनीहरूलाई बचायो । आफ्‍नो प्रेम र दयामा उहाँले तिनीहरूलाई बचाउनुभयो र उहाँले तिनिहरूलाई माथि उठाउनुभयो र सारा प्राचीन समयभरि तिनीहरूलाई बोक्‍नुभयो ।

यति बेला त्यहाँ कोही यहूदीहरू छन् जसलाई हजुरले बेबिलोनको प्रदेशका मामिलाहरू हेर्न नियुक्त गर्नुभएको छ । तिनीहरूका नाउँ शद्रक, मेशक, र अबेद्‍नगो हुन् । हे महाराजा, यी मानिसहरूले हजुरका कुरामाथि ध्यान दिंदैनन् । तिनीहरूले हजुरका देवताहरूलाई दण्डवत् गर्दैनन् वा हजुरले स्थापना गर्नुभएको सुनको मूर्तिको सामु आफूलाई लम्‍पसार पार्दैनन् ।” त्यसपछि नबूकदनेसर रिस र क्रोधले चूर भए अनि शद्रक, मेशक, र अबेद्‍नगोलाई आफूकहाँ ल्याउने हुकुम दिए । यसैले तिनीहरूले यी मानिसहरूलाई राजाको सामु ल्याए । नबूकदनेसरले तिनीहरूलाई सोधे, “ए शद्रक, मेशक, र अबेद्‍नगो, के तिमीहरूले मेरा देवताहरूको पुजा नगर्ने वा मैले स्थापना गरेको सुनको मूर्तिको सामु आफूलाई लम्‍पसार नपार्ने निर्णय गरेका छौ? अब तिमीहरूले नरसिङ्गा, बाँसुरी, वीणा, सारङ्गी, सितार, न्याउली-बाजा, र सबै किसिमका बाजाका धुन सुन्‍ने बित्तिकै घोप्टो पर्‍यौ र मैले बनाएको मूर्तिको सामु लम्‍पसार पर्‍यौ भने, सबै कुरा ठिक हुनेछ । तर तिमीहरूले पुजा गरेनौ भने, तिमीहरू तुरुन्‍तै दन्किरहेको आगोको भट्टीमा फालिनेछौ । त्‍यो कुन देवता होला जसले तिमीहरूलाई मेरा हातबाट बचाउन सक्‍छ?”

शद्रक, मेशक, र अबेद्‍नगोले राजालाई जवाफ दिए, “हे नबूकदनेसर, हामीले हजुरलाई यस बारेमा जवाफ दिनु आवश्यक छैन । त्यहाँ कुनै जवाफ छ भने, त्यो यही हो, कि हामीले सेवा गर्ने परमेश्‍वरले हामीलाई दन्किरहेको आगोको भट्टीबाट सुरक्षित राख्‍न सक्‍नुहुन्छ, र उहाँले नै हामीलाई हजुर महाराजाको हातबाट बचाउनुहुनेछ । तर उहाँले त्यस्तो गर्नुभएन भने पनि, महाराजालाई यो थाहा होस्, कि हामी हजुरका देवताहरूको पुजा गर्नेछैनौं र हजुरले स्थापना गर्नुभएको सुनको मूर्तिको सामु आफैंलाई लम्‍पसार पार्नेछैनौं ।”

तब नबूकदनेसर रिसले चूर भए । शद्रक, मेशक, र अबेद्‍नगोप्रति तिनको अनुहार भाव बद्लियो । अनि तिनले आगोको भट्टीलाई साधारण रूपमा तताउनेभन्दा सात गुणा बढी तताउने आदेश दिए । तब तिनले आफ्ना सेनामा अत्यन्तै बलिया मानिसहरूलाई शद्रक, मेशक, र अबेद्‍नगोलाई बाँध्‍न र दन्किरहेको आगोको भट्टीमा फाल्न आदेश दिए । तिनीहरूका वस्‍त्रहरू, अलखाहरू, फेटाहरू र अन्य लुगाहरूसमेत तिनीहरूलाई बाँधियो, र तिनीहरूलाई दन्किरहेको भट्टीमा फालियो । राजाको आज्ञालाई सख्त रूपमा पालना गरिएको हुनाले र त्यो भट्टी अत्यन्तै तातो भएको हुनाले शद्रक, मेशक, र अबेद्‍नगोलाई त्यहाँ लाने मानिसहरू आगोको ज्वालाले मार्‍यो । यी तिन मानिस, शद्रक, मेशक, र अबेद्‍नगो बाँधिएकै अवस्थामा दन्किएको भट्टीमा फालिए ।

अनि राजा नबूकदनेसर आश्‍चर्यचकित भए र झट्टै खडा भए । तिनले आफ्ना सल्लाहकारहरूलाई सोधे, “के हामीले ती तिन जना मानिसहरूलाई बाँधेर आगोमा फालेका होइनौं र?” तिनीहरूले राजालाई जवाफ दिए, “निश्‍चय नै महाराजा ।” तिनले भने, “तर चार जना मानिसलाई नबाँधिएर आगोमा हिंडिरहेका म देख्दैछु, र तिनीहरूलाई कुनै हानी भएको छैन । अनि चौथोचाहिं देवताहरूका पुत्रझैं चम्किरहेका छन् ।” अनि नबूकदनेसर दन्किरहेको भट्टीको ढोका नजिक आए र बोलाए, “ए शद्रक, मेशक, र अबेद्‍नगो, अति उच्‍च, परमेश्‍वरका सेवकहरू, बाहिर निस्क! यहाँ आओ!” अनि शद्रक, मेशक, र अबेद्‍नगो आगोबाट बाहिर आए । त्यहाँ भेला भएका प्रदेशका गभर्नरहरू, क्षेत्रीय गभर्नरहरू, अन्य गभर्नरहरू र राजाका सल्लाहकारहरूले यी मानिसहरूलाई देखे । आगोले तिनीहरूका शरीरलाई कुनै हानी गरेको थिएन । तिनीहरूका शिरको रौं खहरिएको थिएन । तिनीहरूका लुगालाई केही भएको थिएन । अनि तिनीहरूमा आगोको कुनै गन्ध नै थिएन । नबूकदनेसरले भने, “हामी शद्रक, मेशक, र अबेद्‍नगोका परमेश्‍वरको प्रशंसा गरौं, जसले आफ्नो सन्देशवाहक पठाउनुभएको छ र आफ्ना सेवकहरूलाई आफ्नो सन्देश दिनुभएको छ । तिनीहरूले मेरो आज्ञा नमानेर उहाँमा विश्‍वास गरे, र आफ्ना परमेश्‍वरबाहेक अरू कुनै देवताको पुजा गर्नु र तिनका सामु लम्‍पसार पर्नुको साटोमा तिनीहरूले आफ्ना शरीरलाई नै त्यागे ।

कागजातमा ऐन बनाउनलाई दस्तखत भएको छ भनी दानिएल थाहा पाएपछि, उनी आफ्नो घरमा गए, र जसरी उनले दिनको तिनपटक गर्ने गर्थे, त्‍यसरी नै उनले आफ्ना घुँडाहरू टेके, अनि उनले पहिले गरेझैं प्रार्थना गरे र आफ्ना परमेश्‍वरलाई धन्यवाद दिए । अनि यी एकसाथ मिलेर षड्यन्त्र गरेका मानिसहरूले दानिएलले परमेश्‍वरसँग बिन्ती गरेका र उहाँसँग मदत मागेका देखे । तब तिनीहरू राजाको नजिक गए र तिनको उर्दिको विषयमा तिनीसँग कुरा गरे: “हे महाराजा, के आउँदो तिस दिनसम्म हजुर, महाराजाबाहेक अरू कुनै देवता वा मानिसलाई प्रार्थना गर्ने मानिस सिंहको खोरमा फालिनुपर्छ भनेर हजुरले उर्दि निक्लनुभएको थिएन र?” राजाले जवाफ दिए, “मादी र फारसीहरूको ऐनअनुसार यो निश्‍चित छ, र यो हेरफेर हुन सक्दैन ।” तब तिनीहरूले राजालाई जवाफ दिए, “यहूदाका निर्वासितहरूमध्ये एक जना ती दानिएलले हजुर, महाराजा, वा हजुरले दस्तखत गर्नुभएको उर्दिको वेवास्ता गर्छन् । तिनले आफ्नो परमेश्‍वरलाई दिनको तिन पटक प्रार्थना गर्छन् ।” जबा राजाले यो कुरा सुने, तिनी धेरै विचलित भए, र दानिएललाई यस कानूनबाट बचाउन तिनले दिमाग लगाए । तिनले सूर्यास्तसम्मै दानिएललाई बचाउने हरसम्‍भव प्रयास गरे । त्‍यसपछि षड्यन्त्र रच्ने यी मानिसहरू एकसाथ राजाकहाँ भेला भए र तिनलाई भने, “हे महाराजा हजुरलाई यो थाहा होस्, कि यो मादी र फारसीहरूको ऐन हो, जसलाई राजाले जारी गर्ने अर्को कुनै उर्दि वा नियमले हेरफेर गर्न सक्दैन ।”

अनि राजाले आज्ञा दिए र तिनीहरूले दानिएललाई भित्र ल्याए र तिनीहरूले उनलाई सिंहको खोरमा फाले । राजाले दानिएललाई भने, “तिमीले निरन्तर सेवा गर्ने तिम्रो परमेश्‍वरले तिमीलाई बचाऊन् ।” खोरको ढोकामा एउटा ढुङ्गो ल्याएर राखियो, र दानिएलको विषयमा केही पनि परिवर्तन नहोस् भनेर राजाले त्यसमा आफ्नो अनि आफ्‍ना भारदारहरूका औंठीको मोहर लगाए । त्‍यसपछि राजा आफ्नो महलमा गए र रातभरि उपवास बसे । तिनको अगि कुनै मनोरन्जनका कुरा ल्याइएन, र उनलाई कत्ति पनि निद्रा लागेन । अनि राजा बिहान सबेरै उठे र उनी झट्टै सिंहको खोरतर्फ गए । जसै तिनी खोरको नजिक आए, तिनले निरास भएको सोरले दानिएललाई यसो भनेर बोलाए, “ए दानिएल, जीवित परमेश्‍वरका सेवक, के तिमीले निरन्तर सेवा गर्ने तिम्रा परमेश्‍वरले तिमीलाई सिंहहरूबाट बचाउन सक्षम हुनुभएको छ?” अनि दानिएलले राजालाई भने, “महाराजा, अमर रहून्! मेरा परमेश्‍वरले आफ्नो सन्देशवाहक पठाउनुभएको अनि सिंहहरूका मुखहरूलाई बन्द गर्नुभएको छ, र तिनीहरूले मलाई कुनै हानी गरेका छैनन् । किनभने उहाँ अनि हजुर, महाराजाका सामु म दोषरहित भेट्टाइएँ, र मैले हजुरलाई कुनै हानी गरेको छैनँ ।” अनि राजा अत्‍यन्‍तै खुशी भए । तिनले दानिएललाई खोरबाट माथि निकाल्ने आदेश दिए । यसैले दानिएललाई खोरबाट माथि निकालियो । उनमा कुनै पनि चोट भेट्टाइएन, किनभने उनले आफ्ना परमेश्‍वरमाथि भरोसा गरेका थिए ।

उसले सर्वोच्‍च परमेश्‍वरका विरुद्ध बोल्नेछ र सर्वोच्‍च परमेश्‍वरका पवित्र मानिसहरूमाथि अत्याचार गर्नेछ । उसले चाडहरू र व्यवस्थालाई परिवर्तन गर्न कोसिस गर्नेछ । यी कुराहरूलाई उसको हातमा एक वर्ष, दुई वर्ष, र आधा वर्षको लागि दिइनेछ ।

“त्यो समयमा, तिम्रा मानिसहरूको रक्षा गर्ने महान् राजकुमार, मिखाएल खडा हुनेछन् । त्यहाँ विपत्तिको समय हुनेछ, जुन कुनै पनि जातिको सुरुदेखि त्यो समयसम्‍म कहिल्यै भएको थिएन । त्यो समयमा तिम्रा मानिसमध्‍ये हरेक, जसका नाम पुस्तकमा लेखिएका पाइनेछ, ती बचाइनेछन् । पृथ्वीको माटोमा सुतेकाहरूमध्‍ये धेरै जना, कोही अनन्तको जीवनको निम्ति, अनि कोही लाज र अनन्तको निन्दाको निम्ति फेरि उठ्नेछन् । बुद्धिमान् मानिसहरू माथि आकाशको उज्यालोझैं चम्कनेछन्, र धेरैलाई धार्मिकतामा डोर्‍याउनेहरू सदाको निम्ति ताराहरूझैं हुनेछन् ।

परमप्रभु असल हुनुहुन्छ, र कष्‍टको समयमा उहाँ बलियो गढ हुनुहुन्छ, र उहाँमा शरण लिनेको निम्ति उहाँ विश्‍वसनीय हुनुहुन्छ ।

म अझै पनि परमप्रभुमा रमाहट गर्नेछु । मेरो मुक्तिको परमेश्‍वरको कारण म खुशी हुनेछु ।

धन्य धार्मिकताका निम्ति सताइएकाहरू, किनभने स्वर्गको राज्य तिनीहरूकै हो । तिमीहरू धन्यका हौ, जब मानिसहरूले तिमीहरूको अपमान गर्दछन् र तिमीहरूलाई दुःख कष्‍ट दिन्छन्, वा मेरो खातिर तिमीहरूका विरुद्धमा झुटो रूपमा सबै किसिमका दुष्‍ट कुराहरू भन्दछन् । आनन्दित होओ र निकै खुसी होओ, किनकि स्वर्गमा तिमीहरूका इनाम ठुलो हुनेछ । किनभने यसरी नै तिमीहरूभन्दा अगिका अगमवक्‍ताहरूलाई मानिसहरूले सताएका थिए ।

तर म तिमीहरूलाई भन्दछु, तिम्रा शत्रुहरूलाई प्रेम गर र तिमीहरूलाई सताउनेहरूका निम्ति प्रार्थना गर, “तिमीहरूलाई सराप्‍नेहरूलाई आशिष् देओ, र तिमीहरूलाई घृणा गर्नेहरूका निम्ति असल काम गर”

पृथ्वीमा आफ्नो निम्ति धन सम्‍पत्ति नथुपार, जहाँ किरा र खियाले त्यसलाई नष्‍ट गर्छन्, र जहाँ चोरहरूले घर फोरेर चोर्छन् । बरु, आफ्नो निम्ति स्वर्गमा धन सम्पत्ति थुपार, जहाँ न त खिया वा किराले नष्‍ट गर्दछ, न त चोरले चोरेर लैजान्छ ।

मानिसहरूदेखि होसियार बस! तिनीहरूले तिमीहरूलाई परिषद्हरूमा सुम्पिदिनेछन् र तिनीहरूले आफ्ना सभाघरहरूमा तिमीहरूलाई कोर्रा लगाउनेछन् । अनि शासकहरू र राजाहरू र अन्यजातिहरूका निम्ति गवाहीको रूपमा मेरो खातिर तिमीहरू तिनीहरूका सामु ल्याइनेछौ । जब तिनीहरूले तिमीहरूलाई सुम्पिदिनेछन्, तब तिमीहरूले कसरी वा के बोल्ने भन्‍ने विषयमा चिन्ता नगर, किनकि तिमीहरूलाई बोल्नुपर्ने कुरा सोही घडी दिइनेछ । किनकि बोल्ने तिमीहरू होइनौ, तर तिमीहरूमा बोल्नुहुने तिमीहरूका पिताका आत्मा हुनुहुन्छ ।

दाजुले भाइलाई मृत्युको निम्ति पक्राइदिनेछ, र बुबाले आफ्नो छोरालाई । छोराछोरीहरू आफ्ना बुबा-आमाका विरुद्धमा उठ्नेछन् र मृत्युका निम्ति तिनीहरूलाई सुम्पिदिनेछन् । मेरो नाउँको खतिर तिमीहरू सबैबाट घृणित हुनेछौ । तर जसले अन्तिम घडीसम्म सहन्छ, त्यस व्यक्‍तिको उद्धार हुनेछ । जब तिनीहरूले यस सहरमा तिमीहरूलाई सताउँछन्, अर्को सहरमा भाग, किनकि साँच्‍चै म तिमीहरूलाई भन्दछु, मानिसका पुत्र नआउञ्‍जेलसम्म तिमीहरू इस्राएलका सहरहरू पनि घुमिसकेका हुनेछैनौ ।

तिनीहरूसँग नडराओ जसले शरीरलाई मार्दछन्, तर आत्मालाई मार्न सक्दैनन् । बरु, आत्मा र शरीर दुवैलाई नरकमा नष्‍ट गर्न सक्‍नुहुनेसँग डराओ ।

जसले आफ्नो क्रुस उठाएर मेरो पछि लाग्दैन, ऊ मेरो निम्ति योग्यको हुँदैन । जसले आफ्नो जीवन भेट्टाउँछ, उसले त्यो गुमाउनेछ । तर जसले मेरो खतिर आफ्नो जीवन गुमाउँछ, उसले जीवन पाउनेछ ।

मकहाँ आओ, तिमीहरू सबै जसले परिश्रम गर्दछौ र गह्रौँ बोझले लादिएका छौ, अनि म तिमीहरूलाई विश्राम दिनेछु । मेरो जुवा तिमीहरूमाथि लेओ र मबाट सिक, किनकि म नम्र र कोमल हृदयको छु, अनि तिमीहरूले आफ्नो आत्माको निम्ति विश्राम पाउनेछौ । किनकि मेरो जुवा सजिलो छ र मेरो बोझ हलुको छ ।”

तर ती फरिसीहरू बाहिर गए र षड्‍यन्‍त्र रच्‍न थाले । तिनीहरूले उहाँलाई कसरी मार्न सकिन्छ भनेर मौका खोज्न थाले ।

ढुङ्गेनी माटोमा छरिएको चाहिँ त्यो हो जसले वचन सुन्छ र तुरुन्तै खुसीसाथ त्यसलाई ग्रहण गर्छ । तर ऊ आफैँमा जरा हुँदैन र केही बेरसम्म मात्र टिकिरहन्छ । तर जब वचनको कारण सतावट वा कष्‍ट आउँछ, उसले तुरुन्तै ठेस खान्छ ।

स्वर्गको राज्यचाहिँ जमिनमा लुकाइएको धनजस्तै हो । एक जना मानिसले त्यो भेट्टायो अनि त्यसलाई लुकायो । उसको आनन्दमा ऊ जान्छ, उसँग भएका सबैथोक बेच्छ, अनि उसले त्यो जमिन किन्छ । फेरि, स्वर्गको राज्य एक जना व्यापारीले मूल्यवान् मोतीहरू खोजेजस्तै हो । जब उसले धेरै मूल्य भएको एउटा मोती भेट्टायो, ऊ गयो र उसँग भएका सबै थोक बेच्यो र त्यो किन्यो ।

उनले आफ्ना नोकरहरूलाई भने, “यिनी बप्‍तिस्मा-दिने यूहन्‍ना हुन् जो मरेकाहरूबाट फेरि जीवित भएका छन् । त्यसकारण, यी शक्‍तिहरूले उनमा काम गरिरहेका छन् ।” किनकि हेरोदले आफ्ना भाइ फिलिपकी पत्‍नी हेरोदियासको कारण यूहन्‍नालाई समाती उनलाई बाँधेर झ्यालखानामा हालेका थिए । किनकि यूहन्‍नाले तिनलाई भनेका थिए, “तिनलाई आफ्नी पत्‍नीको रूपमा राख्‍नु तपाईंको निम्ति उचित छैन ।” हेरोदले उनलाई मार्न सक्थे, तर उनी मानिसहरूसँग डराए, किनभने मानिसहरूले यूहन्‍नालाई अगमवक्‍ता मान्थे । तर जब हेरोदको जन्म दिन आयो, हेरोदियासकी छोरीले मानिसहरूका माझमा नाचिन् र हेरोदलाई प्रसन्‍न बनाइन् । त्यसको प्रतिक्रियामा तिनलाई जे मागे पनि दिनेछु भनेर हेरोदले वाचा गर्दै शपथ खाए । आफ्नी आमाले सिकाएपछि तिनले भनिन्, “मलाई यहाँ एउटा थालमा बप्‍तिस्मा-दिने यूहन्‍नाको शिर दिनुहोस् ।” राजा तिनको बिन्‍तीबाट निकै निराश भए, तर उनको आफ्नो शपथको कारण र उनीसँग रात्री भोजमा सामेल भएका सबै मानिसको कारणले गर्दा राजाले यस्तै होस् भनेर आज्ञा दिए । हेरोदले मानिसहरू पठाए र झ्यालखानामा यूहन्‍नाको शिर काटिदिए । अनि उनको शिर थालमा राखेर ल्याइयो र त्यस ठिटीलाई दिइयो र तिनले त्यो आफ्नी आमाकहाँ लगिन् । अनि उनका चेलाहरू आई उनको शवलाई लगेर गाडे । त्यसपछि तिनीहरू गए, र येशूलाई बताइदिए ।

त्यस समयदेखि येशूले आफ्ना चेलाहरूलाई उहाँ यरूशलेम जानुपर्छ, धर्म-गुरुहरू र मुख्य पुजारीहरू र शास्‍त्रीहरूका हातबाट धेरै कुरा भोग्‍नुपर्छ, मारिनुपर्छ र तेस्रो दिनमा जीवनमा उठाइनुहुन्छ भनी बताउन थाल्नुभयो ।

त्यसपछि येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “यदि कसैले मलाई पछ्याउने इच्छा गर्छ भने, उसले आफैँलाई इन्कार गर्नुपर्छ; आफ्नो क्रुस उठाउनुपर्छ र मलाई पछ्याउनुपर्छ । किनकि जसले आफ्नो प्राण बचाउन खोज्छ उसले त्यो गुमाउनेछ र जसले मेरो खातिर आफ्नो जीवन गुमाउँछ त्यसले त्यो प्राप्‍त गर्नेछ ।

त्यसपछि पत्रुसले जवाफ दिए र उहाँलाई भने, “हेर्नुहोस्, हामीले सबै थोक त्यागेका छौँ र तपाईंलाई पछ्याएका छौँ । तब हामीले के पाउनेछौँ?”

“हेर, हामीहरू यरूशलेमतर्फ जाँदै छौँ, र मानिसका पुत्र मुख्य पुजारीहरू र शास्‍त्रीहरूका हातमा सुम्पिनेछन् । तिनीहरूले उनलाई मृत्युदण्डको दोष लगाउनेछन्, र उहाँको ठट्टा गर्न, उहाँलाई कोर्रा लगाउन, र क्रुसमा झुण्ड्याउनको लागि तिनीहरूले उनलाई गैरयहूदीहरूका हातमा सुम्पनेछन् । तर उनी तेस्रो दिनमा उठाइनेछन् ।”

अर्को दृष्‍टान्त सुन । एक जना मानिस थिए, जो जमिन मालिक थिए । उनले त्यहाँ दाखबारी लगाए र त्यसको वरिपरि बार लगाए; त्यहाँ दाख पेल्ने कोल बनाए; रेखदेखको निम्ति एउटा धरहरा बनाए; र खेतालाहरूलाई त्यसको ठेक्‍का दिए । त्यसपछि उनी अर्कै देशमा गए । जब दाखको फसलको समय आयो, उनले दाखबारीका खेतालाहरूकहाँ दाख ल्याउनको लागि नोकरहरू पठाए । तर दाखबारीका खेतालाहरूले उनका नोकरहरूलाई वशमा लिए; एउटालाई पिटे; अर्कोलाई मारे, र अर्कोलाई चाहिँ ढुङ्गाले हिर्काए । फेरि, मालिकले पहिले भन्दा अझ धेरै नोकरहरू पठाए, तर ती दाखबारीमा काम गर्नेहरूले तिनीहरूलाई पनि त्यस्तै व्यवहार गरे । त्यसपछि मालिकले यसो भन्दै आफ्नै छोरालाई तिनीहरूकहाँ पठाए, ‘तिनीहरूले मेरा छोरालाई आदर गर्नेछन् ।’ तर जब दाखबारीमा काम गर्नेहरूले मालिकका छोरालाई देखे, तिनीहरूले एक आपसमा भने, ‘यो त उत्तराधिकारी हो । आओ, हामी यसलाई मारौँ र यसको उत्तराधिकार लिऔँ ।’ यसैले, तिनीहरूले उसलाई पक्रे, दाखबारीबाट बाहिर फ्याँकिदिए, र उसलाई मारे ।

त्यसकारण, हेर, म तिमीहरूकहाँ अगमवक्‍ताहरू, बुद्धिमान् मानिसहरू र शास्‍त्रीहरू पठाउँछु । तिनीहरूमध्ये कति जनालाई तिमीहरूले मार्नेछौ र क्रुसमा टाँग्‍नेछौ । अनि तिनीहरूमध्ये केहीलाई तिमीहरूले आफ्ना सभाघरहरूमा कोर्रा लगाउनेछौ र सहर हुँदो धपाउनेछौ । यसको परिणाम यस्तो हुनेछ, कि पृथ्वीमा बगाइएका सबै धर्मी जनको रगत तिमीहरूमाथि आइपर्नेछ– धर्मी हाबिलको रगतदेखि लिएर बेरेक्याहका छोरा जकरियाको रगतसम्म, जसलाई तिमीहरूले पवित्र-स्थान र वेदीको माझमा हत्या गर्‍यौ ।

तब तिनीहरूले तिमीहरूलाई सङ्कष्‍टको लागि सुम्पनेछन् र तिमीहरूलाई मार्नेछन् । मेरो नामको खातिर सबै जातिद्वारा तिमीहरूलाई घृणा गरिनेछ । तब धेरै जनाले ठेस खानेछन्, र एक अर्कालाई धोका दिनेछन्, एक अर्कालाई घृणा गर्नेछन् ।

तर जो अन्तसम्म स्थिर रहन्छ, उसले उद्धार पाउनेछ ।

किनकि त्यस बेला महासङ्कष्‍ट हुनेछ, जुन संसारको सुरुदेखि अहिलेसम्म कहिल्यै भएको छैन, न त कहिल्यै फेरि हुनेछ । ती दिनहरू नघटाइएसम्म कुनै शरीर पनि बच्नेछैन । तर चुनिएकाहरूका निम्ति ती दिनहरू घटाइनेछन् ।

तिनीहरू मिलेर येशूलाई छलसित पक्रने र उहाँलाई मार्ने षड्यन्‍त्र गरे ।

पत्रुसले उहाँलाई भने, “म तपाईंसँगै मर्नुपरे तापनि म तपाईंलाई इन्कार गर्नेछैनँ ।” अनि अरू सबै चेलाले पनि त्यसै भने ।

अब मुख्य पुजारीहरू र सम्पूर्ण परिषद्ले येशूलाई मृत्युदण्ड दिन उहाँको विरुद्धमा झुटो गवाही खोजिरहेका थिए ।

त्यसपछि तिनीहरूले उहाँको मुखमा थुके र उहाँलाई पिटे, र तिनीहरूका हातले उहाँलाई हिर्काए,

अब जब बिहान भयो, सबै मुख्य पुजारीहरू र मानिसका एल्डरहरूले येशूलाई मार्न उहाँको विरुद्ध षड्यन्त्र रचे । तिनीहरूले उहाँलाई बाँधेर त्यहाँबाट लागे, र हाकिम पिलातसकहाँ सुम्पिदिए ।

अनि उनले बारब्बालाई तिनीहरूका निम्ति छोडिदिए, तर उनले येशूलाई कोर्रा लगाए र क्रुसमा झुन्ड्याउनको निम्ति सुम्पिदिए ।

तिनीहरूले उहाँलाई थुके, र तिनीहरूले लौरो लिए र उहाँको शिरमा हिर्काए । तिनीहरूले उहाँको गिल्ला गरिसकेपछि तिनीहरूले उहाँलाई पहिराइदिएको वस्‍त्र खोलिदिए र उहाँको आफ्नै लुगा लगाइदिए, र उहाँलाई क्रुसमा झुन्ड्याउन त्यहाँबाट लगे ।

जब उनीहरूले उहाँलाई क्रुसमा टाँगे, तिनीहरूले चिट्ठा हाले र उहाँका वस्‍त्रहरूलाई भाग लगाए ।

ढुङ्गेनी जमिनमा छरिएका केही बिउचाहिँ यी नै हुन्, जब तिनीहरूले वचन सुन्छन्, तिनीहरूले यसलाई तुरुन्तै आनन्दसाथ ग्रहण गर्छन् । तिनीहरूको आफ्‍नो कुनै जरा हुँदैन, तर केही समयसम्म मात्र टिक्छन् । वचनको कारणले सङ्कष्‍ट वा सतावट आउँदा तिनीहरूले तुरुन्तै ठेस खान्छन् ।

हेरोद राजाले यो सुने, किनभने येशूको नाउँ प्रसिद्ध भएको थियो । केहीले भनिरहेका थिए, “बप्‍तिस्मा-दिने यूहन्‍ना मृत्युबाट जीवित भई उठे । त्यसैले, यी आश्‍चर्यकर्महरू उहाँद्वारा हुँदै छन् ।” अरूहरूले भने, “यिनी एलिया हुन्”, अझ हरूहरूले भने, “यिनी प्राचीन समयका एक जना अगमवक्‍ताहरूमध्ये एक हुन् ।” तर जब हेरोदले यो सुने, तिनले भने, “यूहन्‍ना, जसको मैले टाउको कटाएको थिएँ, तिनी जीवित भई उठेछन्!” किनभने हेरोदले यूहन्‍नालाई हेरोदियास को कारण गिरफ्तार गर्न र कैदमा हाल्न लगाए, किनभने तिनले उनलाई विवाह गरेका थिए । किनभने यूहन्‍नाले हेरोदलाई भने, “आफ्नो भाइकी पत्‍नीलाई विवाह गर्न तिनलाई उचित छैन भनेका थिए ।” तर हेरोदियासले वैरभाव राखेकि थिइन् र तिनलाई मार्न चाहन्थिन्, तर सकेकी थिइनन्, किनभने हेरोद यूहन्‍नासित डराउँथे; तिनी धर्मी र पवित्र जन थिए भन्‍ने तिनलाई थाहा थियो, अनि हेरोदले उनलाई सुरक्षित राखे । तिनको प्रचार सुन्दा हेरोद अशन्त हुन्थे, तरै पनि खुसीसाथ सुन्थे । त्यसपछि एउटा उपयुक्‍त मौका मिल्यो । हेरोदले तिनको जन्म दिनमा आफ्ना भारदारहरू, कप्‍तानहरू र गालीलका अगुवाहरूलाई भोज दिए । हेरोदियासकी छोरी आफैँ आइन् र तिनीहरूको लागि नाचिन् अनि तिनले हेरोद र उनका पाहुनाहरूलाई प्रशन्‍न तुल्याइन् । राजाले त्यस केटीलाई भने, “तिमीलाई जे इच्छा लाग्‍छ सो माग, म तिमीलाई दिनेछु ।” तिनले शपथ खएर भने, “तिमीले मसित जे माग्छौ, म तिमीलाई मेरो राज्यको आधा भागसम्म पनि दिनेछु ।” तिनी बाहिर निस्किन् र आफ्नी आमालाई भनिन्, “म तिनीसित के मागौँ?” र तिनले भनिन्, “बप्‍तिस्मा-दिने यूहन्‍नाको शिर ।” तिनी तुरुन्तै राजाकहाँ आइन् र यसो भन्दै मागिन्, “मलाई झट्टै बप्‍तिस्मा-दिने यूहन्‍नाको शिर थालीमा दिनुहोस् भन्‍ने म चाहन्छु ।” राजा निकै दुःखित भए, तर आफ्ना पाहुनाहरू र शपथको कारण राजाले तिनको बिन्‍ती इन्कार गर्न सकेनन् । त्यसैले, राजाले आफ्ना रक्षकहरूमध्ये एक जना सिपाहीलाई यूहन्‍नाको शिर ल्याउने आदेश दिएर पठाए । सुरक्षाकर्मी गए र झ्यालखानामा उनको टाउको काटे । सिपाहीले थालमा उनको टाउको ल्याए र ती केटीलाई दिए, र ती केटीले आफ्नी आमालाई दिइन् । त्यो सुनेर यूहन्‍नाका चेलाहरू आए, र उनको लासलाई चिहानमा राखे ।

उहाँले मानिसका पुत्रले धेरै कुरा भोग्‍नुपर्छ, र धर्म-गुरुहरू, मुख्य पुजारीहरू र शास्‍त्रीहरूबाट तिरस्कृत हुनेछ, मारिनेछ र तिन दिनपछि फेरि मृत्युबाट जीवित भई उठ्नेछ भनी तिनीहरूलाई सिकाउन थाल्नुभयो ।

त्यसपछि उहाँले भिड र उहाँका चेलाहरूलाई सँगै बोलाउनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “यदि कसैले मलाई पछ्याउन चाहन्छ भने, त्यसले आफैँलाई इन्कार गर्नुपर्छ, त्यसको क्रुस बोक्‍नुपर्छ र मलाई पछ्याउनुपर्छ । किनकि जसले आफ्नो जीवन बचाउन खोज्छ त्यसले त्यो गुमाउनेछ, र जसले मेरो र सुसमाचारको खातिर आफ्‍नो जीवन गुमाउँछ, त्यसले यसलाई बचाउनेछ ।

किनभने उहाँले आफ्ना चेलाहरूलाई सिकाइरहनुभएको थियो । उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मानिसका पुत्र मानिसहरूका हातमा सुम्पिनेछ र तिनीहरूले उसलाई मार्नेछन् । जब उसलाई मारिनेछ त्यसको तिन दिनपछि ऊ फेरि जीवित भई उठ्नेछ ।”

“हेर, हामी यरूशलेमतिर जाँदै छौँ, र मानिसका पुत्रलाई त्यहाँ मुख्य पुजारीहरू र शास्‍त्रीहरूका हातमा सुम्पिनेछ । तिनीहरूले उसलाई मृत्यदण्डको दोष लगाउनेछन् र गैरयहूदीहरूकहाँ सुम्पिदिनेछन् । तिनीहरूले उसको गिल्ला गर्नेछन्, र थुक्‍नेछन् र कोर्रा लगाउनेछन् र मृत्युमा पुर्‍याउनेछन् । तर तिन दिनपछि ऊ जीवित भई उठ्नेछ ।”

त्यसपछि येशूले तिनीहरूलाई दृष्‍टान्तमा सिकाउन थाल्नुभयो । उहाँले भन्‍नुभयो, “एक जना मानिसले दाखबारी लगाए, त्यसको वरिपरि बार लगाए र कोलको निम्ति एउटा खाल्डो खने । उनले त्यहाँ एउटा मचान बनाए र दाख उमार्नेहरूलाई दाखबारी भाडामा दिए । त्यसपछि उनी यात्रामा लागे । ठिक समयमा उनले दाखको केही फल पाउन दाख उमार्नेहरूकहाँ एक जना नोकर पठाए । तर तिनीहरूले त्यसलाई समातेर पिटे र केही पनि नदिईकन पठाइदिए । फेरि उनले अर्को नोकरलाई पठाए, तर तिनीहरूले त्यसलाई पनि टाउकोमा चोट पुर्‍याए र लज्‍जास्पद रूपमा व्यवहार गरे । अझै पनि उनले अर्कोलाई पठाए र त्यसलाई तिनीहरूले मारे । तिनीहरूले अरू धेरैलाई पनि त्यस्तै व्‍यवहार गरे, कसैलाई कुटे र अरूलाई मारे । उनीसँग पठाउन अझै पनि एक जना व्यक्‍ति अर्थात् प्यारो छोरा थिए । उनले तिनीहरूकहाँ पठाउन त्यो नै अन्तिम व्यक्‍ति थियो । उनले भने, “तिनीहरूले मेरो छोरालाई आदर गर्नेछन् ।” तर मोहीहरूले एक-आपसमा भने, “यो त उत्तराधिकारी हो । आओ, यसलाई मारौँ र सम्पत्ति हाम्रो हुनेछ ।” तिनीहरूले उसलाई पक्रे; उसलाई मारे र उसलाई दाखबारी बाहिर फालिदिए ।

आफूलाई सचेत राख । तिनीहरूले तिमीहरूलाई परिषद्‌हरूको हातमा सुम्पिनेछन्, र सभाघरहरूमा तिमीहरू पिटिनेछौ । मेरा साक्षीको रूपमा तिमीहरू शासक र राजा दुवैका सामु मेरा खातिर खडा हुनेछौ । तर सबै जातिलाई पहिले सुसमाचार प्रचार गरिनुपर्छ । जब उनीहरूले तिमीहरूलाई गिरफ्तार गर्छन् र सुम्पन्छन्, तिमीहरूले के बोल्ने भनी चिन्ता नगर । किनभने त्यो समय तिमीहरूले के बोल्नुपर्ने हो, सो तिमीहरूलाई दिइनेछ; त्यस बेला बोल्ने तिमीहरू होइनौ, तर पवित्र आत्मा हुनुहुनेछ । दाजुले भाइलाई र बुबाले आफ्नो छोरोलाई मृत्यको लागि सुम्पिनेछन् । छोराछोरीहरू आफ्ना बुबा-आमाको विरुद्धमा खडा हुनेछन् र तिनीहरूलाई मृत्युमा पुर्‍याउनेछन् । मेरो नाउँको खातिर तिमीहरू सबैद्वारा घृणित हुनेछौ । तर जो अन्त्यसम्म रहनेछ, त्यो मानिस बचाइनेछ ।

यो निस्तार र अखमरी रोटीको चाडभन्दा दुई दिनअगि थियो । मुख्य पुजारीहरू र शास्‍त्रीहरूले येशूलाई कसरी गुप्‍त रूपमा गिरफ्‍तार गर्ने र मार्ने भनी विचार गरिरहेका थिए ।

तर पत्रुसले भने, “यदि म तपाईंसँगै मर्नुपर्छ भने पनि म तपाईंलाई इन्‍कार गर्नेछैनँ ।” तिनीहरू सबैले उही प्रतिज्ञा गरे ।

अब, मुख्य पुजारीहरू र सबै यहूदी परिषद्‍ले येशूको विरुद्धमा गवाही खोजिरहेका थिए, ताकि तिनीहरूले उहाँलाई मृत्युदण्ड दिन सकून् । तर तिनीहरूले कुनै पनि कुरा भेट्टाएनन् ।

तपाईंहरूले ईश्‍वर-निन्दा सुन्‍नुभएकै छ । तपाईंहरूको के निर्णय छ?” अनि तिनीहरू सबैले मृत्युको योग्य भएकालाई झैँ दोष लगाए । केहीले उहाँलाई थुक्‍न र उहाँको अनुहार छोप्‍न र हिर्काउन थाले र भने, “भविष्‍यवाणी गर्!” अनि अधिकारीहरूले उहाँलाई लगे र पिटे ।

तिनीहरू फेरि चिच्‍च्याए, “त्यसलाई क्रुसमा टाँग्‍नुहोस्!” पिलातसले तिनीहरूलाई भने, “त्यसले के गल्ती गरेको छ र?” तर तिनीहरू झन् ठुलो स्वरमा चिच्‍च्याए, “त्यसलाई क्रुसमा टाँग्‍नुहोस् ।” पिलातसले भिडलाई सन्तुष्‍ट पार्न चाहे । त्यसैले, तिनले तिनीहरूका निम्ति बारब्बालाई छोडिदिए । तिनले येशूलाई कोर्रा लगाए र क्रुसमा टाँग्‍नको निम्ति सुम्पिदिए ।

जब तिनीहरूले उहाँको गिल्ला गरे, तिनीहरूले बैजनी रङको पोशाक फुकालिदिए र उहाँको आफ्नै पोशाक लगाइदिए र उहाँलाई क्रुसमा टाँग्‍न लिएर गए ।

तिनीहरूले उहाँलाई क्रुसमा टाँगे र प्रत्येक सिपाहीले उहाँको पोशाकको कुनचाहिँ टुक्रा लिने भनी एक-आपसमा चिट्ठा हाले र भाग लगाए । तिनीहरूले उहाँलाई क्रुसमा टाँग्‍दा तेस्रो पहर भएको थियो ।

तब येशू ठुलो सोरले कराउनुभयो र प्राण त्याग्‍नुभयो ।

र मेरो आत्मा परमप्रभु मेरो उद्धारकमा आनन्दित हुँदछ ।

जब मानिसका पुत्रका खातिर बहिष्कार गरी साथीहरूबाट अलग गरेर तिमीहरूलाई निकाल्दछन् र दुष्‍ट ठानी तिमीहरूका नाउँलाई अपमान गर्दछन् । धन्य हौ तिमीहरू जब मानिसहरूले तिमीहरूलाई घृणा गर्दछन् । त्यसदिन तिमीहरू रमाओ र आनन्दले उफ्र, किनकि निश्‍चय नै स्वर्गमा तिमीहरूका लागि ठुलो इनाम हुनेछ । किनकि तिनीहरूका पुर्खाहरूले पनि अगमवक्‍ताहरूलाई त्यसै गरेका थिए ।

तर म तिमीहरूलाई भन्दछु जसले सुनिरहेका छौ, तिम्रा शत्रुहरूलाई प्रेम गर र तिमीहरूलाई घृणा गर्नेहरूको भलाइ गर । तिमीहरूलाई सराप्‍नेहरूलाई आशिष्‌‌ देऊ र तिमीहरूलाई दुर्व्यवहार गर्नेहरूका निम्ति प्रार्थना गर ।

तर तिम्रा शत्रुहरूलाई प्रेम गर र तिनीहरूको भलाइ गर । पैँचो माग्‍नेहरूलाई केही पनि फिर्ता पाउने आशा नगरीकन देऊ ताकि तिम्रो इनाम ठुलो हुनेछ । तिमी सर्वोच्‍चका छोराहरू हुनेछौ, किनकि उहाँ आफैँ अधन्यवादी र खराब मानिसहरूप्रति कृपालु हुनुहुन्छ ।

अनि शासक हेरोदले जे भइरहेको थियो, त्यो सुनेर उनी अन्योलमा परे, कारण बप्‍तिस्मा-दिने यूहन्‍ना जीवित भएका छन् भनेर कसैले उनलाई सुनाइदिएको थियो । र कसैले एलिया देखा परेका छन्, र अरूहरूले पुराना अगमवक्‍ताहरूमध्ये एक जना फेरि पुनर्जीवित भएका छन् भने । हेरोदले भने, “मैले यूहन्‍नाको टाउको काटेँ, तर यो को हो जसको बारेमा म यस्तो कुरा सुन्दै छु?” र हेरोदले येशूलाई हेर्ने बाटो खोज्‍ने कोसिस गरे ।

निश्‍चय नै मानिसका पुत्रले धेरै कुरामा दुख सहनु, बुढापाकाहरू, मुख्य पुजारीहरू र शास्‍त्रीहरूबाट तिरष्कृत हुनु छ र तिनी मारिनेछन् र तेस्रो दिनमा जीवनमा फर्की आउनेछन् ।

उहाँले तिनीहरू सबैलाई भन्‍नुभयो, “यदि कोही मेरो पछि आउन चाहन्छ भने, उसले आफैँलाई इन्कार गरोस्, दिनहुँ आफ्नो क्रुस उठाओस् र मलाई पछ्याओस् । जसले आफ्नो जीवनलाई बचाउने प्रयास गर्दछ, उसले त्यसलाई गुमाउनेछ, तर मेरो खातिर जसले आफ्नो जीवन गुमाउँछ, त्यसले त्यो बचाउनेछ ।

तिमीहरूलाई धिक्‍कार, किनभने तिमीहरूले अगमवक्‍ताहरूको चिहानको स्मरणको लागि निर्माण गर्‍यौ, तर तिनीहरूलाई मार्ने तिमीहरूकै पुर्खाहरू हुन् । त्यसैले, तिमीहरूले तिम्रा पुर्खाहरूको काममा गवाही दियौ र सहमति जनायौ, किनकि वास्तवमा तिनीहरूले त्यस समयका अगमवक्‍ताहरूलाई मारेका थिए र जसको चिहान तिमीहरूले आज सम्झनाको लागि बनाएका छौ । त्यसैकारणले गर्दा, परमेश्‍वरको विवेकले भन्दछ, “म तिमीहरूलाई अगमवक्‍ता र प्रेरितहरूकहाँ पठाउनेछु र तिमीहरूले तिनीहरूलाई सताउनेछन् र यीमध्ये कतिलाई मार्नेछन् । तब यो पुस्ताको लागि संसारको सुरुदेखि अगमवक्‍ताहरूको रगतमा तिमीहरू जिम्मेवार छौ । म तिमीहरूलाई भन्दछु, कि हाबिलको रगतदेखि वेदी र पवित्र स्थानमा मारिएका जकरियाको रगतसम्मको दोष लागि यो पुस्ता जिम्मेवार छ ।

मेरा मित्रहरू, म तिमीलाई भन्दछु कि शरीरलाई मार्नेहरूसँग नडराओ किनकि त्यसपछि तिनीहरूले केही गर्न सक्दैनन् । तर म तिमीहरूलाई कोसँग डराउने भनी चेताउनी दिन्छु । त्यो व्यक्‍तिसँग डराओ जससित मारेपछि नरकमा फालिदिने अधिकार छ । हो, म तिमीलाई भन्दछु, उहाँसँग डराओ ।

सानो बगाल हो, नडराओ, किनकि तिम्रा पिताले तिमीलाई राज्य दिन अति खुसी हुनुहुन्छ । आफ्ना धन सम्पत्ति बेच र गरिबहरूलाई देओ । तिनलाई नखिइने थैलीभित्री राख; स्वर्गमा धन संचय गर, जहाँ चोरले चोर्न सक्दैन, र किराले हानि पुर्‍याउँदैन, न त खिया नै लाग्दछ ।

“यदि कोही मेरो पछि आउँछ भने र आफ्नो आमा, बुबा, श्रीमती, छोराछोरी, दाजुभाइ र दिदी-बहिननी, र आफ्नै जीवनलाई पनि इन्कार गर्दैन भने, ऊ मेरो चेला हुन सक्दैन । जसले आफ्नो क्रुस बोकेर मेरो पछि लाग्दैन, ऊ मेरो चेला हुन सक्दैन ।

त्यसैले, तिमीहरूमध्ये कसैले आफूसँग भएको सबै कुरा त्याग्‍न सक्‍दैन भने, ऊ मेरो चेला हुन सक्दैन ।

जसले आफ्नो प्राण बचाउन खोज्ला उसले त्यो गुमाउनेछ, तर जसले गुमाउला, उसको बचाइनेछ ।

किनकि उनी अन्यजातिहरूका हातमा सुम्पिइनेछन् र मनिसहरूले उनलाई गिल्ला गर्नेछन् र अपमानजनक व्यवहार गर्नेछन् र उनलाई थुक्‍नेछन् । उनलाई दण्ड दिइसकेपछि तिनीहरूले उनलाई मार्नेछन् र तेस्रो दिनमा उनी मृत्युबाट जीवित भई उठ्नेछन् ।”

उहाँले मानिसहरूलाई यो दृष्‍टान्त भन्‍नुभयो, “एक जना मानिसले दाखबारी लगाएर कामदारहरूलाई जिम्मा दिएर आफू लामो समयको लागि अर्को देशमा गए । तोकिएको समयमा तिनीहरूले आफ्नो हिस्साको फल दिऊन् भनी तिनले आफ्नो एक जना नोकरलाई ती कामदारहरूकहाँ पठाए । तर ती कामदारहरूले त्यसलाई पिटेर रित्तो हात पठाइदिए । तिनले अझै अर्को नोकरलाई पठाए, तर तिनीहरूले त्यसलाई पनि पिटेर बेइज्‍जत गरी रित्तै हात पठाए । तिनले तेस्रो नोकरलाई पनि पठाए, तर तिनीहरूले त्यसलाई पनि घाइते बनाएर निकाली दिए । त्यसकारण, दाखबारीका मालिकले भने, ‘अब म के गरूँ? म आफ्नो प्यारो छोरालाई पठाउनेछु सायद उसलाई त तिनीहरूले आदर गर्लान् कि ।’ तर कामदारहरूले उसलाई देखेर आपसमा कुरा गरे, ‘यो त हकवाला हो । हामी यसलाई मारौँ र सम्पत्तिको हक हाम्रो हुनेछ ।’ अनि तिनीहरूले उसलाई दाखबारीको बाहिर लगेर मारे । अब दाखबारीका मालिकले तिनीहरूलाई के गर्लान्?

तर मृतकबाट जीवित भई उठ्न र अनन्त जीवन प्राप्‍त गर्न योग्य ठहरिनेहरूले न विवाह गर्दछन् न त विवाह गरेर पठाइन्छन् । तिनीहरू फेरि मर्दैनन्, किनभने तिनीहरू स्वर्गदूत समान हुन् र पुनरुत्‍थानका सन्तान भएकाले परमेश्‍वरका सन्तान हुन् ।

तर यी सबै कुरा हुन अगाडि, तिनीहरूका हात तिमीहरूमाथि पर्नेछन् र तिनीहरूले तिमीहरूलाई सताउनेछन्, सभाघरमा सुम्पिदिनेछन् र झ्यालखानामा हाल्नेछन्, तिमीहरूलाई मेरो नाउँको कारण राजाहरू र हाकिमहरूका अगाडि ल्याउनेछन् । यसले तिमीहरूको गवाहीका लागि अवसरतिर डोर्‍याउनेछ । त्यसकारण, तिमीहरूले बचाउको लागि के भन्‍ने भनेर अगिबाटै हृदयमा नसोच । तिमीहरूका विरोधीहरूले सबै कुराको खण्डन गर्न नसकून् भनेर म तिमीहरूलाई वचन र बुद्धि दिनेछु । तर तिमीहरूलाई तिमीहरूका आमा बुबा र दाजुभाइहरू, नातेदारहरू र साथीभाइहरूले सुम्पिदिनेछन् र तिमीहरूमध्ये केही मृत्युका लागि सुम्पिनेछौ । मेरो नाउँको खातिर सबैले तिमीहरूलाई घृणा गर्नेछन् ।

तिमीहरूको सहनशीलतामा तिमीहरूले प्राण प्राप्‍त गर्नेछौ ।

मुख्य पुजारीहरू र शास्‍त्रीहरूले येशूलाई कसरी मार्ने भनी छलफल गरे, किनकि तिनीहरू मानिसहरूसँग डराएका थिए ।

तर मेरो परीक्षामा निरन्तर मसँग रहने तिमीहरू नै हौ ।

पत्रुसले उहाँलाई भने, “प्रभु, म तपाईंसँग जेल र मृत्युसम्म जानको निम्ति तयार छु ।”

तब येशूलाई सुरक्षा दिने मानिसहरूले उहाँलाई गिज्याए र कुटे । उहाँका आँखामा पट्टी बाँधेर, तिनीहरूले उहाँलाई यसो भन्दै सोधे, “भविष्यवाणी गर्! तँलाई कुट्ने को हो?”

तर तिनीहरूले चिच्‍च्‍याउँदै यसो भने, “त्यसलाई क्रुसमा झुन्ड्याओ, क्रुसमा झुन्ड्याओ ।” पिलातसले तेस्रो पटक तिनीहरूलाई भने, “किन, यो मानिसले के दुष्‍ट काम गरेको छ र? मैले यिनमा मृत्युदण्ड दिने कुनै दोष पाइनँ । यसकारण, यसलाई सजाय दिएर छोडिदिन्छु ।” तर तिनीहरू उच्‍च स्वरमा येशूलाई क्रुसमा टाँग्‍ने माग गर्दै लागि परे । र पिलातसलाई उनीहरूका आवाजले विश्‍वस्त तुल्यायो ।

जब तिनीहरू खप्परे भन्‍ने ठाँउमा आए, त्यहाँ तिनीहरूले उहाँ र ती अपराधीहरूमध्ये एउटालाई उहाँको दायाँतर्फ र अर्कालाई बायाँतर्फ क्रुसमा टाँगे । येशूले भन्‍नुभयो, “हे पिता, तिनीहरूलाई क्षमा गर्नुहोस्, किनभने तिनीहरूले के गर्दै छन् सो जान्दैनन् ।” र तिनीहरूले उहाँका वस्‍त्रहरू भाग गर्नलाई चिट्ठा हाले ।

येशूले त्यसलाई भन्‍नुभयो, “साँच्‍चै म तिमीलाई भन्दछु, आजै तिमी मसँगै स्वर्गलोकमा हुनेछौ ।”

येशूले उच्‍च स्वरमा कराएर भन्‍नुभयो, “हे पिता, म मेरो आत्मा तपाईंको हातमा सुम्पन्छु । यसो भनेर उहाँले प्राण त्याग्‍नुभयो ।”

र कसरी मुख्य पुजारीहरू र हाम्रा शासकहरूले उहाँलाई दोष लगाएर मृत्युदण्ड दिए र उहाँलाई क्रुसमा टाँगे ।

साँचो, साँचो, जसले मेरो वचन सुन्छ र मलाई पठाउनुहुनेलाई विश्‍वास गर्छ त्यससँग अनन्त जीवन हुन्छ र त्यो दोषी ठहराइनेछैन, तर त्यो मृत्युबाट जीवनमा सरेको छ । साँचो, साँचो म तिमीहरूलाई भन्छु, समय आइरहेको छ र यो अहिले नै हो, जब मृतकहरूले परमेश्‍वरका पुत्रको सोर सुन्‍नेछन्, र ती सुन्‍नेहरू बाँच्‍नेछन् ।

यस कुरामा तिमीहरू अचम्म नमान, किनकि चिहानमा हुनेहरूले उसको सोर सुन्‍ने समय आइरहेको छ, र तिनीहरू चिहानबाट बाहिर आउनेछन्ः असल गर्नेहरू जीवनको पुनरुत्थानको निम्ति र दुष्‍ट काम गर्नेहरू न्यायको पुनरुत्थानको निम्ति ।

यो नै स्वर्गबाट आएको रोटी हो, ताकि एक व्यक्‍तिले यसको केही भाग खाओस्, र त्यो नमरोस् । स्वर्गबाट ओर्लिआएको जीवित रोटी म नै हुँ । यदि कसैले यो रोटीको केही भाग खान्छ भने, त्यो सदासर्वदा जिउनेछ । मैले दिने रोटी संसारको जीवनको निम्ति दिने मेरो देह नै हो ।”

के मोशाले तिमीहरूलाई व्यवस्था दिएनन् र? तैपनि तिमीहरू कसैले व्यवस्था पालन गर्दैनौ । तिमीहरू मलाई किन मार्न चाहन्छौ?”

म तिमीहरूलाई साँचो, साँचो भन्दछु, यदि कसैले मेरो वचन पालना गर्छ भने, त्यसले कहिल्यै मृत्यु देख्‍नेछैन ।”

म असल गोठालो हुँ । असल गोठालोले आफ्ना भेडाहरूका लागि आफ्नो ज्यान पनि दिन्छ ।

पिताले मलाई चिन्‍नुहुन्छ र म पितालाई चिन्छु र मेरा भेडाहरूका लागि म मेरो ज्यान पनि दिन्छु । मेरा अरू भेडाहरू छन् जो यो भेडाको खोरका होइनन् । मैले तिनीहरूलाई पनि ल्याउनुपर्छ र तिनीहरूले मेरो सोर सुन्‍नेछन्, ताकि त्यहाँ एउटै बगाल र एउटै गोठालो हुन सकोस् । त्यसैकारण, पिताले मलाई प्रेम गर्नुहुन्छः म मेरो ज्यान पनि दिन्छु, ताकि मैले यसलाई फेरि लिन सकूँ । यो मबाट कसैले खोसेर लान सक्दैन, तर यो म आफैँ अर्पण गर्छु । यसलाई अर्पण गर्ने अधिकार मसँग छ, र यसलाई फेरि लिने अधिकार मसँग छ । यो आज्ञा मैले मेरा पिताबाट पाएको छु ।”

येशूले तिनलाई भन्‍नुभयो, “पुनरुथान र जीवन म नै हुँ; जसले मलाई विश्‍वास गर्छ, त्यो मरे तापनि जीवित हुनेछ । जसले मलाई विश्‍वास गर्छ र ममा जिउँछ त्यो कहिल्यै मर्नेछैन । के तिमी यो विश्‍वास गर्छ्यौ?”

त्यसैले, त्यस दिनदेखि उनीहरूले येशूलाई कसरी मार्ने भनी योजना बनाउन थाले ।

मुख्य पुजारीहरूले सँगसँगै षड्‍यन्‍त्र रचे, ताकि तिनीहरूले लाजरसलाई पनि मार्न सकेको होस् ।

साँचो, साँचो म तिमीहरूलाई भन्दछु, गहुँको दाना जबसम्म माटोमा झरेर मर्दैन, यो आफैँ एकलो रहन्छ, तर यदि त्यो मर्छ भने यसले धेरै फल फलाउनेछ । जसले आफ्नो जीवनलाई प्रेम गर्छ त्यसले त्यो गुमाउनेछ, तर जसले यस संसारमा आफ्नो जीवनलाई घृणा गर्छ त्यसले यो अनन्त जीवनको लागि जोगाइराख्‍नेछ । यदि कसैले मेरो सेवा गर्छ भने, त्यसले मलाई पछ्याओस्, र म जहाँ हुन्छु त्यहाँ मेरो सेवक पनि हुनेछ । यदि कसैले मेरो सेवा गर्छ भने पिताले त्यसको आदर गर्नुहुनेछ ।

पत्रुसले उहाँलाई भने, “प्रभु, मैले तपाईंलाई अहिले नै किन पछ्याउन सक्दिनँ? म तपाईंको लागि मेरो ज्यान पनि दिनेछु ।”

आफ्नो मित्रको लागि आफ्नो ज्यानै दिनुभन्दा अर्को कुनै महान् प्रेम छैन ।

यदि संसारले तिमीहरूलाई घृणा गर्छ भने, जान कि यसले तिमीहरूलाई घृणा गर्नुअगि मलाई घृणा गरेको छ । यदि तिमीहरू संसारका थियौ त, संसारले तिमीहरूलाई आफ्नैझैँ प्रेम गर्ने थियो । तर तिमीहरू संसारका होइनौ, र मैले तिमीहरूलाई संसारबाट चुनेँ, यसकारण संसारले तिमीहरूलाई घृणा गर्छ । मैले तिमीहरूलाई भनेको वचन याद राख, ‘नोकर त्यसको मालिकभन्दा महान् हुँदैन ।’ यदि तिनीहरूले मलाई सताएका छन् भने, तिनीहरूले तिमीहरूलाई पनि सताउनेछन् । यदि तिनीहरूले मेरो वचन पालन गरेका थिए भने तिनीहरूले तिमीहरूको पनि पालन गर्नेछन् ।” तिनीहरू मेरो नाउँको कारणले तिमीहरूलाई यी सबै कुराहरू गर्नेछन्, किनकि मलाई पठाउनुहुनेलाई तिनीहरू चिन्दैनन् ।

तिनीहरूले तिमीहरूलाई सभाघरबाट बाहिर निकाल्नेछन् । तर यस्तो समय आउँदै छ कि तिमीहरूलाई मार्ने हरेकले तिनीहरूले परमेश्‍वरको सेवा गरिरहेका छन् भनी ठान्‍नेछन् । तिनीहरूले यी कुराहरू गर्नेछन्, किनकि तिनीहरूले न त पितालाई न मलाई नै चिनेका छन् । मैले तिमीहरूलाई यी कुराहरू भनेको छु, ताकि त्यो घडी आउँदा मैले तिमीहरूलाई तिनीहरूको बारेमा भनेको कुरा तिमीहरूले सम्झन सक । मैले तिमीहरूलाई यी कुराहरू पहिले नै भनिनँ, किनकि म तिमीहरूसँगै नै थिएँ ।

त्यसैले तिमीहरू पनि अहिले निराश हुन्छौ, तर म तिमीहरूलाई फेरि भेट्नेछु; अनि तिमीहरूको हृदय खुसी हुनेछ र तिमीहरूको आनन्द तिमीहरूबाट कसैले लैजान सक्‍नेछैन ।

मैले तिमीहरूलाई यी कुरा भनेको छु, ताकि तिमीहरूलाई ममा शान्ति मिलोस् । संसारमा तिमीहरूलाई कष्‍ट हुन्छ, तर साहस गरः मैले संसारलाई जितेको छु ।

मैले तिनीहरूको वचन दिएको छु, संसारले तिनीहरूलाई घृणा गरेको छ, किनभने जस्तो म संसारको होइनँ, तिनीहरू पनि संसारका होइनन् ।

तब पिलातसले येशूलाई लगे र उहाँलाई कोर्रा लगाए । सिपाहीहरूले काँडाको मुकुट बनाए । तिनीहरूले यसलाई येशूको शिरमा लगाइदिए, अनि उहाँलाई बैजनी रङको वस्‍त्र पहिर्‍याइदिए । तिनीहरू उहाँकहाँ आए, र भने, “यहूदीहरूका राजाको जय होस्!” अनि तिनीहरूले उहाँलाई मुक्‍का हाने ।

जब मुख्य पुजारीहरू र अधिकारीहरूले येशूलाई देखे, तिनीहरू उच्‍च सोरले कराए, र भने, “त्यसलाई क्रुसमा टाँग, त्यसलाई क्रुसमा टाँग!” पिलातसले तिनीहरूलाई भने, “तिमीहरू आफैँले लैजाओ र यिनलाई क्रुसमा टाँग, किनकि म यिनमा कुनै दोष भेट्टाउँदिनँ ।”

येशूले तिनलाई जवाफ दिनुभयो, “तपाईंलाई माथिबाट दिइएको बाहेक तपाईंसँग ममाथि कुनै शक्‍ति छैन । यसकारण, जसले मलाई तपाईंको हातमा सुम्प्यो त्यसको पाप अझ ठुलो हुन्छ ।”

तिनीहरू ठुलो सोरमा कराए, “यसलाई लानुहोस्, यसलाई लानुहोस्, यसलाई क्रुसमा टाँग्‍नुहोस्!” पिलातसले तिनीहरूलाई भने, “के तिमीहरूका राजालाई मैले क्रुसमा टाँग्‍नुपर्ने हो?” मुख्य पुजारीहरूले जवाफ दिए, “हामीसँग कैसरबाहेक अरू कुनै राजा छैन ।” तब पिलातसले क्रुसमा टाँग्‍नको लागि येशूलाई तिनीहरूकहाँ सुम्पे । तब तिनीहरूले येशूलाई लगे, अनि उहाँ आफ्‍नो क्रुस आफैँ बोकी, “खप्परे ठाउँ” भन्‍ने ठाउँतिर जानुभयो, जसलाई हिब्रूमा “गलगथा” भनिन्छ । त्यहाँ तिनीहरूले येशूलाई क्रुसमा टाँगे, उहाँसँगै अरू दुई जना मानिसलाई पनि येशूलाई बिचमा पारेर दुवैपट्टि एक-एक जनालाई क्रुसमा टाँगे ।

जब येशूले अमिलो लिनुभयो, उहाँले भन्‍नुभयो, “सिद्धियो ।” उहाँले आफ्नो शिर झुकाउनुभयो र आफ्नो आत्मा त्याग्‍नुभयो ।

साँचो साँचो म तिमीलाई भन्दछु, जब तिमी जवान थियौ, तिमी आफैँ कपडा लगाउँथ्यौ र जहाँ जान चाहन्थ्यौ त्यतै जान्थ्यौ, तर जब तिमी वृद्ध हुन्छौ, तिमीले आफ्ना हात पसार्नेछौ र कसैले तिमीलाई कपडा लगाइदिनेछ र तिमी जहाँ जान चाहँदैनौ त्यहाँ तिमीलाई बोकेर लगिन्छ । पत्रुसले कस्तो किसिमको मृत्युले परमेश्‍वरलाई महिमा दिन्छ भनी सङ्केत गर्न येशूले यसो भन्‍नुभयो । उहाँले यो बताउनुभएपछि पत्रुसलाई भन्‍नुभयो, “मलाई पछ्याऊ ।”

येशूले तिनलाई भन्‍नुभयो, “यदि म नआउञ्‍जेसम्म तिनी रहेको चाहेँ भने पनि तिमीलाई के भयो त? मलाई पछ्याऊ ।” त्यसैले, ती चेला मर्नेछैनन् भन्‍ने यो भनाइ भाइहरूमाझ फैलियो । तरै पनि येशूले पत्रुसलाई अर्का चेला मर्दैनन् भन्‍नुभएन, तर “यदि म नआउञ्‍जेसम्म तिनी रहेको चाहेँ भने पनि तिमीलाई के भयो त?” भन्‍नुभएको थियो ।

परमेश्‍वरको अठोट गरिएको योजना र पूर्वज्ञानले गर्दा, उहाँ सुम्पिइनुभयो, र तपाईं अधर्मी मानिसहरूको हातद्वारा क्रुसमा टाँगिनुभयो र मारिनुभयो । उहाँलाई मृत्युका पीडाहरूबाट छुटाएर परमेश्‍वरले उहाँलाई जीवित पार्नुभयो किनभने उहाँ यसको अधीनमा रहिरहन सम्भव थिएन ।

तिनीहरूले प्रेरितहरूमाथि हात हाले र तिनीहरूलाई सार्वजनिक झ्यालखानामा थुनिदिए ।

जब परिषद्का सदस्यहरूले यो सुने तब तिनीहरू क्रुद्ध भए र प्रेरितहरूलाई मार्ने चाहना गरे ।

तब तिनीहरूले प्रेरितहरूलाई भित्र बोलाए र उनीहरूलाई कुटे र येशूको नाउँमा नबोल्नलाई आज्ञा गरे र तिनीहरूलाई जान दिए । तिनीहरू त्यस नाउँको निम्ति अपमान भोग्‍न योग्यका गनिएकामा तिनीहरूले अनान्दित हुँदै त्यो परिषद् छाडे ।

हे हठी मानिसहरू हो, हृदय र कानको खतना नभएकाहरू, तपाईंहरू सधैँ पवित्र आत्माको विरोध गर्नुहुन्छ । तपाईंहरूका पुर्खाले जस्तो गरे तपाईंहरू पनि त्यस्तै गर्नुहुन्छ । तपाईंहरूका पुर्खाले कुनचाहिँ अगमवक्‍तालाई सताएनन्? तिनीहरूले अगमवक्‍ताहरूलाई मारे जो धर्मी जनको आगमनअगि देखा परेका थिए । अहिले आएर तपाईंहरूले उहाँका विश्‍वासघाती र उहाँका हत्यारा बन्‍नु भएको छ । तपाईंहरूले स्वर्गदूतहरूद्वारा स्थापित व्यवस्था पाउनुभयो तर त्यसको पालना गर्नुभएन ।” जब परिषद्का सदस्यहरूले यी कुराहरू सुने तिनीहरू स्तिफनसको विरुद्धमा क्रूद्ध बने र तिनीहरूले दाह्रा किटे । तर तिनले पवित्र आत्माले भरिएर एकटकले स्वर्गतिर हेरे र परमेश्‍वरको महिमा साथै येशूलाई परमेश्‍वरको दाहिने हातपट्टि उभिरहनुभएको देखे । स्तिफनसले भने, “हेर्नुहोस्, म स्वर्ग उघ्रेको र मानिसका पुत्रलाई परमेश्‍वरको दाहिने हातपट्टि उभिरहनुभएको देख्दछु ।”

तर परिषद्का सदस्यहरू ठुलो सोरले चिच्‍च्याए; तिनीहरूले आफ्ना कान थुने र तिनीहरू तिनीमाथि जाइलागे । तिनीहरूले तिनलाई सहरबाहिर ल्याए र तिनीमाथि ढुङ्गा बर्साए । साक्षीहरूले शाऊल नाउँ गरेका जवान मानिसको खुट्टानेर आफ्ना बाहिरी वस्‍त्रहरू खोलेर राखे । तिनीहरूले स्तिफनसमाथि ढुङ्गा बसाईरहँदा तिनले निरन्तर रूपमा प्रभुको पुकारा गरे र भने, “हे प्रभु येशू, मेरो आत्मालाई ग्रहण गर्नुहोस् ।” तिनले घुँडा टेकी ठुलो सोरले चिच्‍च्याए, “हे प्रभु, तिनीहरूलाई यो पापको दोष नलागोस् ।” यति भनेपछि तिनले आफ्नो प्राण त्यागे ।

तिनको हत्यामा शाऊल पनि सहमत थिए । त्यही दिन यरूशलेमको मण्डलीको विरुद्धमा ठुलो सतावट सुरु भयो र प्रेरितहरूबाहेक अन्य विश्‍वासीहरू यहूदिया र सामारियाका क्षेत्रहरूमा तितर-बितर भएर गए । ईश्‍वरभक्त मानिसहरूले स्तिफनसलाई गाडे र तिनको लागि बेसरी विलाप गरे । तर शाऊलले मण्डलीलाई औधी हानि पुर्‍याए । तिनी घरैपिच्छे जान्थे र तिनले पुरुष र स्‍त्रीहरूलाई घिसारेर ल्याउँथे र तिनीहरूलाई झ्यालखानामा हालिदिन्थे ।

इथियोपियालीले पढेको धर्मशास्‍त्रको खण्ड थियोः “काटिने थुमाजस्तै उसलाई लगियो; जसरी थुमा ऊन कत्रनेको सामु मौन हुन्छ त्यसै गरी उसले आफ्नो मुख खोल्दैन ।” उसको विनम्रतामा उसको न्याय खोसियो । कसले उसको पुस्ताको घोषणा गर्ने? किनकि उसको जीवन यस पृथ्वीबाट हरण गरियो ।”

तर शाऊल अझै प्रभुका चेलाहरूको विरुद्धमा हत्याको धम्की दिँदै प्रधान पूजाहारीकहाँ गए र त्यस मार्गका पुरुष होस् या स्‍त्री जोसुकैलाई बाँधेर यरूशलेममा ल्याउन पाऊँ भनी तिनले दमस्कसका सभाघरहको नाउँमा पत्र मागे । तिनी जाँदै गर्दा जब तिनी दमस्कस नजिकै आइपुगे तब अकस्मात् तिनको वरिपरि स्वर्गबाट आएको ज्योति चम्क्यो । तिनी भुइँमा ढले र तिनले यसो भन्‍ने आवाज सुने, “ए शाऊल, ए शाऊल, किन तिमी मेरो खेदो गर्दैछौ?” शाऊलले जवाफ दिए, “प्रभु, तपाईं को हुनुहुन्छ?” प्रभुले भन्‍नुभयो, “म येशू हुँ जसको तिमी खेदो गर्दैछौ ।

धेरै दिन बितेपछि यहूदीहरूले तिनलाई मार्ने षड्यन्‍त्र रचे । तर शाऊलले तिनीहरूको षड्यन्‍त्र थाहा पाए । तिनलाई मार्ने उद्देश्यले तिनीहरू दिनरात ढोकाहरूमा चेवा गरेर बस्थे ।

र तिनले ग्रिक-यहूदीहरूसित वादविवाद गरे । तथापि उनीहरूले तिनलाई मार्न खोजिरहे ।

त्यसै समयमा हेरोद राजाले केही मानिसहरूमाथि हात हाल्न र समूहका केहीलाई दुर्व्यवहार समेत गर्न थाले । उनले यूहन्‍नाको भाइ याकूबलाई तरवारले मारे । त्यसपछि यस कुराले यहूदीहरूलाई प्रसन्‍न पारेको देखेपछि, उनी पत्रुसलाई पनि पक्रन अगि बढे । यो अखमिरी रोटीको चाडको समय थियो । उनलाई पक्रेपछि, तिनले झ्यालखानामा हाले र उनलाई सुरक्षा गर्न चारवटा सैनिक दललाई खटाए । निस्तार चाडपछि उनलाई मनिसहरूका बिचमा ल्याउने तिनले विचार गरिरहेका थिए ।

जब यहूदीहरू र गौरयहूदीहरू दुवैले तिनीहरूका अगुवाहरूलाई पावल र बारनाबासलाई दुर्व्यवहार गर्न र ढुङ्गाले हान्‍न मनाउन प्रयास गरे, यो कुरा थाहापाएपछि तिनीहरू लुकोनिया, लुस्‍त्रा, र डर्बी सहरहरू र वरिपरिका क्षेत्रतिर भागेर गए

तिनीहरूले चेलाहरूको मनलाई दह्रिलो बनाउँदै र विश्‍वासमा रहिरहनका निम्ति उत्साहित दिने काममा लागिरहे । तिनीहरूले उनीहरूलाई धेरै दुःख र सातवटहरूबाट भएर नै हामी परमेश्‍वरको राज्यमा पस्‍नुपर्छ भनी बताए ।

यी हाम्रा प्रभु येशू ख्रीष्‍टको नाउँको खातिर आफ्नो जीवनलाई जोखिममा पारेका मानिसहरू हुन् ।

त्यसपछि मानिसहरूको भिड पावल र सिलास माथि खनिए; अनि न्यायाधीशहरूले उनीहरूको कपडा च्यातिदिए र उनीहरूलाई लहुराले हिर्काउने आदेश दिए । तिनीहरूले उनीहरूलाई धेरै पिटेपछि तिनीहरूले पावल र सिलासलाई झ्यालखानामा हालिदिए र उनीहरूमाथि कडा निगरानी राख्‍न झ्यालखानाका हाकिमलाई आदेश दिए । आदेश पाउने बित्तिकै झ्यालखानाका हाकिमले उनीहरूलाई भित्री कोठामा थुने र उनीहरूका खुट्टाहरू ठिँगुरामा हालेर बाँधे ।

उहाँले एउटा मानिसबाट पृथ्वीमा रहने सबै जातिका मानिसहरूलाई बनाउनुभयो अनि ऋतुहरू र तिनीहरू बस्‍ने क्षेत्रका सिमानाहरू निर्धारण गर्नुभयो । यसैकारण उनीहरूले तिनै परमेश्‍वरलाई खोजून् र सायद तिनीहरूले उहाँलाई खोजेर पाउनेछन् । वास्तवमा उहाँ हामीमध्ये कसैबाट पनि टाढा हुनुहुन्‍न । किनकि हामी उहाँमा नै जिउँछौँ र हिँडडुल गर्छौं र उहाँमै हाम्रो अस्तित्व छ, जसरी तपाईंहरूका आफ्नै कविहरूले भनेका छन्: ʻकिनकि हामीहरू पनि उहाँकै सन्तान हौँ ।ʼ

अब हेर्नुहोस्, म पवित्र आत्मामा बाध्य भएर यरूशलेममा जाँदैछु, त्यहाँ मलाई के-कस्तो हुन आउने हो त्यो मलाई थाहा छैन । केवल पवित्र आत्माले मलाई यो गवाही दिनुहुन्छ कि हरेक सहरमा साङ्‍लाहरू र कष्‍टहरूले मलाई पर्खिरहेका छन् । तर म आफ्नो जीवनलाई कुनै मूल्यको ठान्दिनँ, ताकि परमेश्‍वरको अनुग्रहको सुसमाचारको गवाही बन्‍नको निम्ति मेरो दौड र प्रभु येशूबाट मलाई प्राप्‍त भएको सेवा-कार्य पुरा गर्न सकूँ ।

त्यसपछि पावलले जवाफ दिए, “मलाई जानदेखि निरुत्साही पार्न रोएर रोक्‍ने कोसिस नगर्नुहोस् । किनकि म प्रभु येशूको नाउँको खातिर बाँधिन मात्र होइन, यरूशलेममा मर्न पनि तयार छु ।” पावलले फर्किने इच्छा नगरेपछि हामीले कोसिस गर्न छाड्यौँ, र भन्यौँ, “प्रभुको इच्छा पुरा होस् ।”

तिनीहरूले उनलाई मार्न कोसिस गरिरहँदा, सारा यरूशलेम नै खलबलिएको थियो भन्‍ने खबर सुरक्षाकर्मीहरूका प्रमुख कप्‍तानकहाँ आयो ।

मैले यस मार्गलाई मृत्युसम्मै सताएँ । मैले स्‍त्रीहरू र पुरुषहरू दुवैलाई बाँधेँ, र तिनीहरूलाई झ्यालखानामा सुम्पिदिएँ । मलाई दमस्कसमा यात्रा गर्नलाई त्यहाँका भाइहरूका लागि मैले प्रधान पूजाहारी र सबै धर्म-गुरुहरूबाट पत्र पनि पाएको थिएँ, जसको गवाही उहाँहरूले नै दिन सक्‍नुहुन्छ । मैले यस मार्गकाहरूलाई बाँधेर दण्ड दिनको लागि यरूशलेममा ल्याउनुपर्थ्यो ।

मैले भनेँ, ʻहे प्रभु, तिनीहरू आफैँलाई थाहा छ, कि मैले कसरी तपाईंमा विश्‍वास गर्नेहरूलाई हरेक सभाघरमा पसेर पिटेँ, र जेलमा हालेँ । तपाईंका साक्षी स्तिफनसको रगत बगाइँदा, म पनि नजिकै उभिएर सहमत हुदै थिएँ, र उनलाई मार्नेहरूको कपडा कुरिरहेको थिएँ ।

जब उज्यालो भयो, केही यहूदीहरूले मतो गरे, र तिनीहरू आफैँमाथि श्राप घोषणा गरेः तिनीहरूले यसो भने, कि तिनीहरूले पावललाई नमारेसम्म न केही खानेछन्, न त पिउनेछन् । यसरी षड्‍यन्‍त्र गर्नेहरू चालिस जनाभन्दा बढी थिए । तिनीहरू प्रधान पूजाहारीहरू र अगुवाहरूकहाँ गएर भने, “हामीले पावललाई नमारेसम्म केही नखाने र केही नपिउने भनी ठुलो भाकल गरेका छौँ । त्यसैले, उनको मुद्दालाई अझ ठिक प्रकारले निर्णय गर्ने गरी परिषद्ले मुख्य कप्‍तानलाई पावललाई तल ल्याउनलाई भनोस् । हामीचाहिँ तिनी यहाँ आउनुअगावै तिनलाई मार्न तयार हुन्छौँ ।”

एक समय येशू नासरीको नाउँको विरुद्धमा धेरै कुराहरू गर्नुपर्छ भन्‍ने म आफैँले पनि विचार गरेँ । मैले यरूशलेममा यी कामहरू गरेँ; मैले धेरै सन्तहरूलाई झ्यालखानामा थुनेँ, र मैले यसो गर्ने अधिकार मूख्य पूजाहारीहरूबाट पाएँ । जब तिनीहरू मारिए, मैले तिनीहरूका विरुद्धमा मेरो मत पनि जाहेर गरेँ । मैले तिनीहरूलाई सबै सभाघरहरूमा बारम्बार सजाय दिएँ, र मैले तिनीहरूलाई ईश्‍वरको निन्दा गर्ने बनाउन कोसिस गरेँ । म तिनीहरूसित अति नै रिसाएँ, र तिनीहरूलाई विदेशका सहरहरूमा पनि खेदाएँ ।

यसैकारण, यहूदीहरूले मलाई मन्दिरमा पक्राउ गरे, र मलाई मार्ने प्रयास गरे ।

अटुट रूपमा सुकर्म गर्दै प्रशंसा, इज्‍जत र अमरत्वको खोजी गर्नेलाई उहाँले अनन्त जीवन दिनुहुनेछ ।

यति मात्र होइन, तर हामी हाम्रो कष्‍टमा पनि रमाउँछौँ । हामी जान्दछौँ, कि कष्‍टले सहनशीलता उत्‍पन्‍न गराउँछ ।

किनकि हामी कमजोर हुँदा नै ख्रीष्‍ट अधर्मीको निम्ति ठिक समयमा मर्नुभयो । एक जना धर्मी मानिसको लागि मुस्‍किलले कोही मर्नेछ । अर्थात् एक जना असल मानिसको लागि सायद कोहीले मर्ने साहस गर्थ्यो । तर परमेश्‍वरले हामीप्रति उहाँको आफ्नो प्रेम प्रमाणित गर्नुहुन्‍छ, किनकि हामी पापी हुँदै ख्रीष्‍ट हाम्रा निम्‍ति मर्नुभयो । अहिले हामी उहाँको रगतद्वारा अझ धेरै धर्मी ठहराइएका छौँ, अनि हामी उहाँको क्रोधबाट बचाइनेछौँ । हामी शत्रु हुँदा नै हामीलाई उहाँका पुत्रको मृत्‍युद्वारा परमेश्‍वरसँग मिलाप गराइयो; मिलाप भएपछि उहाँको जीवनद्वारा हामी अझ धेरै बचाइनेछौँ ।

के जतिलाई ख्रीष्‍ट येशूमा बप्‍तिस्मा दिइएका छन् उनीहरूलाई उहाँको मृत्युमा बप्‍तिस्मा दिइएका छन् भन्‍ने तिमीहरू जान्दैनौ? हामी बप्‍तिस्माद्वारा मृत्युमा उहाँसँगै गाडियौँ । ताकि जसरी ख्रीष्‍ट पिताको महिमाद्वारा मृतकहरूबाट जीवित पारिनुभयो, त्यसरी नै हामी जीवनको नवीनतामा हिँड्न सकौँ । किनकि यदि हामी उहाँको मृत्युको स्वरूपमा एक भएका छौँ भने हामी उहाँको पुनरुत्थानमा पनि एक हुनेछौँ । हामी जन्दछौँ, कि हाम्रो पुरानो मनुष्यत्वलाई उहाँसँगै क्रुसमा टाँगिएको थियो, ताकि पापको शरीरलाई नाश गर्न सकियोस्; ताकि हामी पापको दास बन्‍न नपरोस् । जो मरेको छ, पापको सम्बन्धमा त्यसलाई धर्मी घोषित गरिन्छ ।

तर यदि हामी ख्रीष्‍टसँग मरेका छौँ भने, हामी विश्‍वास गर्छौं, कि हामी पनि उहाँसँगै जिउनेछौँ । हामी जान्दछौँ, कि ख्रीष्‍ट मृतकबाट जीवित पारिनुभएको छ र अब उहाँ मृत हुनुहुन्‍न । अब मृत्युले उहाँमाथि राज्य गर्दैन । मृत्युको विषयमा उहाँ पापको लागि मर्नुभयो, उहाँ एकै पल्ट हामी सबैका लागि मर्नुभयो । तथापि जुन जीवन उहाँ जिउनुहुन्छ, त्यो उहाँले परमेश्‍वरको निम्ति जिउनुहुन्छ । त्यसै गरी, तिमीहरूले पनि पापको निम्ति मरेको, तर ख्रीष्‍ट येशूमा परमेश्‍वरमा जीवित ठान्‍नुपर्छ ।

तिमीहरू शरीरअनुसार जिउँछौ भने, तिमीहरू मर्न लागेका छौ, तर तिमीहरूले आत्माद्वारा शरीरका कामहरूलाई मार्छौ भने तिमीहरू जिउनेछौ । किनकि जति परमेश्‍वरका आत्माद्वारा डोर्‍याइएका छन्, तिनीहरू नै परमेश्‍वरका छोराछोरीहरू हुन् ।

यदि हामी सन्तानहरू हौँ भने त हामी उत्तराधिकारीहरू पनि हौँ अर्थात् परमेश्‍वरका उत्तराधिकारीहरू हौँ । अनि हामी ख्रीष्‍टसँगै साझे-उत्तराधिकारीहरू हौँ । वास्तवमा हामीले उहाँसँगै कष्‍ट भोग्यौँ भने, हामी पनि उहाँसँगै महिमित हुन सक्छौँ । यो वर्तमान समयका कष्‍टहरू हामीलाई प्रकट गरिने महिमासँग तुलना गर्न योग्यका छैनन् भन्‍ने म ठान्छु ।

हामी जन्दछौँ, कि सारा सृष्‍टि अहिले पनि एकसाथ क्रन्दन र प्रसव वेदनामा छ । यति मात्र होइन, तर पवित्र आत्माको पहिलो फल भएका हामी आफैँ पनि हाम्रो धर्मपुत्र ग्रहणको प्रतीक्षा अर्थात् हाम्रो शरीरको उद्धारको प्रतीक्षामा हामी आफैँभित्र क्रन्दनमा छौँ ।

हामी जान्दछौँ, कि परमेश्‍वरलाई प्रेम गर्नेहरू र उहाँको उद्देश्यअनुसार बोलाइएकाहरूका निम्ति उहाँले सबै थोकमा एकसाथ भलाइको निम्ति काम गर्नुहुन्छ अर्थात् सबै थोकले एकसाथ भलाइको निम्ति नै काम गर्छन् । किनकि जसलाई उहाँले पहिलेदेखि नै जान्‍नुहुन्थ्यो, धेरै भाइहरूमध्ये ज्येष्‍ठ होऊन् भनी उहाँले तिनीहरूलाई आफ्नो पुत्रको स्वरूप समान हुन पहिले नै नियुक्‍ति गर्नुभयो । जसलाई उहाँले पहिले नै नियुक्‍ति गर्नुभयो, तिनीहरूलाई उहाँले बोलाउनु पनि भयो । जसलाई उहाँले बोलाउनुभयो, तिनीहरूलाई धर्मी पनि ठहर्‍याउनुभयो । जसलाई उहाँले धर्मी ठर्‍याउनुभयो, तिनीहरूलाई उहाँले महिमित पनि पार्नुभयो ।

त्यसो भए, यी कुराहरूको विषयमा हामी के भनौँ त? यदि परमेश्‍वर नै हाम्रो पक्षमा हनुहुन्छ भने, हाम्रो विरुद्धमा को हुन्छ र? जसले आफ्ना पुत्रलाई पनि बाँकी राख्‍नुभएन तर हामी सबैको तर्फबाट उहाँलाई सुम्पिदिनुभयो, कसरी उहाँले हामीलाई उहाँसँगै सबै थोक पनि सितैँमा दिनुहुन्‍न र?

हामीलाई ख्रीष्‍टको प्रेमबाट कसले अलग गर्न सक्‍नेछ? सङ्कष्‍टले, वा दुःखले, वा सतावटले, वा भोकले, वा नग्‍नताले, वा खतराले, वा तरवारले? जस्तो लेखिएको छ, “तपाईंको लाभको निम्ति हामी दिनभरि मारिन्छौँ । हामीलाई मारिने भेडाहरूझैँ ठानियो ।” यी सबै कुरामा हामी हामीलाई प्रेम गर्नुहुनेद्वारा विजेताहरूभन्दा पनि बढी छौँ । किनकि म विश्‍वस्त भएको छु, कि न मृत्युले, न जीवनले, न स्वर्गदूतहरूले, न शासकहरूले, न वर्तमानका कुराहरूले, न आउने कुराहरूले, न उचाइले, न गहिराइले, न सृष्‍टि गरिएको कुनै थोकले हाम्रा प्रभु ख्रीष्‍ट येशूमा भएको परमेश्‍वरको प्रेमबाट हामीलाई अलग गर्न सक्छ ।

“हे प्रभु, तिनीहरूले तपाईंका अगमवक्‍ताहरूलाई मारेका छन्, तिनीहरूले तपाईंका वेदीहरूलाई भत्काएका छन् । म मात्र छोडिएको छु, र तिनीहरूले मेरो पनि ज्यान लिन खोजी गरिरहेका छन् ।” तर परमेश्‍वरको जवाफले तिनलाई के भन्छ? “बाल देवतासामु आफ्ना घुँडा नटेकेका सात हजार मानिसलाई मेरो निम्ति साँचेर राखेको छु ।” त्यसो भए, अनुग्रहको छनोटको कारण वर्तमान समयमा पनि बाँकी रहेकाहरू छन् ।

यसकारण, भाइहरू हो, परमेश्‍वरको कृपाद्वारा म तिमीहरूलाई बिन्‍ती गर्दछु, कि आ-आफ्ना शरीरलाई पवित्र र परमेश्‍वरमा ग्रहणयोग्य जिउँदो बलिको रूपमा अर्पण गर । यो नै तिमीहरूको उचित सेवा हो । यस संसारको ढाँचाअनुसार नचल, तर आफ्‍नो मनलाई नयाँ बनाई पूर्ण रूपमा परिवर्तित होओ । परमेश्‍वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के हो भनी जान्‍न यसो गर ।

तिमीहरूमा भएको भविष्यप्रतिको निश्‍चयताको बारेमा आनन्द मनाओ । दुःखमा धैर्य गर । निरन्तर प्रार्थना गर्दै रहो । विश्‍वासीहरूका खाँचाहरूमा बाँड-चुँड गर । अतिथि सत्कारको निम्ति धेरै उपायहरूको खोजी गर । तिमीहरूलाई सताउनेहरूलाई आशिष्‌‌ देओ; श्राप नदेओ ।

सम्भव भए, तपाईंको हकमा भएसम्म सबैसँग शान्तिमा बस । प्रिय हो, आफैँले बदला नलेओ, तर परमेश्‍वरको क्रोधमा छोडिदेओ । किनकि लेखिएको छ, “बदला लिने काम मेरो हो; मैले बदला लिनेछु”, परमप्रभु भन्‍नुहुन्छ । “तर तिम्रो शत्रु भोकाएको छ भने, उसलाई खान देऊ । ऊ तिर्खाएको छ भने, उसलाई पिउन देऊ । किनकि तिमीले यसो गर्‍यौ भने तिमीले उसको टाउकोमा आगोको भुङ्ग्रो खन्याउनेछौ ।”

हरेक व्यक्‍ति उच्‍च अख्तियारको अधीनतामा रहोस्, किनभने परमेश्‍वरबाट आउने अधिकारबाहेक अरू कुनै अधिकार हुँदैन । जुन अधिकारीहरू छन्, तिनीहरू परमेश्‍वरद्वारा नियुक्त गरिएका हुन् । यसकारण, जसले उक्‍त अधिकारीहरूको प्रतिरोध गर्छ, त्यसले परमेश्‍वरको विरोध गर्दछ; जसले यसलाई विरोध गर्छ, तिनीहरूले आफैँमाथि न्याय गर्छन् । असल कामहरूका निम्ति होइन, तर दुष्‍ट कामहरूका निम्ति शासकहरूको डर मानिन्छ । के तिमी अधिकारीप्रति निर्भय हुने इच्छा गर्छौ? जे असल छ त्यही गर, र तिमीले तिनीहरूबाट प्रशंसा पाउनेछौ । किनकि भलाइको निम्ति तिनी तिम्रो लागि परमेश्‍वरका सेवक हुन् । तर यदि तिमीले खराबी गर्‍यौ भने भयभीत होऊ; किनकि तिनले विनाकारण तरवार भिर्दैनन् । किनकि तिनी परमेश्‍वरका एक सेवक हुन् अर्थात् खराबी गर्नेमाथि बदला लिने व्यक्‍ति हुन् ।

किनकि यदि हामी जिउँछौँ भने, प्रभुकै निम्ति जिउँछौँ र यदि हामी मर्छौं भने, हामी प्रभुकै निम्ति मर्छौं । त्यसैले, हामी चाहे जिऔँ वा मरौँ, हामी प्रभुकै हौँ । यही उद्देश्यको निम्ति ख्रीष्‍ट मर्नुभयो र फेरि जीवित हुनुभयो, ताकि उहाँ मरेका र जीवितहरू दुवैका प्रभु हुन सक्‍नुभएको होस् ।

बरु, लुकाइएका सत्यतामा हामी परमेश्‍वरको बुद्धिको प्रचार गर्छौं, लुकेको बुद्धि जो परमेश्‍वरले हाम्रो महिमाको निम्ति युगको अगिबाटै नियुक्‍त गर्नुभयो । यस युगका कुनै पनि शासकहरूले यो ज्ञानलाई जानेनन्, तर तिनीहरूले त्यस समयमा यो कुरा बुझेका भए, तिनीहरूले महिमाको प्रभुलाई क्रुसमा टाँग्‍ने थिएनन् । तर यसो लेखिएको छ, “आँखाले नदेखेका, कानले नसुनेका, मनले विचारै नगरेका कुराहरू उहाँलाई प्रेम गर्नेहरूका निम्ति परमेश्‍वरले तयार पार्नुभएको छ ।”

के तिमीहरूलाई थाहा छैन, कि तिमीहरू परमेश्‍वरका मन्दिर हौ, र पवित्र आत्मा तिमीहरूमा बास गर्नुहुन्छ?

किनकि मलाई यस्तो लाग्छ कि परमेश्‍वरले हामी प्रेरितहरूलाई मृत्युदण्ड पाउन लागेका मानिसहरूलाई जस्तै मारिनेको भिडको पछिल्लो लहरमा प्रदर्शनमा राख्‍नुभएको छ । हामी संसार, स्वर्गदूतहरू र मानिसहरूका बिचमा तमाशा भएका छौँ ।

यो वर्तमान घडीमा हामी भोकाएका र तिर्खाएका छौँ; हाम्रा कपडाहरू फाटिएका छन्; हामी नराम्ररी कुटिएका छौँ; हामी घरवारविहीन भएका छौँ । हामी आफ्नै हातले कडा परिश्रम गर्दछौँ । मानिसहरूले गिल्ला गर्दा हामी तिनीहरूलाई आशिष्‌‌ दिन्छौँ । सतावटमा पर्दा हामी सहन्छौँ । मानिसले हामीलाई निन्‍दा गर्दा हामी दयापूर्वक बोल्‍छौँ । हामी संसारले इन्‍कार गरेको फोहोर कुराहरू र सबैभन्दा घिनलाग्दा कुराहरूजस्‍ता भएका छौँ र अझ पनि हामीलाई यस्तै ठानिन्छ ।

तिमीहरूको शरीर पवित्र आत्माको मन्दिर हो भन्‍ने कुरा के तिमीहरूलाई थाहा छैन, जो तिमीहरूभित्र रहनुहुन्छ, जसलाई तिमीहरूले परमेश्‍वरबाट पाएका छौ? तिमीहरू आफ्नै होइनौ भन्‍ने के तिमीहरूलाई थाहा छैन? किनकि तिमीहरू मोल तिरेर किनिएका थियौ । त्यसकारण, तिमीहरूको शरीरमा परमेश्‍वरलाई महिमा देओ! [टिपोटः केही पुराना प्रतिलिपिहरूमा यस्तो लेखिएको छ] यसकारण तिमीहरूको शरीर र आत्मामा परमेश्‍वरको महिमा गर, जुन परमेश्‍वरको हो । तर उत्तम प्रतिलिपिहरूमा यो छैन ।

जब जब तिमीहरूले यो रोटी खान्छौ र कचौराबाट पिउँछौ, उहाँ नआउञ्‍जेलसम्म प्रभुको मृत्युको घोषणा गर्छौ ।

र मानौँ, मसँग भएका सबै थोकहरू गरिबहरूलाई खुवाउनको लागि दिन्छु अनि मेरो शरीरलाई जलाउन दिन्छु, तर मसँग प्रेम छैन भने मलाई केही पनि फाइदा हुँदैन । प्रेम सहनशील र दयालु हुन्छ । प्रेमले डाह वा घमण्ड गर्दैन । यो अहङ्कारी हुँदैन । वा प्रेम रुखो हुँदैन । यसले आफ्नै स्वार्थ खोज्दैन । यो सजिलै रिसाउँदैन न त यसले खराबीको हिसाब राख्छ । प्रेम अधार्मिकतामा खुसी हुँदैन । बरु, यो सत्यतामा रमाउँछ । प्रेमले सबै कुरा सहन्छ; सबै कुरामा विश्‍वास गर्छ; सबै कुरामा आत्मविश्‍वासी हुन्छ अनि सबै कुरामा स्थिर रहन्छ ।

तर अब ख्रीष्‍ट मृतकहरूबाट जीवित पारिनुभएको छ र यसरी मरेकाहरूबाट जीवित भई उठ्नेमा उहाँ पहिलो फल हुनुभएको छ ।

नष्‍ट गर्नुपर्ने अन्तिम शत्रु मृत्यु हो ।

म प्रतिदिन मर्दछु । भाइहरू हो, म तिमीहरूमा गर्व गर्दछु, जुन मैले येशू ख्रीष्‍ट हाम्रा प्रभुमा पाएको छु ।

तिमीहरू अति अन्जान छौ! जे रोप्छौ सो नमरेसम्म उम्रन थाल्नेछैन,

मृतकहरूको पुनरुत्थान पनि त्यस्तै हो । रोपिएको कुरा नष्‍ट भएर जानेछ र उठाइएको कुरा नष्‍ट हुनेछैन । त्यसलाई अनादरमा रोपिन्छ र महिमामा उठाइन्‍छ; त्यसलाई कमजोरीमा रोपिन्छ र शक्‍तिमा उठाइनेछ । त्यसलाई प्राकृतिक शरीरमा रोपिन्छ र आत्मिक शरीरमा उठाइन्छ । यदि प्राकृतिक शरीर हुन्छ भने आत्मिक शरीर पनि हुन्छ ।

किनकि विनाशीले शरीरले अविनाशी शरीरलाई धारण गर्नुपर्छ र यो मरणशील शरीरले अमरत्व धारण गर्नुपर्छ । यो विनाशी शरीरले अविनाशीलाई धारण गर्नेछ र यो मरणशील शरीरले अमरत्व धारण गरेपछि यसरी लेखिएको वचन पुरा हुन आउनेछः “मृत्यु विजयमा निलिएको छ ।” “हे मृत्यु तेरो विजय कहाँ छ? मृत्यु तेरो खिल कहाँ छ?”

हाम्रा पिता परमेश्‍वर येशू ख्रीष्‍टलाई प्रशंसा भएको होस् । उहाँ दयाका पिता र सबै सान्त्वनाका परमेश्‍वर हुनुहुन्छ । परमेश्‍वरले हाम्रा सारा दुःख कष्‍टमा हामीलाई सान्त्वना दिनुहुन्छ । त्यसैले, हामी पनि दुःखमा परेकाहरूलाई सान्त्वना दिन सक्छौँ । परमेश्‍वरले हामीलाई सान्त्वना दिनको निम्ति प्रयोग गर्नुभएको सान्त्वनाद्वारा नै हामी अरूलाई सान्त्वना दिन्छौँ । जसरी हाम्रो निम्ति ख्रीष्‍टको कष्‍ट प्रशस्त छ, त्यसरी नै ख्रीष्‍टद्वारा हाम्रो सान्त्वना प्रशस्त हुन्छ । तर यदि हामीले दुःख भोग्यौँ भने यो तिमीहरूका सान्त्वना र उद्धारको निम्ति हो । र यदि हामीले सान्त्वना पायौँ भने यो तिमीहरूको सान्त्वनाको निम्ति हो । तिमीहरू हाम्रो दुःखमा धैर्यसाथ सहभागी हुँदा तिमीहरूको सान्त्वनाले प्रभावकारी रूपले काम गरिरहेको हुन्छ । तिमीहरूको निम्ति हाम्रो आशा दृढ छ । तिमीहरू दुःखमा सहभागी हुँदा सान्त्वनामा पनि सहभागी हुन्छौ भन्‍ने हामीलाई थाहा छ ।

भाइहरू हो, हामीले एसियामा भोगेका दुःखको बारेमा तिमीहरू अजान रहो भन्‍ने हामी चाहन्‍नौँ । हामीले सहन नसक्‍ने किसिमले हामी मिचिएका थियौँ, यति साह्रो कि हामीले बाँच्ने आशा नै मारेका थियौँ । वास्तवमा, हामीमाथि मृत्युदण्ड थियो । तर त्यो हामी आफैँमा होइन, मृतकहरूलाई जीवन दिनुहुने परमेश्‍वरमाथि भरोसा गर्न सकौँ भनेर भएको थियो । उहाँले हामीलाई त्यस्तो घातक जोखिमबाट बचाउनुभयो र फेरि पनि उहाँले हामीलाई बचाउनुहुनेछ । उहाँले हामीलाई फेरि पनि छुटाउनुहुनेछ भन्‍ने हामीले उहाँमा आशा राखेका छौँ ।

यो अति नै महान् शक्‍ति हामीसँग होइन, तर परमेश्‍वरसँग छ भन्‍ने स्पष्‍ट पार्नको निम्ति हामीसँग यो धन माटाका भाँडाहरूमा छ । हामी सबैतिरबाट कष्‍टित भएका छौँ, तर निराश भएका छैनौँ । हामी सताइएका छौँ, तर त्यागिएका छैनौँ । हामी हिर्काइएका छौँ, तर नाश पारिएका छैनौँ । येशूको जीवन हाम्रा शरीरमा देखियोस् भनेर हामी हाम्रा शरीरमा सधैँ येशूको मृत्युलाई बोकिहिँड्छौँ । हाम्रा मानवीय शरीरहरूमा येशूको जीवन देखा परोस् भनेर जीवित भएका हामीहरू येशूको खातिर सधैँ मृत्युमा सुम्पिइँदै छौँ । यही कारणले, हामीमा मृत्युले काम गर्दछ, तर जीवनले तिमीहरूमा ।

त्यसकारण हामी निराश हुँदैनौँ । हामी बाहिरी रूपमा विनाश हुँदै गए तापनि, भित्री रूपमा हामी प्रतिदिन नयाँ भइरहेका छौँ । किनकि यो क्षणिक छ, हलुका कष्‍टले हामीलाई सबै नापलाई माथ गर्ने वजनदार अनन्त महिमाको लागि तयार पारिरहेको छ । किनकि हामीले देखिने कुराहरूको होइन, तर नदेखिने कुराहरूको प्रतीक्षा गरिरहेका छौँ । देखिने कुराहरू क्षणिक हुन्छन् र नदेखिने कुराहरू अनन्तसम्म रहन्छन् ।

हामी जान्दछौँ, कि हामीले बास गरेको यो यो पार्थिव शरीर नष्‍ट भयो भने पनि हामीसँग परमेश्‍वरले दिनुभएको भवन छ । यो मानिसको हातले बनाएको घर होइन, तर स्वर्गमा रहेको अनन्तसम्म रहने घर हो । किनकि हाम्रो स्वर्गीय बासस्थानको पोशाक पहिरिने आशामा हामी यो पालमा पीडाले आर्तनाद गर्छौं । हामी यसको इच्छा गर्छौं किनकि यसलाई पहिरिएपछि हामी नाङ्गा हुनेछैनौँ । किनकि जबसम्म हामी यस पालमा छौँ, बोझले भरिएर हामी आर्तनाद गर्छौं । हामी निर्वस्‍त्र हुन चाहँदैनौँ । तर जे मरणशील छ, त्यो जीवनमा समावेश होस् भनेर हामी वस्‍त्र पहिरन चाहन्छौँ । हामीलाई यसको निम्ति तयार गर्नुहुने परमेश्‍वर नै हुनुहुन्छ, जसले हाम्रो निम्ति पछि आउने कुराको बैनाको रूपमा पवित्र आत्मा दिनुभएको छ ।

त्यसैले, सधैँ विश्‍वस्त रहो । यो जानी राख कि जब हामी हाम्रो शारीरिक घरमा रहन्छौँ, हामी परमेश्‍वरबाट टाढा रहन्छौँ । हामी विश्‍वासद्वारा हिँड्छौँ, देखिने कुराको आधारमा होइन । त्यसैले, हामी विश्‍वस्‍त छौँ । हामी शरीरबाट टाढा रहेर प्रभुसँग हुन रुचाउँछौँ । त्यसैले, घरमा वा त्यसबाट टाढा जहाँ रहे पनि हाम्रो उद्देश्य उहाँलाई प्रसन्‍न पार्नु हो ।

किनकि ख्रीष्‍टको प्रेमले हामीलाई बाध्य पार्छ र हामीलाई यो निश्‍चय छ कि सबैको निम्ति एक जना मर्नुभएको हुनाले सबै मरेका छन् । अनि ख्रीष्‍ट हामी सबैको निम्ति मर्नुभयो ताकि बाँच्नेहरू आफ्नो लागि नबाँचून् । बरु, तिनीहरू उहाँको निम्ति जिउनुपर्छ, जो मर्नुभयो र फेरि जीवित पारिनुभयो ।

त्यसैले, हामीले एक चोटि ख्रीष्‍टलाई त्यसै गरेका भए तापनि अब उसो हामी कसैलाई मानिसको दृष्‍टिकोणअनुसार मूल्याङ्कन गर्दैनौँ । अब हामी कसैलाई कदापि त्यसरी हेर्दैनौँ । किनभने कोही ख्रीष्‍टमा छ भने ऊ नयाँ सृष्‍टि हो । पुराना कुरा बितेर गएका छन् । हेर, ती नयाँ भएका छन् ।

हामी कसैको अगाडि ठेस लाग्‍ने कुराहरू राख्दैनौँ, कारण हामी हाम्रो सेवामा बेइमानी गर्न चाहन्‍नौँ । बरु, हामी आफैँलाई परमेश्‍वरका सेवकहरू हौँ भनी हाम्रो कामबाट प्रमाणित गर्छौं । हामी धैर्य धारणमा, कष्‍टमा, विपत्तिमा, कठिनाइमा, पिटाइमा, कैदी अवस्थामा, हुलदङ्गामा, कडा परिश्रममा, अनिदा रातमा, भोकमा शुद्धतामा, ज्ञानमा, धैर्यमा, दयामा, पवित्र आत्मामा, असल प्रेममा उहाँका सेवकहरू हौँ । हामीहरू परमेश्‍वरको शक्‍तिमा, वचनको सत्यतामा सेवकहरू हौँ । हामीसँग हाम्रो दायाँ र बायाँ हातमा धार्मिकताको हतियार छन् । हामी मान र अपमान, निन्दा र प्रशंसामा काम गर्दछौँ । हामीलाई ठगाहा छौँ भन्‍ने आरोप लगाइन्छ, तथापि हामी साँचा छौँ । हामी नचिनिएका व्यक्‍तिहरूले झैँ गर्छौं तापनि हामी चिनिएका छौँ । हामी मरे जस्तो काम गर्छौं, तर हामी अझै जीवितै छौँ । हामीहरू हाम्रा कार्यहरूको निम्ति दण्डित भए जस्तै गरी काम गर्छौं, तर मृत्युदण्ड पाए जस्तै गरी होइन । हामी अफसोसी भएर काम गर्छौं, तर सधैँ आनन्दमा रमाइरहेका छौँ । हामी गरिब भएर काम गर्छौं, तर धेरैलाई धनी बनाउँछौँ । हामी केही नभए जस्तो गरी काम गर्छौं, तापनि सबै थोकहरू पाएका छौँ ।

मैले तिमीहरूलाई दोषी ठहर्‍याउन यो भनेको होइनँ । किनकि मैले अघि नै भनिसकेको छु कि तिमीहरू हाम्रा हृदयमा छौ, सँगै मर्न र बाँच्नको निम्ति । तिमीहरूमाथि मेरो ठुलो भरोसा छ र म तिमीहरूमा गर्व गर्छु । म सान्त्वनाले भरिएको छु । हाम्रा सबै कष्‍टमा पनि म आनन्दले भरिएको छु ।

कष्‍टको भयङ्कर परीक्षाको समयमा पनि तिनीहरूको प्रशस्तताको शान्ति र घोर दरिद्रताले तिनीहरूमा उदारताको ठुलो धन उत्पन्‍न गरायो ।

के तिनीहरू ख्रीष्‍टका सेवकहरू हुन्? म अझै बढ्ता हुँ । मैले अझ धेरै परिश्रम गरेको छु; अझ धेरै झ्यालखानामा बसेको छु; मापन गर्न नै नसकिने गरी कुटाइ खाएको छु; मृत्युका धेरै खतराहरूको सामना गरेको छु । यहूदीहरूबाट मैले पाँच पल्ट “एक कम चालिस कोर्रा खाएको छु ।” मलाई तिन पल्ट लौराले पिटियो । एक पल्ट मलाई ढुङ्गाले हानियो । तिन पल्ट म पानी जहाज दुर्घटनामा परेँ । मैले एक दिन र एक रात खुला समुद्रमा बिताएको छु । नदीहरूका खतरामा, डाँकुहरूका खतरामा, मेरा आफ्नै मानिसहरूका खतरामा, अन्यजातिहरूका खतरामा, सहर भित्रका खतरामा, उजाड-स्थानहरूका खतरामा, समुद्रका खतरामा, झुटा भाइहरूका खतरामा मैले बारम्बार यात्राहरू गरेको छु । धेरै अनिदोका रातहरूमा, भोक र तिर्खामा, प्राय उपवासमा, नाङ्गोपन र जाडोमा म कडा परिश्रम र कठिनाइमा परेको छु । यी कुराहरूबाहेक सबै मण्डलीको फिक्रीको बोझ पनि ममाथि छ ।

आश्‍चर्यजनक प्रकाशहरूको कारण म गर्व गर्नदेखि थामिन्छु । त्यसकारण, म घमण्डले नफूलूँ भनेर एउटा काँढो मेरो शरीरमा दिइएको छ । म धेरै घमण्डी नहूँ भनेर शैतान तर्फको दूत मलाई दुःख दिनको निम्ति दिइएको छ । मबाट यो काँढो निकालिदिनुभएको होस् भनेर मैले प्रभुसित तिन पटक बिन्‍ती गरेँ । अनि उहाँले मलाई भन्‍नुभयो, “मेरो अनुग्रह तिम्रो निम्ति प्रशस्त छ, किनकि दुर्बलतामा नै शक्‍ति सिद्ध हुन्छ ।” यसैले, ख्रीष्‍टको शक्‍ति ममा बास गरोस् भनेर म मेरो दुर्बलतामा गर्व गर्नेछु । त्यसकारण, म ख्रीष्‍टको खातिर दुर्बलताहरूमा, निन्दाहरूमा, समस्याहरूमा, सतावटहरूमा, कष्‍टपूर्ण अवस्थाहरूमा खुसी रहन्छु ।

म यहूदी हुदाँ मेरो पहिलेको जीवनको बारेमा तिमीहरूले सुनेका छौ, कि कसरी मैले परमेश्‍वरको मण्‍डलीलाई हिंसात्‍मक रूपले अत्यधिक सताइरहेको थिएँ र त्‍यसलाई नष्‍ट गरिरहेको थिएँ ।

म ख्रीष्‍टसँगै क्रुसमा टाँगिएको छु । अब उसो जिउने म होइनँ, तर ख्रीष्‍ट ममा जिउनुहुन्छ । अब जुन जीवन म शरीरमा जिउँछु, म परमेश्‍वरका पुत्रको विश्‍वासमा जिउँछु, जसले मलाई प्रेम गर्नुभयो र आफैँलाई मेरो निम्ति दिनुभयो ।

त्यो समयमा शरीरअनुसार जन्मेकोले आत्माअनुसार जन्मेकोलाई सतायो । अहिले पनि यस्तै नै छ ।

तिनीहरू जो ख्रीष्‍ट येशूका हुन् उनीहरूले आफ्ना शरीरलाई त्यसका लालसा र दुष्‍ट अभिलाषाहरूसहित क्रुसमा टाँगेका हुन्छन् ।

किनकि जसले आफ्नै पाप-स्वभावमा बिउ छर्दछ, त्यसले विनाशको कटनी गर्नेछ, तर जसले आत्मामा बिउ छर्दछ, त्यसले आत्माबाट अनन्त जीवनको कटनी गर्नेछ ।

हाम्रा प्रभु येशू ख्रीष्‍टको क्रुसबाहेक मैले अरू कुनै कुरामा कहिल्यै गर्व गर्न नपरोस् । उहाँद्वारा नै म संसारको लागि र संसार मेरो लागि क्रुसमा टाँगिएको छ ।

यसैकारण, म पावल, तिमी गैरयहूदीहरूका निम्ति येशू ख्रीष्‍टको एक कैदी हुँ ।

यसकारण, तिमीहरूका निम्ति मैले गरेका दुःखहरूमा तिमीहरू निरुत्साहित नहुन म आग्रह गर्दछु । त्यो तिमीहरूका निम्ति महिमा हो । यही कारण म पिताको सामु मेरा घुँडा टेक्दछु,

यसकारण, प्रभुको निम्ति कैदी भएको नाताले तिमीहरूलाई जुन बोलावटमा बोलाइएको छ, त्यस बोलावटमा उचित ढंगले चल्नको निम्ति म तिमीहरूलाई आग्रह गर्दछु । ज्यादै विनम्रता र कोमलता र धैर्यतामा जिओ । एकले अर्कालाई प्रेममा स्वीकार गर ।

र ख्रीष्‍टले हामीलाई प्रेम गर्नुभएर आफैँलाई हाम्रो निम्ति दिनुभए झैँ तिमीहरू प्रेममा हिँड । परमेश्‍वरको निम्ति सुगन्धित सुवास्‍ना हुनको निम्ति उहाँ एक भेटी र बलिदान हुनुहुन्थ्यो ।

भाइ हो, अब तिमीहरूलाई यो थाहा होस् भन्‍ने म चाहन्छु, कि मलाई भएका यी सबै कुराहरूले सुसमाचारलाई धेरै अगाडि बढाउने काम भएको छ । किनकि ख्रीष्‍टमा मेरा साङ्लाहरूका विषयमा महलभरिका सारा रक्षकदेखि अरू सबै मानिसलाई थाहा भएको छ । र परमप्रभुमा भएका धेरै भाइहरू मेरा साङ्लाहरूका कारण निडर भएर वचन बोल्ने आँट गर्न झनै बढी उत्साहित भएका छन् ।

मेरो विश्‍वस्त आशा र निश्‍चयताअनुसार, म शर्ममा पर्नेछैनँ । बरु, सारा साहससँगै सधैँ जस्तै र अहिले पनि, चाहे मेरो जीवनद्वारा वा मृत्युद्वारा, ख्रीष्‍ट मेरो शरीरमा उचालिनुहुनेछ भन्‍ने म आशा गर्दछु ।

किनकि मेरो निम्ति जिउनु ख्रीष्‍ट हो, र मर्नु लाभ हो । तर शरीरमा जिउनाले मेरो परिश्रमबाट प्रतिफल आउँछ भने, कुन कुरालाई चुन्‍ने भन्‍ने कुरा मलाई थाहा छैन । किनकि मैले चयन गर्नुपर्ने यी दुवै कुराद्वारा म बिचमा परेको छु । म बिदा भएर ख्रीष्‍टसँग हुने इच्छा गर्दछु, जुनचाहिँ झनै असल कुरा हो ।

र तिमीहरूका शत्रुहरूले गरेका कुनै कुराहरूबाट भयभीत नहोओ । यो तिनीहरूका निम्ति तिनीहरूको विनाशको चिह्न हो । तर तिमीहरूका निम्ति यो तिमीहरूको मुक्‍तिको चिह्न हो, र यो परमेश्‍वरबाट आएको हो । किनकि ख्रीष्‍टको निम्ति यो तिमीहरूलाई दिइएको छ, उहाँमाथि विश्‍वास गर्न मात्र होइन, तर उहाँको निम्ति कष्‍ट भोग्‍न पनि ।

उहाँले आफूलाई नम्र तुल्याउनुभयो, र मृत्यु अर्थात् क्रुसको मृत्युसम्मै आज्ञाकारी हुनुभयो ।

तर तिमीहरूको विश्‍वासको त्याग र सेवामा म बलिदानको रूपमा अर्पित हुनुपरे तापनि, म आनन्द मनाउँछु, र म तिमीहरू सबैसँग आनन्दित हुन्छु ।

किनकि ख्रीष्‍टको कार्यको निम्ति तिनी मृत्युको नजिक पुगे । मलाई सेवा पुर्‍याउन र तिमीहरूले मेरो सेवामा गर्न नसकेका कामलाई पुरा गर्न तिनले आफ्नो जीवन जोखिममा पारे ।

किनकि खतना हामीहरू नै हौँ । हामीहरू नै परमेश्‍वरका आत्माद्वारा आराधना गर्दछौँ । हामीहरू नै ख्रीष्‍ट येशूमा गर्व गर्दछौँ, र शरीरमा कुनै भरोसा राख्दैनौँ ।

तर मेरो निम्ति लाभदायक भएका सबै कुराहरू, ख्रीष्‍टको खातिर मैले हानि नै सम्झेको छु । वास्तवमा, मेरा प्रभु ख्रीष्‍ट येशूको ज्ञानको श्रेष्‍ठताको कारण अब म सबै कुराहरूलाई हानि नै सम्झन्छु । उहाँको निम्ति मैले सबै कुराहरूलाई त्यागेको छु । मैले ती कुराहरूलाई काम नलाग्‍ने ठान्दछु ताकि मैले ख्रीष्‍टलाई हासिल गर्न सकूँ, र उहाँमा स्थापित हुन सकूँ । व्यवस्थाबाट मैले आफैँले प्राप्‍त गरेको धार्मिकता मसँग छैन । बरु, ख्रीष्‍ट येशूमा विश्‍वासद्वारा प्राप्‍त गरेको धार्मिकता मसँग छ, जुन धार्मिकता विश्‍वासमा आधारित परमेश्‍वरबाट मैले प्राप्‍त गरेको हुँ । यसैकारण, अब म उहाँ र उहाँको पुनरुत्थानको शक्‍तिलाई जान्‍न चाहन्छु र उहाँका कष्‍टहरूमा सहभागी हुन चाहन्छु । उहाँको मृत्युको समरूपतामा म बद्‌लिन चाहन्छु, ताकि मैले मरेकाहरूबाटको पुनरुत्‍थानको कुनै किसिमले अनुभव गर्न सकूँ ।

तर हाम्रो नागरिकता स्वर्गमा छ, जहाँबाट हामी मुक्‍तिदाता प्रभु येशू ख्रीष्‍टको प्रतीक्षा गर्दछौँ । उहाँले हाम्रो क्षुद्र शरीरलाई उहाँको जस्तै महिमित शरीरमा परिवर्तन गर्नुहुनेछ, जुन शरीर सबै कुराहरू उहाँको अधीनमा ल्याउनको निम्ति उहाँको शक्‍तिद्वारा बनाइएको छ ।

प्रभुमा सधैँ आनन्द गर । म फेरि पनि भन्दछु, आनन्द गर ।

कुनै कुरामा चिन्तित नहोओ । बरु, हरेक कुरामा प्रार्थना र नम्र निवेदनद्वारा, र धन्यवादसाथ तिमीहरूका निवेदन परमेश्‍वरमा जाहेर होऊन् । र हाम्रा सबै समझभन्दा उच्‍च परमेश्‍वरको शान्तिले ख्रीष्‍ट येशूमा तिमीहरूका हृदय र विचारहरूलाई रक्षा गर्नेछ ।

तिमीहरूका लागि मेरो कष्‍टमा म अब आनन्द मनाउँछु । ख्रीष्‍टका कष्‍टहरूको कमीलाई उहाँको शरीर अर्थात् मण्डलीको खातिर म मेरो शरीरमा पुरा गर्दछु ।

यदि परमेश्‍वरले तिमीहरूलाई ख्रीष्‍टसँगै उठाउनुभएको छ भने माथिका कुराहरूलाई खोज, जहाँ ख्रीष्‍ट परमेश्‍वरको दाहिने बाहुलीतर्फ बस्‍नुभएको छ । माथिका कुराहरूमा विचार गर, तर पृथ्वीका कुरामा ध्यान नलगाओ । किनकि तिमीहरू मरेका छौ, र तिमीहरूका जीवन परमेश्‍वरमा ख्रीष्‍टसँगै लुकाइएको छ । जब ख्रीष्‍ट प्रकट हुनुहुनेछ जो तिमीहरूका जीवन हुनुहुन्छ, तब तिमीहरू पनि उहाँसँगै महिमामा प्रकट हुनेछौ । त्यसकारण, संसारका स्वभावहरू अर्थात् कामुक अनैतिकता, अशुद्धता, कामवासना, खराब इच्छा र लोभको अन्त्य गर, जुन मूर्तिपूजा हो ।

तिमीहरू जान्दछौ, कि तिमीहरूले परमप्रभुबाट उत्तराधिकारको इनाम पाउनेछौ । तिमीहरूले जसको सेवा गर्दछौ, उहाँ प्रभु ख्रीष्‍ट हुनुहुन्छ ।

तिमीहरू हाम्रो र प्रभुको देखासिकी गर्नेहरू भयौ जसरी तिमीहरूले कष्‍टमा वचन पायौ र आनन्द र पवित्र आत्मामा ग्रहण गर्‍यौ ।

जसले प्रभु येशू र अगमवक्‍ताहरूलाई मारे र हामीलाई पनि धपाए, जसले परमेश्‍वरलाई खुसी पार्दैनन, तर सबै मानिसहरूप्रति शत्रुता राख्छन् ।

यी कष्‍टहरूबाट कोही नखल्बलियोस्, किनकि यसैको खातिर हामी नियुक्त भएका छौँ । साँच्‍चै हामीहरू तिमीहरूका बिचमा रहँदा पहिले नै भनेका थियौँ कि हामी कष्‍टका नजिक छौँ, तिमीहरूलाई थाहा नै छ यो हुन आयो ।

भाइहरू हो, सुतिगएकाहरूका विषयमा तिमीहरू अन्जान बस भन्‍ने हामी चाहन्‍नौँ ताकि आशा नहुने मानिसहरूले जस्तो तिमीहरूले शोक गर्न नपरोस् । येशू मर्नुभयो र जीवित हुनुभयो भनी हामी विश्‍वास गर्छौं भने परमेश्‍वरले पनि जो-जति येशूमा सुतेका छन् तिनीहरूलाई उहाँमा जीवित पार्नुहुनेछ । परमेश्‍वरको वचनद्वारा हामी तिमीलाई यसो भन्छौँ कि हामी जो जीवित छौँ र प्रभुको आगमनसम्म बाँचिरहन्छौँ, हामीले कुनै हालतमा पनि मरिगएकाहरूलाई उछिन्‍नेछैनौँ ।

उहाँ हाम्रो निम्ति मर्नुभयो ताकि हामी जागा हौँ वा निन्द्रामा हामी सबै उहाँसँग जिउन सकौँ ।

सदैव आनन्द गर, नरोकी प्रार्थना गरिरहो, हरेक कुरामा धन्यवाद देओ किनभने यो तिमीहरूको निम्ति ख्रीष्‍ट येशूमा परमेश्‍वरको इच्छा हो ।

त्यसैले, हामीहरू तिमीहरूको धैर्य र विश्‍वासको बारेमा परमेश्‍वरका मण्डलीहरूका बिचमा तिमीहरूले सहने तिमीहरूका सारा सतावटहरू र दुःख भोगाइहरूप्रति गर्व गर्दछौँ । यो परमेश्‍वरको धार्मिक न्यायको प्रष्‍ट चिन्ह हो, जसको कारणले तिमीहरू परमेश्‍वरको राज्यको योग्य ठहरिन्छौ, जुन राज्यको निम्ति तिमीहरू दुःख पनि भोग्दछौ । तिमीहरूलाई दुःख दिनेहरूलाई दुःख दिनु नै परमेश्‍वरको धार्मिकता हो, र येशू ख्रीष्‍ट स्वर्गबाट स्वर्गदूतहरूका शक्‍तिसाथ उहाँको आगमनमा आउनुहुँदा, हामीसँग दुःख भोगेकाहरूलाई छुटकारा मिल्नेछ । जसले परमेश्‍वरलाई चिन्दैनन् र तिनीहरू जसले हाम्रा प्रभु येशूको सुसमाचार पालन गर्दैनन्, उहाँले तिनीहरूलाई बलिरहेको आगोमा बदला लिनुहुनेछ । तिनीहरूले प्रभु र उहाँको शक्‍तिको महिमाको उपस्थितिबाट टाढा रहेर अनन्त विनाशको दण्ड भोग्‍नेछन्, तिमीहरूले हाम्रो गवाहीमा विश्‍वास गर्‍यौ । त्यसै गरी विश्‍वास गर्ने सबैद्वारा अचम्मित पार्नलाई र सबै सन्तहरूद्वारा महिमित हुनलाई उहाँ त्यो दिनमा आउनुहुन्छ ।

यसरी तिनीहरूले आउने कुराको लागि असल जग भण्‍डार गर्नेछन्, यसैले तिनीहरूले साँचो जीवनलाई पक्रनेछन् ।

परमेश्‍वरले हामीलाई डरको आत्मा होइन तर प्रेम, शक्‍ति र अनुशासनको आत्मा दिनुभएको छ । तब हाम्रा प्रभुको बारेमा गवाही दिन नसर्माऊ, र मेरो बारेमा पनि । म पावल उहाँका एक कैदी हुँ, तर परमेश्‍वरको शक्‍तिद्वारा कष्‍टमा पनि सुसमाचार प्रचार गर, जसले हामीलाई उहाँको पवित्र बोलावटमा बचाउनुभयो र बोलाउनुभयो, हाम्रो आफ्नै कामहरूद्वारा होइन, तर उहाँको आफ्नो योजना र अनुग्रहअनुसार जुन हामीलाई ख्रीष्‍ट येशूमा समयको सुरुवातभन्दा अगि नै प्रदान गर्नुभएको थियो । तर अहिले परमेश्‍वरको मुक्‍ति ख्रीष्‍ट येशूको आगमनले प्रकट गरिदिएको छ, जसले मृत्युलाई नाश पार्नुभयो, सुसमाचारद्वारा कहिल्यै अन्त नहुने जीवन ल्याउनुभयो ।

यसको निम्ति म सतावटमा परेको छु, तरै पनि म शर्माऊँदिनँ । किनकि म उहाँलाई जान्दछु र विश्‍वास गर्दछु, साथै म विश्‍वस्त छु कि उहाँले मैले सुम्पेका सबै कुराहरूलाई अन्तिम दिनसम्म सुरक्षित राख्‍नुहुनेछ ।

येशू ख्रीष्‍टको असल सिपाहीझैँ मसँग कष्‍ट भोग । सेनामा भर्ना भएको कुनै पनि जवान आफ्नो जीवनको अन्य काममा लाग्दैन, ताकि उसले आफ्नो हाकिमलाई खुसी पार्न सकोस् ।

मैले सुसमाचारको सन्देशमा भनेअनुसार दाऊदको वंशबाट आउनुभएका येशू ख्रीष्‍टको सम्झना गर । जुन कुराको लागि मैले अपराधीझैँ बन्धनमा पर्ने अवस्थासम्म कष्‍ट भोगेँ । तर परमेश्‍वरको वचन बन्धनमा परेको छैन । त्यसैकारण चुनिएकाहरूका लागि म सबै कुरा सहन्छु, ताकि तिनीहरूले अनन्तको महिमाका साथ येशू ख्रीष्‍टमा भएको मुक्‍ति प्राप्‍त गरून् । यो भनाइ भरोसायोग्य छः “हामी उहाँसँगै मर्‍यौँ भने, हामी उहाँसँगै जीवित पनि हुनेछौँ । हामीले सह्‍यौँ भने, हामीले उहाँसँगै राज्य गर्नेछौँ । हामीले उहाँलाई इन्कार गर्‍यौँ भने, उहाँले पनि हामीलाई इन्कार गर्नुहुन्छ ।

तर तिमीहरूले मेरो शिक्षा, आचरण, उद्देश्य, विश्‍वास, धैर्य धारण, प्रेम, सहनशक्‍ति, सतावट, दुःखभोग अनि एन्टिओखिया, आइकोनियन र लुस्‍त्रामा ममाथि आइपरेका कुराको अनुकरण गर्‍यौ । मैले त्यस्ता सतावटहरू सहेँ र प्रभुले मलाई ती सबैबाट छुटकारा दिनुभयो । ख्रीष्‍ट येशूको भक्‍तिमा जिउन चाहने मान्छे सधैँ सतावटमा पर्छ ।

तर तिमी सबै कुरामा सचेत होऊ; कष्‍ट भोग; प्रचारकको काम गर; आफ्नो सेवा पुरा गर । म अगिबाट नै बलिको रूपमा अर्पित भइरहेको छु, मेरो बिदाइको समय आएको छ । मैले राम्रो प्रतिस्पर्धामा भाग लिएको छु; मैले दौड सिध्याएको छु; मैले विश्‍वासलाई जोगाइराखको छु । मेरो लागि धर्मिकताको मुकुट राखिएको छ, जुन त्यस दिनमा धार्मिक न्यायाधीश प्रभुले मलाई त्यो मुकुट दिनुहुनेछ, मलाई मात्र होइन तर उहाँको आगमनलाई प्रिय ठान्‍ने सबैलाई ।

ख्रीष्‍ट येशूको कैदी पावल र हाम्रा भाइ तिमोथीबाट हाम्रा प्रिय साथी तथा सङ्गी-सहकर्मी फिलेमोनलाई,

प्रेमको कारणले म वृद्ध पावल, येशूको निम्ति एउटा कैदी, म तिमीलाई बिन्ती गर्छु,

तर, उहाँलाई केही समयको निम्ति स्वर्गदूतभन्दा कम बनाइएको हामीले देखेका छौँ । उहाँ येशू हुनुहुन्छ । किनभने उहाँका दुःख र मृत्युको कारणले येशू ख्रीष्‍टलाई महिमा र आदरको मुकुट पहिराइएको छ । त्यसकारण, अहिले परमेश्‍वरको अनुग्रहबाट येशू ख्रीष्‍टले हरेक मानिसका निम्ति मृत्यु चाख्‍नुभयो । यो परमेश्‍वरका निम्ति उपयुक्त थियो, किनभने हरेक थोक उहाँका निम्ति र उहाँद्वारा अस्तित्वमा आएको छ । धेरै छोराहरू महिमामा ल्याइँदा उहाँको दुःखद्वारा तिनीहरूको मुक्‍तिलाई पुरा गर्न उहाँ एक अगुवा बनाइनुभयो ।

त्यसकारण, पहिले नै परमेश्‍वरका छोराछोरीहरू मासु र रगतको एक भाग भएका हुनाले येशूले पनि त्यही कुराहरू तिनीहरूसँग बाँड्नुभयो । त्यसैले, येशूले मृत्यु सहेर मृत्युको शक्ति भएकोलाई अर्थात् शैतानलाई नष्‍ट पार्नुभयो । मृत्युको डरद्वारा र सधैँ शैतानका दास भएर जिएकाहरूको लागि स्वतन्त्रता दिन उहाँले त्यसो गर्नुभयो ।

यसकारण, परमेश्‍वरका मानिसहरूका निम्ति एउटा विश्राम दिनको विश्राम अझै बाँकी छ । किनकि जसले परमेश्‍वरको विश्राममा प्रवेश गर्दछ, त्यो आफैँले पनि आफ्ना कामहरूबाट विश्राम लिन्छ, जसरी परमेश्‍वरले उहाँका कामहरूबाट विश्राम लिनुभयो । त्यसकारण, हामी त्यस विश्राममा प्रवेश गर्नका निम्ति प्रयत्‍न गरौँ, ताकि कोही पनि त्यस प्रकारको अनाज्ञाकारितामा नपरोस् जसरी तिनीहरू परे ।

उहाँ शरीरमा हुनुहुँदा उहाँलाई मृत्युबाट बचाउन सक्‍नुहुने परमेश्‍वरसँग उहाँले ठुलो सोरमा क्रन्दन र आँशुकासाथ प्रार्थना र निवेदन गर्नुभयो । उहाँको आदरको कारणले गर्दा उहाँले सुन्‍नुभयो । उहाँ एक पुत्र हुनुभएर पनि आफूले भोगेको कष्‍टबाट उहाँले आज्ञापालन गर्न सिक्‍नुभयो । उहाँ सिद्ध बनाइनुभएपछि उहाँमा आज्ञाकारी हुने हरेकका निम्ति उहाँ अनन्त मुक्‍तिको कारण बन्‍नुभयो ।

तर तिमीहरूले ज्योति पाएपछि पनि दुःखको कठिन घडीमा कसरी सह्‍यौ, ती अघिका दिनहरूको सम्झना गर । तिमीहरू सबैका सामु अपमानित र तिरस्कृत भएका थियौ, र त्यस्तै समस्यामा परेकाहरूसँगै तिमीहरू सहभागी भयौ । किनकि कैदमा हुनेहरूलाई तिमीहरूले दया देखायौ; आफ्नो सम्‍पत्ति खोसिँदा पनि त्यसलाई सहर्ष स्वीकार गर्‍यौ; यो जानेर कि तिमीहरूसँग अझ उत्तम र रहिरने आफ्नै सम्‍पत्ति छ । त्यसकारण, आफ्नो निश्‍चयतालाई नगुमाओ, जसको ठुलो इनाम छ ।

यी सबै प्रतिज्ञालाई प्राप्‍त नगरिकनै यिनीहरू सबैले टाढैबाट स्वागत गरे । पृथ्वीमा परदेशी र निर्वासितहरू मात्र हौँ भन्‍ने कुरा स्वीकार गर्दै तिनीहरू विश्‍वासमा नै मरे । किनकि जसले यस्ता कुराहरू भन्दछन् तिनीहरूले एउटा स्वदेश खोजिरहेका छन् भन्‍ने कुरा स्पष्‍ट हुन्छ । साँच्‍चै नै तिनीहरूले आफू निस्केर गएको देशका लागि सोचिरहेका भए, तिनीहरूले फर्केर जाने मौका पाउने थिए । तर तिनीहरू अझ उत्तम देश अर्थात् स्वर्गीय देशको चाहना गर्दछन् । त्यसकारण, परमेश्‍वर तिनीहरूका परमेश्‍वर हुन लजाउनुहुन्‍न, किनकि उहाँले तिनीहरूका लागि एउटा सहर तयार पार्नुभएको छ ।

त्यसको सट्टामा, तिनले पापको क्षणिक सुख भोग्‍नुभन्दा बरु परमेश्‍वरका मानिसहरूसँगै दुःख भोग्‍ने कुरालाई छाने । मिश्रको सम्‍पत्तिमा भन्दा ख्रीष्‍टलाई पछ्याउँदा सहनुपर्ने अपमानलाई नै उनले बहुमूल्यको ठाने । कारण उनले आफ्ना आँखालाई इनाममाथि केन्द्रित गराएका थिए । विश्‍वासद्वारा नै मोशाले मिश्रदेश छोडे । उनी राजाको क्रोधदेखि डराएनन्, किनकि एक जो अदृश्यलाई देखेजस्तै गरी उनले सही रहे ।

अनि योभन्दा बढी म के भनौँ? यदि मैले गिदोन, बाराक, शिमशोन, यिप्‍ता, दाऊद, शमूएल र अगमवक्‍ताहरूको बारेमा भनेँ भने, मलाई समय नै पुग्दैन । विश्‍वासद्वारा नै तिनीहरूले राज्यहरूलाई जिते; न्यायपूर्ण काम गरे; र प्रतिज्ञाहरू प्राप्‍त गरे । तिनीहरूले सिंहहरूको मुखलाई बन्द गरिदिए । तिनीहरूले आगोको ज्वालालाई निभाए; तरवारको धारबाट भागे; रोगहरूबाट निको पारिए; युद्धमा शक्‍तिशाली भए; र विदेशी सेनाहरूलाई भगाए । स्‍त्रीहरूले आफ्ना मरेकाहरूलाई पुनरुत्थानद्वारा प्राप्‍त गरे । अरूले अझ उत्तम पुनरुत्थान प्राप्‍त गर्नलाई तिनीहरूले छुटकारालाई स्वीकार गरेनन् । त्यसैले, तिनीहरूले दण्ड भोगे । अरूहरूले निन्दा, कोर्रा, साङ्‌ला र कैदजस्ता आदि कुराहरू सहे । तिनीहरूलाई ढुङ्गाले हानियो । तिनीहरूलाई दुई भाग हुने गरी चिरियो । तिनीहरूलाई तरवारले मारियो । तिनीहरूले भेडा र बाख्राको छाला लगाएर हिँड्डुल गर्नुपर्‍यो र विभिन्‍न किसिमका दुःख, निर्दयता र अमानवीय कुराहरू सहनुपर्‍यो । यो संसार तिनीहरूका लागि योग्य थिएन । तिनीहरू मरुभूमि, पहाड, गुफा र जमिनका ओडारहरूतिर तितर-बितर हुनुपर्‍यो ।

यसकारण, हामी यतिका धेरै साक्षीहरूका बादलले घेरिएका हुनाले हर प्रकारका बोझ र हामीलाई सजिलैसित अल्‍झाउने पापलाई पन्‍छाऔँ । हाम्रा अघि राखिदिएको दौडलाई धैर्यसाथ दोडौँ ।

विश्‍वासका कर्ता र सिद्ध तुल्याउनुहुने येशूमा हामीले हाम्रा आँखा केन्‍द्रित गरौँ, जसले आफ्नो सामुन्‍ने राखिएको आनन्दको लागि अपमान सहनुभयो र क्रुसको दुःख भोग्‍नुभयो, अनि उहाँ परमेश्‍वरको सिंहासनको दाहिनेपट्टि विराजमान हुनुभएको छ । त्यसैले, पापीहरूबाट उहाँको विरुद्धमा भएका वादविवाद सहनुहुनेलाई विचार गर । त्यसकारण, तिमीहरू आफ्ना हृदयमा शिथिल नहोओ र हरेस नखाओ । तिमीहरूले पापको विरुद्धमा अझसम्‍म रगत बगाउनुपर्ने अवस्था आएको छैन वा यसको लागि सङ्घर्ष गर्नुपरेको छैन ।

त्यसकारण, येशूले पनि आफ्नै रगतद्वारा मानिसहरूलाई समर्पण गर्नका खातिर सहरको ढोकाबाहिर दुःख भोग्‍नुभयो । त्यसैले, हामी पनि उहाँसँगै छाउनीबाहिर जाऔँ, र उहाँको निन्दामा सहभागी होऔँ । किनकि हामीसँग यहाँ कुनै स्थायी सहर छैन । बरु, हामी आउनेवाला सहरको प्रतीक्षामा छौँ ।

मेरा भाइहरू हो, तिमीहरूले अनेकौँ किसिमका समस्याहरूको अनुभव गर्दा त्यसलाई पूर्ण रूपमा आनन्द सम्झ, तिमीहरू जान्दछौ, कि तिमीहरूको विश्‍वासको जाँचले धैर्य उत्‍पन्‍न गराउँदछ । धैर्यलाई पूर्ण रूपमा काम गर्न देओ, ताकि तिमीहरू सम्पूर्ण रूपमा सुधारिएको र पूर्ण हुन सक र तिमीहरूमा कुनै कुराको कमी नहोस् ।

त्‍यो मानिस धन्‍यको हो जो परीक्षामा स्‍थिर रहन्‍छ । किनभने परीक्षामा सफलता प्राप्‍त गरिसकेपछि उसले जीवनको मुकुट पाउनेछ, जुन परमेश्‍वरलाई प्रेम गर्नेहरूका निम्ति प्रतिज्ञा गरिएको छ ।

भाइहरू हो, प्रभुको नाममा बोल्ने अगमवक्ताहरूको कष्‍ट र धैर्यबाट एउटा उदाहरण लेओ । हेर, जसले धैर्य धारण गरे हामी तिनीहरूलाई आशिषित मान्छौँ । तिमीहरूले अय्यूबको धैर्यको बारेमा सुनेका छौ, र प्रभु कति धेरै दयालु र कृपालु हुनुहुन्छ भन्‍ने विषयमा प्रभुको उद्देश्य तिमीहरूलाई थाहा छ ।

किनकि कहिल्यै नष्‍ट नहुने ईश्‍वरीय उत्तराधिकारमा कहिल्यै दाग लाग्दैन र यो कहिल्यै बिलाएर पनि जाँदैन । यो तिमीहरूका निम्ति स्वर्गमा संरक्षित छ । अन्तिम समयमा प्रकट हुने उद्धारको निम्ति तिमीहरू विश्‍वासद्वारा परमेश्‍वरको शक्‍तिले सुरक्षित राखिएका छौ ।

उहाँमा आओ, जो मानिसहरूद्वारा इन्कार गरिनुभएका जीवित पत्थर हुनुहुन्छ, तर त्यही पत्थर नै परमेश्‍वरबाट चुनिएको छ र उहाँका निम्ति बहुमूल्य पत्थर हुनुभएको छ । तिमीहरू पनि येशू ख्रीष्‍टद्वारा परमेश्‍वरको निम्ति ग्रहणयोग्य आत्मिक बलिदानहरू चढाउने पवित्र पुजारीहरू हुनको निम्ति आत्मिक भवन निर्माण गर्ने जीवित पत्थरहरूजस्तै हौ ।

यसैको निम्ति तिमीहरू बोलाइएका थियौ, किनकि तिमीहरूले उहाँका पाइला पछ्याओ भनेर ख्रीष्‍टले पनि दुःख भोग्‍नुभयो र तिमीहरूका निम्ति उदाहरण छोड्नुभयो । उहाँले कुनै पाप गर्नुभएन, न उहाँका मुखमा कुनै छलको कुरो पाइयो । उहाँको अपमान हुँदा उहाँले त्यसको बदला लिनुभएन । उहाँले दुःख भोग्‍नुहुँदा पनि आफैँलाई उचित न्याय गर्नुहुनेकहाँ सुम्पिनुभयो ।

तर यदि तिमीहरू धार्मिकताको लागि सताइन्‍छौ भने तिमी आशिषित् हुनेछौ । तिनीहरू डराउने कुरादेखि तिमीहरू नडराओ । हतास नहोओ ।

ख्रीष्‍टले पनि पापका निम्ति एक पटक दुःख भोग्‍नुभयो । धर्मी भएर पनि उहाँले हामीलाई परमेश्‍वरमा ल्याउनको निम्ति हामी अधर्मीहरूका लागि दुःख भोग्‍नुभयो । उहाँले शारीरिक रूपमा मृत्यु वरण गर्नुभयो, तर उहाँ आत्मामा जीवित पारिनुभयो ।

प्रिय हो, तिमीहरूलाई जाँच गर्नको निम्ति कुनै अग्‍निमय परीक्षा आइपरेमा त्यसलाई अनौठो नसम्झ । तर जति तिमीहरू ख्रीष्‍टको दुःख भोग्‍छौ, त्यति रमाओ ताकि उहाँको महिमा प्रकट हुँदा तिमीहरू पनि आनन्द मनाउन सक्‍नेछौँ । तिमीहरू ख्रीष्‍टको नाउँको कारण अपमानित भयौ भने तिमीहरू धन्यका हौ, किनकि महिमाका आत्मा र परमेश्‍वरका आत्मा तिमीहरूमाथि रहनुहुन्छ ।

तरै पनि ख्रीष्‍टियान भएको कारणले कसैले पीडा भोग्छ भने उसले लाज नमानोस्, तर त्यही नाममा परमेश्‍वरको महिमा गरोस् ।

त्यसैले परमेश्‍वरको इच्छामा दुःख भोग्‍नेहरूले असल काम गर्दै आफ्नो आत्मा सृष्‍टिकर्तालाई सुम्पून् ।

मुख्य गोठालो प्रकट हुनुहुँदा तिमीहरूले कहिल्यै नाश नहुने महिमित मुकुट पाउनेछौ ।

त्यसकारण, आफैँलाई उहाँको शक्‍तिशाली बाहुलीमुनि नम्र तुल्याओ, ताकि उहाँले उचित समयमा तिमीहरूलाई उच्‍च पार्नुभएको होस् । तिम्रा सबै चिन्ता-फिक्री उहाँमा सुम्पिदेओ किनकि उहाँले तिमीहरूको वास्ता गर्नुहुन्छ । सचेत र जागा रहो । तिमीहरूको शत्रु दियाबलस कसैलाई भेटेर निल्नको निम्ति गर्जने सिंहझैँ खोजिरहेको छ । त्यसको विरुद्धमा खडा होओ । तिमीहरूको विश्‍वासमा दह्रिलो बन । यो जान कि संसारमा भएका तिमीहरूका भाइहरूले पनि यस्तै कष्‍टहरू भोगिरहेका छन् । तिमीहरूको केही समयको कष्‍टपछि तिमीहरूलाई ख्रीष्‍टमा उहाँको महिमामा बोलाउनुहुने सबै अनुग्रहका परमेश्‍वरले तिमीहरूलाई सिद्ध, स्थापित र बलियो बनाउनुहुनेछ ।

कयिनजस्तो होइन जो दुष्‍टको थियो र त्यसले आफ्नो भाइलाई मार्‍यो । अनि उसले आफ्नो भाइको हत्या किन गर्‍यो? किनकि उसका कामहरू दुष्‍ट थिए र उसको भाइका काम धार्मिक थिए ।

मेरा भाइहरू, यदि संसारले तिमीहरूलाई घृणा गर्छ भने तिमीहरू अचम्म नमान । हामी जान्दछौँ, कि हामी मृत्यु पार गरेर जीवनमा सरेका छौँ, किनकि हामी दाजुभाइहरूलाई प्रेम गर्छौं । जसले प्रेम गर्दैन, त्यो मृत्युमा रहन्छ । जसले आफ्नो भाइलाई घृणा गर्छ त्यो हत्यारा हो । अनि तिमीहरू जान्दछौ, कि कुनै पनि हत्यारासँग अनन्त जीवन हुँदैन । यसैद्वारा हामी प्रेम थाहा पाउँछौँ, किनकि ख्रीष्‍टले हाम्रो निम्ति आफ्नो जीवन दिनुभयो । हामीले पनि हाम्रा दाजुभाइहरूका निम्ति हाम्रो जीवन दिनुपर्छ ।

मेरा प्रिय बालकहरू हो, तिमीहरू परमेश्‍वरका हौ, र तिमीहरूले ती आत्माहरूलाई जितेका छौ, किनभने तिमीहरूमा जो हुनुहुन्छ उहाँ संसारमा हुनेभन्दा महान् हुनुहुन्छ ।

किनकि परमेश्‍वरबाट जन्मेको हरेकले संसारलाई जित्छ । अनि संसारलाई जित्‍ने विजय हाम्रो विश्‍वास हो । येशू नै परमेश्‍वरका पुत्र हुनुहुन्छ भनी विश्‍वास गर्नेबाहेक संसारमाथि विजय हासिल गर्ने को हो?

हेर, उहाँ बादलमा आउँदै हुनुहुन्छ । हरेक आँखाले उहाँलाई देख्‍नेछ, उहाँलाई घोच्‍नेहरूले पनि । अनि उहाँको कारण पृथ्वीका सबै कुलले बिलौना गर्नेछन् । यसै होस्, आमेन । सर्वशक्‍तिमान् परमप्रभु परमेश्‍वर भन्‍नुहुन्छ, “अल्फा र ओमेगा म नै हुँ”, “उहाँ जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो, र जो हुन आउनुहुनेछ ।” [टिपोटः केही संस्करणमा लेखिएको छ] “अल्फा र ओमेगा, सुरु र अन्त म नै हुँ”, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्छ ।

म जीवित छु । म मरेको थिएँ, तर हेर, म सदाका निम्ति जीवित रहन्छु, अनि मृत्यु र पातालका साँचाहरू मसित छन् ।

मण्डलीहरूलाई आत्माले के भन्‍नुहुन्छ, जसको कान छ त्यसले सुनोस् । जसले जित्छ, त्यसलाई म जीवनको रुखबाट खाने अनुमति दिनेछु जुनचाहिँ परमेश्‍वरको स्वर्गलोक हो’ ।”

“स्मुर्नाको मण्डलीका दूतलाई लेखः ‘जो सुरु र अन्त्य हुनुहुन्छ यी वचनहरू उहाँका हुन्, जो मर्नुभएको थियो र जो फेरि जीवित हुनुभयो । मलाई तिम्रा कष्‍टहरू र गरिबी थाहा छ, तर तिमी धनी छौ । अनि तिम्रो निन्दा गर्नेहरू जसले आफैलाई यहूदी हुँ भनी दाबी गर्छन्, तर तिनीहरू होइनन्, तिनीहरू त शैतानका सभाघर हुन् । तिमीले भोग्‍नै लागेको कष्‍टको बारेमा नडराऊ । हेर! शैतानले तिमीहरूमध्ये केहीलाई जाँच्‍नको लागि झ्यालखानामा हाल्न आँटेको छ र दस दिनका निम्ति तिमीले कष्‍ट भोग्‍नेछौ । मृत्युसम्मै विश्‍वासयोग्य होऊ र म तिमीलाई जीवनको मुकुट दिनेछु ।

आत्माले मण्डलीहरूलाई के भन्दै हुनुहुन्छ, जसको कान छ त्यसले सुनोस् । विजय प्राप्‍त गर्नेलाई दोस्रो मृत्युद्वारा चोट पुर्‍याइनेछैन’ ।”

मलाई थाहा छ तिमी कहाँ बस्छौ, त्यहाँ शैतानको सिंहासन छ । तरै पनि तिमीले मेरो नाउँलाई दह्रो गरी पक्रिरखेका छौ । अनि शैतान बस्‍ने ठाउँमा मारिएका मेरा विश्‍वासयोग्य साक्षी एन्टिपासको समयमा पनि तिमीले ममाथि भएको विश्‍वासलाई इन्कार गरेनौ ।

जसको कान छ, त्यसले सुनोस्, आत्माले मण्डलीहरूलाई के भन्दै हुनुहुन्छ । जसले जित्छ, उसलाई म लुकाइएको केही मन्‍न दिनेछु, र पत्थरमा एउटा नयाँ नाउँ लेखिएको सेतो पत्थर म उसलाई दिनेछु, तर त्यो नाउँ पाउनेले बाहेक अरू कसैले पनि जान्दैन’ ।”

जसले जित्छ र अन्त्यसम्म मैले गरेका काम जसले गर्छ, उसलाई म जाति-जातिहरूमाथि अधिकार दिनेछु । कुमालेका माटाका भाँडाहरूलाई उसले टुक्रा-टुक्रा पारेजस्तै उसले फलामको छडीले तिनीहरूमाथि शासन गर्नेछ । मैले मेरा पिताबाट प्राप्‍त गरेजस्तै उसलाई म बिहानको तारा दिनेछु । जसको कान छ उसले सुनोस्, आत्माले मण्डलीहरूलाई के भन्दै हुनुहुन्छ’ ।”

जसले जित्छ, उसलाई सेतो वस्‍त्र पहिराइनेछ, र जीवनको पुस्तकबाट म उसको नाउँ कहिल्यै मेटाउनेछैन, अनि म मेरा पिता र उहाँका स्वर्गदूतहरूका सामु उसको नाउँ घोषणा गर्नेछु । आत्माले मण्डलीहरूलाई के भन्दै हुनुहुन्छ, जसको कान छ, उसले सुनोस्’ ।”

जसले जित्छ त्यसलाई म मेरा परमेश्‍वरको मन्दिरमा एउटा खाँबो बनाउनेछु र ऊ यसबाट कहिल्यै बाहिर जानेछैन । उसमाथि मेरा परमेश्‍वरको सहरको नाउँ, मेरा परमेश्‍वरको नाउँ, अनि मेरो नयाँ नाउँ म लेखिदिनेछु । मण्डलीहरूलाई आत्माले के भन्दै हुनुहुन्छ, जसको कान छ उसले सुनोस्’ ।”

जसले जित्छ, उसलाई मेरो सिंहासनमा मसँग बस्‍नलाई अधिकार दिनेछु, जसरी मैले पनि जितेँ र त्यसरी नै म पनि मेरा पितासँग उहाँको सिंहासनमा बसेको छु । मण्डलीहरूलाई आत्माले के भन्दै हुनुहुन्छ, जसको कान छ उसले सुनोस् ।”

जब थुमाले पाँचौ छापलाई खोल्‍नुभयो, तब वेदीको मुनि परमेश्‍वरको वचन र तिनीहरूको गवाहीका खातिर मारिएका आत्माहरूलाई मैले देखेँ । तिनीहरूले चर्को सोरमा कराए, “सबैमाथिका शासक, पवित्र र साँचो, कहिलेसम्म तपाईंले हाम्रो रगतको बदला लिनुहुन्‍न र पृथ्वीमा बाँचिरहेकाहरूको न्याय गर्नुहुन्‍न?” तब तिनीहरू हरेकलाई एउटा सेतो वस्‍त्र दिइयो, अनि तिनीहरूका सहकर्मी सेवकहरू र तिनीहरूका दाजुभाइहरू र दिदी-बहिनीहरू तिनीहरूजस्तै जो मारिएर सङ्ख्यामा पूर्ण नभएसम्म तिनीहरूलाई पर्खनू भनियो ।

यी कुराहरूपछि मैले हेरेँ, र हरेक जाति, कुल, मानिस र भाषाका कसैले पनि गन्‍न नसक्‍ने एउटा ठुलो भिड सेतो पोशाक लगाएर र आ-आफ्ना हातमा खजुरका हाँगा लिई सिंहासन अगाडि र थुमाका सामु उभिरहेका थिए ।

त्यसपछि एल्डरहरूमध्ये एक जनाले मलाई सोधे, “यी सेता वस्‍त्रहरू पहिरनेहरू को हुन्, र तिनीहरू कहाँबाट आएका हुन्?” अनि मैले उहाँलाई भनेँ, “हजुर, तपाईंलाई नै थाहा छ,” र उहाँले मलाई भन्‍नुभयो, “यिनीहरू नै हुन् जो महासङ्कष्‍टबाट आएका हुन् । तिनीहरूले आफ्ना वस्‍त्रहरू थुमाका रगतमा धोएर सेता बनाएका छन् । यसैकारणले गर्दा, तिनीहरू परमेश्‍वरको सिंहासनको अगाडि छन्, अनि उहाँको मन्दिरमा तिनीहरूले दिनरात उहाँको आराधना गर्दछन् । सिंहासनमा विराजमान हुनुहुनेले तिनीहरूमाथि आफ्नो पाल फैलाउनुहुनेछ । तिनीहरू फेरि भोकउनेछैनन्, न त तिनीहरू फेरि तिर्खाउनेछन् । सूर्यको ताप तिनीहरूमाथि पर्नेछैन, न त कुनै तापले तिनीहरूलाई जलाउनेछ । किनकि सिंहासनका माझमा हुनुहुने थुमा तिनीहरूका गोठालो हुनुहुनेछ, अनि उहाँले तिनीहरूलाई जिउँदो पानीको मुहानतिर डोर्‍याउनुहुनेछ, र परमेश्‍वरले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ ।”

संसारका राष्‍ट्रहरू क्रोधित भएका थिए, तर तपाईंको क्रोध आएको छ । मृतकहरूको न्याय गर्ने समय आएको छ, र तपाईंका दास अगमवक्‍ताहरू सन्तहरू, जो विश्‍वासीहरू हुन्, र जो तपाईंको नाउँमा डराउँछन्, महत्त्‍वहीन र शक्‍तिशाली दुवैलाई इनाम दिने समय र पृथ्वीलाई नाश गर्नेहरूलाई नाश गर्ने समय आएको छ ।”

तिनीहरूले त्यसलाई थुमाको रगतद्वारा र वचनको साक्षीद्वारा जिते, किनकि तिनीहरूले मृत्युसम्मै पनि आफ्नो जीवनलाई प्रेम गरेनन् ।

त्यसपछि त्यो अजिङ्गर स्‍त्रीप्रति क्रोधित भयो अनि परमेश्‍वरको आज्ञा पालन गर्ने र येशूको बारेमा गवाही दिने त्यसका बाँकी रहेका सन्तानहरूसँग युद्ध गर्न गयो । तब त्यो अजिङ्गर समुद्र किनारको बालुवामाथि उभियो ।

विश्‍वासीहरूसँग युद्ध गर्न र तिनीहरूलाई जित्‍न त्यो पशुलाई अनुमति दिइएको थियो । अनि हरेक जाति, मानिस, भाषा, र राष्‍ट्रमाथि पनि अधिकार दिइएको थियो ।

त्यसलाई त्यो पशुको मूर्तिलाई जीवित पार्ने अनुमति दिइयो, जसले गर्दा त्यो मूर्तिले बोल्न सकोस् र त्यस पशुको मूर्तिलाई पुजा गर्न इन्कार गर्नेहरू मारिन सकून् । अनि त्यसले शक्‍तिशाली र महत्त्वहीन, धनी र गरिब, स्वतन्‍त्र र कमारा हरेकलाई दाहिने हात वा निधारमा चिह्न लगाउन दबाब दियो । त्यो पशुको चिह्न नभएकाहरूका निम्ति किन्‍न वा बेच्‍न असम्भव हुन्थ्यो । त्यो पशुको चिह्नले त्यसको नाउँको सङ्ख्यालाई प्रतिनिधित्व गर्दछ । यसले बुद्धिको आव्हान गर्छ । कसैसँग अन्तर्दृष्‍टि छ भने, त्यसले पशुको सङ्ख्या हिसाब गरोस् । किनकि त्यो सङ्ख्या मानव-जातिको निम्ति हो । यो सङ्ख्या ६६६ हो ।

पवित्रहरूको धैर्यका निम्ति यहाँ एउटा बोलावट छ, जसले परमेश्‍वरको आज्ञा पालन गर्दछन् र येशूमा विश्‍वास राख्छन् ।” मैले स्वर्गबाट यसो भनेको एउटा सोर सुनेँ, “यो लेखः प्रभुमा मर्नेहरू धन्यका हुन् ।” “हो,” आत्मा भन्‍नुहुन्छ, “ताकि तिनीहरूले आफ्नो परिश्रमबाट विश्राम पाउन सकून्, किनकि तिनीहरूका कामले तिनीहरूलाई पछ्याउनेछन् ।”

मैले त्यस स्‍त्रीले विश्‍वासीहरूको रगत र येशूको निम्ति सहिद भएकाहरूको रगत पिएर मातेकी देखेँ । जब मैले त्यसलाई देखेँ, तब म सार्‍है नै चकित भएँ ।

बत्तीको ज्योति तँमा कहिल्‍यै चम्कनेछैन । दुलहा र दुलहीको आवाज तँमा कहिल्‍यै सुनिनेछैन, किनभने तेरा व्यापारीहरू पृथ्‍वीका राजकुमारहरू थिए, र जातिहरू तेरा टुनामुनाद्वारा छानिएका थिए । त्यसैमा अगमवक्‍ताहरू र विश्‍वासीहरूको रगत र पृथ्‍वीमा मारिएकाहरू सबैको रगत भेटिएको थियो ।”

उहाँले रगतमा चोबलिएको वस्‍त्र पहिरिनुभएको थियो, र उहाँको नाउँलाई परमेश्‍वरको वचन भनेर बोलाइन्थ्यो ।” मलमलका सफा कपडा पहिरिएर स्वर्गका सेनाहरू सेतो घोडामा उहाँलाई पछ्याइरहे ।

अनि मैले सिंहासनहरू देखेँ । त्यसमाथि बस्‍नुहुनेलाई न्‍याय गर्ने अधिकार दिइएको थियो । मैले परमेश्‍वरको वचन र येशूको गवाहीका निम्ति शिर काटिएका आत्माहरूलाई पनि देखेँ । तिनीहरूले पशु वा मूर्तिहरूलाई आराधना गरेनन्, र तिनीहरूले आफ्नो निधारमा वा हातमा छाप लगाउनलाई इन्कार गरे । तिनीहरू जीवित भए, र येशूसँगै एक हजार वर्षसम्म राज्य गरे । बाँकी रहेका मृतकहरू हजार वर्षको अन्त्य नभएसम्म जीवित भएनन् । यो पहिलो पुनरुत्‍थान हो । पहिलो पुनरुत्‍थानमा सहभागी हुनेहरू जो कोही पनि पवित्र र धन्यका हुन् । यिनीहरूमाथि दोस्रो मृत्युको कुनै शक्‍ति हुँदैन । तिनीहरूले परमेश्‍वर र ख्रीष्‍टका पुजारीहरू भएर एक हजार वर्षसम्म उहाँसँगै राज्य गर्नेछन् ।

उहाँले तिनीहरूका आँखाबाट आँशुका हरेक थोपा पुछिदिनुहुनेछ, र त्यहाँ कुनै मृत्यु हुनेछैन, वा शोक वा विलौना वा कष्‍ट पनि हुनेछैन । पहिलेका थोकहरू बितेर गएका छन् । सिंहासनमा विराजमान हुनुहुनेले भन्‍नुभयो, “हेर, म सबै कुरा नयाँ बनाउनेछु ।” उहाँले भन्‍नुभयो, “यो लेख किनभने यी वचनहरू भरोसायोग्य र सत्य छन् ।” उहाँले मलाई भन्‍नुभयो, “यी कुराहरू सिद्धिएका छन् । म नै अल्फा र ओमेगा, सुरु र अन्त्य हुँ । जो तिर्खाउँछ उसलाई म सित्तैँमा जीवनको पानी मुहानबाट पिउन दिनेछु ।

जसले विजय प्राप्‍त गर्छ, त्यसले यी कुराहरूमाथि उत्तराधिकार गर्नेछ, र म त्यसको परमेश्‍वर हुनेछ, र ऊ मेरो छोरा हुनेछ ।

“हेर, म चाँडै आउँदै छु । हरेकले गरेको काम अनुसारको इनाम मसँग छ । अल्‍फा र ओमेगा, पहिलो र पछिल्‍लो, सुरु र अन्‍त म नै हुँ ।

Nepali - नेपाली - NE

NE'BSS - Unlocked Literal Bible - 2019

This Bible text is from Nepali Unlocked Literal Version 2019
https://find.bible/bibles/NPIULV/
provided by: Door43 World Missions Community, available by Creative Commons CC-BY-SA-4.0,
and this new compilation is shared as www.creativecommons.org/licenses/by-sa/4.0.
Languages are made available to you by www.ipedge.net